प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२६

१.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १८:४५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ ON TEST Discover मो.सा.मा बिना हेमलेट सवार आईरहेकोमा ई.प्र.का. विष्णुपुर सिरहाको चेकप्वाईटमा रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सिरहा विष्णुपुर गा.पा. ४ बस्ने अं. वर्ष २१ को रामबिर यादवको खल्तिबाट रु. १०० को नोटमा पोको पारी राखेको नाईट्रोभेट 10 लेखिएको  खुल्ला ट्याबलेट ६ पिस र मो.सा. को भाइजर भित्र लुकाई राखिएको गाँजा खाने चिलम १ थान फेला पारि ला.औ., मो.सा. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.विष्णुपुर सिरहामा राखिएको । २.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १९:०० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. ८ क्याम्पस चौक स्थितमा ई.प्र.का. सुखिपुर सिरहाबाट प्र.ना.नि.को कामाण्डमा खटिएको चेकिङ्ग टोलीले बरियारपट्टीबाट जिरोमाईल चल्ने यात्रु बाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार जिल्ला सिरहा गोलबजार न.पा.१ बलडाडा टोल बस्ने जिवछ राम महराको छोरा अं. वर्ष २१ को धनिराम महरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट NITRAZEPAM TABLETS IP १ पत्ता १० पिस, BUPRENORPHINE INJECTION I.P. थान १, DIAZEPAM INJECTION I.P. थान १, PROMETHAZINE HYDROCHLORDE INJECTION I.P. थान १ ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. महेशपुरपतार तर्फ पठाउने तयारी भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२६

१.      रौतहट, मिति २०८०।०२।२५ गते अं. ११:०० बजेको समयमा जि.रौतहट गुजरा न.पा.६ खतवहियाटोल बस्ने किर्ते मुद्दाको फरार प्रतिवादी रजक अंसारीको छोरा बर्ष ६८ को जिकरुलाह अंसारी आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ अ.प्र.पोस्ट छेदिचोक रौतहटबाट प्र.स.नि.को कमाण्डमा ऐ.११:१० बजेको समयमा टोली खटि गएको र ऐ.११:३० बजेको समयमा पुगी नियन्त्रणमा लिई ई.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।२.      सिरहा, मिति २०८०।०२।२५ गते अं. ०८:३५ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. - ९ बस्ने  सदानन्द महतोको छोरा अं. बर्ष ३४ को रामलोचन महतोको नाममा सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दामा  लगत न. ३३६५,३३६७  फैसला मिति २०७०/१०/०८  गते मा रु.२५०/- (दुई सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको र निजको भाई अं. बर्ष ३० को प्रकाश महतोको नाममा सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दाका लगत नं. ३३६३, फैसला मिति २०७०/१०/०८  गते मा रु.२५०/- (दुई  सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको दुवै जना  फरार प्रतिवादीलाई ई.प्र.का. धनगढी सिरहाबाट प्र.ना. नि. ले बोलाई लागत कट्टा गराउनको लागि पत्र बुझाई जिल्ला अदालत सिरहा पठाईएको ।३.      सिरहा, मिति २०८०/०२/२५ गते अं. १४:०० बजेको समयमा जिल्ला सिरहा जिझौल गा.वि.स. वडा नं. ७  हाल बरियारपट्टी  गा.पा. वडा नं. ३ बस्ने जिल्ला सिरहा साविक गा.वि.स. महेशपुर प्र.ध. वडा नं.३ हाल ऐ. लक्ष्मिपुर पतारी गा.पा. ३ बस्ने राम अशिष साह तेली लागत नं. ३४३ मुद्दा कुटपिट, जरिवाना रु. ७३३/३४ रुपैँया र जिल्ला सिरहा झौल गा.वि.स. वडा नं. ७  हाल बरियारपट्टी  गा.पा. वडा नं. ३ बस्ने महेन्द्र यादव लागत नं. १४१९, मुद्दा लुटपिट, जरिवाना रू. ३३/७५ रुपैँया तोकेको फरार प्रतिवादीहरुलाई ई.प्र.का. महेशपुरपतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई पक्राउ गरि ई.प्र.का. महेशपुरपतारमा ल्याइ जरिवाना कटाउनको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाईएको । ४.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १३:०० बजे जिल्ला सिरहा नवराजपुर गा.पा. २ बस्ने अं. बर्ष ५५ को जहुरी कामैत, ऐ.ऐ. बस्ने अं.बर्ष ४७ की बविता देवी कामैत, ऐ. गा.पा. ४ बस्ने अं.बर्ष ४० को सिकिन्द्र यादव, ऐ. गा.पा. ३ बस्ने अं.बर्ष ३७ की रामबती देवी सदाय र ऐ. गा.पा. ५ बस्ने अं.बर्ष ५३ को दोरिक यादवलाई विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई ई.प्र.का. झाझपट्टी सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिगएको टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरि आवश्यक कार्वाही तथा लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालत पठाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-२५

१.      पर्सा, मिति २०८०।०२।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा.वडा नं. १ गदीपानी गाँउ स्थितको पुर्व पट्टि रहेको धान खेतमा ई.प्र.का. पटेर्वा सुगौली बाट प्र.नि. को कमाण्डमा ४ जना र २ जनाको  सुराकी टोली २४:०० बजे देखि २ वटा फरक-फरक पोईन्टमा लुकी छिपि बसेकोमा दोस्रो पाईन्टमा ३ जना  ऐ.०३:०० बजेको समयमा जंगलबाट ३ जना मानिसहरु पैदल पिठिउँमा बोक्ने झोला र प्लाष्टिकको बोरा बोकी धान खेतको बाटोमा आईरहेको अवस्थामा तत्काल प्रहरीलाई देखी उक्त झोला र प्लाष्टिको बोरा छोडी फरार भएको उक्त बोराहरु बरामद गरी ऐ. ०४:०० बजे कार्यालयमा ल्याई नाप तौल गरी हेर्दा प्लाष्टिकले बेरेको माथिबाट प्लाष्टिको टेप लागाएको सानो-सानो ६ वटा पोका भित्र गाँजाको धुलो जास्तो देखिने पदार्थ ६ वटा पोका अं.९ के.जि. ४२० ग्राम, प्लाष्टिकले बेरेको बोरा सहितमा रहेको गाँजा जस्तो देखिने पदार्थ अं.१२ के.जि. ५४० ग्राम रहेको, कालो पिठिउँमा बोक्ने झोलामा ३ प्याकेट खोलेको चाउचाउ, ओड्ने प्लाष्टिक, गम्छा, लगाउने कपडा समेत बरामद भएको ।२.      बारा, मिति २०८०/०२/२४ गतेको अं. १२:४० बजेको समयमा जि.बारा परवानीपुर गा.पा.५ गण्डक चेक पोष्ट स्थितमा  ई.प्र.का. प्रसौनी बाराबाट प्र.ब.ह. को कमाण्डमा खटि गएको चेकिङ्ग टोलिले फेटाबाट विरगंज तर्फ जाँदै गरेको  ज ४ प ८८३५ नं. को मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा. चालक जि.पर्सा बहुद्र न.पा. ४ बस्ने अं. वर्ष २७ को जियालाल यादव भन्ने दुखी: यादवले लगाएको पाईन्टको दाहिने खल्तीबाट codiwell सिरप थान-२, nitravet-10 (३० पिस) र spascore-von plus लेखिएको ट्याब्लेट ८ पिस गरी जम्मा ३८ पिस लागु औषध फेला परेको हुँदा, उक्त मो.सा. र लागु औषध सहित निज जियालाल यादव भन्ने दुखी: यादवलाई नियन्त्रणमा लिई ई.प्र.का. प्रसौनी बारामा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको । ३.      सिरहा, मिति २०८०।०२।२४ गते अं. १४:४५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ३ मटियर्वा स्थित पोखरी डिलमा ला.औ. कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का. लहान सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोली ऐ. १४:५५ बजे पुगी पोखरी डिलमा बसिरहेको अवस्थामा जिल्ला सिरहा लहान न.पा. ३ बस्ने शत्रुधन साफीको छोरा अं. वर्ष २१ को महेश साफीलाई शंका लागी चेक जाँच गर्दा निजको दाहिने हातमा रहेको कालो प्लाष्टिकको झोला भित्र पोका पारी लुकाई छिपाई राखेको डाईजोपाम ३० एम्पुल, ब्युप्रोनोरफिम ३० एम्पुल र फेनारगन ३० एम्पुल जम्मा ९० एम्पुल ला.औ. फेला परेकोले ला.औ. सहित निज महेश साफीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा ल्याई राखी थप अनुसन्धान कार्य भईरहेको ।

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-२४

पर्सा, बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते राती अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती स्थित सडकखण्डबाट ना.७ ख. ५८५२ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा अ.मु.रु. २,५५,३२,७७४/- (दुई करोड पचपन्न लाख बत्तीस हजार सात सय चौहत्तर) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा मालसामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।२४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।              साथै मिति २०८०।०२।२४ गते वीरगञ्ज महानगरको सिमावर्ति क्षेत्रबाट चोरी पैठारीका खाद्यान्न तथा विभिन्न किसिमका लत्ताकपडाहरू अं.मू.रु. १,४०,५२५/- (एक लाख चालिस हजार पाँच सय पच्चीस) बराबरको मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी मिति २०८०/०२/२४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।

चोरीमा संलग्न मानिस पक्राउ
२०८०-०२-२४

सिरहा, मिति २०८०/०२/२३ गते राती अं.०३:३० बजे जिल्ला सिरहा नराह गा.पा.५ बर्छवा बस्ने शिव शंकर साहको घरबाट निजको स ६ प ५२३८ नं.को रातो रंगको डिष्कवर मो.सा. चोरी भएको र उक्त मो.सा.स्टार्ट नभए पश्चात ऐ.बस्ने दया शंकर यादवको ग्यारेजमा मर्मतको लागी देश भारत बिहार राज्य जि.मधुवनी कमलावारी ११ बस्ने बिशुन देव यादवको छोरा अं. बर्ष २० को सचिन कुमार यादवले (हाल नराह गा.पा.५ दिदी भिनाजुको घरमा बस्दै आएको) ल्याएको भन्ने जानकारी निज ग्यारेज साहुले ऐ.०५:०० बजे ई.प्र.का.नराह सिरहामा फोन मार्फत जानकारी गराउना साथ ई.प्र.का.नराह बाट प्र.ना.नि.को टोली खटी गई निजलाई उक्त मो.सा. समेत पक्राउ गरी अनुसन्धान गर्दा निजले ऐ. बस्ने दिलिप कुमार यादवको बा ६ च ४८१ नम्बरको कारको सिसा र लक समेत फुटाएको भनी खुल्न आएकोले निजलाई ई.प्र.का. नराहमा ल्याई थप अनुसन्धान भईरहेको ।  

पैसा र गाडी सहित मानिसहरू फेला परेको
२०८०-०२-२४

सर्लाही, मिति २०८०/०२/२३ गते अन्दाजी १७;१५ बजेको समयमा जिल्ला सर्लाही हरिवन न.पा.वडा न.११ स्थित खटिएको प्र.स.नि. को कमाण्डमा खटिएको ४ जनाको प्रहरी चेकिङ टोलीले आवत- जावत गर्ने मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्विम तर्फबाट शंकास्पद रुपमा आउदै गरेको NISSAN कम्पनीको MAGNITE लेखिएको सेतो सिल्भर रंगको बागमती प्रदेश -०१-०२६ च.०२९९ नम्बरको कारमा कार चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ३ बासामाडी बस्ने बर्ष ४० को हेमराज विश्वकर्मा, सोही कारमा सवार जिल्ला सुनसरी बरहाक्षेत्र न.पा.वडा न.०४ घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. काडाँघारी बस्ने बर्ष ३१ को मौसम मग्राती, सोही कारमा सवार जिल्ला सर्लाही बागमती न.पा.वडा न.०१ बस्ने बर्ष ३१ को दिपक तामाङ र जिल्ला खोटाङ रावावेशी गा.पा.वडा न.०४ बस्ने बर्ष ४४ को विमल तामाङ नाम थर वतन बताउने ब्यक्तिहरु सवार भई पुर्व तर्फ जादै गरेकोमा उक्त कारलाई रोकी निजहरुलाई नियन्त्रणमा लिई कार चेकजाँच गर्दा कारको पछाडी पट्टी डिकीमा कालो रंगको पछाडी भिर्ने झोला रहेको, उक्त झोला खोली हेर्दा झोला भित्र रबरले बाधेको Progressive Finance limited लेखिएको स्लिपले बेरिएको जम्मा नौ वटा विटोमा रु. १,००,०००/- को दरले जम्मा रू. ९,००,०००/- (नौ लाख ) र सानिमा बैक लिमिटेड लेखिएको स्लिपले वेरिएको जम्मा नौ वटा विटोमा रु १,००,०००/- को दरले जम्मा रू. ९,००,०००/- (नौ लाख) गरी जम्मा १८ वटा विटोमा जम्मा नेपाली रु. १८,००,०००/-  (अठार लाख)  फेला पारी उक्त रकम, मानिस र कार सहित ई.प्र.का.हरीवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२४

१.      , मिति २०८०/२/२३ गते अं. १३: ३० बजेको समयमा  भएको कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी लागत नं. ९२३, लागत कसेको मिति २०६८/१२/३ र लागेको कैद ९ वर्ष ८ महिना भएको  जिल्ला बारा फेटा गा.पा. ६ पुरैनिया बस्ने आसमहम्द मुसलमानलाई  सि.प्र.चौ.छतवा बाट प्र.ह. को कमाण्ड खटि गएको टोलिले निजकै घरमा फेला पारी पक्राउ गरी जि.प्र.का. बारामा बुझाएको साथै जिल्ला बारा बारागढी गा.पा.वडा नं.०४ सुखि  टोल  बस्ने सखिचन महराको छोरा अं.वर्ष ३७ को धर्मराज महरा वैकिङ्ग कसुर मुद्दाका फैसला भएको  फरार प्रतिवादी (सजाय १ महिना ५ दिन कैद र रु. १७,००,०००/- जरिवाना) लाई निजकै घरबाट फेलापारी नियन्त्रणमा लिई सु.प्र.वेश लंगडा चोक बारामा ल्याई राखेको, उक्त स्थानमा जि.प्र.का बारा बाट प्र.क. २ जनाको टोली ऐ.११; ४५ बजे खटिई गएको र ऐ. १२;१५ बजे पुगेको र सु.प्र.वेश लंगडा चोक बाराबाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली ऐ.१२;१५ बजे खटी गएको र ऐ. १२;२५ बजे नियन्त्रमा लिएको ।२.      सर्लाही, मिति २०८०।२।२३ गते अं.१३:४५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा.३ स्थित भक्तीपुरबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले फरार प्रतिवादीको खो.त गर्दै जाने क्रममा लागत नं.२४७७ कुटपिट मुद्दाको फरार प्रतिवादी ऐ.ऐ.३ बस्ने सुकदेब सहनीको छोरा बर्ष अं.५० को लक्ष्मी नारायण सहनी मलाहा र लागत नं.२८७७ कुटपिट मुद्दाको फरार प्रतिवादी निज सुकदेव सहनीको अर्को छोरा अं. बर्ष ५५ को पासपत सहनी मलाहालाई ऐ.१३;५५ बजेको समयमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीमा पठाएको ।  ३.      सर्लाही, मिति २०८०।०२।२३ गते अं. १२:३० बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने वेचु पासवानको छोरा श्याम पासवान गाली वेईजती मुद्दाको फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको । ४.      सिरहा, मिति २०८०।०२।२३ गते अं. १५;०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने सन्ते महराको छोरा वर्ष अं. ३८ को राजा राम महरा, सवारी ज्यान मुद्दाका लागत नं. ४६१९, जरिवाना रू. २,०००/- (दुई हजार) तोकिएका फरार प्रतिवादीलाई ई.प्र.का.धनगढी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत कार्यालय सिरहा पठाईएको ।   ५.      सिहरा, मिति २०८०।०२।२३ गते अं. १८;१० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. ७ ट्राफिक चोक बस्ने राम सोभल यादवको छोरा वर्ष अं. २२ को रोशन कुमार यादव, चोरी मुद्दाका लागत नं. ५३७९, जरिवाना रू. २५,०००।- (पचिस हजार) र १७ दिन कैद तोकिएका फरार प्रतिवादीलाई जि.प्र.का.सिरहाबाट प्र.ह.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि जि.प्र.का.सिरहामा ल्याई राखिएको । 

विलविजक भन्दा बढिको सामान बोकेको ट्रक सामान सहित नियन्त्रण
२०८०-०२-२४

बारा, मिति २०८०/०२/२३ गते अं.२३:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२१ स्थित ई.प्र.का. अम्लेखजंगको अगाडी प्र.ब.ना.नि.को कमान्डमा खटिएको ४ जनाको चेकिङ टोलीले विशेष सुचनाको आधारमा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख २७१९ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा सटेस्नरी, टायर, ईलेक्ट्रिक लगायत विभिन्न किरानाका खुद्रा सामानहरु विलविजक भन्दा बढिको बोकेकोले अं. मुल्य रू. ९,२४,०००/- (नौ लाख चौबिस हजार) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज बारामा ल्याई राखेको । साथै मिति २०८०/०२/२३ गते अं. २१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०७ स्थित ई.प्र.का.जितपुर बाराको अगाडी प्र.ब.ना.नि.को कमान्डमा खटिएको ५ जनाको चेकिङ टोलीले विरगंबाट काठमान्डौ जाँदै गरेको ना ३ ख ७८११ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा baby unseable product का सामान (बोतल, साबुन, स्याम्पु, बाम, काईयो, कप, कटन रुई, ब्रस टाउकोमा लगाउने तेल) विलविजक भन्दा बढिको बोकेकोले अं. मुल्य रू. ६८,५५,०१५/- (अढसट्ठि लाख पच्पन्न हजार पन्ध्र) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का.जितपुरमा बारामा ल्याई राखेको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०२-२४

पर्सा, मिति २०८०।०२।२३ गते अं. २१:०५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय विरगंज पर्साको  संयुक्त टोलीले नेपाल भारत आवतजावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ २ जना पुरुष मानिस पैदल यात्री जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२३ बस्ने तेज वहादुर कुँवरको छोरा वर्ष ३१ को सागर विक्रम कुँवर र ऐ.ऐ.बस्ने जय कुमार विश्वकर्माको छोरा वर्ष ३८ को राजिव विश्वकर्मा  माथी शंका लागी चेकजाँच गर्दा निज सागर विक्रम कुँवरको साथबाट  लागु औषध PHENARGUN १५० एम्पुल, DIAZEPAM १५० एम्पुल र NOOPHIN१५० एम्पुल समेत गरी जम्मा ४५० (चार सय पचास) एम्पुल र निज राजिव विश्वकर्माको साथबाट लागु औषध PHENARGUN २८ एम्पुल, DIAZEPAM २८ एम्पुल र NOOPHIN २८ एम्पुल समेत गरी जम्मा ८४ (चौरासी) एम्पुल समेत फेला परेकोमा उक्त लागु औषध समेत निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी  व.प्र.का.विर्ता पर्सामा पठाईएको ।

लागु औषध सहित मो.सा. पक्राउ
२०८०-०२-२३

१.      सिरहा, मिति २०८०/०२/२२ गते अं. २१:४५ बजे जिल्ला सिरहा नरहा गा.पा.३ चोहर्वा चौक स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको मधेश प्रदेश १-०५-००१ प.७६०८ नं को मो.सा. ई.प्र.का. मिर्चैया सिरहाबाट पिकेटमा खटिएको प्रहरी टोलीलाई  देख्ना साथ भाग्न खोज्दा मो.सा.लड्न गई (मो.सा.चालक तत्काल नाम, थर, वतन नखुलेको, खुट्टामा चोट लागी घाईते भएको हुन सक्ने) मो.सा. छाडी चालक फरार भएकोमा, उक्त मो.सा.मा राखिएको कालो झोला खोली हेर्दा झोला भित्र प्लाष्टिकको बोरामा राखिएको निम्न परिमाणमा ला.औ. फेला परेकोले ई.प्र.का. मिर्चैयाबाट मुचुल्का टोली समेत खटी गई रित पुर्वक बरामद गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, मो.सा.चालक फरार रहेकोले खो.त.तथा पहिचान लगायका अन्य अनुसन्धान कार्य भईरहेको ।                                                निम्न:- १. Codiwell (100 ML) को - २०० बोतल२. Dilex Dc  (100 ML) को - ५० बोतल ३. Spaxmo proxyvon plus ट्याबलेट - ४ पत्ता  (३१ पिस)  ४. Nitravet ट्याबलेट -२ पत्ता (६०पिस) 

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२३

१.   सिरहा, मिति २०८०।०२।२२ गते अं. १०:३० बजेको समयमा अ.प्र. पोष्ट कसहा सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले लागत नं. ५०९४, कर्तव्य ज्यान मुद्दामा रु.३००/- जरिवाना तोकि फरार रहेको प्रतिवादी जिल्ला सिरहा धनगढीमाई न.पा.७ बस्ने रबिया यादवको छोरी वर्ष २६ की सुलेखा देवी यादवलाई निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा दाखिला गराएको ।२.      बारा, मिति २०८०।०२।२२  गते अं. १४:०० बजेको समयमा जिल्ला बारा कोल्हबी न.पा.८ काठगांउ बारा बस्ने लक्ष्मी चौधरीको छोरा बर्ष अं. ३७ को जगनारायण चौधरीलाई जिल्ला अदालत कलैया बाराको लगत नं.३०९६ मिति २०७५।०३।२४ गतेको फैसलाले ४५ दिन कैद र नगद रू. २१,०२९/३३ जरिवाना तोकिएको बन मुद्दाको फरार प्रतिवादीलाई ई.प्र.का. कोल्हवी मातहत प्रहरी चौकी मधुवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजलाई आफ्नै  घरबाट पक्राउ गरी ई.प्र.का. कोल्हवी बाराको नियन्त्रणमा राखिएको ।३.      सिरहा, मिति २०८०/०२/२२ गते अं. १२:०० बजे जि. सिरहा लक्ष्मीपुर पतारी गा.पा.३ स्थितबाट विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरुलाई ई.प्र.का. महेशपुरपतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले निजहरुको घर वतनबाट पक्राउ गरी लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको ।४.      सप्तरी, मिति २०८०।०२।२२ गते अं. १५:०० बजेको समयमा जि. सप्तरी कंचनरुप न.पा. २ बरमझिया बस्ने यौन दुर्व्यवहार मुद्दाको लगत नं. ८८८ को जरिवान रु. २५।– र सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाको लगत नं. १७८० को कैद १ वर्ष, जरिवाना रु. ५०/- गरी दुवै मुद्दाको फरार प्रतिवादी अं. बर्ष ३०।३५ को गोविन्दर प्रसाद हलुवाईलाई ई.प्र.का. कंचनपुरबाट खटिएको प्रहरी टोलीले बरमझिया बजार स्थितबाट पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा पठाईएको । 

भन्सार छलीका सामान बरामद
२०८०-०२-२३

१.      पर्सा, मिति २०८०/०२/२२ गते अं.१८;०० बजेको समयमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित प्र.चौ. ईनर्वा, पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट विरगंज बजार तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको निम्न उल्लेखित अं. मुल्य रु.८०,०००।- (असी हजार) बराबरको समानहरु फेला पारी वरामद गरी आवश्यक कारवाहीको लागी तालुक व.प्र.का.विर्ता पर्सामा पठाईएको ।निम्नः-१. चप्पल ३९ जोडी २.लुडो गोटी ४ बण्डल ३.ग्यास पाईप ३ बण्डल ४.मैदा २ वोरा ५.स्ट्रिङ डिउ १५० बोतल६.एम्विसन रक्सी ४१ बोतल ७.ज्यास चुलो २ थान ८.सोफा सेटको कभर रमाजीन १ बण्डल २.      पर्सा, मिति २०८०।०२।२२ गते अं. ०८:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १ लचका गल्लीमा भारतबाट लुकाई छिपाई गरी निम्न किसिमका कपडाहरु ६ बोरा  ल्याउँदै गरेको अबस्था ई.प्र.का. छप्कैया पर्साबाट खटिएको चेकिङ् टोलीलाई देख्ना साथ उक्त कपडाहरु फाली भागेकोमा अं. रू. १,२०,०००/-  बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाएको ।निम्नः-१)     सल दोशला-१८० पिस,  रेनकोट-१८ पिस,  सुरुवाल-१२ पिस,बच्चाको कपडा-२४ पिस,कटु भेस्ट-३८ पिस२)     सेन्डो-६ पिस ,गम्छा-४ पिस,जेन्स कुर्ता सुरुवाल-२६ पिस ३.      पर्सा, मिति २०८०।०२।२२ गते अं. ००:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. १६ स्थित बासघारी नजिक रहेको भत्केको घरभित्र भारतबाट चोरी पैठारी ल्याई निम्न किसिमको कपडा लुकाई छिपाई राखेको छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी ईनर्वा पर्सा, तालुक व.प्र.का.बिर्ताको QRT प्रहरी टोली र जि.प्र.का.पर्साबाट QRT को संयुक्त प्रहरी टोलीले निम्न कपडाहरु गरी अं.मुल्य रु.१०,००,०००/- (दश लाख) बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्र.चौ. ईनर्वा पर्सामा ल्याई राखेको ।निम्न:-१)     साडी-१२९ पिस, २) कुर्था सुरुवाल-१२८ पिस, ३) टि-सर्ट-१९८ पिस, ४)जुत्ता-२६ जोर, ५) पाईन्ट-१६ पिस  । ४.      रौतहट, मिति २०८०/०२/२२ गते अं. १८:०० बजेको समयमा जिल्ला रौतहट गौर न. पा. २ भन्सार ईलाका अगाडि भा.सु. गार्ड रौतहट चौकीबाट प्र.स.नि. को कमाण्डमा र स.प्र.गुल्म गौरबाट स.प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलिले चेक जाच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं. मुल्य रु. १,०२,५८०।– बराबरको कस्मेटिक तथा लत्ताकपडा बरामद गरी भन्सार कार्यालय गौरमा पठाइएको ।५.      सर्लाही, मिति २०८०/०२/०२२ गते अं.१३:०० बजेको समयमा जिल्ला सर्लाही बसवरिया गा.पा. ४ गोनर्वा स्थित विशेष सुचनाको आधारमा ई.प्र.का. बरहथवाका प्रमुख प्र.ना.उ मकेन्द्र कुमार मिश्रको कमाण्डमा खटिएको  टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको BR 06 PA 7871 नं.को टाटा सुमो गोल्ड गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडी भित्र अबैध रुपमा भन्सार छली गरी ल्याईरहेको २१ बोरा (१०५० के.जी) अं.मु. रु. ७५,०००/- बराबरको चिनी फेला परेकोले उक्त गाडी,गाडी चालक जिल्ला सर्लाही कबिलासी न.पा. ७ गैर बस्ने अं.वर्ष ४४ को राम सुदिल राय, सोही गाडीमा सवार ऐ.ऐ. बस्ने अं.वर्ष २६ को सुनिल यादव समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. बरहथवामा ल्याई थप अनुसन्धान तथा भन्सार का.मा बुझाउने पहल भईरहेको । ६.      सर्लाही, मिति २०८०।०२।२२ गते अं.२१:०० बजेको समयमा जि.प्र.का. सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको ।निम्न:-१.      जि. सर्लाही मलंगवा न.पा. ४ स्थित अ.प्र.पोष्ट पेट्रोलपम्पबाट प्र.स.नि. राम निवास यादवको कमाण्डमा खटिएको टोलीले मलंगवा बाट बरहथवा तर्फ जाँदै गरेको नम्बर नखुलेको बसबाट रिपुराज चामल-६ बोरा, केवल चामल- ६,०००/-, पास्ता-१५ के.जि., खाने तेल-१० लिटर, भोज पाता आधि बोरा गरि जम्मा २२,७००/- बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको, बस आफ्नो गणतव्य तर्फ गएको ।२.      जि. सर्लाही पर्सा गा.पा. १ स्थित ई.प्र.का. संग्रामपुरबाट प्र.ना.नि. दिनेश पंडितको कमाण्डमा खटिएको टोलीले चिनी- १ बोरा, पतञ्जली बिस्कुट-२ कार्टुन गरि जम्मा अं.मु. रु. ४,०००/- बराबरको सानानहरु नियन्त्रणमा लिई ई.प्र.का. संग्रामपुरमा ल्याई राखेको ।  ३.      जि. सर्लाही ब्रहम्पुरी गा.पा. ४ स्थित प्र.चौ. त्रिभुवननगरबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोलीले ना ८ ख ८३१० र ना ४ ख ५३९९ नं. बसलाई रोकी चेकजाँच गर्दा चिनी- ३ बोरा, धनिया- आधी बोरा, लाईनुल झोला-१२० पिस गरि जम्मा अं.मु.रु. २३,८५० बराबरको सामान नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखेको बस आफ्नो गणतव्य तर्फ गएको ।४.      जि. सर्लाही मलंगवा न.पा. ५ स्थित प्र.चौ. भाडसरबाट प्र.स.नि. राजाराम ठाकुरको कमाण्डमा खटिएको टोलीले  प्र.२-०३-०१५ प ३३५७ नं.को मो.सा. मा सल- ६० पिस, बच्चाको कपडा- ३६ पिस, बच्चाको कटु-१५ पिस, बच्चाको भेष्ट कटु- ६ पिस, बच्चाको भेष्ट- ३ पिस, बच्चाको भेष्ट पैन्ट- ३ पिस, बच्चाको कुर्ता- ११ पिस, बच्चाको सेन्डो- १४ पिस गरि मो.सा. सहित जम्मा अं.मु.रु. १६९,५०० ।- बराबर कपडाहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाही पठाईएको ।  ७.      धनुषा, मिति २०८०/०२/२२ गते अं.२२:०० बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा.३ महुवा स्थितमा प्रदेश २-०३-००४ प.४५४९ नं. को अपाचे मो.सा.मा  भारतबाट नेपाल तर्फ भन्सार छली चोरी निकासी गरी चिनी ५० के.जी.को ३ बोरा लोड गरी ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. खजुरी धनुषाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई देखि उक्त मो.सा. सहित चिनी छाडि मानिस फरार भएको हुँदा उक्त मो.सा. सहित चिनी रितपुर्वक बरामद गरी नियन्त्रणमा लिई ई.प्र.का. खजुरीमा ल्याई तालुक जि.प्र.का. धनुषामा टे.फो. मार्फत जानकारी गराएको तथा मो.सा.को अं.मु. रू.२,५०,०००/- (दुई लाख पचास हजार)  र चिनीको अं.मु. रू.१०,०००/- (दश हजार) गरी जम्मा अं.मु.रू. २,६०,०००/- (दुई लाख साठी हजार) बराबरको मालसमान फेला परेको हुँदा आवश्यक कार्वाहीको लागी तालुक का.मा पठाइएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२२

१.      पर्सा, मिति २०८०।०२।२१ गते जि.प्र.का. पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।निम्नः- सि.न. पक्राउ गर्ने युनिट   प्रतिवादीको नामथर ठेगाना बुवाको नाम मुद्दा शिर्षक लागत नं. कैद जरिवाना १ जि.प्र.का. पर्सा बिनोद हजारा दास पर्सा गढी न.पा.६ प्रयाग हजरा दुसाद बैंकिङ कसुर (चालु मुद्दा) - - - २ जि.प्र.का.पर्सा कृष्ण यादव पटेर्वासुगौली गा.पा.४ धुरी राउत अहिर कुटपिट (चालु मुद्दा) - - - ३ प्र.चौ.मिलनचौक शेष जकुरुदिन बि.म.न.पा.वडा नं. ३१   लुटपिट २६२३   ५५९८\३३।- ४ प्र.चौ.मिलनचौक शेष मोजायर बि.म.न.पा. ३१           लुटपिट २६२३   ५५९८\३३।- ५ प्र.चौ.मिलनचौक शेष महमद जोवोर बि.म.न.पा. ३१   -   लुटपिट २६२३   ५५९८\३३।- ६ व.प्र.का.बिर्ता लाल बहादुर गुरुङ्ग वीरगंज-१०, पर्सा   गाली वेइज्जती २१७३   ३३३/३३।- ७ व.प्र.का.बिर्ता अग्नी देवी नगरकोटी वीरगंज-७, पर्सा   गाली वेइज्जती २२११   १००।-  २.      बारा, मिति २०८०/०२/२१ गते अं. ०६:०० बजेको समयमा अ.प्र. पोष्ट डुमरवाना, बाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले वन मुद्दाको फरार प्रतिवादी ३ महिना कैद रु.५,३७७/- जरिवाना भएको जि.बारा जितपुरसिमरा उ.म.न.पा.-१६ महेन्द्रनगर बस्ने अं. बर्ष ६८ को पोडे स्याङबोलाई निजकै घरबाट पक्राउ गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. सिमरामा बुझाइएको ।३.      सिरहा, मिति २०८०।०२।२१ गते अं. ०९:०० बजेको समयमा प्र.चौ. सन्हैठा सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले सम्मानित जिल्ला अदालतको लागत नं. ७६१८, कैद १ बर्ष ११ महिना ३ दिन  मिति २०७८।१०।१७ गते फैसला भएको चोरी मुद्दाको फरार प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. २२ बस्ने श्रवन यादवको छोरा बिलेक्षण कुमार यादवलाई निजको घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा पठाउने तयारी भईरहेको । ४.      सप्तरी, मिति २०८०।०२।२१ गते अं. १०:०० बजेको समयमा जि. सप्तरी सप्तकोशि न.पा. ४ बलारदह बस्ने सुखदेव सरदारको छोरा वन मुद्दाको लगत नं. १४०६, जरिवान रु. ५०,७५१/६० को फरार प्रतिवादी अं. बर्ष ३६ को उमेश सरदारलाई निजको गाउँटोलमा प्रहरी चौकी फतेपुर सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटि गएको प्रहरी टोलिले पक्राउ गरी तालुक ई.प्र.का. कंचनपुर सप्तरीमा बुझाईएकोमा आवश्यक कार्वाहीको लागि सम्मानित सप्तरी जिल्ला अदालतमा पठाईएको ।

हतियार सहित मानिस पक्राउ
२०८०-०२-२२

१.      सिरहा, मिति २०८०।०२।२१ गते अं. १९:१५ बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. १ गंगान पुल स्थितमा प्र.चौ. हर्कट्टी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले BR 32AC1404 नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. चालक ऐ. सुखिपुर न.पा. ६ रंगीपुर बस्ने दिलिप साहको छोरा अं. वर्ष १८ को विवेक कुमार साहले बोकेको पोका पुल मुनी फालेकोमा पोकालाई खोलि हेर्दा सानो पेस्तोल थान १, ऐ.को म्यागजिन सहित राउण्ड ६ बरामद भएकोले निजलाई मो.सा., हतियार सहित नियन्त्रणमा लिई प्र.चौ. हर्कट्टी सिरहामा ल्याई आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. सिरहा तर्फ पठाउने पहल भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२२

१.      पर्सा, मिति २०८०।०२।२१ गते अं. २१;०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजकजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा पर्सा र ला.औ. नि.का. शाखा पर्साको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ७ शान्तीटोल बस्ने शिव साहको छोरा अं. बर्ष २६ को रामकिशोर साहको साथबाट ला.औ. खैरो हिरोईन जस्तो पदार्थ ३पुरियामा ५०० मिली ग्राम फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाएको । २.      पर्सा, मिति २०८०।०२।२१ गते अं. १६:३० बजेको समयमा जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं.१ वरीया खोला स्थितमा प्र.चौ. माहदेवपट्टी पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले प्रदेश -०३००५ प ४४२९ नम्बरको मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा. चालक जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. १ बस्ने राजिन्द्र दासको छोरा अं. वर्ष १८ को अनिल दासले पछाडी भिर्ने झोला भित्र अं. ७ के.जी ला.औ.  गाजाँ  बोकी हिंडिरेहेको अवस्थामा फेला पारी ला.औ.  सहित निजलाई नियन्त्रणमा लिई तालुक ई.प्र.का. पटेर्वासुगौलिबाट प्र.ना.नि.को कमाण्डमा मुचुल्लका सहितको टोलि  खटिगएको ।३.      सर्लाही, मिति २०८०।०२।२१ गते अं. १६:३० बजेको समयमा ई.प्र.का. नवलपुर, सर्लाहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ४ जनाको गस्ति टोलीले जिल्ला सर्लाही लालबन्दी न.पा.१ पलार टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको PB 67-B 2416 नं. को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सर्लाही पर्सा गा.पा. ५ बस्ने राम पुकार राय यादवको छोरा अं. बर्ष २०को जयराम यादवले मो.सा.को सिट मुनी लुकाई छिपाई युवराज लेखिएको चामलको बोरा भित्र रातो प्लाष्टिकमा पोका पारी ५ के.जी. (पाँच) लागु औषध गाजाँ फेला परेकोले ला.औ.गाँजा , मो.सा सहित मानिस नियन्त्रणमा लिई ई.प्र.का. नवलपुरमा ल्याई राखिएको थप अनुसन्धान कार्य भैरहेको ।४.      सिरहा, मिति २०८०।०२।२१ गते अं. १३:०० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा.१ स्थितमा अ.प्र. पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ्ग टोलिले चेकजांच गर्ने क्रममा ठाडिबाट आउँदै गरेको अटोलाई चेकजाँच गर्दा सोही अटोमा सवार जिल्ला उदयपुर त्रियुगा गा.पा.३ बस्ने दुखिलाल चौधरीको छोरा अं. वर्ष २०को अमित कुमार चौधरीलाई शंका लागी चेकजांच गर्दा निजको साथबाट निम्न ला.औ.बरामद गरी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई अ.प्र. पोष्ट भगवानपुरमा ल्याई राखिएको ।निम्न:-(१) Ippl - २२  पिस एम्पुल(२) डाइजोपाम - ६ पिस एम्पुल(३) ऐवोट - १३ पिस एम्पुल गरी जम्मा -४१  पिस  एम्पुल ला.औ. नियन्त्रणमा लिएको । ५.      सिरहा, मिति २०८०।०२।२१ गते अं. २०:३० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. ५ लरकन्हा स्थितमा प्र.चौ. सिलौर्वापछवारी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा साईकल यात्री ऐ.ऐ. ६ बस्ने दिलिप कुमार यादवको छोरा अं. वर्ष १९ को सनी यादवलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट diazepam injestion २ ml को २ पिस, Buprenorphine injestion 2ml को २ पिस, Promethajine hydrochloride  injestion २ ml को २ पिस, pheniraminnemaehte injestion२ ml को  २ पिस गरी जम्मा ८ पिस ईन्जेक्सन, अवैध ला.औ.गाँजा अं. ५० ग्राम, साईकल सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ. सिलौर्वापछवारी सिरहामा ल्याई आवश्यक कार्वाहीको लागि जि.प्र.का. सिरहातर्फ पठाउने तयारी भईरहेको ।  

जनचेतना मुलक कार्यक्रम
२०८०-०२-२२

१.      धनुषा, मिति २०८०।०२।२० गते २१ गते अं.०७:०५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१० स्थित जानकी मन्दिरको प्राङ्गणबाट जि.प्र.का. धनुषाको आयोजनामा जातिय भेदभाव विरूद्ध जनचेतना मुलक कार्यक्रममा प्रमुख अतिथि जनकपुर उ.म.न.पा. का मेयर मनोज कुमार साहज्यु, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालज्यु, जिल्ला प्रहरी कार्यालय धनुषाका प्र.उ. विश्वराज खड्काज्यु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नागरिक समाज, बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यु, जनकपुर उ.म.न.पा. का वडा अध्यक्षज्युहरु र सदस्यज्युहरु लगायत अं. ३००/४०० जनाको संख्यामा जनचेतना मुलक र्‍याली सुरु भई ऐ. ३ जनकचोकमा आई कार्यक्रम सुरु भएको, उक्त स्थानमा प्र.चौ. जनकपुरधाम, धनुषाबाट प्र.ना.नि. को कमाण्डमा र तालुक जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटि गएको ।  २.      सिरहा, मिति २०८०।०२।२१ गते अं. १४:२० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ११ नैनपुर स्थित श्री आधारभुत बिद्यालय नैनपुरको प्राङगनमा दलित जन कल्याण युवा कलव लहान र ई.प्र.का. धनगढी सिरहाको आयोजनामा र धनगढीमाई नगरपालिकाको समन्वयमा र एक्सन एड नेपाल लहान सिरहाको सहकार्यमा "जातिय भेदभाव तथा छुवाछुत उन्मुलन" कार्यक्रम ऐ. दलित जन कल्याण युवा क्लब लहान सिरहाको अध्यक्ष उमेश कुमार बिषुन्केको अध्यक्षता र प्रमुख अतिथि ऐ. नगरपालिकाको नगर प्रमुख शिव शंकर महतो र ऐ.वडाको वडा अध्यक्ष अशोक कुमार श्रेष्ठ समेतको उपस्थितीमा  ई.प्र.का. धनगढी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलिको सुरक्षार्थ सहकार्यमा अं. १००/१०५ जनाको संख्यामा  उक्त कार्यक्रमा सम्पन्न भएको ।   ३.      सप्तरी, मिति २०८०।०२।२१ गते अं. ११:५० बजेको समयमा जि. सप्तरी हनुमाननगर कंकालिनी न.पा. १ कंकालिनी मन्दिरको प्राङगण र भारदह चौक स्थितमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा ई.प्र.का. भारदह सप्तरीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानिय बासीहरु अं. ५०।६० जनालाई भेला जम्मा गरी “जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध” कार्यक्रम सम्पन्न भएको उक्त स्थानमा ई.प्र.का. भारदह सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गएको ।

बिल बिजक भन्दा बढी भाडा वर्तन तथा खुद्रा सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-२१

पर्सा, बिल विजक भन्दा बढी भाडा वर्तन तथा खुद्रा सामानहरू लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१९ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडकखण्डबाट  ना.५ ख ७७२४ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रु.४२,९४,२२५।-(बयालीस लाख चौरान्वे हजार दुई सय पचीस) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।२१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको । 

भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०२-१९

१.      धनुषा, मिति २०८०/०२/१८ गते अं.२१:४५ बजेको समयमा जिल्ला धनुषा विदेह न.पा.२ दुहबी स्थितमा ज.९प.७७२५ नं.को मो.सा.मा  सर्ट पाईन्ट कपडा ६१ सेट बोकी भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. दुहबी धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखि उक्त कपडा फाली मानिस फरार भएकोमा उक्त कपडा ६१ सेटको अं.मु. रू.६१,०००/-  र मो.सा.को अं.मु. रू.४०,०००/- गरी जम्मा अं. मु. रू.१,०१,०००/-(एक लाख एक हजार) बराबरको सामान नियन्त्रणमा लिई ई.प्र.का. दुहबी धनुषामा ल्याई राखिएको । २.      धनुषा, मिति २०८०/०२/१८ गते अं. ०४:२० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ कदम चौक स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको  ज ३.प.८७९२ न.को मो.सा.चालकले प्रहरी टोलीलाई देखी तिब्र गतिमा भाग्ने क्रममा पैदल यात्री जिल्ला धनुषा ज.उ.म.न.पा.२ बस्ने महेन्द्र साहको श्रीमती अं.वर्ष ६० की अनिता देवी साहलाई ठक्कर दिंदा अनुहारमा चोटलागी घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको अवस्था सामान्य, उक्त ज. ३ प. ८७९२ नं.को मो.सा. र मो.सा.मा बोकी ल्याएको भन्सार छलीको अवैध माल सामान कपडा अं. रु.२,३०,०००/- र मो.सा. अं. मुल्य रु. २०,०००/– जम्मा अं. मुल्य रु. २,५०,०००/- बराबरको सामान सहित नियन्त्रणमा लिएको, मो.सा. चालक फरार खोजतलास भईरहेको उक्त स्थानमा प्र.चौ. कपिलेश्वर धनुषाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको ।३.      पर्सा, मिति २०८०।०२।१७ गते ०८:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १५ भिष्वा स्थितमा बिशेष सुचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलनको टोलीले ऐ. बस्ने लालबाबु साहको घरमा डेरा गरी बस्ने नाम, थर, वतन नखुलेको व्यक्तिले भन्सार छली चोरी पैठारी गरी ल्याएको काजु-१८ कार्टुन, पानीपुरी-३० कार्टुन, ल्वाङ-७२ के.जि., जिरा धुलो-६० के.जी., मरिच-२१ के.जी. गरी अं. रू. २,००,०००/- (दुई लाख) बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मिति २०८०।०२।१८ गते भन्सार कार्यालयमा बुझाएको । ४.      पर्सा, मिति २०८०।०२।१८ गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. ६ माईस्थान मन्दिर पछाडिबाट भन्सार चोरी पैठारी गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको निम्न रेडिमेड कपडाहरु अं. मुल्य रु २,५०,०००/- (दुई लाख पचास हजार) बराबरको पक्राउ गरी व.प्र.का. विर्ता, पर्सामा ल्याइएको । निम्नः- #  रेडिमेट पेन्ट -५८ पिस  # रेडिमेट भेष्ट-२७५ पिस   # रेडिमेट सर्ट -४० पिस 

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-१९

महोत्तरी, मिति २०८०/०२/१८ गते अं. १६:०० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. १ भोलाबसन्त चोक स्थितमा ई.प्र.का. बर्दिबास, महोत्तरीबाट प्र.ह.को कमाण्डमा खटिएको पिकेट टोलिले पैदलयात्री जि. काठमाण्डौ म.न.पा. ३२ पुतली सडक बस्ने राम बहादुर श्रेष्ठको छोरा बर्ष अं.३९ को कबिन श्रेष्ठलाई शंकालागी चेकजाँच गर्ने क्रममा निजले पछाडि भिरेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको निम्न परिमाणमा रहेको अबैध ला.औ. फेला पारी मानिस तथा ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का. बर्दिबासमा ल्याई अन्य थप अनुसन्धान कार्य भइरहेको ।निम्नः-१)     डाईजेपाम- ४९ एम्पुल ।२)     नोर्फिन- ४९ एम्पुल ।३)     प्रोमोथाईजिन- ४८ एम्पुल  गरी जम्मा १४६ एम्पुल रहेको ।४)     स्पास प्लस- ८ ट्याबलेट ।५)     सिरिन्च- थान ३ । ६)     नेपाली रु.१०० को २४ वटा नोट गरी रु.२,४००।- र नेपाली रु.५० को २६ वटा नोट गरी रु.१,३००।- ।

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण
२०८०-०२-१९

१.      सर्लाही, मिति २०८०।०२।१८ गते अं. १८:४५ बजेको समयमा विशेष सुराकीको सुचनाको अधारमा जि.प्र.का. सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई जि. सर्लाही मलंगवा न.पा. ८ स्थित प्र.चौ. गोरखकाली नजिकै मलंगवाबाट भारत सोनवर्षा तर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नं. को मो.सा. हरुलाई  शंका लागि मो.सा. मा सवार गरि आएका निम्न व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा भा.रु. २,५०,०००/- र नेपाली रु. १,७०,०००/- श्रोत नखुलेको रकम फेला पारी बरामद गरि निम्न स्थान बस्ने निम्न मानिसहरु, श्रोत नखुलेको नगद र दुवै मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको ।निम्न:१) जि. सर्लाही हरिवन न.पा. २ बस्ने खड्क बहादुर कार्कीको छोरा अं. वर्ष २३ को ईन्द्र बहादुर कार्की ।२) ऐ.ऐ. बस्ने गणेश बहादुर दर्लामीको छोर अं. वर्ष २८ को कमल दर्लामी ।३) ऐ.ऐ. बस्ने गोबिन्द तामाङको छोरा अं. वर्ष ३४ संजिब तामाङ ।४) ऐ.ऐ. बस्ने शेर बहादुर दर्लामीको छोरा अं. वर्ष २५ को लेख बहादुर दर्लामी ५) ऐ. लालबन्दी न.पा. १ नवलपुर घर भई हाल ईश्वरपुर न.पा. ८ बयलबास बस्ने एआजुल साहको छोरा मलंगवा बाबा अटो सर्भिस (मलंगवा न.पा. ८) बस्ने अं. वर्ष ३१ को नुरहसन साह 

फरार प्रतिवादी पक्राउ
२०८०-०२-१९

१.      पर्सा, मिति २०८०।०२।१८ गते जि.प्र.का. पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।निम्नः- सि.न. पक्राउ गर्ने युनिट प्रतिवादीको नाम, थर ठेगाना बुवाको नाम मुद्धा शिर्षक लागत नं. कैद जरिवाना १ व.प्र.का.श्रीपुर पुनम सिंह जि.पर्सा बि.म.न.पा.वडा नं.१२ - कुटपिट लुटपिट ६४२ - रु.१०।- २ व.प्र.का.श्रीपुर पुनम सिंह जि.पर्सा बि.म.न.पा.वडा नं.१२ - जालसाजी ६५५ - रु.१०।- ३ व.प्र.का.श्रीपुर पुनम सिंह जि.पर्सा बि.म.न.पा.वडा नं.१२ - जालसाजी ६५६ - रु.१०।- ४ व.प्र.का.बिर्ता राधा कार्की वीरगञ्ज-४   जुवा १२२४   ३००/- ५ व.प्र.का.बिर्ता उषा देवी सुवेदी वीरगञ्ज-६, पर्सा   जालसाजी १५४९   २००/- ६ व.प्र.का.बिर्ता वसिरुदिन अन्सारी वीरगञ्ज-३, पर्सा   जालसाजी १५७२   ५/- ७ व.प्र.का.बिर्ता वसिरुदिन अन्सारी वीरगञ्ज-३, पर्सा   जालसाजी १५४६   ५/- ८ व.प्र.का.बिर्ता सविता देवी कलवार वी.उ.म.न.पा.-८ पर्सा   जालसाजी २७३   २००/- ९ ई.प्र.का नगवा  जोखन राउत बि.उ.म.न.पा वडा १९   जालसाजि २१२२   ५२०/- १० अ.प्र.पो. सुर्जहाकट्टी छोरासरोज कुमार गुप्ता भन्ने सरोज प्रसाद कलवार । कालिकामाई गा.पा. वडा नं.४   लुटपिट १८२५   रु.३६०   २.      बारा, मिति २०८०/०२/१८ गते अं.१३:४० बजेको समयमा अ.प्र.पोष्ट डमरवानाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले जि.बारा जितपरसिमरा उ.म.न.पा.१६ लामिडाँडा बस्ने बालगोविन्द हजराको छोरा अं. वर्ष २२ को सुरज पासवान, वन मुद्दा फरार प्रतिवादी लागत-३३१८ र जरिवाना रु. १९६५/- भएकोलाई निजकै घरबाट नियन्त्रणमा लिई ई.प्र.का सिमारामा बुझाईएको ।  ३.      रौतहट, मिति २०८०/०२/१८ गते अं.११:०० बजेको समयमा जि.रौतहट बौधिमाई न.पा.१ बौधा बस्ने चोरी मुद्दामा प्रयोग हुने औजार लिइ हिंडेको कसुर मुद्दाका फरार प्रतिवादि दहाउर साह कल्वारको छोरा अं.वर्ष २५ को श्यामसुन्दर जैसवाल आफ्नै गाँउ घरमा लुकिछिपि बसेको छ भन्ने खबर गोप्य सूचनाको आधारमा ई.प्र.का. गरुडा रौतहटमा प्राप्तहुना साथ ई.प्र.का. गरुडा तथा इ.प्र.का.कोपवापिपरियाबाट खटि गएको संयुक्त टोलिले घर नजिकै रहेको बजारबाट नियन्त्रणमा लिइ ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भइरहेको । ४.      सर्लाही, मिति २०८०।०२।१८ गते १४:०० बजेको समयमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ई.प्र.का. केशरगंज सर्लाहीको संयुक्त टोलीले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाडौंको च.नं. १०९५५, २०८०।०२।१७ गतेको पत्रादेशानुसार मिति २०७०/०६/२९ गते अं.०९:५० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा. वडा नं.१० बगाहा खोलाको पुल मुनी जिल्ला तनहुँ पोखरी भन्ज्याङ गा.बि.स. वाड नं. ५ घर भई हाल जिल्ला नवलपरासी आदर्श गा.बि.स. वाड नं. २ बस्ने तुल बहादुर परियारको छोरी बर्ष २५ की कल्पना परियार मृत अवस्थामा फेला परेको र सो घटनामा संलग्न जिल्ला सर्लाही ईश्वरपुर न.पा. वडा नं. ८ चौधरी बस्ति बयलवास बस्ने बर्ष ४० को नरेश चौधरी आफ्नो वडा एरियामा लुकि छिपी बसेको छ भन्ने सुचनाको आधारमा निज प्रतिवादी नरेश चौधरीलाई खोज तलास गर्ने क्रममा सर्लाही ईश्वरपुर न.पा. वडा नं. ८ चौधरी बस्ती बयलवासबाट पक्राउ गरी अनुसन्धानको लागी प्र.स.नि. वशिम राजा र प्र.ह. नर बहादुर थापाको जिम्मा लगाई  ई.प्र.का मिर्चेया सिराहा पठाईएको । ५.      सिरहा, मिति २०८०।०२।१८ गते अं. ११:०५ बजेको समयमा प्र.चौ. खिरौना सिरहाबाट प्र. स. नि. को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाबाट मिति २०७१।०७।१९ गतेको फैसला अनुसार क्रम संख्या ३७४२ , लागत न. ६८४० लेनदेन मुद्दामा रु. २०,०००/– जरिवाना तोकि फरार रहेका प्रतिवादी जिल्ला सिरहा सिरहा  न.पा. १५ बुधौरा बस्ने शिवनाथ यादवको छोरा वर्ष ५५ को फनिलाल यादवलाई निजकै घर, वतनबाट पक्राउ गरी आवश्यक कार्वाहिको लागि जिल्ला अदालत सिरहामा दाखिला गराएको ।  ६.      सप्तरी, मिति २०८०।०२।१८ गते अं. ०८:३० बजे अ.प्र.पो. राजदेवी राजबिराज सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई जालसाज मुद्दाको जरिवाना ३,७५०००/– (तिन लाख पच्हत्तर हजार) तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी राजबिराज न. पा. १ डुमरी बस्ने अं.बर्ष ५० को एकनाथ यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. सप्तरीमा बुझाएको । 

भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०२-१८

१.      मिति २०८०/०२/१७ गते अं.२२:१०  बजेको समयमा भारतबाट भन्सार छली गरी निम्न सर- सामानहरू ल्याउँदै गरेको अवस्थामा विभिन्न स्थानबाट  जि.प्र.का. धनुषाबाट खटिएको सादा पोशाकको टोली र मो.सा. गस्ति टोलीले चेकजाँच गरी नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई राखिएको ।निम्नः-१.      बिस्कुट ३ कार्टुन रू.२,१००/-२.      मेहन्दी- ४६ पिस रू.१३,८००/-‍३.      ज.७प.३७११ नं.को ग्यालेम्बर मो.सा. रू.१,००,०००/-४.      हेक्सो ब्लेड- १५००पिस रू.३०,०००/-‍५.      चेक भेल्ट   ६९ पिस  रू.४८,३००/-६.      स्कुटर रू.१,००,०००/-७.      चप्पल   ९८ जोर, सेन्डिल २८ जोर  रू.५८,०५०/-८.      सल ९७ पिसको रू.१४,५५०/-९.      ब्रा -६८४ पिस  रू.१०२,६००/-१०. खैनी ५० के.जी.  रू.३५,०००/-जम्मा अं.मु.रू.५,०४,४००/- बराबरको समान नियन्त्रणमा लिएको ।२.      मिति २०८०।०२।१७ गते अं.१३:०० बजेको समयमा जिल्ला सप्तरी राजगढ गाँउपालिका वडा नं.२ कमलपुर दशगजा स्थित  प्रहरी चौकी झुट्की सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली गरी लुकाई छिपाई ल्याउँदै गरेको निम्न मो.सा.तथा आईसक्रिम गरी अं.मु. रु.१,१३,०००/- (एक लाख तेह्र हजार) बराबरको पक्राउ गरी आवश्यक कारवाहीको लागी प्रहरी चौकी झुट्कीमा ल्याई राखिएकोमा भन्सार बुझाउनको लागी तयारी भईरहेको ।निम्नः-१.      BR32N3021 नं.को HERO HF Deluxe मो.सा.थान-१  - अ.मु.रु.९८,०००/- (अन्ठानब्बे हजार) ईन्जिन नं.HALLEJF9E41770 - चेचिस नं.MBCHA11ATF9E20643२.      आईसक्रिम सहितको बाकस थान-१  - अं. मु. रु. १५,०००/- (पन्ध्र हजार)जम्मा अं.मुल्य रु.अं.मु.रु. १,१३,०००/- (एक लाख तेह्र हजार)३.      सप्तरी, मिति २०८०।०२।१७ गते अं. ०९:०० बजेको समयमा जि. सप्तरी बोदेबर्साईन न.पा. वडा न. ८ काचन नहर  स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छलि गरी निम्न दुई वटा मो.सा.हरूमा समानहरु बोकी ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. बोदेबर्साईन, सप्तरीबाट प्र.ना.नि. सुरेश कुमार यादवको कमाण्डमा खटिएको गस्ति टोलिलाई देख्न साथ मो.सा. र समान छाडि मानिस फरार भएकोले उक्त समानहरु नियन्त्रणमा लिई ई.प्र.का. बोदेबर्साईन, सप्तरीमा ल्याई भन्सार पठाइएको ।निम्न:१.      BR32 AN 7472 नं.को TVS मो.सा.थान-१ अं.मुल्य रू १,२५,०००।–२.      BR32 AJ 9722 नं.को TVS मो.सा.थान-१ अं.मुल्य रु.१,२५०००।–३.      जातो ६ जोडा अं.मुल्य रु.९,०००।–४.      सिलहौटी थान-९ अं. मुल्य रु.९०००।–५.      लोरहा थान-१३ अं.मुल्य रु.२६००।– जम्मा मुल्य रु.२,७०,६००।-

फरार प्रतिवादी पक्राउ
२०८०-०२-१८

१.      सिरहा, मिति २०८०।०२।१७ गते अं. ११:४५ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ८ कसहा चौक स्थितमा ई.प्र.का. धनगढी, सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले सम्मानीत जिल्ला अदालत सिरहाको लागत नं. ५००४ ठगी मुद्दामा ९ महिना कैद रु. ४८,०००।- जरिवाना तोकि फरार रहेका प्रतिवादी ऐ. धनगढीमाई न.पा. ९ चयनपुर बस्ने वर्ष ४० को महाविर साहलाई नियन्त्रणमा लिई तालुक ई.प्र.का. लहान तर्फ पठाईएको । २.      सिरहा, मिति २०८०।०१।१७ गते १५:०० बजे जिल्ला सिरहा सिरहा न.पा. २१ लकडिगोठ बस्ने बर्ष ४० को कैलाश कुमार यादव, मुद्दा नं. ०५५-C२-०००७ (विविध मुद्दा) मा सम्मानित जिल्ला सिरहा अदालत सिरहाबाट जरिवाना रु. ८,७४,८००/- (आठ लाख चौहत्तर हजार आठ सय) तोकिएको फरार प्रतिवादीलाई प्र.चौ. लकडिगोठबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले निजकै घरबाट पक्राउ गरी जि.प्र.का. सिरहामा बुझाइएको ।

अवैध मदिरा नियन्त्रणमा लिएको
२०८०-०२-१८

१.      धनुषा, मिति २०८०।०२।१७ गते अं. १९:४५ बजेको समयमा जि.धनुषा जनकनन्दनी गा.पा. वडा नं. १ कमला खोला स्थित प्र.चौ. ईनर्वा धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिलाई देखि नेपालबाट भारत तर्फ जाँदै गरेको स.४ प. ४४१३ नं. र BR 32 v 8861 नं.को मो.सा.हरुमा सोफि रक्सि बोकि गईरहेको अवस्थामा उक्त गस्ति टोलिलाई देखि सोहि स्थानमा मो.सा.हरु र रक्सि छाडि भारत तर्फ भागेकोमा उक्त मो.सा.हरु र रक्सि नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा धनुषामा राखिएको उक्त रक्सिको अं.रु. ५०,०००/– र मो.सा.हरुको अं.रु २,१५०००/- (दुई लाख पन्ध्र हजार) गरि जम्मा रु.२,६५०००/- रहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-१८

१.      पर्सा, मिति २०८०।०२।१८ गते अं.०३:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं. १६ फुलवारी टोल स्थितमा प्र.चौ. भिस्वाडाँडा, पर्साबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ऐ.ऐ. बस्ने अं. बर्ष ३५ को ईसलाम मियाँ माथि शंका लागि रोकी चेकजाँच गर्दा निजको साथबाट ३ पुरिया ला.औ.गाँजा (७० ग्राम) फेला परेको हुदाँ निजलाई ला.औ.गाँजा सहित नियन्त्रणा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.श्रीपुरमा बुझाईएको ।२.      सिरहा, मिति २०८०।०२।१७  गते अं. ११:३० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १४ खिरौना चौक स्थितमा प्र.चौ. खिरौना, सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले यात्रु बाहक बसलाई चेकजाच गर्दा ऐ. मिर्चैया न.पा. ७ घर भई हाल जिल्ला उदयपुर त्रियुगा न.पा. १३ बस्ने मो.जाकिर शेखको छोरा अं. वर्ष २४ को मो.रिजवान शेखलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजम ट्याब्लेट- ६ पिस, गाँजा अं. २५ ग्राम सहित नियन्त्रणमा लिई जि.प्र.का. सिरहा तर्फ पठाउने पहल भईरहेको । ३.      सप्तरी, मिति २०८०।०२।१७ गते अं. १७:३० बजेको समयमा जि. सप्तरी कञ्चनरुप न.पा. १२ स्थित ऐ.ऐ. बस्ने कमल जैनले संचालन गर्दै आएको धारापानी होटल एण्ड लँजमा चोरी भएको भनी खबर प्राप्त हुनासाथ ई.प्र.का. कंचनपुर, सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घट्ना सम्बन्धमा बुझ्दा उक्त होटलको कोठा नं. ५०१ मा मिति २०८०।०२।१५ गते देखी २ महिनाको लागी आँपको बगैंचा खरीद गरी आँप टिपी बिक्री गर्ने उद्देश्यले भाडामा लिई बसेका जि. काभ्रे पाँचखाल न.पा. ६ देउसी थान बस्ने नर बहादुर श्रेष्ठको छोरा अं. वर्ष २७ को श्याम श्रेष्ठ भनी होटल संचालकबाट बुझिएको, उक्त होटलमा चेकजाँच गर्ने क्रममा श्याम श्रेष्ठले कोठा भित्र राखेको निलो कालो रंगको  School Bag  भित्र कालो सेतो बुट्टेदार सर्टमा बेरी लुकाई छिपाई राखेका लागु औषध NITRAVET-10 लेखेको १२ पतामा १७६ पिस ट्याबलेट फेला परेको हुँदा सो को कानुन खानतलासी बरामदी मुचुल्का गरी निज श्याम श्रेष्ठलाई पक्राउ गरी ई.प्र.का. कंचनपुर, सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-१७

१.      महोत्तरी, मिति २०८०।०२।१६ गते  अं. २०:०० बजेको समयमा जिल्ला महोत्तरी औरही न.पा. २ औरही चोक स्थितमा प्र.चौ. औरही, महोत्तरीबाट प्र. स. नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले रामगोपालपुरबाट बर्दीबास तर्फ जाँदै गरेको ज. १ ह. ५२९३ नं. को यात्रु बाहक अटोमा सवार ऐ. गौशाला न. पा. वडा नं. ५ गौशाला बस्ने मजनुम अंसारीको छोरा बर्ष ३० को सदाम हुसेनले कालो प्लाष्टिकको पोका बनाई नाईलनको झोलामा लुकाई छिपाई राखेको EXIPLONE 18 लेखेको १८ बोतल अबैध ला. औ. बरामद गरी मानिस र निजको साथमा रहेको MIVI कम्पनीको मोवाईल सहित नियन्त्रणमा लिई ई. प्र. का. गौशाला महोत्तरीमा बुझाएको ।२.      सिरहा, मिति २०८०।०२।१६ गते अं. १४:०० बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ३ अस्पताल चौक स्थितमा ई.प्र.का. लहान सिरहाबाट प्र.ब.ह.को कमाण्डमा खटिएको पिकेट टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला उदयपुर त्रियुगा न.पा. १२ बस्ने रामकुमार रोकाको छोरा अं. वर्ष १८ को भुपराज रोकालाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट निम्नानुसारको ला.औ. फेला परेकोले ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. लहान, सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१)     डाईजोपाम २३ एम्पुल२)     ब्युप्रोनोरफिम २३ एम्पुल३)     फेनारगन २३ एम्पुलजम्मा ६९ एम्पुल ला.औ.३.      सिरहा, मिति २०८०/०२/१७ गते अं. ०१:३० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा.वडा नं.२ नेपाल राष्ट्रिय फुलकुमारी विद्यालयको कम्पाउण्ड  भित्र जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. ६ बस्ने अं.बर्ष २६ को खेम हरि काफ्लेको र ऐ.ऐ बस्ने अं. बर्ष २२ को रोसन दहालले ला.औ. सेवन गर्न बसिरहेको अवस्थामा ई.प्र.का. बन्दीपुर सिरहाबाट प्र.स.ह को कमाण्डमा खटिएको गस्ती टोलीले, शंका लागी चेक जाँच गर्दा निज खेम हरि काफ्लेको साथबाट  codiwell cough sprup 100 ml को २ बोतल र रोसन दहालको साथबाट  codiwell cough sprup 100 ml को १ बोतल सहित जम्मा ३ बोतल ला.औ. सहित दुबै जनालाई नियन्त्रणमा लिई ई.प्र.का. बन्दीपुर सिरहामा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको ।४.      सिरहा, मिति २०८०।०२।१६ गते अं. १८:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १४ खिरौना चोक स्थितमा प्र.चौ. खिरौना सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा पैदल यात्री ऐ. नवटोली बस्ने बिन्देश्वर दासको छोरा अं. बर्ष २० को धिरज दास र ऐ.ऐ. बस्ने भोलबा मण्डलको छोरा अं.बर्ष ३० को गंगा मण्डललाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट अं. ५० ग्राम (तौल हुन बाँकी) बराबरको गाँजा फेला पारी ला.औ. गाँजा सहित निजहरुलाई पक्राउ गरि प्र.चौ. खिरौना सिरहामा ल्याई आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का.सिरहा तर्फ पठाउने पहल भईरहेको ।५.      सर्लाही, मिति २०८०।०२।१६ गते अं. १८:०० बजेको समयमा जि. सर्लाही मलंगवा न.पा.८ कार्यालय आगाडी प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.२-०३-००९ प ७८९२ नं.को मो.सा.रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने अं.बर्ष २९ को राजु सिंहले बोकेको प्लाष्टिकको झोलाबाट NITRAVET-10 TABLET २१० पिस, DIAZEPAM INJECTION-४० पिस, NOOPHIN INJECTION-४० पिस, PROMETHAZINE HYDROCHOLORIDE  INJECTION - ४० पिस ला.औ. बरामद गरी मो.सा., मो.सा.चालक ऐ.ऐ. बस्ने अं. बर्ष २० को रोहन राउत, पछाडी सवार निज राजु सिंहलाई ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी तालुक जि.प्र.का.सर्लाहीमा पठाएको ।६.      पर्सा, मिति २०८०।०२।१६ गते अं. १३:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा पर्सा र ला.औ. नि.का.ब्यूरो पर्साबाट खटिएको संयुक्त चेकिङ् टोली चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ११ थानाभज्याङ बस्ने मान बहादुर तामाङको छोरा अं. बर्ष १८ को सुभाष तामाङ् माथि शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ. डाईजेपाम-३६ एम्पुल, फेनारगन-३६ एम्पुल र नुर्फिन-३६ एम्पुल गरी जम्मा १०८ एम्पुल फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी व.प्र.का. बिर्तामा पठाएको । ७.      पर्सा, मिति २०८०।०२।१६ गते अं.२२:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं.१६ बसपार्क स्थितमा प्र.चौ. बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जि.चितवन राप्ती न.पा. वडा नं. ८ कुरकुरे बस्ने अं.बर्ष २८ को अजय राई माथि शंका लागि रोकी चेकजाँच गर्दा निजको साथबाट  नाईट्राजिपाम-५ पत्ता, स्पासमो-१ पत्ता, प्रिजेक्स-१ पत्ता र एभोमाईन- ४ वटा फेला परेको हुदाँ निजलाई ला.औ. सहित नियन्त्रणमा लिई आवशयक कारवाहीको लागि व.प्र.का.श्रीपुर पर्सामा बुझाईएको ।

अल्पसंख्यक समुदायसँग प्रहरी नामक कार्यक्रम
२०८०-०२-१७

१.      महोत्तरी, मिति २०८०।०२।१६ गते अं. १२:०५ बजेको समयमा  जिल्ला महोत्तरी गौशाला वडा नं. ०४ गौशाला न. पा.को कार्यालयको सभाहलमा “अल्पसंख्यक समुदायसंग प्रहरी नामक नव-प्रवर्तनीय कार्यक्रम” मा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्र. उ. प्रकाश मल्लको प्रमुख आतिथ्यमा कार्यक्रम सरु भएको उक्त कार्यक्रममा ई. प्र. का. गौशाला महोत्तरीका प्र. नि. मनोज कुमार यादव, गौशाला न. पा. वडा नं. ०४ का वडा अध्यक्ष रामनारायण महासेठ, ऐ. ५ नं. का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, मुसहर र चमार समुदायका स्थानीय गरी अं. ११५/१२५ जनाको संख्या उपस्थित रहेको ।

सामान र मो.सा. नियन्त्रणमा
२०८०-०२-१७

सर्लाही, मिति २०८०।०२।१६ गते अं.१९:०० बजेको समयमा जि.प्र.का. सर्लाहीबाट खटिएको प्रहरी टोलीले निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भन्सार कार्यालय मलंगवामा बुझाएको ।निम्न: १)     जि. सर्लाही पर्सा गा.पा. २ स्थित ई.प्र.का.संग्रामपुर सर्लाहीबाट प्र.ना.नि. दिनेश पंडितको कमाण्डमा खटिएको टोलीले भन्सार छलि लुकाई छिपाई BR 06 BU 2816 नं.को मो.सा.मा ३ बोरा युरिया मल ल्याउँदै गरेको अवस्थामा र ऐ. बस्ने गोपाल साहको पसलबाट भन्सार छली लुकाई छिपाई राखेको ११ बोरा युरिया मल र ऐ.ऐ. बस्ने रामेश्वर साहको पसलबाट २४ बोरा युरिया मल  गरी ३८ बोरा युरिया मल, १ थान मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय मलंगवामा बुझाएको ।२)     जि.सर्लाही कबिलासी न.पा.८ स्थित कार्यालय अगाडी प्र.चौ.कबिलासीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा चोकोपन-३ कार्टुन, रेडबुल-३ कार्टुन, ललिपप १ बोरा, चिनी १ बोरा, मैदा २ बोरा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय मलंगवामा बुझाएको । ३)     जि.सर्लाही मलंगवा न.पा. ८ स्थित प्र.चौ. गोरखकालीबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले भारतबाट प्र.२-०३-०० १ प ८०७४ नं. मो.सा.मा TVS Girling- २ डिब्बा, Bosch- ३ डिब्बा, Windtone Horn- ४ डिब्बा, Stering - २ थान, Spcer- ४ डिब्बा, Gaskit-२ थान, SeceFi-MNR- १ थान, Spare parts- ४ थान गरि जम्मा अं.मु.रु. २०,०००/- बराबरको ग्यारेजको पार्टपुर्जाहरु गरी मो.सा. सहित अं.मुल्य रु. ७५,४३०/- नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको ।

बिल बिजक भन्दा बढी रहेको सामान नियन्त्रणमा
२०८०-०२-१७

१.      बारा, मिति २०८०।०२।१७ गते अं. ००:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया स्थित तिनकुने चोकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ह. को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.३. ख.०६७५ नं.को डिब्बा ट्रक सुचनाको आधारमा चेकजाँच गर्दा बिल बिजक भन्दा बढी भएकोले नियन्त्रणमा लिई का.मा राखिएको बिलमा भएको अं.मुल्य रू. ३०,९२,८३३/-  (तिस लाख बयानब्बे हजार आठ सय तेंतिस रुपैयाँ) बराबरको केमिकल, हार्डवेयर, मोबिल, सुपारी आदी  बिरगंजबाट चितवन तर्फ जादै गरेको ना.५.ख.६१६६ नं.को डिब्बा ट्रकमा किराना सामानहरु मिश्री, धनिया, जिरा, काजु, पेन्ट गरी रू. २६,५४,३२१/- (छब्बिस लाख चौवन्न हजार तिन सय एक्काईस) गरी जम्मा रू. ५७,४७,१५४ (सन्ताउन्न लाख सर्चालिस हजार एक सय चौवन्न) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा ल्याई राखेको ।

अवैध भन्सार छलीका समान नियन्त्रणमा
२०८०-०२-१७

१.      १.      पर्सा, मिति २०८०।०२।१६ गते अं. २२:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.१५ भिस्वा स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलन प्रहरी टोलीले ऐ.ऐ. बस्ने संजय साहको दुई तल्ले घरमा अनाधिकृत रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेका निम्न समानहरु गरी अं. ८ लाख ७० हजार बराबरको समान बरामद गरी आवश्यक कारवहीको लागि जि.प्र.का.पर्सामा बुझाईएको । निम्न;- १)           काजु-२२ टिना (प्रतिटिना -१० के.जि.) । २)           सर्टको थानको कपडा-१५६ रोल । ३)           खुल्ला पापड-१२० के.जि. । ४)           जलजिरा-३० के.जि. । ५)           कस्मेटिक समान- १ बोरा । ६)           हुक्काको फ्लेवर-४८ प्याकेट ।२.      रौतहट, मिति २०८०।०२।१६ गते अं. १३:४० बजेको समयमा जिल्ला रौतहट गौर न.पा.-२ भन्सार सडक स्थित बि.ओ. पि. रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटि गएको  ७ जनाको  टोली र नेपाल प्रहरी भन्सार सुरक्षा गार्डबाट प्र.ब.ह को कमाण्डमा ०२ जनाको संयुक्त टोलीलाई देखि अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बिभिन्न किसिमको  किराना र कास्मेटिक समानहरु  नियन्त्रणमा लिई आवश्यक छानविन पश्चात मुल्य रु. ६२,९२०/- बराबर कायम गरी गौर भन्सार कार्यालयमा नियमानुसार कारवाहीको लागी बुझाइएको ।

बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयरका सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-१६

पर्सा, बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१५ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट  ना.८ ख ४०१८ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू ५१,०९,२०७।- (एकाउन्न लाख नौ हजार दुई सय सात) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-१६

१.      मिति २०८०।०२।१५ गते अं.१५:३० बजेको समयमा जिल्ला पर्सा छिपरमाई गा.पा. ५ ब्रहम चोक स्थितमा बागमती प्रदेश- ०३००१ ख १८१० नं.को बसमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा प्र.चौ. भिष्वा पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उक्त बसको पछाडिको डिक्की भित्र बाल्टिनमा पलाष्टिकको पोका भित्र लुकाई छिपाई राखिएको अवस्थामा निम्न अनुसारको ला.औ.र उक्त नं.को बस चालक जिल्ला दोलखा भिमेश्वर न.पा.८ बस्ने अं. बर्ष ४२ को दुर्गा राज खत्री र ऐ.बसको सहचालक जिल्ला पर्सा धोबिनी गा.पा. ४ लंगडी बस्ने बर्ष ४५ को नुरेश मिया तेलीलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि ई.प्र.का.पोखरीयामा बुझाएको ।निम्नः-1. Noophin 500 पिस2. Diazepam 500 पिस3. Phenirzan 500 पिस  २.      मिति २०८०।०२।१५ गते अं. २१:४० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर न.पा.६ बेल्डि गाँउ स्थितमा ई.प्र.का. चपुर, रौतहटबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलि गस्ति गर्दै जाने क्रममा ऐ.स्थित रहेको प्रतिक्षालयमा शंकास्पद रुपमा बसिरहेको जिल्ला गोरखा पालुङ्टार न.पा.४ बस्ने अं. बर्ष २३।२४ को राहुल रानाभाटलाई सोधपुछ तथा चेक जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको खल्तिबाट लागु औषध Nitravet-10 लेखिएको ट्याब्लेट २३ पिस र S-monplus लेखिएको ट्याब्लेट १९ पिस बरामद भएकोले उक्त लागु औषध र निज राहुल रानाभाटलाई नियन्त्रणमा लिई ई.प्र.का. चपुर, रौतहटमा ल्याई राखिएको । ३.      मिति २०८०।०२।१५ गते अं. १८;०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ बस पार्क स्थित ई.प्र.का. माडर, सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला सिरहा कर्जन्हा न.पा. ३ टिकापुर बस्ने हरिदेव दासको छोरा अं.बर्ष २३ को कमल दासलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अबैध ला.औ. नाइट्रोभेट 10 लेखिएको  ट्याबलेट १ पत्ता १५ पिस सहित निजलाई पक्राउ गरि ई.प्र.का. माडर, सिरहामा ल्याई आवश्यक कारवाहीको लागी तालुक जि.प्र.का.सिरहा तर्फ पठाउने पहल भईरहेको ।  ४.      मिति २०८०।०२।१५ गते अं.१७:१५ बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा.१७ बस पार्क देखि अं.३०० मि. पश्चिम ई.प्र.का. माडर, सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम वाट पुर्व तर्फ आउँदै गरेको पैदल यात्री ऐ. मिर्चैया न.पा. ६ नमुना टोल बस्ने रामनारायण यादवको छोरा अं. बर्ष १८ को शिव कुमार यादवलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट NITRAVET TEN ४ पत्ता ६० पिस ट्याबलेट, अं. २.७७० मिलिग्राम चरेस जस्तो देखिने सेतो प्लास्टिकमा लागु औषध सहित पक्राउ गरी ई.प्र.का. माडर, सिरहामा ल्याई आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. सिरहा पठाउने कार्य भइरहेको । 

काठ सहित सवारी साधन नियन्त्रणमा
२०८०-०२-१६

१.      मिति २०८०/०२/१५ गते अं.१५:३० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. ५ स्थित पुर्व- पश्चिम लोकमार्गमा बिशेष सुचनाको आधारमा ई.प्र.का. बर्दिबासबाट प्र.नि. को कमाण्डमा तथा अ.प्र.पोष्ट माईस्थानबाट समेत खटिएको संयुक्त चेकजाँच प्रहरी टोलिले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ख. ६६६४, ना.६ख. ६२७२ न. को ट्रकहरुलाई रोकि चेकजाँच गर्ने क्रममा ६६६४ नं. को ट्रकमा साल जातको ६२ काठको गोलिया र ६२७२ नं. को ट्रकमा साल जातको ५९ काठको गोलिया फेला पारी सो काठको कानुन बमोजिम हुनुपर्ने Online बिल, Vat बिल, छुट पुर्जी विना अबैध रुपमा काठ ओसार-पसार भईरहेको अवस्थामा फेला पारी बरामद काठको गोलिया एवं दुवै सवारी साधन तथा दुवै चालक सहित नियन्त्रणमा लिई ई.प्र.का. बर्दिबास, महोत्तरीमा राखिएको, उक्त दुवै ट्रकको अं. मुल्य रु. ६०,००,०००।– (साठी लाख) र दुवै ट्रकमा रहेको काठको अं.१,५३३ क्यु फिटको अं.मुल्य रु.२५,५२,४४५।– (पच्चिस लाख बाउन्न हजार चार सय पैतालिस) गरी जम्मा अं.मुल्य रु. ८५,५२,४४५।– (पचासि लाख बाउन्न हजार चार सय पैतालिस) रहेको । बरामद भएको काठ, सवारी साधन तथा चालक सहितलाई आवश्यक कार्वाहीको लागी सब डिभिजन वन कार्यालय गढन्ता महोत्तरीमा बुझाएको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-१४

सिरहा, मिति २०८०/०२/१३ गते अं.१२:५० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा. ४ टेम्पु स्टेण्ड ठाडी स्थितमा प्र.चौ.ठाडी सिरहाबाट खटिएको प्र.ब.ना.नि.को कमाण्डको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको स.२. प ३८१० नं. को कालो रातो साईन मो.सा. चेक जाँच गर्दा मो.सा. चालक जिल्ला उदयपुर त्रियुगा न.पा.-६ जलजले बस्ने मिश्रीलाल चौधरीको छोरा बर्ष -२६ को चन्द्र नारायण चौधरी लगाएको भटमास कलरको विनस्विटरको बाँया साईडको भित्री गोजिमा कालो प्लास्टिकमा पोकोपारी राखेको निम्नानुसारको ला.औ फेला परेकोले ला.औ सहित मो.सा. चालक चन्द्र नारायण चौधरी र सोही मो.सा .पछाडी सवार  ऐ. त्रियुगा न.पा. ६ बस्ने महमद रुस्तम अलीको छोरा बर्ष -२५ को महमद नौसाद अली समेत गरी मो.सा. थान-१, APPLE कम्पनीको मोबाईल थान १ र MI कम्पनीको मोबाईल थान-१, स्मार्ट वाच थान-१, मोहमद नौसाद अलीको नामको विभिन्न कार्डहरु थान-५, निज कै पासपोर्टको फोटोकपी र नगद रु. २,०५२/-,  प्रतिबन्धित लागु औषध समेत बरामद गरी आवश्यक कारवाहीको लागी तालुक ई.प्र.का. लहानमा बुझाउने प्रकृया भईरहेको ।निम्न:-१)           DIAZEPAM २५ एम्पुल२)           BUPRENORPHINE २५ एम्पुल ३)           PROMETHARZINE २५ एम्पुल

लागु औषध सहित एक जना मानिस पक्राउ
२०८०-०२-१२

पर्सा, मिति २०८०।०२।१२ गते अं.१०:०० बजे जिल्ला पर्सा कालिकामाई गाउँपालिका वडा नं.१ स्थित नहर सडक खण्डमा जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी आशवारीबाट खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा आएका BR22AT 8498 नम्बरको मो.सा. रोकी मो.सा.मा निम्न लिखित वतनका वर्ष २१ को अनिल पासवानलाई चेकजाँच गर्दा निजले ढाडमा पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध चरेश २० प्याकेट प्रति प्याकेट ५०० ग्रामका दरले जम्मा १० के.जी. लागु औषध चरेश फेला परेकोले उल्लेखित लागु औषध तथा BR22T 8498 नम्बरको मो.सा. बरामद गरी निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ थप अनुसन्धान भैरहेको  ।निम्न:-पक्राउ विवरण अभियुक्त:- अनिल पासवान उमेर:- २१ वर्ष                                                                                                ठेगाना:- जिल्ला पर्सा कालिकामाई गा.पा.वडा नं.१पक्राउ मिति:- २०८०।०२।१२  गते । बरामद लागु औषध चरेशः- १० के.जी.

Online मार्फत ( IPL 2023 ) जुवा/सट्टावाजी गर्ने मानिसहरु पक्राउ
२०८०-०२-१२

पर्सा, मिति २०८०।०२।१० गते अं.११:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पक्की घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा Online मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी गरिरहेको अवस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त घरको कानूनी रित पुर्‍याई खानतलासी गर्दा निम्न स्थान बस्ने निम्न व्यक्तिहरूले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको निम्न प्रकारका मोबाईलहरू, ल्यापटप तथा नेपाली नगद रू.३,९०,५००/- (तीन लाख नब्बे हजार पाँच सय) र भारतीय नगद रू. १५,७५०/- (पन्ध्र हजार सात सय पचास) र खेलको Live हेर्न प्रयोग भएको Idea Company को ३२ inch LED TV समेत फेला परेको हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरू तथा फेला परेको दशीको सामानहरू सहित पक्राउ तथा बरामद गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ निजहरू विरुद्द Online सट्टाबाजी सम्बन्धी कसूरमा मिति २०८०।०२।११ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट  म्याद थप गरी  थप अनुसन्धान कार्य भैरहेको ।निम्नः-१.      जि.बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३१ को सरोज साह ।२.      जि.सर्लाही रामनगर गा.पा.वडा नं.६ बस्ने वर्ष ३५ को सन्तोष कुमार यादव ।३.      जि.पर्सा वी.म.न.पा.वडा नं.२४ बस्ने वर्ष ३४ को धुरेन्द्र प्र.यादव । ४.      भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने वर्ष ५२ को मुन्ना भन्ने धर्मनाथ प्र.जैसवाल ।

बिल बिजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामान लोड रहेको ट्रक पक्राउ
२०८०-०२-१२

पर्सा, बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट सर्लाहीतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।१० गते अं. २१:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा रू. अ.मु.रू. ३२,३७,७३९।- (बत्तीस लाख सड्तीस हजार सात सय उनन्चालीस) बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा
२०८०-०२-१०

पर्सा, बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक पिकअप ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।०९ गते अं.१८:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट  BR05GC 3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू १७,३९,४४८।- (सत्तर लाख उन्नचालीस हजार चार सय अड्चालीस ) बराबरको पिकअप र सो पिकअप भित्र लोड रहेको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।  

प्रतिबन्धित भारतीय नोट सहित मानिस पक्राउ
२०८०-०२-०९

    पर्सा, मिति २०८०।०२।०८ गते अं.१५:२५ बजेको समयमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट वीरगञ्ज बजार तर्फ एक जना पुरुष व्यक्ति पछाडी नेबी ब्लु रंगको झोला बोकी ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाईकल चलाई आईरहेको अवस्थामा शंका लागी निजलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१८ मोतिसर टोल बस्ने अं. वर्ष ५४ को मेहीलाल प्रसाद साहले पछाडी भिरेको नेवी ब्लु रंगको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रु.५००।- दरका नोट ३४६ थान, रु.२००।- दरका नोट ३ थान र रु.१००।- का नोट ३ थान गरी जम्मा भारतीय रु. १,७३,९००।-(एक लाख तिहत्तर हजार नौ सय ) प्रतिवन्धित भारतीय नोट फेला परेकोले उक्त भारतीय नोटहरु र ईन्जिन नम्वर 99E17M1531 चेचिस नम्वर QQE1QC01544 भएको ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाईकल समेत बरामद गरी निज मेहीलाल प्रसाद साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८०।०२।०९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध भन्सार छलीको स्याउ बरामद
२०८०-०२-०५

१.      सप्तरी, मिति २०८०।०२।०३ गते अं. २२:०० बजेको समयमा जि.सप्तरी बलानबिहुल गा.पा.४ बेल्ही स्थित ऐ.ऐ. बस्ने भुटकुन यादवको छोरा अं. वर्ष ३५ को सन्तोष यादवको पक्की घरमा सटर भित्र भन्सार छलि गरी अवैध रुपमा स्याउको काटुनहरू राखिएको छ भन्ने गोप्य सुचना प्राप्त भए पश्चात तत्कालै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्र.ना.उ.को कमाण्डमा खटि गएको प्रहरी टोलि र ऐ.ऐ. स्थित शसस्त्र प्रहरी क्याम्प बि.ओ.पि. बेल्ही सप्तरीको प्र.नि.को संयुक्त टोलिले उक्त स्थानमा खटि गई उक्त घर कर्डन गरी राखि मिति २०८०।०२।०४ गते अं. ११:५५ बजेको समयमा स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा कानुनी रित पुर्‍याई ढोका खोलि निज सन्तोष यादवको घरको गोदाममा स्टोर गरी राखिएको ३८५ (तीन सय पचासी) वटा काटुन स्याउ जम्मा ७७००( सात हजार सात सय किलो) प्रति के.जि. २५० को दरले मु.रु. १९,२५,०००/- (उन्नाई लाख पच्चिस हजार) बराबरको स्याउ भन्सार कार्यालय तिलाठि, सप्तरीमा बुझाएको ।

फरार प्रतिवादी नियन्त्रण
२०८०-०२-०५

१.      पर्सा, मिति २०८०।०२।०४ गते अं. ०९:४५ बजेको समयमा जिल्ला रौतहट फतुवाविजयपुर न.पा.-८ स्थित विजयपुर बजारबाट जबरजस्ती करणी मुद्दामा वारदात पश्चात फरार रहेका जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा नं.-६ बस्ने विरेन्द्र साह कानुको छोरा वर्ष १९ को लव कुमार गुप्तालाई ई.प्र.का. लक्ष्मिनियाँ रौतहटबाट खटि गएको प्र.ना.नि.को टोलिले नियन्त्रणमा लिई ई.प्र.कामा राखिएको  ।२.      सिरहा, मिति २०८०।०२।०४ गते अं. ०८:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.-१० बस्ने  बर्ष ४५ को चौधरी रामको नाममा चोरी, अन्य मुद्दाका  लागत नं. ४२९३, फैसला मिति २०७१।११।०२ गते जरिवाना उल्लेख नभएको फरार प्रतिवादीलाई ई.प्र.का. धनगढी सिरहाबाट प्र.ना.नि.को  कमाण्डमा खटिएको प्रहरी टोलिले  निजलाई ध.न.पा. १० बजारबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का.धनगढी सिरहामा ल्याई राखिएको ।३.      सिरहा, मिति २०८०।०२।०४ गते अं. ११:०० बजेको समयमा ई.प्र.का. बिष्णुपुरकट्टी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले लागत नं.४२६९, सम्मानित जिल्ला अदालत सिरहाबाट मिति २०७२।०१।२६ गते फैसाला भएको ला.औ. मुद्दामा  ५ महिना ११ दिन कैद रु. १५,०००।- (पन्ध्र हजार) जरिवना तोकि फरार रहेको प्रतिवादी जिल्ला सिरहा साबिक बिष्णुपुरकट्टी गा.बि.स. ८ हाल धनगढिमाई न.पा.१२ बस्ने अं. वर्ष ७० को तुल ब. शाहीलाई निजकै घरवतनबाट पक्राउ गरि  ई.प्र.का. बिष्णुपुरकट्टीमा ल्याई राखिएको ।४.      सप्तरी, मिति २०८०।०२।०४ गते अं.१२:३० बजेको समयमा जिल्ला सप्तरी राजबिराज न.पा.१ बस्ने अं.बर्ष ४३ रामचन्द्र साह लगत नं. २२०९ ला.औ. गाँजा मुद्दाको जरिवाना रु.२०००/- र ६ महिना कैद सजाय भएको फरार प्रतिवादीलाई अ.प्र.पोष्ट राजदेवी सप्तरीबाट प्र.स.नि.को कमान्डमा खटिएको टोलीले निजको घर वतनमा गई पक्राउ गरी आवश्यक कार्वाहिको लागी जि.प्र.का. सप्तरीमा पठाईएको । ५.      सप्तरी, मिति २०८०।०२।०४ गते अं. १८:०० बजेको समयमा जि. सप्तरी कंचनरुप न.पा. ७ घोघनपुर बस्ने वन मुद्दाको लगत नं. ३४१२ को जरिवान रु. ९३,२००/- (तिरानब्बे हजार दुई सय) भएको फरार प्रतिवादी कपलेश्वर सरदारको श्रीमती अं. बर्ष ५०।५५ की कारो देवि सरदारलाई कंचनपुर बजार स्थितमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले नियन्त्रणमा लिएको ।

ला.औ.सहित मानिस नियन्त्रण
२०८०-०२-०५

१.      धनुषा, मिति २०८०/०२/०४ गते अं.१५:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२३ वेला पुल स्थित महोत्तरी पिपराबाट जनकपुर तर्फ आउँदै गरेको ज.३ प. २३५५ नं.को मो.सा.लाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको मो.सा.गस्ती टोलीले शंका लागी चेक जाँच गर्दा मो.सा.चालक जिल्ला धनुषा बटेश्वर गा.पा.५ शान्तिनगर बस्ने अं.वर्ष ४५ को सुरेश महतोले पिठ्युमा बोकेको झोला भित्र खोली  हेर्दा ला.औ.गाँजा अं.५०० ग्राम फेला परेको र निजको साथबाट नगद रु.५५,४९०/- (नेपाली रुपैयाँ), रु.२,५३०/- (भारतीय रुपैयाँ) सहित बरामद भएकोले मो.सा., ला.औ. र मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । २.      सिरहा, मिति २०८०।०२।०४ गते अं.१६:४० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा. वडा नं.०३ धाँती टोल स्थितमा प्रहरी चौकी ठाडी सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आईरहेको मानिसहरुलाई शंका लागी चेकजाँच गर्दा जिल्ला सप्तरी सुरुङ्गा गा.पा. वडा नं. ९ बस्ने श्याम प्रसाद चौधरीको छोरा बर्ष अं.१९ को मधुसुधन चौधरीले लगाएको निलो कलरको हाफ ज्याकेटको साईडको गोजिमा Nitravet-10 लेखिएको अबैध लागु औषध २ पत्ता (३० चक्की) फेला परेको उक्त अबैध लागु औषध ऐ.ऐ. बस्ने शम्भु चौधरीको छोरा बर्ष अं.२१ को हरि नारायण चौधरीले आफुलाई राख्न दिएको भनि जानकारी गराएकोले लागु औषध सहित दुबै जना, साईकल-२ थान, रेड्मी कम्पनीको मोबाईल थान १ बरामद गरी आवश्यक कारवाहीको लागी ई.प्र.का. लहान सिरहामा बुझाउने कार्य भईरहेको । 

लागु औषध गाँजा नियन्त्रण
२०८०-०२-०५

पर्सा, मिति २०८०।०२।०४ गते अं.२३:४५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं.५ देवरिया र ऐ. जिराभवानी गा.पा. वडा नं. ५ शकंर सरैयाको बिच चौरीमा सुराकीको आधारमा ई.प्र.का. पटेर्वा सुगौली पर्साबाट प्र.नि.को कमाण्डमा खटिएको ४ जनाको टोली र दुई जना सुराकी गरी जम्मा ६ जनाको संयुक्त टोलीले तीन ठाउँमा ऐम्बुस थापेको अवस्थामा जि.पर्सा जिराभवानी गा.पा. वडा नं. ५ को चौरीमा १ जना खाली र २ जना व्यक्तिले नाम्लो  डोरी लगाएर टाउको बोकी लुकाई छिपाई उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको पहिलो ऐम्बुसको प्रहरी टोलीलाई देखेर प्लाष्किवोरा थान २ फाली भागेको र बोरा खोलेर हेर्दा ला.औ.गाँजा रहेकोले नियन्त्रणमा लिई ई.प्र.का.पटेर्वा सुगौलीमा राखिएको, उक्त व्यक्तिको खोत कार्य भईरहेको उक्त ला.औ. गाँजा प्लाष्टिकको बोरा सहित १६ के.जी. २५० ग्राम र अर्को प्लाष्टिकको बोरा सहित १६ के.जी १३० ग्राम जम्मा ३२ के.जी. ३८० ग्राम रहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-०४

बारा, मिति २०८०/०२/०३ गते अं. ०७:०० बजेको समयमा  सवारी ज्यान मुद्दाको १ महिना १५ दिन जरिवाना कैद सजाय भएको फरार प्रतिवादि जि. बारा परबानिपुर  गा.पा. १ बुनियाद बस्ने  बर्ष  ५४ को रामानन्द महतोलाई  ई.प्र.का. परवानिपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले  पक्राउ गरि ई.प्र.का. प्रसौनिमा बुझाएको । सर्लाही,मिति २०८०।०१।०४ गते जिल्ला सर्लाही कबिलासी न.पा.९ सलेम्पुर बस्ने जितु महराको छोरा अं.बर्ष २५ को रामु महराले ज.ज.क.उ.गरी वारदात स्थलबाट फरार रहेको हुँदा निजलाई ई.प्र.का.हरिपुर सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा २ जना र प्र.चौ.औरहीबाट २ जना गरी जम्मा ४ जनाको संयुक्त टोलीले बिषेश सुराकीको आधारमा मिति २०८०।०२।०३ गते अं. १६:१५ बजे जिल्ला सर्लाही चक्रघट्टा गा.पा.८ औरही स्थितमा लुकी छुपी बस्दै गरेको अवस्थामा निजलाई पक्राउ गरी ई.प्र.का.हरिपुर सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको  । सिरहा, मिति   २०८०।०२।०३ गते अं. १६:४५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. १४ बस्ने महाबिर साहको छोरा अं.बर्ष ५३ को पशु साहको नाममा सम्मानित जिल्ला अदालत सिरहाबाट कुटपिट अंगभंग मुद्दाको लागत नं.१९४० भएको ७ महिना १८ दिन कसजाय तोकीएको फरार प्र तिवादीलाई, अ.प्र.पोष्ट पक्किटोल सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले ऐ. बस्तिपुर स्कुल स्थितबाट निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का. लहान सिरहामा बुझाएको साथै मिति २०८०।०२।०३ गते अं. ०८:०० बजे जिल्ला सिरहा धनगढी न.पा.-४  निमचौक स्थितमा जिल्ला सिरहा साबिक गा.बि.स. ९ फुलकहाकट्टी हाल धनगढीमाई न.पा. ६ बस्ने हरिकिषुण यादवको छोरा अं. बर्ष ५२ को रामबिलास यादवको नाममा सम्मानित जिल्ला अदालत सिरहाबाट जालसाजी मुद्दामा लागत नं. ३२३० फैसला मिति २०६९।०९।२५ गतेको रु. ५०,०००।– (पचास हजार रुपयाँ) जारिवाना रहेको फरार प्रतिबादीलाई ई.प्र.का.धनगडी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई निमचौकबाटै नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का.धनगडीमा.ल्याई राखेको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०२-०४

पर्सा, मिति २०८०।०२।०३ गते अं.१८:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ ईनर्वा भन्सार स्थित सडकमा प्रहरी चौकी ईनर्वा पर्सा र केन्द्रिय अनुसन्धान ब्यूरो विरगंज समेतको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ २ जना पुरुष मानिस प्रदेश ०३-००५ प ९०२ नं.को मोटरसाईकलमा सवार भई आईरहेको अवस्थामा शंका लागी रोकी निजहरुको नाम, थर, वतन सोधपुछ गर्दा निजहरुले आफ्नो नाम,थर, वतन क्रमश: मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं.१० बस्ने अर्जुन पाठकको छोरा वर्ष ३०को अनिल पाठक र पछाडी सवार ऐ.ऐ. बस्ने अमिर थापाको छोरा वर्ष २९ को आदर्श थापा हो भनि बताए पछी कानुन बमोजिम निजहरुको जिउ शरीर तलासी गर्दा मोटरसाईकल चालक अनिल पाठकको साथबाट ONEREX COUGH SYRUP लेखिएको १०० ml को २ बोतल र नुफिन ५ एम्पुल, फेनारगन ५ एम्पुल, डाईजेल्याब ५ एम्पुल गरी जम्मा १५ एम्पुल र आदर्श थापाको साथबाट नुफिन २ एम्पुल, फेनारगन २ एम्पुल, डाईजेल्याब २ एम्पुल गरी जम्मा ६ एम्पुल फेला परेकोमा उक्त लागु औषध, मोटरसाईकल समेत कानुन बमोजिम बरामद गरी निज अनिल पाठक र आदर्श थापा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता पर्सामा पठाईएको ।

लागू औषध गाँजा सहित ४ जना मानिस पक्राउ
२०८०-०२-०३

  बारा, मिति २०८०/०२/३ गते अं.०८:१५ बजेको समयमा जिल्ला बारा निजगढ न.पा. ८ पुर्ब पश्चिम लोकमार्ग सडक खण्डको उनासी पुल स्थितमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हेटौडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा १३ के.जी. ५०० ग्राम फेला परेको हुँदा उक्त बस तथा लागू औषध गाँजा बरामद गरी उक्त वारदातमा संलग्न जि.मकवापुर मनहरी गा.पा. वडा नं. ८ ज्यामिरे बस्ने अं.बर्ष ३४ को राजकुमार भने चन्द्र ब.मोक्तान, जि.झापा मेची न.पा.६ शान्तिटोल बस्ने अं.बर्ष ४६ को शंकर दाहाल, ऐ.ऐ.वडा नं.७ बस्ने अं.बर्ष ३४ को बिनोद कुमार पोखरेल र जि. रौतहट चन्द्रपुर न.पा.८ बस्ने अं.बर्ष २४ को अर्जुन गौतम हरुलाई कानूनबमोजिम पक्राउ गरी लागू औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप अनुसन्धान कार्य भइरहेको। 

बिल बिजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पक्राउ
२०८०-०२-०३

 पर्सा,बिल विजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट रौतहटतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०८०।०२।०३ गते विहान अं. ०४:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित बाईपास सडकखण्डमा ना ८ ख ३५८४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नारायणी ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा  अ.मु.रू ३१,८९,९३६।- (एकतीस लाख उनानब्बे हजार नौ सय छत्तीस) बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।०३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको 

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०८०-०२-०३

१.      महोत्तरी, मिति २०८०।०२।०२ गते अं. १७:०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा. ११ स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डबाट अं. ३ कि. मि. उत्तर तर्फ पर्ने बनपथ राष्ट्रिय वन क्षेत्र भित्र भरुवा बन्दुक साथमा बोकि जंगली जनावरको शिकार गरिरहेको छ भन्ने विशेष सुचनाको आधारमा  ई.प्र.का. बर्दिबास महोत्तरीबाट प्र.ना.उ. को कमाण्डमा र प्रहरी चौकि खयरमारा महोत्तरीबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोली संयुक्त रुपमा खटि गई खोजतलास गर्ने क्रममा काँधमा भरुवा बन्दुक भिडि हिंडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखि भाग्ने क्रममा उल्लेखित वन क्षेत्र स्थित बाँके खोलाबाट पुर्व तर्फको जंगलमा लडि ढलि सुकेको हाडे प्रजातिको रुख मुनि थान-२ (दुई) भरुवा बन्दुक लुकाई भाग्दै गर्दा प्रहरी टोलीले लखेटि तत्कालै जिल्ला सर्लाही ईश्वरपुर न.पा. १२ बस्ने शोभा सिंह भोलनको छोरा बर्ष अं. ३५ को लाल बहादुर भोलन (साथमा थान-१ (एक) भरुवा बन्दुक, ऐ.ऐ. बस्ने दिल बहादुर भोलनको छोरा बर्ष अं. ३० को प्रेम बहादुर भोलन (साथमा थान-१ (एक) भरुवा बन्दुक र ऐ.ऐ. बस्ने विर बहादुर स्याङ्तानको छोरा बर्ष अं. ३८ को अमिर स्याङ्तान (जंगली जनावरहरु हेर्दै हिंडिरहेको) लाई नियन्त्रणमा लिई निजहरुले देखाए बमोजिमको थान-२ (दुई) भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी नियन्त्रण
२०८०-०२-०३

१.      रौतहट, मिति २०८०/०२/०२ गते जिल्ला रौतहट साबिक गा.बि.स. प्रतापपुर पल्टुवा वडा नं. ६ परिवर्तीत  ऐ. गुजरा नगरपालिका वडा नं. ६ प्रतापपुर पल्टुवा टोलमा बस्ने शेख सनिफको छोरा अं. बर्ष ४० को शेख अलाउदिन कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी शेख अलाउदिनको सम्बन्धमा ई.प्र.का. गरुडा रौतहटबाट खटिएको टोलीले गोप्य रुपमा बुझ्दा निज प्रतिवादी जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ४ स्थितमा रहेको  New NP Star  होटल अगाडी फेला पारी निज प्रतिवादीलाई मिति २०८०/०२/०२ गते अं.२१:०० बजेको समयमा प्र.स.नि.को कमाण्डमा प्रहरी टोलीले नियन्त्रणमा लिएको ई.प्र.का.गरुडा रौतहटमा राखिएको थप अनुसन्धान कार्य भइरेहको ।२.      सिरहा, मिति २०८०।०२।०२ गते अं. १०:०० बजेको समयमा प्रहरी चौकी सन्हैठाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाको क्रम संख्या ४०२२, लागत नं. ७५६७,  चोरी मुद्दामा ३ महिना कैद,  रु. ३,०००/– जरिवना तोकि फरार भएको प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. १९ बस्ने हरि मोहन यादवको छोरा वर्ष २० को लीला भन्ने संतोष कुमार यादवलाई निजकै घरवतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा दाखिला गराएको ।३.      सप्तरी, मिति २०८०।०२।०२ गते जिल्ला सप्तरी विभिन्न स्थान बस्ने ७ जना फरार प्रतिवादीहरुको जरिवना गराई लगत कट्टा गराउनको लागि प्रहरी कर्मचारीको जिम्मा लगाई पत्र लिएर सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीको लागि पठाईएको । ४.      पर्सा, मिति २०८०।०२।०२ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थान बस्ने १८ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सा तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-०३

१.      पर्सा, मिति २०८०।०२।०३ गते अं. ०१:५० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं. १६ बसपार्क भानु चोक स्थितमा प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री जिल्ला चितवन राप्ती न.पा. वडा नं. ७ बस्ने समर राज गुरुङको छोरा अं. बर्ष २८ को कर्ण गुरुङको साथबाट डाईजोपाम-८ एम्पु, फेनरागण-७ एम्पुल र नुफिन-८ एम्पुल गरी जम्मा- २३ एम्पुल र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं. ३ पथलैया बस्ने गोपाल यादवको छोरा अं. बर्ष २७ को सुनिल यादवको साथबाट नाईट्राभेट-२ पिस ला.औ. फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.श्रीपुरमा पठाईएको ।२.      पर्सा, मिति २०८०।०२।०२ गते अं. १४:२० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा.-१६ का. अगाडी प्रहरी चौकी ईनर्वा पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा र ला.औ. नियन्त्रण ब्युरो शाखा का. बिरगंजबाट खटिएको संयुक्त चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि.चितवन भरतपुर म.न.पा.१ बेलचोक बस्ने राम प्र.यादवको छोरा बर्ष अं. १५/१६ को सुनिल यादवलाई रोकी चेकजांच गर्दा आफ्नै शरिरको पिठ्युमा लुकाई ल्याएको अवस्थामा नाईट्रोभेट १० लेखिएको १० पत्तामा ३०० पिस ला.औ. नाईट्रोभेट ट्याब्लेट सहित निजलाई पक्राउ गरी प्रहरी चौकी ईनर्वामा ल्याई राखिएको साथै मिति २०८०।०२।०२ गते १०:३० बजेको समयमा जि.पर्सा कालिकामाई गा.पा. वडा नं.३ हरिहरपुर नहरमा चेकजाँच गर्ने क्रममा BR22AP३८६८ नं.को टि.भि. एस स्कुटरको सिटमुनि लुकाई छिपाई ल्याएको अं. ५०० ग्राम ला.औ. गाँजा फेला पारी बरामद भएको गाँजा, मो.सा.र चालक देश भारत जि. मोतिहारी थाना सिक्टा वडा नं. १८ टोल विरौति सुरगामा बस्ने वर्ष अं. ६०को कलाम मियालाई नियन्त्रणमा लिई ई.प्र.का. कालिकामाईमा ल्याई राखेको ।३.      रौतहट, मिति २०८०।२।२ गते अं. २३:४५ बजेको समयमा जि. रौतहट इशनाथ न.पा.३ स्थित जनता मा.बि.को प्राङ्गणमा ला.औ. गाँजा सेवन गरिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरैया रौतहटबाट प्र.स.नि.को टोलि खटी गई जिल्ला रौतहट ईशनाथ न.पा.-६ बस्ने जय नारायण ठाकुरको छोरा बर्ष २३ को अरुण कुमार शर्मा, ऐ.ऐ. बस्ने राम प्रबेश ठाकुरको छोरा बर्ष अं. १९ को राजेश्वर शर्मा र ऐ.ऐ.-५ बस्ने रबिन्द्र पटेलको छोरा १८ को कृष्ण नन्दन पटेललाई ला.औ. गाँजा सेवन गरिरहेको अवस्थामा बा १९ प ३८७४ न.को पल्सर १५० सि.सि.को मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. रौतहट, गौर तर्फ पठाईएको । ४.      सर्लाही, मिति  २०८०।०२।०२ गते अं. १७:०० बजेको समयमा जि. सर्लाही मलंगवा न.पा.-८ स्थित प्रहरी चौकी गोरखकाली अगाडी प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले भारतबाट मलंगवा तर्फ आउँदै गरेको प्र.२-०२-००४ प ८८९६ नं.को मो.सा. रोकी चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाई छिपाई राखेको CODIWELL -४ बोतल फेला परेकोले उक्त मो.सा. सहित  मो.सा. चालक जि.सर्लाही विष्णु गा.पा.- ३ मधुवनगोठ बस्ने बर्ष २६ को सुरज कर्णलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. सर्लाही पठाइएको ।

ला.औ.सहित मानिस र मो.सा. नियन्त्रण
२०८०-०२-०२

१. सर्लाही, मिति २०८०/०२/०१  गते अं.१७:३५ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. ११ हिरापुर ब्यारेज स्थित ई.प्र.का. सिरापुर सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको बा.३६ प ३९०९ नं.को मो.सा.मा सवार मानिसहरुलाई शंका लागी चेकजाँच गर्दा मो.सा. चालक ऐ. ८ बस्ने ब्रहमदेव महतोको छोरा अं. वर्ष २२ को धिरज कुमार महतोको साथ बाट प्रतिवन्धित ला.औ. नाईट्राजेपाम ट्याब्लेट १८ पत्तामा १८० पिस फेला परेकोले मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने गोपाल पासवानको छोरा अं. वर्ष २१ को संजिव पासवान लगायत मो.सा. नियन्त्रणमा लिई ई.प्र.का. हिरापुरमा ल्याई राखेको ।२. धनुषा, मिति २०८०/०२/०१ गते अं.१०:०० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा.१स्थित रेल्वे ट्याकमा प्र.चौ. ठाडीझिझा धनुषा बाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको  BR7B6125 नं.को मो.सा. रोकी चेकजाँच गर्दा सोही मो.सा.को लेगार्डमा प्लाष्टिकको झोला भित्र प्लाष्टिकको बोरामा माथीबाट कुरकुरेले छोपी ल्याएको Exiplon100 ML को ५० बोतल ला.औ. फेला परेकोमा मो.सा.चालक भारत बिहार जिल्ला मधुवनी रजौल ५ बस्ने बर्ष अं.४० को कारी दासलाई मो.सा. र ला.औ.सहित नियन्त्रणमा लिई प्रहरी चौकी ठाडीझिझामा ल्याई राखिएको । 

फरार प्रतिवादी पक्राउ
२०८०-०२-०२

१.      पर्सा, मिति २०८०।०२।०१ गते  जिल्ला प्रहरी कार्यालय पर्साको बिभिन्न प्रहरी युनिटबाट खटिएका प्रहरी कार्मचारीले बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।२.      बारा, मिति २०८०/०२/०१ गते अं.१६:०० बजेको समयमा जिल्ला बारा फेटा गा.पा. वडा नं.४ स्थित सि.प्र.चौ. छतवा बाराबाट  प्र.ब.ह.को कमाण्डमा खटिएको प्रहरी टोलिले लगत नं.२८२१  मिति २०७४/०२/१९ गतेको पत्रले ६ महिना कैद र रु. २०००/- जरिवाना भई फरार रहेको अंगभग मुद्दाको फरार प्रतिवादी ऐ.ऐ. बस्ने प्रभु बैठा धोबीलाई निजकै घरबाट पक्राउ गरी ई.प्र.का. प्रसौनीमा पठाईएको साथै मिति २०८०।०२।०१ गते अं. ०९:०० बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.२१ अम्लेखगंज बस्ने कृष्ण ब.रायमाझीको छोरा अं. बर्ष ६४ को राजेश रायमाझी बन मुद्दाको ५ महिना २० दिन कैद भएको फरार प्रतिवादीलाई निजकै घरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अम्लेखगंज बारामा ल्याई राखेको  । ३.      सिरहा, मिति २०८०।०२।०१ गते अं. ०९:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.-१० बस्ने रघुनाथ महतोको छोरा अं.बर्ष २५ को करण कुमार महतोको लागत नं. ७२४३ लागु औषध मुद्दामा ६ महिना ४ दिन कैद रहेको फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. लहानमा  बुझाएको साथै मिति २०८०।०२।०१ गते अं. १६:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.५ बस्ने मणिकलाल यादवको छोरा अं. बर्ष ४० को प्रदिप यादव सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट लागत नं. १६५१ मिति २०५७।१।१३ गते फैसला भएको रु.१००/- (एक सय रुपैयाँ) जरिवाना तोकिएको कुटपिट मुद्दाका फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलिले निजको घरबाटै नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला अदाल सिरहा पठाईएको । 

पेस्तोल र ऐ.को ५ राउण्ड गोली सहित मानिस नियन्त्रणमा
२०८०-०१-३१

महोत्तरी, मिति २०८०।०१।३० गते अं. २०:५० बजेको समयमा जिल्ला महोत्तरी एकडारा गा.पा. ४ हल्खोरी बजार स्थितमा प्रहरी चौकी हल्खोरी महोत्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले देश भारत जिल्ला सितामदी बाजोपट्टी गाँउ वडा नं. ६ बस्ने रामवृक्ष यादवको छोरा अं. बर्ष २६ को पप्पु यादवले BR 30 Y 9142 नं. को platina मो.सा. चलाई भारतबाट नेपाल  तर्फ आउँदै गरेकोमा निज माथि शंका लागि चेकजाँच गर्दा Homemade Indian पेस्तोल र  ५ राउण्ड गोली सहित निज मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा बिस्तृत रुपमा बुझ्ने कार्यको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा  पठाईएको  ।  

ला.औ.सहित मानिस नियन्त्रण
२०८०-०१-३१

पर्सा, मिति २०८०।०१।३० गते अं.२३;४५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१५ भिष्वा पोखरी स्थितमा प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री जिल्ला नुवाकोट बिदुर न.पा.-१ बस्ने बहादुर बि.क.को छोरा अं.बर्ष २६ को अनिल बि.क.को साथबाट डाईजेपाम २४० एम्पुल, फेनारगन-२४०एम्पुल, नुरफिन-२४०एम्पुल गरी जम्मा ७२० एम्पुल ला.औ.फेला पारी निजलाई उक्त औ.सहित नियन्त्रणमा  व.प्र.का.श्रीपुर,पर्सामा पठाएको ।  बारा, मिति २०८०।०१।३० गते अं. २२:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ०१ पथलैया नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले सवारी साधन चेकजाँचको क्रममा सवारी साधनहरुको अगाडी पछाडी अनावश्यक हरकत देखाई रहेको जिल्ला रौतहट शिवनगर नगरपालिका स्थाई वतन बताउने बर्ष ४३ को हरिन्द्र राउतको शरीर चेकजाँच गर्दा पाइन्ट दायाँ खल्तीमा लागुपदार्थ Diazpam-18 थान, Promethozine-20 थान र Noophin-19 गरी जम्मा ५७ थान फेला परेको मानिस सहित आवश्यक कार्यवाहिको लागि ई.प्र.का.सिमरामा पठाईएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-३१

सिरहा, मिति २०८०।०१।३० गते १४:०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. ७ भेडिया स्थितबाट सिरहा जिल्ला अदालतको फैसला मिति २०५६।०२।२५ गतेको पत्र र सि.नं.२४८२ को लगत नं.१३८८ को कुटपिट मुद्दामा ४ दिन कैद रु. ५४७.५० पैसा जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा साबिक कल्याणपुर न..पा.७ भेडिया टोल बस्ने सुकदेव मुखियाको छोरा अ.बर्ष ५२ को बुचुवा मुखियालाई प्रहरी चौकी भेडिया सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले खो.त. गर्दै जाँदा निजलाई पक्राउ गरी प्रहरी चौकी भेडियामा ल्याई आवश्यक करवाही लागि ई.प्र.का.मिर्चैयामा बुझाउने पहल भैरहेको साथै मिति २०८०/०१/३० गते अं. ०७:३० बजे जिल्ला सिरहा नवराजपुर गा.पा.४ सोनबर्षा स्थितमा ई.प्र.का.महेशपुर पतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोली सम्मानित सिरहा जिल्ला अदालतबाट कुटपिट/लुटपाट मुद्दाको लगत नं.६४१, कैद ८ महिना, जरिवाना रु.८३३.३३ फैसला भएको फरार प्रतिवादी नवराजपुर गा.पा.४ बस्ने केशवर यादवको छोरा बर्ष ६३ को दुखी यादव र प्रहरी चौकी भेडियाबाट खटिएको प्रहरी टोलीले कुटपिट मुद्दाको रु. ५४७.५० तोकिएको जिल्ला सिरहा, कल्याणपुर न.पा. ७ भेडिया बस्ने सुकदेव मुखियाको छोरा बुचुवा मुखियालाई पक्राउ गरी प्रहरी चौकी भेडियामा ल्याई राखिएको ।

आन्तरिक राजश्व बिभागको स्टिकर तथा सामान सहित २ जना मानिस पक्राउ
२०८०-०१-२९

               सिरहा, मिति २०८०।०१।२८ गते सिरहा जिल्लाको विभिन्न स्थानमा आन्तरिक राजश्व विभागको स्टिकरको अपचलन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्र.नि.को कमाण्डको टोलीले खो.त. गर्दै जाँदा ऐ.१७:०० बजे जिल्ला सिरहा नरहा गा.पा.०१ बस्ने  अं.वर्ष २२ को रामसरण दासको घरबाट २५००।- थान आन्तरिक राजश्व विभागको स्टिकर,१०१९ प्याकेट पराग,मोवाईल १ र जिल्ला सिरहा गोलबजार न.पा. ०६ बस्ने लोचन साहको छोरा अं.वर्ष ३२ को मनोज कुमार साहको घरबाट ६०० प्याकेट पराग, २ बोरा अंगुरी , १ थान मोवाईल सहित फेला पारेको हुदा आन्तरिक राजस्व कार्यालय लहान सिरहालाई खबर गरी रितपुर्वक बरामद गरी आवश्यक कार्वाहीको लागी आन्तरिक राजश्व कार्यालय लहान पठाईएको ।

ला.औ.सहित मानिस नियन्त्रण
२०८०-०१-२९

सर्लाही, मिति २०८०/०१/ २८ गते अ.२०:४० बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा.५ स्थित ई.प्र.का.बरहथवा सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा ५ जना र स.प्र.बल नेपाल सुरक्षा बेस सुन्दरपुर चौहड्वा बाट खटिएको स.प्र.नि.को कमाण्डमा  ५ जनाको संयूक्त चेकिङ टोलीले मधुवनगोठ बाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६-००१ ख ०००३ नं.को यात्रुबाहक बसलाई चेक जाँच गर्दा बस भित्र CODIWELL SYRUP  १८७ बोतल (१००ml), Nitrazepam tablets ९० पत्ता (९००पिस),निम्न परिमाणको ला.औ. फेला परेको हुदा उक्त बसको कन्टेक्टर जिल्ला सर्लाही गोडैता न.पा. ८ गोडैता बस्ने अ. वर्ष ३२ को महमद ताज दर्जी , Nitravet tablets 20 पत्ता (३०० पिस) र ईन्जेक्सन Nwaphin ९१ पिस,diazepam ९१ पिस र Phenegram ९२ पिस सोही बसको सह-चालक ऐ.ऐ. ११ सिसौटिया बस्ने अ.वर्ष २२ को अजय सहनी लाई ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का.बरहथवा सर्लाहीमा ल्याई थप अनुसन्धान भईरहेको ।  महोत्तरी, मिति २०८०।०१।२८ गते जिल्ला महोत्तरी बर्दिबास न.पा. ४ माईस्थानचोक स्थितमा शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट स.प्र.ना.नि. शुरेष न्यौपानेको टोलीले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश२-०२-००५प ६१८५ नं. को मो.सा.मा सवार जिल्ला महोत्तरी गौशला न.पा. ८ बस्ने डम्बर बहादुर क्याप्छाकिको छोरा बर्ष अं. ३१ को हिरालाल क्याप्छाकि र ऐ.ऐ. बस्ने शुक्र बहादुर गान्जाको छोरा बर्ष अं. २७ को पुर्ण बहादुर गान्जाको साथबाट DISLX-DC 100ml को २५ बोटल र Codiwell 100 ml को १६ बोटल ला.औ. बरामद भएको भनि सोहि मुख्यालयले ऐ. २०;४५ बजेको समयमा सुँचना प्राप्त भए पश्चात तत्काल ई.प्र.का.बर्दिबास महोत्तरी बाट प्र.नि.को कमाण्डमा टोली खटि गई रितपुर्वक मुचुल्का गरी हिरालाल क्याप्छाकि, पुर्ण बहादुर गान्जा, निजहरु सवार मो.सा., र बरामद भएको ला.औ. ई.प्र.का.बर्दिबास महोत्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-२९

पर्सा, मिति २०८०।०१।२८ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा जि.प्र.का.पर्सा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थान बस्ने १८ जना  बिभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको । रौतहट, मिति २०८०/०१/२७ गते जि.रौतहट वृन्दावन न.पा.३ बस्ने कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादि भोजिन्द्र राय यादवको छोरा अं.वर्ष २२ को विवेक राय यादवको सम्बन्धमा ई.प्र.का.गरुडा रौतहटबाट खटिएको टोलिले गोप्य रुपमा बुझ्दा निज प्रतिवादि जिल्ला मकवानपुर स्थित रहेको वहुमुखि क्याम्स हेटौडामा कक्षा १२ को परीक्षा दिइ रहेको भन्ने बुझिएकोले जि.प्र.का.मकवानपुर सँग समन्वय गरी निज प्रतिवादिलाई मिति २०८०/०१/२७ गते अं.१२:०० बजे जि.प्र.का.मकवानपुर बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त हुनसाथ ई.प्र.का.गरुडाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गइ आवश्यक कारवाहिको लागि मिति २०८०/०१/२७ गते ई.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भइरेहको । सिरहा, मिति २०८०।०१।२८ गते अं. १५:०० बजे प्र.चौ.ठाडीबाट प्र.ब.ना.नि.को कमाण्डको खटिएको प्रहरी टोलीले कुटपिट मुद्दाका ९ जना फरार प्रतिवादीहरुलाई निजकै घरबतनबाट जिल्ला सिरहा भगवानपुर गा.पा. ५ स्थितबाट  पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित सिरहा जिल्ला अदालतमा बुझाएको । ‍

ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०१-२७

सर्लाही, मिति २०८०।०१।२६ गते अं.१९;४५ बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा.८ स्थित प्र.स.नि.हसमुदिन मिँया ठकुराईको कमाण्डमा खटिएको चेकिङ टोली र सशस्त्र प्रहरीको सँयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ साईकलमा आउदै गरेको ऐ.३ बस्ने समसुदिन  मिकरानीको छोरा अं. बर्ष २० को समिर मिकरानिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. CODIWELL -३ बोतल र NITRAZPAM   ट्याबलेट १ पत्ता (१० पिस)  फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई अवश्यक कारवाहीको लागी  जि.प्र.का. सर्लाहीमा पठाएको ।    सिरहा, मिति २०८०।०१।२६ गते अं. १८:०० वजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. १० जिरोमाईल स्थित जिरोमाईल सुखिपुर सडक खण्डमा उतर बाट दक्षिण तर्फ जादै गरेको पैदल यात्री जिल्ला सिरहा सुखिपुर न.पा. ८ बजार बस्ने बच्चु राय अमातको छोरा अं. बर्ष ४० को पहलाद राय अमातले प्लास्टिकको झोलामा अं. २ दुई के.जि. ला.औ. गाँजा बोकी लगि रहेको  छ भन्ने गोप्य सूचना प्राप्त हुना साथ ई.प्र.का.धनगढी सिरहाबाट प्र.ना.नि. को टोलि खटि गई गाँजा सहित मानिस नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धनगढी सिरहामा ल्याई राखिएको । 

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०१-२७

रौतहट, मिति २०८०/०१/२६ गते अं.०८:३० बजेको समयमा जि.रौतहट गरुडा न.पा. ५ महम्दपुर बस्ने सवारी ज्यान मुद्दाको प्रतिवादी चन्देव साहको छोरा बर्ष ४२ को बिन्देश्‍वर साह आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको । साथै, जि.रौतहट कटहरिया न.पा.७ बगही बस्ने ज.ज.क.मुद्दाको प्रतिवादी भाग्य नरायण साहको श्रीमती बर्ष २७ की रुपया देवी आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुनसाथ ई.प्र.का.शिवनगर रौतहटबाट प्र.स.नि.को कमाण्डमा महिला प्र.क.सहितको प्रहरी टोली खटि गई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय शिवनगर रौतहटमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।  सिरहा, मिति २०८०।०१।२६ गते १६;५० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा.११ स्थितबाट सिरहा जिल्ला अदालतको फैसला मिति २०७१।१०।२७ गतेको पत्र सि.न.१३८ को लगत ४२६४ को नकबजनि चोरी मुद्दामा १ बर्ष  १५ दिन कैद रु.१८,५६२,५० पैसा जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा साबिक कल्याणपुर न.पा.३ मझाव हाल कल्याणपुर न.पा.८ बस्ने बिन्देश्वर मण्डलको छोरा अ.बर्ष २६ को संतोष कुमार मण्डललाई ई.प्र.का.कल्यानपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले खो.त. गर्दै जाँदा निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको ।

स्रोत नखुलेको पैसा सहित मानिस नियन्त्रणमा
२०८०-०१-२७

पर्सा, मिति २०८०।०१।२६ गते अ. १७:०० बजेको समयमा जिल्ला पर्सा बिन्दबासीनी गा.पा.५ प्रसौनिभाटा पुल स्थितमा प्र.चौ.प्रसौनिभाटा पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले बिरगंजबाट प्रसौनिभाटा तर्फ आउदै गरेको BR 05 S 4702 नं.को मो.सा.मा पछाडि सवार देश भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा चेकजाँच गर्दा तत्काल स्रोत नखुलेको नेपाली रुपैँया १२ लाख (१००० दरको ८०० थान र ५०० दरको ८०० थान) फेला पारी मो.सा.चालक ऐ. ६ बस्ने वर्ष २६ को मुसाहेब आलम र  ऐ. मो.सा.मा पछाडी सवार वर्ष ४० को धनन्जय कुमार गुप्तालाई उक्त नगद, मो.सा. र २ वटा मोबाईल, सहित नियन्त्रणमा लिई प्रहरी चौकी प्रसौनिभाटामा ल्याई राखिएको  थप अनुसन्धान कार्य भै रहेको ।  

लागु औषध सहित मानिस तथा सवारी साधन नियन्त्रणमा
२०८०-०१-२६

१.      पर्सा, मिति २०८०।०१।२६ गते अं. ००:४० बजेको समयमा विशेष सूचनाको अधारमा प्रहरी चौकी महदेवपट्टीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको प्रहरी टोलीले जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं.०१ वालुवा चोकमा चेक जाँच गर्ने क्रममा जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ३ बस्ने प्रेम मोक्तानको छोरा वर्ष २३ को बुध मोक्तानले चलाएको ना.५२ प. १२४२ नम्बरको मो.सा.मा पछाडी ऐ.ऐ. बस्ने विष्णु बहादुर दर्जीको छोरा अं. वर्ष २२ को रिकेश बहादुर दर्जीले बोकेको झोला चेक जाँच गर्दा लागु औषध  नाईट्रोभेट थान ७ पता जम्मा १०५ पिस फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको र जिल्ला काठमाण्डौ म.ना.पा. वडा नं. ६ बस्ने विकाश बि.क. को छोरी अं. वर्ष १९ की सलिमा विश्वकर्मा शंकास्पद अवस्थामा हिंडिरहेको हुँदा निजलाई अनुसन्धान तथा सोधपुछको लागी ३ जनालाई नै नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागी जि.प्र.का. पर्सामा पठाईएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-२६

१.      पर्सा, मिति २०८०।०१।२५ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका ६६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।२.      बारा, मिति २०८०।०१।२५ गते अं. ८:०० बजेको समयमा वन मुद्दाको फरार प्रतिवादी रू. ११,९७२/- (एघार हजार नौ सय बहत्तर) जरिवाना भएको जि.बारा करैयामाई गा.पा. ३ बजनि  बस्ने अं. बर्ष ५५ को रामबाबु केशरीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा प्र.चौ. गंजभवानिपुर बाराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई प्र.चौ. गंजभवानिपुर बारामा ल्याई राखिएको ।३.       बारा, मिति २०८०।०१।२५ गते अं.०८:०० बजेको समयमा लागु औषध मुद्दाको फरार प्रतिवादी जि.बारा पचरौता न.पा.७ बेनौलि बस्ने वंकालाल साहको छोरा वर्ष ३० को कृष्णा साहलाई  प्रहरी चौकी पिपरपाति बाराबाट खटिएको प्र.स.नि.को कमाण्डमाको टोलिले प्रक्राउ गरी तालुक ई.प्र.का.सिम्रौनगढ बारामा बुझाएको ।४.      सर्लाही, मिति २०८०।०१।२५ गते अं. ०८:३० बजेको समयमा जिल्ला सर्लाही लालबन्दी न.पा.५ रंजितपुर बस्ने लोक बहादुर मगरको छोरा वर्ष २८ को सुबास मगर भन्ने धन बहादुर मगर मो.सा. चोरी मुद्दामा फरार रहेको प्रतिवादीलाई खोजतलासको लागी ई.प्र.का.लालबन्दी सर्लाहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले निज आफ्नै घरमा लुकि छिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.लालबन्दी सर्लाहीमा ल्याई राखिएको ।५.      सिरहा, मिति २०८०।०१।२५ गते अं. ११:०० बजे प्र.चौ. लकडिगोठ सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३०४० जरिवाना रू. ८०/- कुटपिट मुद्दाका फरार प्रतिवादी जि.सिरहा सिरहा न.पा. १८ बस्ने अं. वर्ष ४१ को किशोर यादव भन्ने किशोरी यादवलाई निजकै घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाइएको । ६.      सिरहा, मिति २०८०।०१।२५ गते अं. ०६:०० बजे प्रहरी चौकी लहान सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.५५३६ जरिवाना ५ महिना ४ दिन कैद फैसला तोकिएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जि.सिरहा लहान न.पा. १० बस्ने नन्दी पासवानको छोरा वर्ष अं.२६ को ईनर भन्ने ईन्द्र कुमार पासवानलाई लहान न.पा. १० पशुपती मा.बि. अगाडी हिंडडुल गरिरहेको स्थानबाट पक्राउ गरी तालुक ई.प्र.का. लहानमा बुझाईएको । ७.      सिरहा, मिति २०८०।०१।२५ गते बिहान ११:३० बजेको समयमा जिल्ला सिरहा बिष्णुपुर गा.पा. १ स्थितमा ई.प्र.का.विष्णुपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको लागत नं. ७०९२ कुटपिट मुद्दामा रू.५०००/- (पाँच हजार)को दरले  जरिवाना भई फरार रहेका  जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा न. १ विष्णुपुर बस्ने देवनाथ यादवको छोरा वर्ष ४५ को राज देव यादव र जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा न. १ विष्णुपुर बस्ने देवनाथ यादवको छोरा वर्ष ३८ को  बिनोद यादव भन्ने कृष्ण देव यादव निजकै घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाएको । ८.      सिरहा, मिति २०८०।०१।२५ गते १२:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा. ५ स्थितमा ई.प्र.का.मिर्चैया सिरहाबाट प्र.ब.ह. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको चलानी नं. १९१८०, मिति २०८०।०१।१५ गतेको पत्रादेशले लेन देन मुद्दामा २ बर्ष कैद सजाय भएका फरार प्रतिवादी  ऐ.ऐ. बस्ने गौरी साहको छोरा अं. बर्ष ६० को चन्देश्वर साह तेलीलाई ऐ. स्थितमा रहेको निजको किताब पसलबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाइएको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०१-२५

१.      पर्सा, मिति २०८०।०१।२४ गते अं.१७:३० बजेको समयमा जि.पर्सा बिरंगज म.न.पा. वडा नं.१६ बसपार्क भानु चोक  स्थित शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा चितवन राप्ती न.पा. वडा नं.१ बस्ने मनोज बहादुर घलेको छोरा अं.वर्ष २० को युराज घलेलाई चेक जाँच गर्दा निजको साथबाट लुकाई छिपाई राखेको DIAZEPAM -2 पिस, PHENERGAN- २ पिस, NOOPHIN-२ पिस फेला परेको हुँदा ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर पर्सामा पठाईएको साथै मिति २०८०।०१।२४ गते अं.१८:०० बजेको समयमा जि.पर्सा बिरंगज म.न.पा. वडा नं.१६ बसपार्क स्थित शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा निजहरुमाथी शंका लागी चेक जाँच गर्दा जिल्ला चितवन राप्ती न.पा. वडा नं.४ बस्ने लक्ष्य बहादुर राईको छोरा अं. वर्ष २०को दिपेश राईसँग NITRAVET-10 लेखिएको ट्याबलेट-२५ पिस, TRAMWEL-१० पिस, TRAMOL-50 को १० पिस, कालो ब्यागमा लुकाई राखेको र जि.कैलाली टिकापुर न.पा. वडा नं. ५ बस्ने धुपेन्द्र बिष्टको छोरा अं. वर्ष १८ को डेविट बिष्टसँग STAGAN-25 - १४ पिस, TRAMWEL ५ पिस फेला परेको हुँदा ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-२५

१.      पर्सा, मिति २०८०।०१।२४ गते जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले २५ जना फरार प्रतिवादीहरुलाई जि.प्र.का. पर्साको वडा एरियाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्बन्धित निकायमा पठाईएको ।२.      धनुषा, मिति२०८०।०१।२४ गते जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले ६ जना फरार प्रतिवादीहरुलाई जि.प्र.का. धनुषाको वडा एरियाबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्बन्धित निकायमा पठाईएको ।    ३.      सिरहा, मिति २०८०।०१।२४ गते १३:०० बजे जिल्ला सिरहा नरहा गा.पा. १५ बालुवा टोल बस्ने मेधुरी यादवको छोरा अं.वर्ष ४८ को चन्द्रदिप यादवले कुटपिट सम्बन्धी मुद्दामा सम्मानित श्री जिल्ला अदालत सिरहाको क्रम संख्या २०१४ र लागत ४०११, जरिवाना रु.१६६/-  कुटपिट सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई ई.प्र.का. नरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई आफ्नै घरमा बसिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कार्वाहिको लागि सम्मानित जिल्ला सिरहा अदालत पठाईएको साथै जिल्ला सिरहा कल्याणपुर न.पा. १२ बस्ने मितलाल यादवको छोरा अं.वर्ष ५५ को पिसराम यादवलाई कुटपिट सम्बन्धी मुद्दामा सम्मानित श्री जिल्ला अदालत सिरहाको लागत ७४५५, जरिवाना रु.७०००/- कुटपिट सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरी चौकी बेल्ही सिरहाबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई बेल्हा चोकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कार्वाहिको लागि सम्मानित जिल्ला सिरहा अदालत पठाईएको ।

सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू सहित एक जना मानिस पक्राउ
२०८०-०१-२५

  पर्सा, भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको भन्ने विशेष सूचना अनुसार मिति २०८०।०१।२२ गते अं. ११:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डमा जि.प्र.का. पर्साबाट खटि गएको प्रहरी टोलीले भारतबाट वीरगञ्जतर्फ शंकास्पद रुपमा आउँदै गरेको देश भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने बर्ष ४५ को बुद्धदेव मैतीलाई रोकी निजको शरिरको तलासी लिँदा निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम,  रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला परेकोले निजलाई उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू अं. मुल्य रू.२९,४४,६३३/- (उनन्तिस लाख चौवालिस हजार छ सय तेत्तिस रूपैयाँ) सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।२४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०१-२१

१.      रौतहट, मिति २०८०।०१।२० गते, अं.१९:०० बजेको समयमा जिल्ला रौतहट गुजरा न.पा.-४ कनकपुर स्थितमा वसिरहेको अवस्थामा बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला रौतहट परोहा न.पा.-६ वस्ने हरी ठाकुरको छोरा वर्ष २९ को राकेश कुमार ठाकुरलाई प्रहरी चौकी हरीनगर रौतहटबाट खटि गएको प्र.स.नि.को टोलि र ई.प्र.का लक्ष्मिनियाँबाट प्र.नि.को कमाण्डमा खटि आएको टोलिले नियन्त्रणमा लिई ई.प्र.का. लक्ष्मिनियाँमा पठाएको । २.      सर्लाही, मिति २०८०।०१।२० गते अं. १५:०० बजेको समयमा जि.प्र.का. रौतहटको सिं.नं. ४६५ को संचार भए अनुसार हिरामन महतोको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी दिपेश भन्ने मन्त्रीबाबु राय समेत भएको अपरहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न फरार प्रतिवादी जिल्ला सर्लाही बलरा न.पा. ३ बस्ने अं.वर्ष २० को साधु लोहारलाई आफ्नै गाउँ घरमा लुकी छिपी बसिरहेको अवस्थामा ई.प्र.का. बलराबाट प्र.ब.ना.नि.को कमाण्डमा ४ जनाको टोली खटिगई नियन्त्रणमा लिई  जि.प्र.का. सर्लाहीमा पठाईएको । ३.      सिरहा, मिति २०८०।०१।२० गते ११:०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. ३ ईटारी प्रसाई बस्ने लेनदेन बिगो मुद्दाको १ बर्ष कैद तोकिएको बेचन पासवानको श्रीमती अं. बर्ष ५० की प्रमिला कुमारीलाई ई.प्र.का. कल्यानपुर सिरहाबाट प्र.ना.नि. को कमाण्डमा प्रहरी टोलि खटि गई निजकै घर वतनबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा पठाईएको साथै मिति २०८०।०१।२० गते अं. ११:३० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १८ बस्ने कर्तव्य ज्यान मुद्दाको, लगत नं. ३२९७ र ९ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएको अं. बर्ष ४० को धर्मनाथ यादवलाई प्रहरी चौकी लकडिगोठ सिरहाबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई निजको घर वतनबाटै नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहा पठाएको । ४.      पर्सा, मिति २०८०।०१।२० गते अं. १४:०० बजेको समयमा जि. पर्सा बीरगंज म.न.पा.-१४ बस्ने कमल बहादुर धोबीको छोरा सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाको फरार प्रतिबादी (मुद्दा दर्ता नं.-१३८, १बर्ष कैद सजाय फैसला भएको) बर्ष-५२ को मनोज नेपालीलाई जि.प्र.का. पर्साबाट खटिएको क्राईम टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा ल्याई राखिएको ।  ५.      पर्सा, मिति २०८०।०१।२० गते अं. ११:०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी न.पा. वडा नं.५ पन्चरुखी स्थित ई.प्र.का. एकटागाबाट खटिएको प्रहरी टोलिले जिल्ला पर्सा पर्सागढी न.पा. वडा नं.५ पन्चरुखी बस्ने गिरजा देवी अहिरी, ऐ.ऐ. बस्ने बर्ष अं.४५ की रिना देवी अहिरीन, ऐ.ऐ. बस्ने भागरित रायको  छोरी बर्ष अं. ४५ की देव रतिमा भरिन, ऐ.ऐ. बस्ने बर्ष अं.३५ को जमुना राय भर र ऐ.ऐ. बस्ने बर्ष अं. ६० को भोला राय भर विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी ई.प्र.का. एकटागा पर्सा मार्फत सम्मानित पर्सा जिल्ला अदालत पर्सामा पठाईएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०१-२१

१.      बारा, मिति २०८०/०१/२० गते अं. २१:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२ स्थित ३ न. पुलमा विशेष सूचनाको आधारमा  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सिभिल टोली र ई.प्र.का.सिमरा बाराबाट प्र.ह.को कमाण्डको संयुक्त टोलीले हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको ना.३५.प. ४१९४ नं.को मो.सा. रोकी चेक जाँच गर्दा लागु औषध एम्फेटामाईन अं. ३.५ ग्राम बरामद गरी मो.सा. र मो.सा.चालक जिल्ला गोरखा पालुङटार न.पा. ०६ बस्ने अं. वर्ष ४३ को बीर बहादुर तमाङ र ऐ. मो.सा पछाडी सवार जिल्ला मकवानपुर हेटौँडा उ.म.न.पा.१४ बस्ने अं. वर्ष २४ को धिरज बिश्वकर्मालाई नियन्त्रणमा लिई ई.प्र.का. सिमरामा ल्याई राखिएको साथै मिति २०८०।०१।२० गते अं. १४:०० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.१० शनिचरा मठ स्थितमा भारतबाट नेपाल तर्फ साईकलमा ल्याउँदै गरेको नेपालमा बिक्री गर्न प्रतिबन्धित ( मानिसले प्रयोग गर्ने औषधी) Sona Tab -200 piece tablets, NF10X-TZ -50 piece tablets, Rhismacort – 20 piece tablets, Dexagain-1 piece र Gestrogyl-m – 5 piece अं मुल्य रू. ३,३००/- (तीन हजार तीन सय) बराबरको, यस चौकीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखी सामान फाली मानिस फरार भएकोमा उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी मटिअर्वामा ल्याई राखिएको ।  २.      सप्तरी, मिति २०८०।०१।२० गते अं. १९;३० बजेको समयमा जिल्ला सप्तरी बोदेबर्साइन न.पा.१० खडकपुर स्थितमा ई.प्र.का.बोदेबर्साईन सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको स ६ प ७३४७ नं.को मो.सा. लाई शंका लागि रोकी चेक जाँच गर्दा Navcarb-SR-450 लेखेको 10 पता (100 पिस टेबलेट), Oladoc-15 लेखेको 5 पता 50 पिस टेबलेट र Zepsan-0.5 MD लेखेको 1 पत्ता 10 पिश टेबलेट फेला पारि स ६ प ७३४७ नं.को मो.सा. चालक जिल्ला सप्तरी सुरुङगा न.पा.८ मलहनवा बस्ने देव नारायण साहको छोरा अं. वर्ष ३४ को धर्मदेव साह र सोहि मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने लालचन साहको छोरा अं. वर्ष १९ को अनिल कुमार साहलाई ला.औ. र मो.सा. सहित नियन्त्रणमा लिई ई.प्र.का.बोदेबर्साईन सप्तरीमा ल्याई राखिएको हुँदा थप अनुसन्धान को लागि ई.प्र.का. कडरबोना सप्तरीमा पठाएको ।

मो.सा. सहित मो.सा. चोर नियन्त्रणमा
२०८०-०१-२१

१.      रौतहट, मिति २०८०।०१।२० गते अं. ४:३० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. वडा नं. २ महादेवपट्टी टोलमा ना. ५४ प २१२९ नं. को मो.सा. धनि हरेराम बैठाले पैसा कलेक्शन गर्न गएको अवस्थामा देश भारत प्रान्त बिहार  जिल्ला मोतिहारी थाना पताही पंचायत वार्ड नं. ६ बस्ने कृष्ण महतोको छोरो अं. बर्ष ३० को कपिल महतोले उक्त मो.सा. चोरी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा अ.प्र. पोष्ट महादेवपट्टी रौतहटबाट खटिएको प्र.ह. को कमाण्डको टोली र नेपाल सस्शत्र प्रहरी  बलको टोली तथा स्थानियको सहयोगमा अ.प्र. पोष्ट महादेवापट्टी रौतहटबाट अं. १ कि.मि. पुर्व दशगजा स्थित उक्त चोर र मो.सा. सहित पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  जि.प्र.का. रौतहटमा पठाईएको । २.      सर्लाही, मिती २०८।०१।१९ गते जि. रौतहट चन्द्रपुर न.पा. बाट जि.धनुषा महेन्द्रनगर बस्ने केदार प्र. बरालको म.प्र.०२-००५ प ९४२५ र जि. बारा कलैया उ.म.ना.पा. २५ बस्ने मन्जय कु. पटेलको ना ४६ प ६२४७ नं. मो.सा.हरु चोरी भएकोमा मिति २०८०।०१।२० गते अं.१७:३० बजेको समयमा ई.प्र.का.लालबन्दी सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा ६ जना टोली खटि गई खो.त.गर्दै जाने क्रममा ऐ. लालबन्दी न.पा.७ स्थित लालबन्दी बजारमा रहेको रामवरण महतोको मो.सा. ग्यारेजबाट उक्त २ थान मो.सा. सहित ६ जना जि. सर्लाही ईश्वरपुर न.पा-१३ श्रीनगर बस्ने अशोक कु. महतोको छोरा वर्ष १८ को श्याम महतो, ऐ.लालबन्दी न.पा-७ बस्ने ओहित नदावको छोरा वर्ष १८ को नजरेल नदाव, ऐ.ऐ. न.पा-११ हिरापुर बस्ने चौधरी महतोको छोरा वर्ष २९ को रामवरण महतो, ऐ. ईश्वरपुर न.पा-६ बस्ने फिरोज खानको छोरा वर्ष १७ को सगिर खान, ऐ. लालबन्दी न.पा-८ बस्ने जबुल खानको  छोरा वर्ष २० को जस्मिन खान र जि. सप्तरी रुपनी गा.पा. १ बस्ने रामबाबु महतोको छोरा बर्ष १९ को सिद्धार्थ महतोलाई नियन्त्रणमा लिई ई.प्र.का. लालबन्दी सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

जाली नोट सहित स्कारपिओ र २ जना मानिस नियन्त्रणमा
२०८०-०१-२१

१.      पर्सा, मिति २०८०।०१।२० गते अं. १६:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६ चालिसफिटे रोडमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जि.प्र.का.पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले बसपार्क तर्फबाट प्रतिमा चोक तर्फ जाँदै गरेको भारतीय नं. BR 01 PG 6577 नं. को स्कार्पियो गाडीलाई रोकी शंका लागि चेकजाँच गर्दा उक्त गाडीमा नेपाली नोट रू.१०००/- को दरले ४५० थान र रू.५००/-को दरले ७२ थान गरी जम्मा रू. ४,८६,०००/– जाली नोट फेला परेकोले उक्त नं. को स्कार्पियो गाडी र चालक जिल्ला सर्लाही गोडैता न.पा. वडा नं. १२ मधुवनी बस्ने आजनस सत्यराज सिंहको छोरा अं. बर्ष ३४ आनन्द बर्दन सिंह र सोही गाडीमा सवार जि. बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने छोटेलाल साहको छोरा अं. बर्ष ३६ को ओम प्रकाश साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का. पर्सामा ल्याई राखिएको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-२०

१.      पर्सा, मिति २०८०।०१।१९ गते  जिल्ला प्रहरी कार्यालय पर्सा र जि.प्र.का.पर्सा मातहतका युनिटहरु बाट खटिएको प्रहरी टोलिले  विभिन्न मुद्धाको २४ जना  फरार प्रतिवादीहरुलाई पर्सा को वडा एरिया बाट पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्वन्धित निकायमा पठाईएको । २.      धनुषा, मिति २०८०/०१/१९ गते  जिल्ला धनुषा धनुषा र मातहत युनिटबाट खटिएको प्रहरी टोलिले  विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई निम्न स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।                                                                        ३.      सप्तरी, मिति २०८०।०१।१९ गते अं.१२;०० बजेको समयमा जिल्ला सप्तरी राजगढ ग.पा.वडा नं.३ स्थित प्रहरी चौकी झुटकी सप्तरीबाट प्र.ना.नि.को कमान्डमा खटिएको टोलीले गाली बेईजती मुदाको फरार प्रतिवादीहरु जिल्ला सप्तरी साविक नर्घो गा.वि.स.वडा न.३ हाल परिवर्तित राजगढ ग.पा. वडा नं. ३ बस्ने रामचन्द्र मंडल र ऐ.ऐ.बस्ने श्यामसुन्द्र मंडल लाई निजको घर वतनमा गई पक्राउ गरी आवश्यक कार्यवाहिको लागी समानित जिल्ला अदालत राजबिराज सप्तरीको लागी पठाईएको ।

बिल बिजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको ट्रकहरू पक्राउ
२०८०-०१-२०

 पर्सा, बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू विरगञ्जबाट पोखरा तथा काठमाण्डौ तर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्राप्त भई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघर स्थित सडक खण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा अ.मु.रू.१,०६,००,०००/- (एक करोड छ लाख) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।  

प्रतिबन्धित लागु औषध गाँजा सहित एक जना मानिस पक्राउ
२०८०-०१-२०

पर्सा, विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी गस्ती टोलीले मिति २०८०।०१।१७ गते अं.१२:३० बजेको समयमा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.५ स्थित बास वन नजिक ३ जना व्यक्तिहरूले प्रतिबन्धित लागु औषध गाँजा बोकी हिँडिरहेको अवस्थामा खटिएको गस्ती टोलीलाई देख्ना साथ दुई जना व्यक्तिहरू बोकी ल्याएको गाँजा छाडी भागी फरार भएको र जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई  प्रतिबन्धित लागु औषध गाँजा ४८ के.जी. सहित बरामद तथा नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ निज विरुद्ध लागु औषध सम्बन्धी कसुरमा मिति २०८०।०१।१९ गते पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।     

फरार प्रतिवादी पक्राउ
२०८०-०१-१९

१.      पर्सा, मिति २०८०।०१।१८ गते अं. ११:०० बजेको समयमा जि.प्र.का. पर्साबाट खटि गएको प्रहरी टोलिले अभद्र व्यवहार सम्बन्धि चालु  मुद्दाको फरार प्रतिवादी जि.पर्सा बिरगंज म.न.पा.०९ रानिघाट बस्ने रामचन्द्र साहको छोरा बर्ष अं. ४५ को गेनालाल प्रसादलाई र अंगभंग मुद्दाको फरार प्रतिवादी जिल्ला बारा बिश्रामपुर गा.पा. वडा नं. १ बस्ने कैलास प्रसाद यादवको छोरा बर्ष अं. ४२ को देबिलाल यादवलाई निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखेको त्यसैगरी मिति २०८०।०१।१८ गते अं. १६:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ नगवा बस्ने रामानन्द चौधरीको छोरा चेक अनादर मुद्दाको फरार प्रतिबादी बर्ष अं. ४४ को राजेश कुमार चौरसियालाई ई.प्र.का. नगवा पर्साबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि  व.प्र.का.बिर्तामा पठाएको । २.      मिति २०८०।०१।१८ गते १४:०० बजेको समयमा जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा. ५ महुवन स्थितमा ऐ. बस्ने जगनारायण साह कानुको छोरा बर्ष ४७ को लालबाबु प्रसाद कानुलाई १५ दिन कैद र रू.२,०००/- जरिवाना तोकिएको फैसला कार्यन्वयन भएको गालि बेईजति मुद्दाको फरार प्रतिवादीलाई प्रहरी चौकी महुबन पर्साबाट खटि गएको प्र.स.नि.को टोलि र ई.प्र.का.पोखरीयाबाट खटि आएको प्र.स.नि.को टोलिले पक्राउ गरी आवश्यक कार्वाहिको लागि ई.प्र.का.पोखरीया पठाएको ।

श्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैंया सहित मानिस नियन्त्रणमा
२०८०-०१-१९

१.      पर्सा, मिति २०८०।०१।१८ गते अं. २१:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजतजय्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको प्रहरी चेकिङ टोलिले नेपाल बिरगंजबाट भारतको रक्सौल तर्फ जाँदैं गरेको पैदलयात्री देश भारत जिल्ला मोतिहारी गारम पंचायत करमवा रघुनाथपुर टोल वडा नं. १२ बस्ने ठाकुर सिंहको छोरा वर्ष ३९ को अमित कुमार सिंह माथि शंका लागी रोकी निजले बोकेको झोला खोली चेकजाँच गर्दा झोलामा श्रोत नखुलेको प्रतिबन्धित दरका समेत भारतीय रुपैंया (रू.२०००/- दरका २१ थान, रू.५००/- दरका ६४४ थान, रू.२००/- दरका ३३ थान, रू.१००/- दरका ४५ थान र रू.५०/- दरका १४ थान) जम्मा रू. ३,७५,८००/– फेला परेकोले निजलाई सो रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि  व.प्र.का. बिर्तामा पठाईएको ।

ला.औ. सहित मानिस नियन्त्रणमा
२०८०-०१-१७

१.      बारा, मिति २०८०/०१/१६ गते अं.१७:३० बजेको समयमा जि. बारा निजगढ न.पा.६ सडकटोल बस्ने चेत ब. राउतको छोरा अं. बर्ष ३३ को सुमित राउतलाई बिशेष सुराकिको आधारमा ई.प्र.का. निजगढ बाराबाट खटिएको प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले निजको घरबाट ला.औ. Tramol-50 (३४ पत्ता १० पिसको दरले ३४० पिस) सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. निजगढ बारामा ल्याई अनुसन्धान कार्य भैरहेको ।२.      सर्लाही, मिति २०८०।०१।१६ गते अं. २०:१५ बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. ९ राजदेवी मन्दिर स्थित प्रहरी चौकी सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ५३ प ९७९८ नं. मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा.मा लोड गरी ल्याईएको झोला भित्र Codiwell -१५८ बोतल, spasmo-proxyvon plu021s ट्याबलेट २४ पातामा ५७६ पिस ला.औ. बरामद गरी उक्त ला.औ., मो.सा. र मो.सा. चालक जि. सर्लाही लालबन्दी न.पा. ११ बस्ने अं. वर्ष २९ को कृष्ण कुमार महतोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको । 

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ
२०८०-०१-१७

पर्सा, बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक विरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.६२,०८,५९३ ।-(बैसठ्ठी लाख आठ हजार पाँच सय त्रियान्वे ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०१-१५

पर्सा, मिति २०८०।०१।१४ गते २२:१५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ बसपार्क भानुचोकमा प्रहरी चौकी बसपार्कबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले भारत रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको पैदलयात्री जिल्ला मकवानपुर मनहरी गा.पा.-७ बस्ने गोबिन्द रुम्बाको छोरा अं.बर्ष-२४ को पासांग नोखु लामालाई रोकी चेकजाँच गर्दा निजको साथबाट अण्डर वोयरमा लुकाई-छिपाई राखेको अवस्थामा NITRA CARE -10 ला.औ. ३८ पत्ता (३७८ पिस) फेला पारी निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. श्रीपुर, पर्सा पठाईएको साथै मिति २०८०।०१।१४ गते अं. ०९:०० बजेको समयमा जि. पर्सा वीरगंज म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी इनर्वा पर्साबाट तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत रक्सौलबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला काठमाण्डौ काठमाण्डौं म.न.पा. ३० कालोपुल बस्ने बोर्ण बहादुर कार्कीको छोरा अं. बर्ष ३० को विजय कार्की माथी शंका लागि चेकजाँच गर्दा निजले लगाएको जुत्ताको जुराफ (मोजा) भित्र लुकाई छिपाई ल्याएको ला.औ. नुफिन १३ एम्पुल, डाईजेपाम १३ एम्पुल  र फेनारगन १३ एम्पुल फेला पारी निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.बिर्तामा ल्याई राखिएको ।बारा, मिति २०८०।०१।१४ गते अं. १०:०० बजेको समयमा जि. बारा जितपुरसिमारा उ.म.न.पा.२१ कार्यालय अगाडी प्र.ब.ना.नि.को टोलिले बिशेष सुचनाको आधारमा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.१.ज. २०८६ नं.को टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार देश भारत गोरखपुर खजुरी पंचायत बस्ने बर्ष ६० को संतोष कुमार त्रिपाटीको खुट्टामा लगाएको ईलास्टिक भित्र ४ पोका अं २०० ग्राम खैरो हिरोईन जस्तो देखिने लागुऔषध फेला परेकोले लागुऔषध सहित मानिस र सुमोलाई नियन्त्रणमा लिई ई.प्र.का.अमलेखगंजमा राखेको ।धनुषा, मिति २०८०।०१।१४ गते अं.१९:३० बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा. ५ उदाहा टोल बस्ने ईनरदेव मण्डलको छोरा अं.वर्ष ३१ को बरूण मण्डलले आफ्नै घर अगाडी राखिएको काठको कटघेरा (घुम्ती)मा गाँजा बेच्दै गरेको छ भने सुराकी पाई ई.प्र.का. खजुरीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई २५० ग्राम गाँजा र ५ कि.ग्रा. भाङको भूस बरामद गरी बेच्ने मानिस बरूण मण्डललाई सहित नियन्त्रणमा लिई  ई.प्र.का. खजुरीमा ल्याई थप अनुसन्धान भईरहेको । सप्तरी, मिति २०८०।०१।१४ गते अं. १०:३० बजेको समयमा जिल्ला सप्तरी राजविराज न.पा.११ झलही बस्ने भोलि यादवको छोरा अं.वर्ष ३२ को विशेश्वर यादव आफ्नै घरको किराना पसलमा गाँजा बेचिरहेको छ भने विशेष सुचनाको अधारमा जि.प्र.का. सप्तरी र अ.प्र.पो. तितरीगाछी सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई अं.५०० ग्राम गाँजा पसलमा फेला पारी उक्त गाँजा सहित मानिस नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का.सप्तरीमा पठाएको । 

ला.औ. सहित मानिस नियन्त्रणमा
२०८०-०१-१३

सर्लाही, मिति २०८०/०१/१२ गते अ. ०८:२५ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. ५ बलमचौक स्थितमा हिडडुल गरीरहेको ऐ. बस्ने चन्देश्वर महतोको छोरा अ.वर्ष २५ को संजय कुमार महतोलाई ई.प्र.का.बरहथवाबाट प्र.स.नि. बिनोद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले  संका लागी चेकजाँच गर्दा निजको साथबाट ८ पिस नाईट्रोभेट10 नामक ला.औ.ट्याब्लेट फेला परेकोले निजलाई ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का.बरहथवामा ल्याई थप अनुसन्धान भईरहेको । साथै, मिति २०८०।०१।१२ गते अं.१५;३० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा.८ झिलमिलिया माई मन्दिर स्थित नेपाल बाट भारत तर्फ ला.औ.गाँजा झोलामा बोकी जादै गरेको अवस्थामा जि.प्र.का. सर्लाहीबाट प्र.ब.ह.को कमाण्डमा खटिएको ३ जनाको गस्ती टोलीलाई देखि ला.औ.सहितको झोला फाली मानिस भारत तर्फ फरार भएको,ला.औ.गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का.सर्लाहीमा ल्याई जोख्दा २० के.जी. रहेको 

नेपाली नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८०-०१-१२

१.      महोत्तरी, मिति २०८०/०१/११ गते अ २२:४५ बजेको समयमा प्रहरी चौकी मटिहानी महोत्तरीबाट प्र.ब.ह.को कामाण्डमा खटिएको गस्ती टोलिले जिल्ला महोत्तरी मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित दसगजा नजिकै भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको मानिसलाई शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसर्निया गा.पा. वडा नम्बर १ बस्ने श्रबण यादबको छोरा बर्ष १८ को कृष्ण कुमार यादवको साथबाट नेपाली रू. १ हजारको नक्कली नोट थान १ एक फेला परेकोले निजलाई प्र.चौ. मटिहानीमा ल्याई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि तालुक जि.प्र.का.महोत्तरीमा पठाईएको ।

ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०१-१२

१.      पर्सा, मिति २०८०।०१।११ गते सोमबार अं. २२;०० बजेको समयमा बिशेष सुचनाको आधारमा जि.पर्सा बि.म.न.पा.-१२ हरियाली रेष्टुरेन्ट अगाडी बाईपास सडक खण्डमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बि.म.न.पा. वडा नं. १६ बस्ने अजय पाठकको छोरा बर्ष २५ को बब्लु पाठकले भारतबाट नेपाल तर्फ चलाई ल्याई रहेको अवस्थामा ना.१ज. २०३७ नं. को टाटा सुमो रोकी चेकजाँच गर्दा उक्त गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो पलाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ राखेको अवस्थामा Phenergan, Diazepam र Noophin नामक प्रतिबन्धित लागु औषध फेला पारी सो मध्ये १ पोका खोली हेर्दा उक्त पोकाबाट ३२० (पिस) Ampul रहेकोमा सोही अनुपातमा अं. ४४०० (पिस) Ampul ला.औ. बरामद गरी उक्त नं. को सुमो गाडी चालक सहित  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धमा
२०८०-०१-१२

        रौतहट, मिति २०८०।०१।०९ गते अं. ०७:०० बजेको समयमा जिल्ला रौतहट माधवनारायण न.पा. वडा नं.६ माधोपुर बस्ने अं. बर्ष २३ को दिपेश भन्ने मन्त्रीबाबु रायले जिल्ला रौतहट परोहा न.पा. वडा नं. ३ तेजापाकड बस्ने अं. बर्ष ३० को राज कुमार महतो भन्ने हिरामन महतोलाई आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थितमा रहेको रक्सी भट्टी पसलमा लगि ८/९ जनाको अज्ञात व्यक्तिहरु सोही रक्सी भट्टीमा आई हिरामन महतोलाई अपहरण गरि बन्धक बनाई कोठा भित्र राखि हात खुट्टा बाँधी पेस्तोल देखाई कुटपिट गरि अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना जि.प्र.का.रौतहटमा प्राप्त हुना साथ प्रहरी टोलीले पिडित र अपहरणकारीहरुलाई खोजतलास गर्दै जाने क्रममा भोली पल्ट बिहान ०९:०० बजेको समयमा पिडितलाई सर्लाही जिल्लाको बलरा भन्ने स्थानबाट भारत तर्फ लैजान लागेको गोप्य सूचना प्राप्त हुना साथ तत्काल सो स्थानमा प्रहरी टोली खटी गई खोजतलास गर्दै जाँदा जिल्ला सर्लाही बलरा न.पा. वडा नं. ३ स्थित रहेको नेपाल भारतको सिमामा पुग्दा ८/९ जना पुरुष व्यक्तिहरु शंकास्पद रुपमा भाग्न लागेको देखी निजहरुलाई नियन्त्रणमा लिन खोज्दा अपहरणकारीहरु मध्ये जिल्ला रौतहट राजदेवी न.पा. वडा नं. ६ मोहनपुर बस्ने अं. बर्ष २१ को राजा भन्ने राजाबाबु पटेल र दिपेश भन्ने मन्त्रीबाबु राय समेतलाई नियन्त्रणमा लिई मिति २०८०।०१।११ गते अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद लिई कानुन बमोजिम अनुसन्धान भईरहेको ।    

नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८०-०१-१२

    धनुषा, मिति २०८०/०१/११ गते अं.१५:४५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा २३ स्थित बसपार्कमा प्र.चौ. जिरोमाईलबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ् टोलिले १ जना महिला कालो ब्याग बोकी यता-उता हिंडडुल गरिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा जिल्ला धनुषा बिदेह न.पा. ६ बस्ने सरोज साहको श्रीमती अं. वर्ष २५ की अनु कुमारी साहले बोकेको कालो ब्यागबाट ज ३४७५०६६६ नं. भएको रू. १,०००।– को नोट थान-२५,  झ७९५५४३२३ नं. भएको रू. १०००।– को नोट थान-२४, ट२१६१३३४ नं. भएको रू. १०००।– को नोट थान-२१, झ ४८०६८७३४ नं. भएको रू.१०००।– को नोट थान-१०५, छ ७००९५४५० नं. भएको रू.१०००।– को नोट थान-१०६ , झ ५९२६११७३ नं. भएको रू.१०००।– को नोट थान-१०५, झ ९५७१७२४१ नं. भएको रू.१०००।– को नोट थान-१०६, जम्मा रू.१०००।– को नोट ४९२ थान जम्मा रू.४,९२,०००/- र  ङ८१७०४८५८ नं. भएको रू.५००।– को नोट थान-१४०, च ३७०२५६०० नं. भएको रू.५००।– को नोट थान १४२, ङ १००३६०७५४ नं. भएको रू.५००।– को नोट थान १४१, च ५५६५२७६४ नं. भएको रू.५००।– को नोट थान १३६, जम्मा रू.५००।– को नोट ५५९ थान रू.२,७९,५००।- गरी जम्मा रू.७,७१,५००।- (सात लाख एकहत्तर हजार पाँच सय रुपैयाँ) नेपाली नक्कली नोट बरामद गरिएको र निज महिलाको खल्तीबाट सक्कली नेपाली रू. १०,५००।- र सक्कली भारतीय रू.१६०।– समेत बरामद गरी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई निजसंग बुझ्दा  भारतबाट  उक्त नक्कली नोट रू. १ लाख सक्कली बराबर रू. २ लाख नक्कली नोट साटी  ल्याएको भन्ने प्रारम्भिक जानकारी गराएको र उक्त नक्कली कारोवारमा थप संलग्नता समेत अनुसन्धान भइरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-१०

सिरहा, मिति २०८०।०१।०९ गते अं. १८:३० बजेको समयमा व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चोरी मुद्दा र ला.औ. मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. ७ बस्ने राम प्रकाश यादवको छोरा अं. वर्ष २९ को पप्पु कुमार यादवलाई  ऐ. ऐ. ७ हेमनारायण चौकबाट पक्राउ गरी जि.प्र.का. सिरहामा बुझाएको ।  सप्तरी, मिति २०८०।०१।०९ गते अं. १७:०० बजेको समयमा ई.प्र.का. रुपनी सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई लेनदेन विगो मुद्दाको रु. ८,००,०००/– (आठ लाख) जरिवाना वा छ महिना कैद तोकिएको जि. सप्तरी रुपनी गा. पा. १ बस्ने अं. बर्ष ४१ को अब्दुलह फरार प्रतिवादिलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागी  जि.प्र.का. सप्तरीमा बुझाएको ।

ला.औ.सहित मानिस पक्राउ
२०८०-०१-१०

सिरहा, मिति २०८०।०१।०९ गते अं. १३:३० बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गा.पा. ३ दुर्गा मन्दिर स्थित ई.प्र.का. बरियारपट्टी सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिगएको टोलीले जिल्ला सिरहा गोलबजार न.पा. ६ डोहरिया बस्ने राम किसुन दासको छोरा अं.बर्ष २० को अमरदेव दास र ऐ. न.पा. १२ हरिपुर बस्ने श्रीराम दासको छोरा अं.बर्ष २४ को राम उदित दासलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ला.औ. प्रोमेथाजिम -१ एम्पुल, डाईजेपाम -१ एम्पुल, ब्रुफोफिम -१ एम्पुल र नाईट्रोभेट ट्याबलेट -१ पिस बरामद भएकोले लागु औषध सहित निजहरुलाई पक्राउ गरी ई.प्र.का. बरियारपट्टी सिरहामा ल्याई थप अनुसन्धानको लागी जि.प्र.का. सिरहा तर्फ पठाउने तयारी भईरहेको । साथै, मिति २०८०।०१।०९ गते अं. १४:१५ बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गा.पा. ३ दुर्गा मन्दिर स्थित ई.प्र.का. बरियारपट्टी सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिगएको टोलीले जिल्ला सिरहा सुखिपुर न.पा. २ बस्ने राम चन्द्र दासको छोरा अं.बर्ष १६ को हरे कृष्ण दास र ऐ.ऐ. बस्ने किशोरी दासको छोरा अं. बर्ष १५ को राम मोहन कुमार दासलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ला.औ. नाईट्रोभेट ट्याबलेट १ पाता १५ पिस बरामद भएकोले लागु औषध सहित निजहरुलाई पक्राउ गरी ई.प्र.का.सिरहामा ल्याई थप अनुसन्धानको लागी जि.प्र.का.सिरहा तर्फ पठाउने तयारी भईरहेको ।

युवकको हत्या गरी फरार रहेका दम्पती पक्राउ
२०८०-०१-१०

घट्नाको छोटकरी विवरण:- बारा, मिति २०७९/०८/२७ गते राती अं.२१:०० बजेको समयमा जिल्ला पर्सा वीरगंज म.न.पा. वडा न.१५ भिष्वा  बस्ने दिनेश महतोको छोरा वर्ष २४ को रामु भन्ने कैलाश महतो  र जिल्ला पर्सा वीरगंज म.न.पा. वडा न.१५ भिष्वा बस्ने रामु भन्ने कैलाश महतोको श्रीमती बर्ष २० को रोशनी भन्ने हिरा देवीले जिल्ला बारा बिश्रामपुर गा.पा. वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहलाई कर्तव्य गरी मारी मृतक लाश लुकाई छिपाई राखेको अवस्थामा फेला परेको । घटनाको कारण:- v प्रतिवादी रोशनी भन्ने हिरा देवी र मृतक सुरज भन्ने महेश साह रोशनी भन्ने हिरा देवीको कोठामा लिभिङ टुगेदरमा बस्ने गरेको । v सुरज भन्ने महेश साह र रोशनी भन्ने हिरा देवी बिच बिवाह गर्ने कुरा भएको तर रोशनी भन्ने हिरा देवीको पहिला नै बिवाह भई छोरी समेत भएको हुँदा सुरज भन्ने महेश साहको घर परिवारका मानिसहरुले बिवाह गर्न नमानेको । v  मिति २०७९/०८/२७ गते राती रोशनी भन्ने हिरा देवी र सुरज भन्ने महेश साहलाई रोशनी भन्ने हिरा देवीको श्रीमान् रामु भन्ने कैलाश महतोले दुवैलाई घट्नास्थल नजिकै साथमा भेटेपछि मृतक सुरज भन्ने महेश साहसँग बिवाद भई निज श्रीमान् श्रीमतीले सुरज भन्ने महेश साहलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतक लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागि फरार भएको । v भाग्ने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिरहेको बेला मिति २०८०/०१/०६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरु रामु भन्ने कैलाश महतो र निजको श्रीमती रोशनी भन्ने हिरा देवीलाई पक्राउ गरिएको । v निज प्रतिवादीहरु पक्राउ परी जि.प्र.का. बारामा दाखिला हुन आएकोले निजहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित जिल्ला अदालतबाट मिति २०८०/०१/०६ गतेबाट लागु हुने गरी दिन ७ (सात)  को म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको व्यहोरा अनुरोध गरिएको छ ।  

हतियार पक्राउ
२०८०-०१-०७

सर्लाही, मिति २०८०।०१।०६ गते अं.१५;३० वजेको समयमा जि.प्र.का.सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सर्लाही मलंगवा नं.पा.वडा नं.१ भेडहिया बस्ने अं.बर्ष ६०/६५ को अबध रायको घर खानतलासी गर्दा अन्न राख्ने टिनको ड्रमबाट म्यागजिन नभएको अवस्थाको सेमी अटोमेटीक पेस्तोल थान १, सानो खुकुरी थान १,ठुलो तरवार थान १,ज.१२.प.७६३४ नं.को लेखिएको पल्सर मोटरसाईकलको सवारी दर्ता किताब थान १, सानो चक्कु थान १ र BR30K1166  नं.उल्लेख भएको भारतीय सवारी दर्ता कार्ड थान १ र आगनमा पाकिङ्ग गरी राखेको नम्बर प्लेट नभएको १५० सि.सि.को कालो रंगको पल्सर मोटरसाईकल थान १ समेत फेला पारी बरामद गरी जि.प्र.का.सर्लाहीमा दाखिला गरेको घरमा कोही पनि फेला नपरेको, निज अवध रायको छोरा ईन्द्रजित राय र रंजित राय तस्करीको काम गर्दै आएको र निजहरुले नै उक्त हतियार र नम्बर प्लेट नभएको मोटरसाईकल घरमा ल्याई राखेको बुझिएको । निज ईन्द्रजित राय र रंजित रायको फेला नपरेको हुदाँ निजहरुको खोजी  कार्य जारी रहेको । 

ला.औ. सहित मानिस नियन्त्रण
२०८०-०१-०७

पर्सा, मिति २०८०।०१।०६ गते अ. २१;३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थितमा प्र.चौ.ईनर्वा तथा ला.औ. नि.का. व्युरो बिरगंजबाट खटिएको संयुक्त चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको  पैदल यात्री  जि.चितवन भरतपुर  म.न.पा. वडा नं. २१ बस्ने सन्त बहादुर बि.क. को छोरा अ. बर्ष १९ को निखिल बि.क. माथी शंका लागि चेकजाँच गर्दा निजको साथबाट नुर्फिन-९९ एम्पुल र फेनारगन-९९ एम्पुल ला.औ. फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई रखिएको । साथै, मिति २०८०।०१।०६ गते अं. २२:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १५ प्रतिमा चोकमा जि.प्र.का.पर्साबाट प्र.स.नि.को कमाण्डमा खटीएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा ना. २६ प ३४४१ नं. को मो.सा. रोकी चेकजाँच गर्दा मो.सा.को सिटमुनि लुकाई छिपाई राखेको ला.औ. ONEREX SYRUP ५० बोत्तल, TRAMOL CAPSUL ११ पत्तामा ११० पिस र NITRAET 10 को २ पत्तामा ३०  TABLET फेला परेको हुंदा सो ला.औ. र मो.सा. सहित सहित मो.सा. चालक जि.मकवानपुर हेटौंडा उ.म.न.पा. १४ कालापानि बस्ने चिन बहादुर तितुङको छोरा वर्ष ३१ को राजकुमार तितुङलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धन भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-०७

पर्सा, मिति २०८०।०१।०६ गते अ. १३;०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १० घरिअर्वा स्थितबाट ऐ. वडा नं. १८ घर भई हाल ऐ. वडा नं. १५ बस्ने कपिलदेव राउतको छोरा अ. बर्ष २६ को ओम प्रकाश पटेल बैकिङ् कसुर चालु मुद्धाको फरार प्रतिबादीलाई जि.प्र.का. पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको पछि ।  बारा, मिति २०८०/०१/०६ गते अं.१७:४५ बजेको समयमा ०६ महिना कैद,रु १,००० जरिवाना भएको ठगी मुद्दामा फरार रहेको प्रतिवादी जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२२ बस्ने हेमन्त कुमार घलानको छोरा अ.वर्ष ३४ को सुजित कुमार घलानलाई ई.प्र.का.अमलेखगंज बाराबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले निजको आफ्नै घरबाट पक्राउ गरी ई.प्र.का सिमरामा पठाईएको ।

१९ लाख ५० हजार रकमसहित हुण्डी कारोबार गर्ने ३ जना मानिस पक्राउ
२०८०-०१-०७

    पर्सा, मिति २०८०।०१।०५ गते १४:०० बजे विषेश सूचनाको आधारमा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि.को कमाण्डमा खटिएको विशेष टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.८ स्थित सडकखण्डबाट दुई जना शंकास्पदबरूपमा हिंडिरहेका व्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्याञई निजहरूको शरीर खानतलासी गर्दा जिल्ला बारा परवानीपुर गा.पा. वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रू. १,६०,०००/- (एक लाख साठ्ठी हजार) र ऐ.ऐ. बस्ने वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. ३,९०,०००/- (तिन लाख नब्बे हजार) गरी जम्मा नेपाली रु. ५,५०,०००/- (पाँच लाख पचास हजार) फेला परेको हुँदा उक्त रकम सहित दुवै जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट दिन ३ (तीन)  म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भैरहेको ।    साथै, मिति २०८०।०१।०६ गते ११:०० बजे विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि.को कमाण्डमा खटिएको विशेष टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ११ स्थित सडकखण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मो.सा.लाई रोकी कानुनी रीतपुर्याञई उल्लेखित नम्बरको मो.सा.मा सवार जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष ३२ को छठु महत्तोको खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा मो.सा.को वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रू.१४,००,०००/- (चौध लाख) फेला परेको हुँदा निज छठु महतोलाई नियन्त्रणमा लिई  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसुरमा  पर्सा जिल्ला अदालतबाट दिन ५  (पाँच)  म्याद थप अनुमति प्रदान गरी  थप अनुसन्धान तथा कारवाही भैरहेको ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रण
२०८०-०१-०६

पर्सा, मिति २०८०।०१।०५ गते अं. १४:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.८ लिंकरोड संग्रिला बैंक अगाडिबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले उक्त बैंक अगाडी उभिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ बस्ने योगेन्द्र साह को छोरा अं.बर्ष ३४ को कृष्ण प्रसाद सोनारको साथबाट ने.रु.१,६०,०००।– र ऐ.ऐ. वडा नं.३ बस्ने भोला साह कानु को छोरा अं. बर्ष ३९ को सुनिल साह कानुको साथबाट ने.रु.३,९०,०००।– गरी जम्मा ने.रु. ५,५०,०००।– (पाँच लाख पचास हजार) बरामद भएकोले स्रोत नखुल्लेको उक्त रकम र निज व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको लागि वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा ल्याई आवश्यक अनुसन्धान भईरहेको  ।

ला.औ. सहित मानिस नियन्त्रण
२०८०-०१-०६

पर्सा, मिति २०८०।०१।०५ गते अ. २१;०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक  स्थितमा ला.औ.नि.का. ब्युरो शाखा बिरगंज र प्र.चौकीईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिंङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि. धादिङ् निलकण्ठ गा.पा. वडा नं. ६ नौबिसे बस्ने  कृष्ण उप्रेतीको छोरा अ. बर्ष २३ को रबी उप्रेतीमाथी शंकालागी चेकजाँच गर्दा निजको साथबाट ला.औ. नाईट्रोभेट ३ पतामा ४५ पिस र खुला ६ पिस गरी जम्मा ५१ पिस फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी चौकी ईनर्वामा राखिएको ।

ठगी मुद्दामा संलग्न १ जना मानिस नियन्त्रणमा
२०८०-०१-०६

सिरहा, जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. ३ खजनपुर बस्ने वर्ष ४५ को रामबाबु यादवसँग नगद रु.३,००,०००/- (तीन लाख) रकम लिएकोमा निज रामबाबु यादवले रू. ९,००,०००/- (नौ लाख) रुपैयाँको तमसुक कागज र ०-०-५ धुर जग्गा निजको श्रीमती ईन्द्रा देवी यादवको नाममा पास गराएकोमा केही समय पछि पिडितले निजलाई पटक-पटक गरी लिएको रकमको साँवा र ब्याज समेत चुक्ता गरी आफ्नो नामको कपाली तमसुक र जग्गा फिर्ता गरिदिनुहोस भन्दा विपक्षीले आज भोली फिर्ता गरिदिन्छु भनि फिर्ता नगरेकोले अन्तिम पटक मिति २०७९।११।१५ गते जहाँ जान्छौ जाउ, फिर्ता गर्दिन भन्ने जवाफ पाएपछि आफु ठगिएको महशुस गरी मिति २०८०।०१।०४ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा ठगी मुद्दा शिर्षकमा जाहेरी दर्खास्त दिएकोमा उक्त जाहेरी दर्खास्त सोही दिन दर्ता भई उक्त घटनामा संलग्न प्रतिवादी रामबाबु यादवलाई मिति २०८०।०१।०४ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट ठगी मुद्दामा मिति २०८०।०१।०४ गते देखि नै लागु हुने गरी दिन  ७ (सात) को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-०५

१.      पर्सा, मिति २०८०।०१।०४ गते अ. १६:०० बजेको समयमा जि.पर्सा पोखरीया न.पा.९ स्थितबाट कुटपिट चालु मुद्दाको अदालतबाट जरिवाना रु. ४३३.३३ तोकिएका फरार रहेका प्रतिवादी ऐ. बस्ने जगरनाथ साह कानुको छोरा बर्ष ३८ को देवनाथ साह कानु भन्ने अशोक कुमार साह र ऐ. बस्ने ऐ. मुद्दाको अदालतबाट जरिवाना रु. १००/- तोकिएका फरार प्रतिवादी ईनरदेव राउत कुर्मीको छोरा बर्ष ६४ को जमुना राउत कुर्मी गाउँ घरमा डुलिरहेको छ भन्ने खबर गोप्य सुचनाको आधारमा ई.प्र.का. पोखरिया पर्सामा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोलि खटि गई निजलाई पक्राउ गरी आवश्यक कार्वाहिको लागी पर्सा जिल्ला अदालत बिरगंज पर्सामा पठाएको साथै जिल्ला पर्सा बिरगंज म.न.पा.९ बस्ने बैकिंङ कसुर सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी भगवान प्रसाद सरार्फको छोरा बर्ष अं. २६ को अमन कुमार सरार्फलाई जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलिले ऐ. ऐ. स्थित रानिघाटबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जि.प्र.का.पर्सामा ल्याई राखेको  ।  २.      बारा, मिति २०८०।०१।०४ गते अं. १२:०० बजेको समयमा जि. बारा जितपुर सिमारा उ.म.न.पा.१२ बस्ने बर्ष २४ को सुदिप चौधरी (चालु) डाँका चोरी मुद्दाको फरार प्रतिवादीलाई बिशेष सुचानाको आधारमा प्र.स.नि.को टोलिले ऐ. ऐ. १२ ब्रहम टोल स्थितबाट नियन्त्रणमा लिई ई.प्र.का. सिमरा पठाएको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०१-०५

१.      पर्सा, मिति २०८०।०१।०५ गते अं. ०२:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १५ प्रतिमा चौक स्थितमा जि.प्र.का. पर्साबाट खटिएको चेकिङ टोलिले बसपार्कबाट गण्डक तर्फ जाँदै गरेको ना. ७ प ६८१४ नं. को मो. सा. रोकी चेकजाँच गर्ने क्रममा उक्त मो.सा.को सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ONEREX Syrup- 100 ml को ५ बोतल, NITRAVET Tablet १० पत्तामा ९० पिस र लागु औषध चरेस जस्तो देखिने खैरौ पदार्थ १ डल्लो फेला परेको हुँदा सो लागु औषध, मो.सा. र मो.सा. चालक जि. मकवानपुर हेटौंडा उ.म.न.पा. ११ बस्ने बिनोद बि.क.को छोरा वर्ष ३१ को बिकी बि.क.लाई नियन्त्रणमा लिई  जि.प्र.का. पर्सामा ल्याईएको साथै जि. पर्सा बिरगंज.म.न.पा. वडा नं.१६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. इनर्वा तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल हिंड्दै आईरहेको जि.पर्सा बि.म.न.पा. वडा नं.८ गणेश टोल बस्ने तिलक बहादुर कार्कीको छोरा अं. वर्ष २० को विज्ञान कार्कीको जुत्ताबाट नाईट्रोजन लेखिएको २ पत्तामा २५ पिस र ९ पिस खुल्ला ट्याबलेट सहित जम्मा ३४ पिस फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्र.चौ. इनर्वा पर्सामा राखिएको ।२.      बारा, मिति २०८०।०१।०५ गते अं.२:४५ बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.१ ढाटटोला स्थितमा नेपालबाट भारत तर्फ टाउकोमा बोकी लैजाँदै गरेको ३० के.जी. (तिन पोका) लागु औषध गाँजा ई.प्र.का. सिम्रौनगढबाट प्र.स.नि.को कमाण्डमा खटिएको मोबाईल टोलिलाई देखि उक्त सामान फालि मानिसहरु भागि फरार भएको, सामान ई.प्र.का.सिम्रौनगढ बारामा ल्याई राखिएको ।३.      सर्लाही, मिति २०८०/१/०४ गते अं. १८:३० बजेको समयमा जि. सर्लाही बरहथवा न.पा. ७ बनटोल बस्ने अं. बर्ष ६८ को  परिक्षण पण्डितले आफ्नो घरमा लागु औषध (गाँजा) लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको अधारमा ई.प्र.का. बरहथवाबाट प्र.ना.नि. को कमाण्डमा ५ जनाको टोली खटी गई निजले घर भित्र प्लाष्टिकको झोलामा खाट मुनि लुकाई छिपाई राखेको ४८० ग्राम लागु औषध (गाँजा) बरामद गरी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. बरहथवामा थप अनुसन्धान कार्य भईरहेको साथै प्र.चौ. पत्थरकोट सर्लाहीबाट प्र.ब.ह. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा जि. सर्लाही लालबन्दी न.पा. १२ जियाजोर जाने बाटो नजिकै उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको बा. ५० प. २९९८ नं. को 150 CC को निलो कालो रंगको Pulser मो.सा. लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. सर्लाही लालबन्दी न.पा. १४ घुम्ने बस्ने आईते सिंह गोलेको छोरा अं. बर्ष २५ को बिर ब. गोलेले उक्त मो.सा. पछाडी बोकी ल्याएको सेतो रंगको बोरा खोली हेर्दा उक्त बोरा भित्र ३ वटा रातो रंगको Plastic ले बेरेको ला.औ. गाँजा अं. ९ किलो रहेकोले मो.सा. र मो.सा. चालक सहित नियन्त्रणमा लिई प्रहरी चौकी पत्थरकोटमा ल्याई राखिएको ।४.      महोत्तरी, मिति २०८०/०१/०४ गते अं.११:३० बजेको समयमा जि. महोत्तरी सम्सी गा.पा. ४ स्थित पासवान टोल जाने भित्री बाटोमा प्रहरी चौकी गैडाभैटपुरबाट प्र.ब.ह.को कमाण्डमा खटिएको गस्ती टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि. दाङ घोराई न.पा. (वाड न. तत्काल नखुलेको) बस्ने राम नेपालीको छोरा बर्ष अ.१९ को प्रबिण नेपालीलाई शंका लागी चेकजाचं गर्दा निजले साथमा बोकेको सेतोरातो कपडाको झोलामा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको नोर्फिन- १०० एम्पुल, फेनार्गन- १९५ एम्पुल, नाम नखुलेको- ९९ एम्पुल, डाईजेपाम- २०२ एम्पुल गरी जम्मा ५९६ एम्पुल र सिरिन्च- २ पिस सहित अबैध ला.औ. फेला पारी बरामद गरी मानिस तथा ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. महोत्तरीमा पठाउने पहल भइरहेको । ५.      सिरहा, मिति २०८०।०१।०४ गते अं. १८:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. ७ बमबम होटल स्थितमा जि.प्र.का. सिरहाबाट खटिएको QRT टोलीले पैदल यात्री जिल्ला सिरहा कल्याणपुर न.पा. २ चतरी टोल बस्ने राम मुखियाको छोरा अं.वर्ष १९ को अमर मुखियालाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्तीबाट अं. ५० ग्राम ला.औ. गाँजा, पाईन्टको पछाडीको खल्तीबाट Cadiwell- १ बोतल, निजले लगाएको अन्डर पाईन्टबाट NITRAVET-10 लेखिएको ट्यावलेट ५८ पिस ला.औ. सहित निजलाई नियन्त्रणमा लिई  जि.प्र.का. सिरहामा ल्याई राखिएको ।

नक्कली नोट नियन्त्रण
२०८०-०१-०४

१.      महोत्तरी, मिति २०८०।०१।०३ गते रामगोपालपुर नगरपालिका वडा नं. ०५ स्थित  रामगोपालपुर बजारमा नेपाली रु. १,०००।- को नोट दिई तरकारी किन्दा तरकारीबालाले उक्त नोट नक्कली थाहा पाएकोमा उक्त नोट खोसी निजले मुखमा खाई दिएको भनी ई.प्र.का.रामगोपालपुरमा जानकारी प्राप्त हुना साथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई  निजलाई नियन्त्रणमा लिई ई.प्र.का. रामगोपालपुरमा ल्याई चेक जाँच गर्दा निजले लगाएको पाईन्टको पछाडीको खल्तीबाट ज. ३७३७२२ नम्वर भएको नेपाली रु. १००० को नोट फेला परेको निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी  जि.प्र.का.महोत्तरी पठाईएको ।  

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०१-०४

१.      महोतरी, मिति २०८०।०१।०३ गते नाईट्राभेट ट्याबलेट - ६ वटा , स्पास्मो प्रोक्सिवोन क्यापसुल - ८ वटा लागुऔषध सहित २ जना मानिस लाई मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ई.प्र.का.गौशाला ल्याई अन्य थप अनुशन्धान कार्य भईरहेको।२.      महोत्तरी, मिति २०८०।०१।०४ गते NITRAVET-10 लेखेको ट्याबलेट जम्मा ५७८ पिस ट्यावलेट सहित १ थान साईकल र २ जना मनिसलाई नियन्त्रणमा लिई ई.प्र.का. रामगोपालपुरमा ल्याई अन्य थप अनुशन्धान कार्य भईरहेको । ३.      मिति २०८०।०१।०३ गते नुर्फिन-९ एम्पुल, डाईजेपाम-९ एम्पुल,र फेनारगन-९ एम्पुल ला.औ. १ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्र.चौ.ई.प्र.का. रामगोपालपुरमा ल्याई अन्य थप अनुशन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०७९-१२-३०

१.      पर्सा, मिति २०७९।१२।२९ गते अं.१४:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ ईनर्वागाँउबाट बैंकिङ कसुर सम्बन्धी चालु मुद्दाको फरार प्रतिवादी ऐ. ऐ. बस्ने वर्ष ४० को अनिल कुमार दासलाई अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउ पर्साबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.बिर्ता पर्सामा पठाएको साथै जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ ईनर्वागाँउबाट बैंकिङ कसुर सम्बन्धी चालु मुद्दाको फरार प्रतिवादी ऐ. ऐ. बस्ने वर्ष ४० को अनिल कुमार दासलाई अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउ पर्साबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.बिर्ता पर्सामा पठाएको ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-३०

१.      सिरहा, मिति २०७९।१२।२९ गते अं.२०:३० बजेको समयमा जि.सिरहा नवराजपुर गा.पा.३ जगतपुर स्थित ई.प्र.का. झाझपट्टी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको स.२ प.९७३२ नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्ने क्रममा जि.सिरहा लहान न.पा.२ बस्ने महमद मियाँको छोरा अं.बर्ष ३५ को महमद युनुस मियाँ (मो.सा.चालक)को साथबाट vivo मोबाईल थान -१, नागरिकता थान -१, लुम्बिनी बिकास बैंकको चेकबुक थान -१ र सोही मो.सा.मा पछाडी सवार ऐ.ऐ.२० बस्ने जगदेव महतोको छोरा अं. बर्ष ३० को रबिन कुमार सिंहको साथबाट सामसुङ मोबाईल j2 थान-१, ipp-buprenorphine injectiom-2ml-27 पिस, phenergan injection 2ml -27 पिस, diazepam injection -25 पिस लागुऔषध  फेला परेकोले लागुऔषध र मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई ई.प्र.का. झाझपट्टी सिरहामा ल्याई राखिएको ।  

लागू औषध सहित मानिस नियन्त्रण
२०७९-१२-२९

१.      रौतहट, मिति २०७९।१२।२८ गते अन्दाजि १५:३० बजेको समयमा जिल्ला रौतहट, गौर न.पा. २ भन्सार बेरियर स्थित भन्सार सुरक्षा गार्ड रौतहटबाट प्र.ब.ह. को कमाण्डमा खटि गएको २ जनाको टोली र  सशस्त्र प्रहरी बल ( स.प्र.ब.ह )  बाट थापिएको सयुक्त चेकप्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वार्ड नं. ५ गणेश चोक  बस्ने धर्मेन्द्र ठाकुरको छोरा अ.वर्ष २२ को रबिन्द्र ठाकुर नाम बताउने व्यक्तिलाई शंकास्पद लागि चेकजाँच गर्दा निजको साथबाट DIAZEPAM INJECTION -(2ml)- ५ पिस, BUPRENORPHINE INJECTION-(2ml) = ५ पिस र PHENERGAN ( 2 ML) = ५  पिस  परिमाणको लागु औषधी सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार सुरक्षा गार्ड रौतहटमा ल्याई राखिएको । २.      बारा, मिति २०७९।१२।२८ गते अं.१४;०० बजेको समयमा जि.बारा निजगढ न.पा.१३ डम्मपुर स्थित चकरी खोलामा पर्सा राष्ट्रिय निकुञ्जबाट खटेको आर्मीको गस्ती टोलीले पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा निजहरुले बोकेको सेतो र कालो झोलामा अं.२/२ के.जी का दरले अं.४ के.जी ला.औ गाँजासहित फेला पारी अ.प्र.पोष्ट रतनपुर बारामा ऐ. १५;०० बजे खबर गर्न साथ पोष्टबाट प्र.स.नि.को कमान्डमा र ई.प्र.का.निजगढबाट प्र.नि.को कमान्डमा टोली खटी गई जि.बारा जितपुर सिमरा उ.म.न.पा.८ बस्ने अं.बर्ष ५० को शिबगोबिन्द महतो (कालो झोला बोकेको) र ऐ.ऐ.बस्ने अं.बर्ष २५ को जयनाथ महतो (सेतो झोला बोकेको) मानिसहरुलाई  नियन्त्रणमा लिई ई.प्र.का.निजगढ तर्फ पठाईएको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-२९

१.      सप्तरी, मिति २०७९।१२।२८ गते जि.प्र.का.सप्तरी तथा सप्तरी मातहत प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलिले जिल्ला सप्तरी राजबिराज न.पा.१३ बस्ने असरफि सदा, ऐ.ऐ.बस्ने लक्ष्मण यादव र  जि. सप्तरी हनुमाननगर कंकालिनी न.पा.१४ बस्ने बिरेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । २.      सर्लाही, मिति २०७९/१२/२८ गते अं.१९:०० बजेको समयमा ई.प्र.का. सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा ४ जना  खटिएको टोलीले जि. सर्लाही बरहथवा न.पा.३ झिङयाही बस्ने जतन पासवान को छोरा अं.बर्ष २८ को धर्मेन्द्र पासवानलाई किर्ते मुद्दाको फैसला कार्यान्वयन नभएको फरार प्रतिवादी लाई नियन्त्रणमा लिई ई.प्र.का.बरहथवामा ल्याई राखेको । साथै, अं.१९:४० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी जि. सर्लाही बागमती न.पा. १२ बस्ने विष्णु बहादुर कुश्वारको छोरा वर्ष १९ को बिल्टे, बिन्टे भन्ने बिनायक कुश्वारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेकोमा धरौटी तिर्न नसकी सिन्धुली कारागार पठाउने आदेश पत्र सहित तत्काल ई.प्र.का.सर्लाहीमा ल्याई हिरासतमा राखिएको ।

फरार प्रतिबादी पक्राउ
२०७९-१२-२७

१.      सप्तरी,मिति २०७९।१२।२६ गते अं.१७:३० बजे को समयमा  जिल्ला सप्तरी राजबिराज न.पा. वडा नं.१३ बिसहरीया बस्ने सिंहेश्वर साहु हलुवाइको छोरा बर्ष.३९ को रामदेब साह लागत नं. २५६ जरिबाना ५००/- पाँच सय भएको जालसाजि मुद्दाको फरार प्रतिवादीलाई जि.प्र.का.सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई निजलाई फेला पारी पक्राउ गरी सप्तरी जिल्ला अदालत सप्तरीमा पठाएको ।   २.      सिरहा, मिति २०७९।१२।२६ गते अं. १२:३० बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ९ स्थित प्रहरी चौकी लहान सिरहाबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई लगत नं. ६०७९, ६ महिना कैद, रु. १०,०००/- जरिवाना सजाय तोकि चोरी मुद्दामा फरार रहेको प्रतिवादी ऐ.ऐ. ९ बस्ने मो. अमजाद मिँयाको छोरी अं.वर्ष २३ की समाना खातुनलाई निजकै घरवतनबाट पक्राउ गरी ई.प्र.का.लहान सिरहामा बुझाएको साथै ईलाका प्रहरी कार्यालय नरहा सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको च.नं. १७१९६, मिति २०६९।१२।१७ गतेको पत्र आदेशले लेनदेन विगो मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला सिरहा नरहा गा.पा. ५ बलुवा बस्ने राम भरोषी हलुवाईको श्रीमती अं. वर्ष ५० की राजो देवी हलुवाईलाई निजकै गाउँ घरबाट पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराएको । ३.      बारा, मिति २०७९/१२/२६ गते २०:०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा-२२ बस्ने पुर्ण बहादुर पख्रिनको छोरा अं.बर्ष २८ को च्याङवा भन्ने वुद्धिमान पाख्रिन (चालु) लागु औषध गाँजा मुद्दाको फरार प्रतिवादीलाई ऐ. वडा नं.२१ सागर चोक स्थितबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई ई.प्र.का. सिमारा पठाएको ।  ४.      पर्सा, मिति २०७९।१२।२६ गते अं.११:०० बजेको समयमा जि.पर्सा धोविनि गा.पा.४ हरिहरपुर स्थितबाट ज्यान मार्ने उद्योग चालु मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला पर्सा छिपरमाई गा.पा. १ बस्ने अं. बर्ष ६० को गौरी साह तेली आउँदैछ भन्ने खबर गोप्य सुचनाको आधारमा ई.प्र.का. लंगडी पर्सामा प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निजलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी ई.प्र.का.पोखरीयामा पठाएको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१२-२७

१.      सप्तरी, मिति २०७९।१२।२६ गते अं. ०८:३० बजेको समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. २ चौफल टोल तर्फ ई.प्र.का.महुलि सप्तरीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले ऐ.ऐ. बस्ने पृथ बहादुर राईको छोरा अं. बर्ष २२ को सुनिल राईले लागु औषध ओसार पसार तथा बिक्री वितरण गर्दैछ भन्ने विशेष सुचनाको आधारमा निज सुनिल राईको घरमा गई निजसँग सोधपुछ गर्दा निज सुनिल राईले आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि लुकाई छिपाई राखेको छु भने अनुसार उक्त स्थानमा खो.त. गर्दा कपडाको झोलामा पोका पारी राखेको लागु औषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी जम्मा २३३ एम्पुल बरामद गरी निज सुनिल राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा पठाईएको ।२.      सिरहा, मिति २०७९।१२।२६ गते अं. १६:०० बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ४ रघुनाथपुर बस्ने देव नारायण यादवको छोरा वर्ष अं. २८ को जिवन यादवले आफ्नै घरमा ब्युप्रोनोफिन १२ एम्पुल, डाइजिल्याब ११ एम्पुल र फेनारगन ११ एम्पुल ला.औ. लुकाई छिपाई राखेको भन्ने खबर विशेष सुचनाको आधारमा प्र.चौ. लहानबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निजको घर कानुन बमोजिम खानतलासी गर्दा अवैध ला.औ. फेला परेकोले ला.औ. सहित निज जिवन यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. लहानमा बुझाईएको । ३.      महोत्तरी, मिति २०७९।१२।२६ गते अं. १४:०० बजेको समयमा जिल्ला महोत्तरी सम्सी गा.पा. ४ स्थित दशगजा नजिकै प्रहरी चौकी गैडाभेटपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतको कन्हवाबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला चितवन उ.प.म.न.पा.९ बस्ने मिन प्रसाद कार्कीको छोरा अं. बर्ष २४ को रोहित कार्की, जिल्ला मकवानपुर बकैया गा.पा.७ बस्ने कुमार खड्काको छोरा अं. वर्ष २९ को संजु खडका र  ऐ. बस्ने सागर खड्काको छोरा अं.२२ को आशिष खड्काले खुल्ला चौरको बाटो प्रयोग गर्दे आएको निजहरु माथि  शंका लागि रोकी चेक जाँच गर्दा निजहरुको साथबाट  फेनरागन-५६ पिस, नरकिम-५२ पिस र डाईजोपाम-५७ पिस गरी जम्मा १६५ परिमाणमा लागुऔषध बरामद गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी चौकी गैडाभेटपुरमा राखेको ।४.      बारा, मिति २०७९/१२/२६ गते अं.०९:०० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.२ सिमरा चौक स्थित सुचनाको आधारमा नारायणघाटबाट बिरगंज तर्फ आउँदै गरेको बा. प्र.०६-००१ख.००५४ न.को बसलाई ई.प्र.का.सिमरा बाराबाट प्र.स.ह.को कमाण्डमा खटिएको QRT टोलीले चेक जाँच गर्दा जिल्ला पर्सा जगर्नाथपुर गा.पा.६ बस्ने अं.बर्ष ४५ को मुन्ना पासवानले शरिरमा बेरी ल्याउँदै गरेको अं. २.५ केजी लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई ई.प्र.का.सिमरामा राखेको ।  ५.      पर्सा, मिति २०७९।१२।२६ गते अं. १७:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोकमा प्र.चौ. ईनर्वा पर्साबाट खटि गएको प्रहरी टोली र ला.औ.ब्यूरो शाखा  बिरगंजको संयुक्त चेकिङ टोलिले जि.चितवन भरतपुर म.न.पा.१० हाकिम चोक बस्ने दुर्गा ब. ठकुरीको छोरा अं. बर्ष २७ को सुमन ठकुरी भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आईरहेको अबस्थामा निज माथी शंकालागी चेकजाँच गर्दा खुट्टाको पिडुलाको भागमा सेतो टेपले बेरी र्यापिङ गरी ल्याउँदै गरेको अवस्थामा निजलाई ला.औ. नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल ला.औ.सहित नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा पर्सामा राखिएको  ।

प्रतिबन्धित लागु औषध सहित मानिसहरु पक्राउ
२०७९-१२-२७

    पर्सा, मिति २०७९।१२।२४ गते अं.२२:३० बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै शंकास्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका जिल्ला चितवन लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई रितपुर्वक उक्त बोराको तलासी लिदा निजले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ६१ के.जी. फेला परेको हूँदा उक्त लागु औषध सहित निज राम बहादुर तामाङलाई नियन्त्रणमा लिइ ई.प्र.का. ठोरीमा ल्याइ निज विरुद्ध लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।२४ गते पर्सा जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप गरी अनुसन्धान कार्य भैरहेको   ।      साथै, मिति २०७९।१२।२६ गते अं.१६:४५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देउरीया स्थित प्रदेशी राउतको घरमा लागु औषध चरेश छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.पर्साबाट प्र.नि.को कमाण्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि. समेतको संयुक्त प्रहरी टोलीले निज प्रदेशी राउत समेतको घर तथा टहरा समेतमा कानूनी रीत पुर्‍याई खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश ११८ के.जी. र गाँजा ४ के.जी फेला परेको हुँदा उक्त लागु औषध, ओसारपसार तथा किन बेच समेतमा संलग्न जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने वर्ष अं. ६० को प्रदेशी राउत (थारु), जिल्ला मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान र जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई फेला पारी नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भैरहेको   ।        

ला.औ.गाँजा सहित मानिस नियन्त्रण
२०७९-१२-२५

१. धनुषा, मिति २०७९।१२।२४ गते अं.१५:३० बजेको समयमा विशेष सुचनाको अधारमा  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जि.प्र.का.धनुषा, ई.प्र.का.महेन्द्रनगर र प्र.चौ.लक्षमिनिया,धनुषा बाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा जि.धनुषा लक्ष्मिनिया गा.पा.७ ढल्केवर जनकपुर सडक खण्डको लक्ष्मिनियाँ चोक स्थितमा ढल्केवर बाट जनकपुर तर्फ जादै गरेको ना. ७ ख. ४२५१ नं.को ट्रक माथी शंका लागी चेकजाँच गर्दा उक्त ट्रक भित्र फल्स बटम बनाई पलाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा अं.१२४ के.जि. ला.औ.गाँजा फेला पारी चालक जिल्ला मकवानपुर मनहरी न.पा.९ बस्ने अं.वर्ष ४० को सन्त बहादुर दोङ्गलाई गाडी सहित नियन्त्रणमा लिई, घट्ना स्थल बरामद मुचुल्का पश्चात थप अनुसन्धानको लागी  जि.प्र.का.धनुषामा राखिएको, यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको ।२. पर्सा, मिति२०७९।१२।२४ गते अ.२२:३० बजेको समयमा जिल्ला पर्सा ठोरी गा.पा.-२ ढेरु खोला स्थितमा ई.प्र.का.ठोरीबाट प्र.नि. को कमाणडमा खटिएको गस्ति टोलीले ७/८ जना मानिसहरुले पोका बोकि गईरहेको देखि रोक्न खोज्दा उक्त  पोका फाली भाग्दा गस्ती टोलीले लखेटी ८ वटा पोकामा ६१ किलो गाँजा सहित जिल्ला चितवन लोथर बस्ने श्याम ब. तामाङको छोरा अ.बर्ष ५७ को राम बहादुर तामाङ लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ई.प्र.का.ठोरीमा पर्सामा ल्याई राखेको ।३. बारा, मिति २०७९।१२।२४ गते अं.२०:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.१ मसानमाई स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म पिपरपातिबाट खटिएका स.प्र.ना.उ. हरी प्रसाद शर्माको कमाण्डमा ७ जनाको टोलि लाई देखी नेपाल बाट २ जना ब्यक्तिले टाउकोमा बोकि भारत तर्फ लैजादै गरेको ४९ के.जि. (२ बोरा) लागु औषध गाँजा सोहि स्थानमा छाडि मानिस फरार भएको र उक्त लागु औषध गाजा बरामद गरी थप अनुसन्धानको लागी ई.प्र.का.सिम्रौनगढ बारामा ल्याई राखेको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१२-२४

१.      धनुषा, मिति २०७९।१२।२३ गते अं. ११;०० बजेको समयमा जिल्ला धनुषा जनकनन्दिनी गाउँ पालिका वडा नं. २ बल्हा स्थित नेपाल र भारतको दशगाजा क्षेत्रमा ई.प्र.का.खजुरी,धनुषाबाट खटिएको सादा पोसाकको टोलीले नाम,थर वतन नखुलेको अं. २५/३० वर्षको पुरुष व्यक्तिले कालो रंगको ब्याग बोकी पैदल भारत तर्फ जाँदै गरेको अवस्थामामा शंका लागि रोक्न खोज्दा निजले सोही ठाउँमा बोकी ल्याएको ब्याग फालि भारत तर्फ मानिस फरार भएको, सो व्याग खानतलासी गर्दा व्याग भित्र अं. ५ के.जी. लागु औषध गाँजा रहेकोले स्थानिय मानिसहरुको रोहवरमा बरामद गरेको, उक्त गाँजा ई.प्र.का.खजुरी धनुषामा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।  २.      सर्लाही, मिति २०७९।१२।२४ गते अं.००:२० बजेको समयमा प्र.चौ.ढुङ्ग्रेखोला सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले जिल्ला सर्लाही हरिवन न.पा. १० नयाँरोड स्थितमा बा.३१प.२३४२ नं. को.मो.सा. शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जिल्ला सर्लाही हरिवन १० बस्ने अं.वर्ष ३५ सोम बहादुर थापा र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. वडा नं.९ बस्ने राकेश महर्जनको छोरा अं. बर्ष १९ को रोजिस महर्जनको साथबाट ला.औ. नाईट्राभेट १ पत्तामा १५ ट्याब्लेट र CODWELL १ बोत्तल (१०० ML)को समेत बरामद भएको र प्रहरीलाई समेत हातपात गरेकोले निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  ।३.      रौतहट, मिति २०७९।१२।२३ गते अं.१७;४५ बजेको समयमा जिल्ला रौतहट गौर न.पा.२ भन्सार बेरियर स्थित भन्सार सुरक्षा गार्डबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ४ जनाको टोली र बि.ओ.पि.बाट स.प्र.स.नि.को कमाण्डमा खटिएको ४ जनाको संयुक्त चेकप्वाईन्ट टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला रौतहट चन्द्रपुर न.पा.४ बस्ने बिन्देश्वर साहको छोरा अं.बर्ष २२ को मुन्ना साह नाम बताउने ब्यक्तिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Diazepam Injiction- ११ पिस , Promethazine Hydrocloride Injection- ११ पिस, Buprennorphine Injection- १० पिस, Noophin- १ पिस र Alcohol Swab- २३ पिस औषध सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.रौतहटमा पठाईएको । ४.      पर्सा, मिति २०७९।१२।२३ गते अ.१८;०० बजेको समयमा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा भारतबाट वीरगंज तर्फ आउँदै गरेको जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ बुद्धटोल बस्ने रामकृष्ण गुरुङको छोरा अ. वर्ष २७ को राजिव गुरुङको साथबाट फेनारगन-३,डाइजेपाम-३ र नुर्फिन-३ एम्पुल गरी जम्मा ९ एम्पुल ला.औ. इन्जेक्सन बरामद गरी आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाईएको । ५.      जि.पर्सा वी.म.न.पा.वडा नं.१६ रजतजन्ती चोक स्थितमा प्र.चौ.इनर्वा पर्साबाट खटिएको प्रहरी गस्ती चेकिङ् टोलीले भारत रक्सौलबाट वीरगंज तर्फ पैदल आउँदै गरेको जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१६ बस्ने हरी बहादुर मगरको छोरा अं.बर्ष २९ को नरेन मगरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. NITRAZEPAM TABLETS-३० पिस र NITRAVET-10 ४५ पिस गरी जम्मा ७५ पिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ल्याएको ।   ६.      मिति २०७९।१२।२३ गते अं. १७:४५ वजे समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०१ छपकैया डम्पिङ स्थित सडक खण्डमा वडा प्रहरी कार्यालय विर्ता र अस्थायी प्रहरी पोष्ट भकुवाबाट खटिएका संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा पश्चिमवाट पुर्व तर्फ पछी नाम, थर, वतन खुल्न आएका जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०२ छपकैया बस्ने शेख ईशलामको छोरा वर्ष ३२ को शेख अब्बास शंकास्पद रुपमा पदैल आउँदै गरेको अवस्थामा देखि निज माथी शंका लागी रोकी निजको शरीर रितपुर्वक खानतलासी गर्दा निजले लगाएको पाईन्टको पछाडी कम्मरको पाईन्टको ईलाष्टिक (रबर) को भागले अड्काई टिसर्टले छोपी पेपर माथिबाट सेतो टेपले बेरी भित्र लुकाई छिपाई राखेको लागू औषध DIAZEPAM 2ml-२९ एम्पुल, NOOPHINE 2ml-२९ एम्पुल, PHENERGAN 2ml-२९ एम्पुल गरी जम्मा ८७ एम्पुल फेला परेको हुदाँ आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा बुझाएको ।

नक्कली नोट नियन्त्रण
२०७९-१२-२४

१.      सर्लाही, मिति २०७९/१२/२३ गते अं.१८:०० बजेको समयमा जि.सर्लाही बरहथवा न.पा. १७ स्थित बागमती सिचाई नहर स्थितमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्र.स.ह.को कमाण्डमा २ जना र ई.प्र.का. बरहथवा सर्लाहीबाट  प्र.ना.उ को कमाण्डमा ५ जना को टोलीले BR 30M 3825 नं.को मो.सा. रोकी चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. सर्लाही बलरा न.पा. ५ अर्नाहा बस्ने जनक राय को छोरा अं. बर्ष ३० को राम प्रसाद रायले बोकेको झोला चेकजाँच गर्दा नक्कली नोट रु. २,६८,०००/– कागज को बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, काटुन टेप १ थान, पत्रिका १ बन्डल, रु. १,०००/- को नेपाली नक्कली नोट २६८ पिस गरी जम्मा नक्कली नोट २,६८,०००/- फेला परेकोमा उक्त मो.सा, मो.सा. चालक र बरामद भएको समान ई.प्र.का. बरथवा सर्हालीको नियन्त्रणमा रहेको साथै उक्त स्थानमा BR30A5968 नं. को X+200 सि.सी. को मो.सा. फेला परेकोमा मो.सा. चालक फरार रहेको निजको खो.त. कार्य भईरहेको ।

ला.औ.सहित मानिस पक्राउ
२०७९-१२-२३

पर्सा,  मिति २०७९।१२।२२ गतेअं ११;३० बजेको समयमा जिल्ला पर्सा बिरगजं म.न.पा.वडा नं. २९ स्थित मुसैली टोलमा ऐ.ऐ. बस्ने प्रभु साहको घरमा निजहरुको छोराहरुले लुकाई छुपाई प्रतिबन्धित लागु औषध गाँजा पुरिया बनाई विक्री वितरण गरिरहेको छ भन्ने सूचना प्राप्त हुन साथ प्र.चौ. मिलनचौक पर्सा बाट प्र.स.नि.कमाणडमा टोली खटी गएको , ई.प्र.का.पटेर्वा सुगौली बाट प्र.नि.को कमाणड समेतको संयुक्त टोली खटी गई उक्त स्थानमा घरमा कानुनको रित पुर्‍याई खान तलासी गर्दा निजहरुको घरबाट प्रतिबन्धित लागु औषध  गाँजा अं. १० के.जी. फेला पारी उक्त कार्यमा संलग्न जिल्ला पर्सा बिरगजं म.न.पा. वडा नं. २९ मुसैली बस्ने प्रभु साहको छोरा अं. वर्ष २२ को बुलेट साह, ऐ.ऐ. बस्ने प्रभु साहको छोरा अं. वर्ष १९ को मिथुन साह र ऐ.ऐ. बस्ने प्रभु साहको छोरा अं. बर्ष १८ को गोविन्द साहलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सा पठाईएको ।

फरार प्रतिवादी पक्राउ गरेको सम्बन्धमा
२०७९-१२-२३

१.      सप्तरी, मिति २०७९।१२।२२ गते अं.१४:०० बजेको समयमा ई.प्र.का.सखडा सप्तरीबट खटिएको टोलिले जिल्ला सप्तरी छिन्नमस्ता गा.पा. १ बस्ने अं. वर्ष ६५ को सियाराम राम रु. ५,०१५/-  जरिवाना भएको जालसाजि मुद्दाको लगत न. ५१७, ५६८, ५७१, ५७२, ५७३ को फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत राजविराज सप्तरीमा बुझाईएको । २.      पर्सा,  मिति २०७९।१२।२२ गते अं. २११५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१८ भवानीपुर बस्ने चालु मुद्दाको फरार प्रतिवादी रामप्रेम प्रसाद कुर्मीको छोरा बर्ष अं. २८ को भुवन पटेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जि.प्र.का.पर्सामा बुझाएको ।

लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१२-२२

१.      पर्सा, मिति २०७९।१२।२१ गते अं. १९;२० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोकमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्रीलाई शंकालागी चेकजाँच गर्ने क्रममा जि. चितवन भरतपुर म.न.पा. १६ मंगलपुर बस्ने संदिप बि.क.को छोरा बर्ष अं. २९ को शंकर बिश्वकर्माले कालो प्लाष्टिकमा लुकाई छिपाई ल्याएको फेनारगण ९ एम्पुल, डाईजेपाम-७, नुरफिन - ७ एम्पुल गरी जम्मा २३ एम्पुल सहित निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी वडा प्रहरी कार्यालय बिर्तामा पठाईएको ।  २.      सिरहा, मिति २०७९।१२।२१ गते अं. १२:२० बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा. ३ तिनकुने चौक स्थितमा ई.प्र.का. महेशवारी सिरहाबाट  प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले ऐ.ऐ. बस्ने बिष्णु यादवको छोरा अं. बर्ष ६८ को हरि यादवको घरमा शंका लागी चेकजाँच गर्दा निजले संचालन गरेको किराना पसलको र्‍याकमा लुकाई छिपाई राखेको (कालो प्लाष्टिकको झोलामा) अवैध लागु औषध गाँजा कागजमा पोका बनाएको - ३३ पोका र अर्को कालो प्लाष्टिकको झोलामा खुल्ला राखिएको अवैध लागु औषध गाँजा प्याष्टिक र कागज सहित तौल गर्दा ५०० ग्राम (आधा के.जी.) अवैध लागु औषध गाँजा सहित निज हरि यादवलाई नियन्त्रणमा लिई ई.प्र.का. महेशवारी सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा
२०७९-१२-२२

भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा १.      सप्तरी, मिति २०७९।१२।२० गते अ.१९:०० बजेको समयमा तिलाठी कोईलाडी गा.पा.१ खाडो खोला स्थित प्रहरी चौकी तिलाठी सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा र बि.ओ.पि. तिलाठी सप्तरीबाट स.प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको देश भारत बंगाल जि. कुचबिहार ग्राम पंचायत घोनापुर थाना बस्ने अं. वर्ष ४३ को सफिक कुलहकलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट श्रोत नखुलेको भारतीय रुपैयाँ रू. १,७०,५००/-  (नेपाली रु. २,७२,८००/-) फेला पारी रकम सहित मानिस नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई सोधपुछ पश्चात मिति २०७९।१२।२१ गते आवश्यक कार्वाहीको लागी आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको  ।

ला.औ. सहित मानिस नियन्त्रणमा
२०७९-१२-२१

१.      पर्सा, मिति २०७९।१२।२० गते अं.१५;४५ बजेको समयमा जि.पर्सा जिराभवानी गा.पा.वडा नं.१ औरिया खोला स्थितमा ई.प्र.का.सेढवा पर्साबाट प्र.ना.नि.को कमाण्डमा र बि.ओ.पि.सश्स्त्र प्रहरी का.महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रम्मा पैदल यात्री जि.पर्सा जगरनाथपुर गा.पा.२ बस्ने राम अकलेश पटेलको छोरा वर्ष २१ को दिपक पटेलको साथबाट कोरेक्स सिरफ थान-१, नाईट्रोभेट ट्याबलेट ८ पिस र ऐ.ऐ.बस्ने भुलन रामको छोरा वर्ष २२ को कर्ण कुमार रामको साथबाट कोरेक्स सिरफ थान-१ र नाईट्रोभेट ट्याबलेट ७ पिस सहित निज दुबै जनालाई नियन्त्रणमा लिई ई.प्र.का.सेढवा पर्सामा ल्याई राखिएको । साथै, जिल्ला पर्सा बिरगंज म.न.पा.-२८ को बुनिलाल राम महरा ला.औ.गाजा,चरेश मुद्धाको फरार प्रतिवादिलाई ४ महिना ४ दिन कैद सजाय तोकिएको प्रतिवादी लाई पक्राउ गरी व.प्र.का.श्रीपुरमा बुझाएको  ।

कल सेन्टरबाट ९० थान कम्प्युटर सहित २३ जना मानिस पक्राउ
२०७९-१२-२१

धनुषा, जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१४ पिडारी चोक नजिक रहेको बिर बहादुर राउतको घरको दोस्रो तल्लामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरेको छ भन्ने व्यहोराको गोप्य सुचना प्राप्त हुन साथ  मिति २०७९/१२/२० गते अं.१६;०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्र.ना.उ. सहितको टोली खटीई गई उक्त घरको दोस्रो तल्लाको कोठाहरूमा कानूनी रित पुर्‍याई खानतलासी गर्दा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी ३० वटा कम्प्युटरमा ईन्टरनेट जडान गरी काम गरिरहेको र ६० वटा तयारी अबस्थामा राखेको कम्प्युटर समेत फेला पारी जम्मा ९० थान कम्प्युटर, २ थान मोटरसाईकल समेत बरामद गरी उक्त कार्यमा संलग्न रहेका ९ जना महिला र १४ जना पुरुष गरी जम्मा २३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको र उक्त कल सेन्टरका मुख्य संचालकको खोजी तथा आवश्यक थप अनुसन्धान समेत भईरहेको  ।

श्रोत नखुलेको रकम नेपाली रू. १४,००,०००/- सहित २ जना मानिस पक्राउ
२०७९-१२-१७

            धनुषा, मिति २०७९/१२/१६ गते अं.१६;०० बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा. वडा नं. ५ बनरझुल्ला अगाडी ई.प्र.का. खजुरीबाट प्र.नि.को कमाण्डमा र प्र.चौ. बल्हागोठबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त चेकिङ् टोलीले जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं.२-०२-००३ प ७०४५ नं. को मो.सा. चेक जाँच गर्ने क्रममा मो.सा. चालक जिल्ला धनुषा धनुषाधाम न.पा. वडा नं. २ धनुषाधाम बस्ने अं. बर्ष ५५ को जोगिन्द्र यादवको साथबाट नेपाली नगद रु. १०,००,०००।- (दश लाख) र मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. बर्ष १९ को कृष्ण साहको साथबाट नेपाली नगद रु. ४,००,०००।- (चार लाख) समेत गरी जम्मा नेपाली रु. १४,००,०००/- (चौध लाख) बरामद भएकोमा नगद रुपैयाँ, मो.सा., समेत निज दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०७९-१२-१५

१.      सिरहा, मिति २०७९।१२।१४ गते अ. १७:२० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. ८ अरङ्ग बस्ने अ.बर्ष ३५ को बिनोद कुमार महराले चालु मुद्दाको ज्यान मार्ने मुद्दाको फरार प्रतिवादिलाई बिशेष सुचनाको आधारमा ऐ.ऐ. स्थित निजको गाऊँ घरबाट पक्राउ गरि नियन्त्रणमा लिई ई.प्र.का.कल्यानपुर मा ल्याई निजलाई आवश्यक कारवाहीको लागि ई.प्र.का. मिर्चैयामा पठाईएको ।२.      धनुषा, मिति २०७९/१२/१४ गते निम्न बजेको समयमा जिल्ला धनुषा निम्न स्थान बस्ने निम्न  मुद्दाका निम्न युनिट बाट खटिएको प्र.क.को कमाण्डमा ९  फरार प्रतिवादीलाई निम्न स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।  ३.         पर्सा, मिति २०७९।१२।१४ अ. ११;३० बजेको समयमा वादी नेपाल सरकार प्रतिबादी नारायण सापकोटा समेत भएको बन मुद्दाका फरार प्रतिबादी,                अपराध मुद्दा नं. ०७२-CR-०४०१, लगत नं.२३७९, लगत कसेको मिती २०७७।०४।०४ गते, अपराध जरिवाना १००००(दश हजार)तोकिएको फरार प्रतिबादी 

सुन चादी जस्तो देखिने धातु पदार्थ सहित मानिस पक्राउ
२०७९-१२-१५

१.      सिरहा, मिति २०७९।१२।१४ गते अं. १८;३० बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ७ स्थित गुप्ता एण्ड सन्स ज्वेलर्स स्थितमा जिल्ला सिरहा लहान न.पा. ३ बस्ने नारायण विश्वकर्माको छोरा वर्ष अं. ३५ को लाल बहादुर विश्वकर्मा, ऐ. लहान न.पा. १ बस्ने कुहुप लाल चौधरीको छोरा वर्ष अं. ७० को देबा चौधरी र ऐ. लहान न.पा. २ बस्ने रामु सदायको छोरा वर्ष अं. ३२ को मणिलाल सदाय लगाईत  ३ जना मानिसहरु सुन र चादी जस्तो धातु पदार्थ बेच्न गएको अवस्थामा विशेष सुचनाको आधारमा ई.प्र.का.लहान सिरहाकबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले सुन र चादी जस्तो देखिने देखिने आईमाई हरुले खुट्टामा लगाउने काडा – ८ पिस तौल २०८६ ग्रामको हालको अं. मु.रु. २,४४,११७, र  सुन जस्तो देखिने औठी – ३ पिसको तौल १५.८ ग्रामको हालको अ.मु.रु. १,४६,९७३।-  बराबरको धातु पदार्थ सहित ३ जना मानिसलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-१५

१.      सप्तरी, मिति २०७९।१२।१४ गते अं. १७;१५ बजेको समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. २ सितापुर टोल स्थित ऐ.ऐ. बस्ने सुरेश कुमार ठाकुरको घरमा ऐ.ऐ. बस्ने लुडाई चौधरीको छोरा अं. बर्ष २९ को सुभाष कुमार चौधरीले चोरी गरेको भनि स्थानियले समाति ई.प्र.का. महुलिमा जानकारी गराउन साथ प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई सोधपुछ गर्ने क्रममा निज चोरले चोरी गरेको सामान आफ्नो घर पछाडि रहेको आफ्नै बाँस घारीमा राखेको छु भनि स्वीकारेको अधारमा उक्त स्थानमा प्रहरी टोलि खटि गई खो. त. गर्दा घाँसमा लुकाई छिपाई राखेको लिजेसिक ६६ पिस एम्पुल, डाईजेपाम ६७ पिस एम्पुल र फेनारगन ६६ पिस एम्पुल  लागु औषध बरामद गरी निज सुभाष कुमार चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि  ई.प्र.का. कंचनपुर सप्तरीमा पठाईएको । २.      सिरहा, मिति २०७९।१२।१४ गते अं.१४:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ नयाँ रोड स्थितमा ई.प्र.का.माडर सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जिल्ला सिरहा मिर्चैया न.पा. ५ बस्ने ढक्कर राउत यादवको छोरा अं.बर्ष ३४ को बिजय कुमार यादवको साथ बाट Sildenafil citrate tab ip 100 mg-  ९ पाता (४ पिस प्रति पाता, Tervinofine Tablets – ९ पाता (६ पिस प्रति पाता) र Sildenafil Tablets - १० पाता (४ पिस प्रति पाता) प्रतिवन्धित औषधी सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहा तर्फ पठाएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-१२

१.      महोत्तरी, मिति २०७९।१२।११ गते अं.१०;५० बजेको समयमा जि.महोत्तरी सम्सी गा.पा. ४ दशग्राम स्थित भारत तर्फ बाट आउदै गरेको ज.७.प.२६२९ नं.को मो.सा.मा सवार मो.सा. चालक जि.महोत्तरी मनरा शिस्वा न.पा.७ बस्ने बर्ष २८ को उमेश कुमार सहनी र सोही मो.सा.मा पछाडी सवार ऐ.ऐ.वडा नं. ६ बस्ने बर्ष ३५ को रंजित कुमार साहलाई चौकी बाट निस्केको प्र.स.नि.को कमाण्डमा गस्ती टोलीले चेक जाँज गर्ने क्रममा प्याज राखेको सानो कालो प्लासटिकमा भारत बाट लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको SPASMO-PROXYVON  tablet १६ (स्रोह) पिस ,EXIPLON १०० ml भएको ५ (पाचँ) बोतल सहित मो.सा. र दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. महोत्तरीमा पठाईएको ।२.      पर्सा, मिति २०७९।१२।११ गते अं.१५;३० बजेको समयमा जि.पर्सा विरगंज म.न.पा.वडा नं.१६ रजतयन्तीचोक स्थितमा प्र.चौ.ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा.प्र.०३-००४ प.१९४ नं.को पल्सर मो.सा.चालक जि.चितवन रतन न.पा.वडा नं.१६ वस्ने अं.बर्ष २५ को सागर मगरको शरीर चेकजाँच गर्ने क्रममा निजको साथबाट ला.औ.  Nitrazepam - ट्याब्लेट १० पत्तामा जम्मा १०० पिस फेला परेको र उक्त मो.सा.को पछाडी सवार ऐ.ऐ.१५ बस्ने अं.बर्ष २५ को सविन पन्त समेतलाई मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि व.प्र.का.बिर्ता तर्फ पठाउने कार्य भईरहेको । साथै, मिति २०७९।१२।११ गते अं.२१;०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-१६ बसपार्क स्थितमा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा पैदलयात्री ऐ.ऐ.-२५ सिर्सिया बस्ने बलिराम प्रसाद कुर्मीको छोरा अं.बर्ष-२० को भोला पटेलको साथबाट ला.औ.Nitra care ट्याब्लेट ८ पिस फेला परेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई  व.प्र.का.श्रिपुर पठाएको ।

फरार प्रतिवादी पक्राउ
२०७९-१२-१२

१.      सिरहा, मिति २०७८।०८।०८ गते अं. २३;१५ वजेको समयमा जिल्ला सिरहा गोलवजार नगरपालीका वडा नं. ३                                 जमनटोकी स्थित रहेको आईसक्रिम फ्याकट्री अगाडी स्थित सोही फ्याकट्रीमा काम गर्ने जिल्ला सिरहा सुखिपुर नगरपालीका वडा नं. ८ बस्ने खुशिलाल गोसाईको छोरा अं. बर्ष ३५ को श्याम सुन्दर गोसाई र निजको दाई ऐ.ऐ. बस्ने अं. बर्ष ४२ को रामचन्द्र गोसाई विच के कस्तो विषयमा बाद विवाद भई झै -झगडा कुटपिट हुदाँ निज श्याम सुन्दर गोसाईको टाउँको तथा शरीरको विभिन्न भागहरुमा चोटपटक लागि गम्भिर घाईते भएकोमा विराटनगर अस्पतालमा लगि उपचार गराउदा उपचार हुन नसकी रिफर भई हाल रा.उ.स्मारक अस्पताल लहान सिरहामा उपचार्थको क्रममा मिति २०७८।०८।१० गते दिनको करिव १२;१५ वजेको समयमा मृत्यु भएकोमा निज रामचन्द्र गोसाई सोही दिन फरार भएकोमा निजलाई मोबाईलको लोकेशनको आधारमा प्रहरीको टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।१०।१० गते विहान अं. ०९;०० वजेको समयमा जिल्ला कन्चनपुरको नेपाल भारतको सिमानाकामा फेला  पारी पक्राउ गरी ल्याई सोही मितिबाट लागु हुने गरी सम्मानित अदालत सिरहाबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन ७ (सात) को म्याद थप भई अनुसन्धान भई रहेको । २.          पर्सा,मिति २०७९।१२।११ गते अं.२१;०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-२ छपकैया बस्ने बाबु नन्द साहको छोरा बैकिङ कसुर (चालु) मुद्दाको फरार प्रतिबादी बर्ष-५१ को गेनालाल साहलाई ई.प्र.का.छपकैया,पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको ।  साथै, मिति २०७९।१२।११ गते अं.२१;१० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-८ घण्टाघर स्थितबाट बैकिङ कसुर (चालु) मुद्दाको फरार प्रतिबादी ऐ.-१३ मुर्ली बस्ने हसमुदिन अंसारीको छोरा बर्ष-३० को मेराजुदिन अंसारीलाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको ।

मोबाईल सहित मो.सा.र मानिस नियन्त्रणमा
२०७९-१२-१०

सर्लाही, मिति २०७९।१२।०९ गते अं.१३;४० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा.९ सुजता होटेल अगाडी जि.प्र.का.सर्लाहीबाट प्र.स.ह.को कमाण्डमा खटिएको गस्ती टोलीले BR 26 D 1814 नं.को मो.सा.शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.सर्लाही कबिलासी न.पा.९ सलेमपुर बस्ने अं.बर्ष २८ को चयन किशोर रायको साथबाट विभिन्न कम्पनिको poco C31 थान -१९, Hot- 20 play थान -१, Redmi-10 थान- १ र Redmi note pro थान- १ गरी जम्मा २२ थान मोबाईल फेला पारी निजलाई मो.सा.र मोबाईल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय मलंगवा पठाईएको,मो.सा.र मोबाईल गरी जम्मा अं.मुल्य रु.३,८०,०००।- ( तिन लाख असि हजार) बराबरको रहेको ।

गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-१०

गाँजा सहित मानिस नियन्त्रणमा१.      सप्तरी, मिति २०७९।१२।१० गते अं.०२:०० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा.१३ छतौनि बस्ने छतहरु यादबको छोरा अं.बर्ष ४१ को भोला यादवले ऐ.बस्ने जयप्रकाश यादबको घर छेउको परालको टालमा गाँजा लुकाई रहेको अवस्थामा जयप्रकाश यादब सहित स्थानीय १०/१५ जनाको संख्याका ब्यक्तिहरु देखि निज भोला यादबलाई नियन्त्रणमा लिई राखेको भनि ऐ.वडाको वडा अध्यक्ष कुसेश्वर यादबले ऐ.०१:०० बजे जानकारी गराउन साथ ई.प्र.का. हनुमाननगर सप्तरीबाट प्रनानिको कमाण्डमा ५ जना र BOP पोष्ट बर्साईन टिकुलियाबाट स.प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा १२ जनाको टोलि खटिगई अं.६ केजि गाँजा र भोला यादबलाई नियन्त्रणमा लिई ई.प्र.का. हनुमाननगर सप्तरीमा ल्याएकोमा आवश्यक कार्वाहिको लागि जि.प्र.का. सप्तरी पठाउने कार्य भईरहेको ।२.      सर्लाही, मिति २०७९।१२।०९ गते अं.११;०० बजेको समयमा ई.प्र.का.सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गाडि मोवाईल टोलीले जिल्ला सर्लाही ईश्वरपुर न.पा.०७ गणपति राईस मिल अगाडि भित्रि सडक खण्डमा BR 30 H 6745  नं. को मो.सा. मा सवार २ जना मानिसलाई शंका लागी रोकी चेक जाचँ गर्ने क्रममा मो.सा.चालक जिल्ला सर्लाही गौडेता न.पा. ११ सिसौटिया बस्ने अं. बर्ष १९ को राजेश पटेलले लगाएको कालो रंगको पाईन्टको बायाँ साईडको गोजीमा कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ४५ ग्राम ला. औ. गाँजा समेत फेला परेकोले निज राजेश पटेल, सोहि मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २३ को परिक्षण मंण्डल र बरामद भएको लागु औषध गाजाँ, मो.सा.समेत २ दुबै जना मानिसलाई नियन्त्रणमा लिई  राखीएको अन्य थप अनुशन्धान कार्य भईरहेको ।३.      सर्लाही, मिति २०७९।१२।०९ गते अं.२१;०० बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा.४ त्रिभुवननगर दशगजा बोर्डर स्थित प्र.चौ.त्रिभुवननगर बाट प्र.ना.नि.को कमाण्डमा खटिएको ३ जनाको टोली र सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगर बाट स.प्र.ब.ह.को कमाण्डमा खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना.५९ प ९९८४ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा.चालक ऐ.लालबन्दी न.पा.१६ बस्ने अं.बर्ष २५ को अरुण कुमार मोक्तानले बोकेको झोलाबाट phenergan २२ पिस,Diazepam २३ पिस,Noophin-२३ पिस बरामद गरी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी उक्त ला.औ.,मो.सा.सहित मानिस जि.प्र.का.सर्लाहीमा बुझाएको । साथै, मिति २०७९।१२।०९ गते अं.२०;०० बजेको समयमा जि.सर्लाही पर्सा गा.पा.३ नारायणपुर स्थित दशगाजा नजिक नेपालबाट टाउकोमा बोरा बोकी भारत तर्फ जाँदै गरेको अवस्थामा प्र.चौ.नारायणपुरबाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखि बोरा फाली मानिस फरार भएको,उक्त बोरा खोली हेर्दा ला.औ.गाँजा ९ किलो ७०० ग्राम बरामद गरी नियन्त्रणमा लिई चौकीमा ल्याई राखिएको ।

फरार प्रतिवादी पक्राउ
२०७९-१२-१०

१.      सप्तरी, मिति २०७९।१२।०९ गते अं.११:४५ बजेको समयमा जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा.४ बस्ने (पाँच) जना मानिसहरु निम्म मुद्धाका फरार प्रतिवादीहरुलाई  प्र.चौ.को-बर्साईन सप्तरीबाट प्र.ना.नि.को कमण्डमा टोलि खटि गई नियन्त्रणमा लिई समाति जिल्ला अदालत सप्तरीमा बुझाईएको ।२.      धनुषा, मिति २०७९/१२/०९ गते जिल्ला धनुषा निम्न स्थान बस्ने निम्न  मुद्दाका निम्न युनिट बाट खटिएको प्र.क.को कमाण्डमा तिन जना फरार प्रतिवादीलाई निम्न स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।    ३.      पर्सा, मिति २०७९।१२।०९ गते अं.१४;३० बजेको समयमा जिल्ला पर्सा ठोरी गा.पा.वडा नं.१ बस्ने बन मुद्धामा १०,०००।– जरिवाना तोकेको फरार प्रतिबादी वर्ष ४१ को रामकृष्ण तिमलसिनालाई ई.प्र.का.ठोरी पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी  जि.प्र.का.पर्सामा बुझाएको । जिल्ला पर्सा बिरगंज म.न.पा.-२४ बजरंग हल नजिकै बाट बैकिङ कसुर मुद्दाको फरार प्रतिबादी ऐ.ऐ.बस्ने बैजनाथ महतो कोईरीको छोरा बर्ष-४४ को ज्ञानेश्वर प्रसाद कुश्वाहालाई जि.प्र.का.पर्साबाट खटिएको QRT टोलीले नियन्त्रणमा लिईको । साथै, मिति २०७९।१२।०९ गते अं.११;३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-१७ अलौ स्थितमा  प्र.चौ.सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ.बस्ने अभद्र ब्यवहार(चालु) मुद्दाको फरार प्रतिबादी मकसुद मियाको छोरा बर्ष-२६ को कैसमुदिन मिया पवरियालाई  निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-०६

१.       सप्तरी, मिति २०७९/१२/०५ गते,  ६ वर्ष कैद रजरिवाना रु. १,१९,१८२.५०।-  भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी ई.प्र.का.कडरवोना सप्तरीमा पठाईएको ।२.       सिरहा, मिति २०७९/१२/०५ गते,  ज्यान मार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी ई.प्र.का. मिर्चैया सिरहामा ल्याई राखिएको । ३.       सिरहा, मिति २०७९/१२/०५ गते,  कुटपिट मुद्दाका १ वर्ष कैद र रु. ७२०/- जरिवाना रहेका ५ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराउने कार्य भई रहेको ।

प्रतिबन्धित लागु औषध सहित दुईजना मानिस पक्राउ
२०७९-१२-०६

पर्सा, मिति २०७९।१२।०४ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाँउ स्थित धर्मकाँटा अगाडी पार्किङमा रहेको BR 07 GA 9691 नम्बरको मिनि ट्रकभित्र लागु औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.पर्साबाट प्रहरी उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटीइ गई उल्लेखित मिनि ट्रकलाई कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउँ बनाई लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध गाँजा १४९ के.जी. फेला परेको हुँदा उक्त लागु औषध गाँजा, मिनि ट्रक र ट्रक चालक देश भारत राज्य मोतिहारी पुर्वी चम्पारण जिल्ला पोष्ट सपाहा दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नं. ११ बस्ने बर्ष २७ को ओम प्रकाश सिंह समेतलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०५ गते पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।    साथै, मिति २०७९।१२।०४ गते अं.२१:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा संकास्पदरूपमा भारत रक्सौलबाट वीरगञ्ज तर्फ जाँदैगरेकोमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ई-रिक्सा चालक जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १५ भिष्वा बस्ने बर्ष २०को  बलजित यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onerex 100 ml लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको हुँदा उक्त लागु औषध Onerex, ई-रिक्सा र ई-रिक्सा चालक बलजित यादव समेतलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याई लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०५ गते पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।            

गाँजा बरामद गर्दा १ राउन्ड फायर
२०७९-१२-०५

       सप्तरी, मिति२०७९।१२।०४ गते  , बिशेष सुराकीको आधारमा  इ.प्र.का.हनुमाननगर सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ४ जना प्रहरी टोलिले गस्ति गर्दै जादा  जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा.१३ गोवरगाडा छतौनी एरियाबाट २ वटा घोडामा अं.१.५ क्वीन्टल गाँजा भारत तर्फ लादै गरेको अवस्थामा प्रहरी टोलिलाई देखि  घोडा,गाँजा छोडी मानिस तत्काल फरार भएकोमा २ वटा घोडा,गाँजा बरामद गरेकोमा उक्त गाँजा खोस्न आउने अज्ञात समुहबाट बच्नका लागी प्रहरी टोलिले ठूलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी, बरामद घोडा र गाँजा नियन्त्रणमा लिई आवश्यक कार्यवहीको लागी इ.प्र.का.हनुमाननगरमा ल्याई राखेको ।

प्रतिबन्धित लागु औषध सहित मानिसहरु पक्राउ
२०७९-१२-०३

        पर्सा,मिति २०७९।१२।०२ गते अं.०३:१५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३१ स्थित मिलनचौकमा ना.२ ह ३०८९ नम्बरको अटो संकास्पदरूपमा जितपुरबाट मनवा तर्फ जादैगरेकोमा प्रहरी चौकी मिलनचौक पर्साबाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त अटोमा सवार जि.पर्सा बीरगञ्ज म.न.पा.वडा नं.३२ बस्ने बर्ष ५४ को रमतुल्ला मिया, जि.चितवन राप्ती न.पा.वडा नं.१२ वाकराङ बस्ने बर्ष २६ को मरकुश प्रजा, जि.चितवन राप्ती न.पा.वडा नं.१२ वाकराङ बस्ने बर्ष २५ को मरकुश प्रजा र जि.चितवन राप्ती न.पा.वडा नं.१२ वाकराङ बस्ने बर्ष २१ रामबिलास प्रजा हरुले लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध गाँजा ५ वटा पोका गरी २७ के.जी. फेला परेको हुँदा उक्त लागु औषध, अटो सहित उल्लेखित मानिसहरुलाइ नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०२ गते पर्सा जिल्ला अदालतबाट दिन-५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भैरहेको   ।         साथै, मिति २०७९।१२।०२ गते अं.०३;०० बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.३ सोनवर्सा बस्ने बर्ष ३८ को जैनुल होदाको घरमा लागु औषध गाँजा छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. पर्साबाट प्रहरी उपरीक्षकको  कमाण्डमा प्रहरी टोली खटी गई निज जैनुल होदाको घरमा कानूनी रीत पुर्‍याई खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध गाँजा २९ के.जी. फेला परेको हुँदा उक्त लागु औषध, निज जैनुल होदा सहित उक्त लागु औषध किन बेचमा संलग्न जिल्ला मकवानपुर लाउती गाउँपालिका वडा नं.३ बस्ने वर्ष ५० को रामजी थिङ समेतलाई  नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०२ गते पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भैरहेको   ।                                

फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-०१

१.       सप्तरी, मिति २०७९/११/३० गते विभिन्न मुद्धाका  रु. १७४५/- जरिवना भएको ६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित जिल्ला अदालतल राजबिराज सप्तरीमा पठाइएको ।२.       धनुषा, मिति २०७९/११/२९ गते विभिन्न मुद्धाका  रु. १२,८३४/- जरिवना भएको ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।३.       बारा, मिति २०७९/११/३० गते,  वहुविवहा मुद्दाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको प्र जि.प्र.का. बारामा बुझाएको । ४.       पर्सा, मिति २०७९/११/३० गते विभिन्न मुद्धाका रु. ३,५३५/- जरिवना भएको ३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का. पर्सामा पठाएको ।

नक्कली नोट जस्तो देखिने बस्तु नियन्त्रण
२०७९-११-३०

१.       सर्लाही, मिति २०७९/११/२९ गते हरिवन न.पा. वडा नं. १० स्थित पुष्पान्जली Hotel को उत्तर तर्फ र पुर्व पश्चिम लोकमार्गको दक्षिण तर्फ नक्कली नोट जस्तो देखिने बस्तु फेला परेको छ भनि खबर यस का.मा खबर प्राप्त भए पश्चात यस का बाट प्र.नि . को कमान्डमा टोलि खटीगई हेर्दा केटा मानिसले साइडमा बोक्ने रातो रंगको झोलाभित्र रातो फेन्सि झोलामा राखेको नक्कली नोट जस्तो देखिने रू. १०००।– ( एक हजार)  को दरले ५१ थान (एकाउन्न ) र  नोट बनाउन प्रयोग हुने नोट साईजको सादा पेपर १२( बाहृ ) बन्डल  फेला परेकोले बरामद गरी  आवश्यक कार्वाहीको लागि प्र ई.प्र.का.हरिवन सर्लाहीमा ल्याई राखिएको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-३०

१.       धनुषा, मिति २०७९/११/२९ गते विभिन्न मुद्धाका  १ बर्ष ३ महिना कैद  र रु. १५,४१०/- जरिवना भएको ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।२.       बारा, मिति २०७९/११/२९ गते, रु २००/- जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको प्र.चौ. गंजभवानिपुर बारा मा ल्याई राखेको । ३.       पर्सा, मिति २०७९/११/२९ गते बैकिङ् कसुर चालु मुद्धाको मुद्धाका २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का. पर्सामा पठाएको ।

सामान नियन्त्रण
२०७९-११-३०

१.       सिरहा, मिति २०७९।११।२९ गते जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. ५,५६,३६०/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी माडर भन्सार कार्यालय पठाएको ।२.       धनुषा, मिति २०७९।११।२९ गते जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. ६५,१५०/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाउने पहल भई रहेको ।३.       सर्लाही, मिति २०७९।११।२९ गते जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. १,६५,०००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको ।४.       रौतहट, मिति २०७९।११।२९ गते जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. ३३,०००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाउने पहल भई रहेको ।५.       पर्सा, मिति २०७९।११।२९ गते जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. ८०,०००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा ल्याई राखेको ।  

जनचेतना मुलक कार्यक्रम
२०७९-११-३०

१.       सप्तरी, मिति २०७९।११।२९ बलान बिहुल गा.पा.३ टिकुलिया स्थितमा रहेको श्री जनता रा.प्र.टिकुलियाको कक्षा ३,४ र ५ को अं.३०।४० जना बिद्यार्थीहरुको उपस्थितिमा प्रहरी चौकी बेल्ही सप्तरीबाट प्र.स.नि.टिका निरौलाको कमाण्डमा खटिएको टोलिले सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप बाल अधिकार सम्बन्धि जनचेतना मुलक कार्यक्रमसम्पन्न भएको ।२.       सप्तरी, मिति२०७९।११।२९ गते तिलाठि कोईलाडि गा पा ५ बरसाईन टोल स्थित यस चौकीबाट प्रनानिको कमाण्डमा टोलि खटिगई स्थानियबासि अं.४०-५० जनाको संख्यामा भेला जम्मा गरी महिला तथा बालअधिकार सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ३.       सप्तरी, मिति २०७९।११।२९ गते शम्भुनाथ न.पा. वडा नं. १२ सतवेदहा टोल स्थित यस चौकीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले स्थानिय भद्रभलादमी बुद्विजिवी लगायत अं. ५०-६० जनालाई भेला जम्मा गराई सामुदायीक प्रहरी साझेदारी अवधारणा अनुरुप आगालागि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

हिरासत कक्षबाट फरार भएका थुनुवाहरू मध्ये थप १ जना पक्राउ
२०७९-११-२९

मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई फरार भएका ६ जना थुनुवाहरू मध्ये ४ जना लाई पक्राउ गरि थप अनुसन्धान गरिएको र २ जना हाल फरार रहेकोमा फरार रहेका थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दा को अं. वर्ष ३६ को शंकर सिंह महतोलाई तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा मिति २०७९/११/२७ गते अं.२०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ ईनर्वामा लुकीछिपि बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई  थप अनुसन्धान कार्य भइरहेको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-२९

१.       सप्तरी, मिति २०७९/११/२८ गते सवारी ज्यान मुदामा २ महिना कैद फैसला भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीलाई आवश्यक कार्यवहीको लागि ई.प्र.का.लहान,सिरहामा पठाईएको ।२.       धनुषा, मिति २०७९/११/२८ गते लुटपिट र कुटपिट मुदामा १ महिन ५ दिन कैद र जरिवाना रु १९८०/-  फैसला भएको १९ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीलाई आवश्यक कार्यवहीको लागि समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको । ३.       पर्सा, मिति २०७९/११/२८ गते विभिन्न मुद्धाका १ महिना २७ दिन कैद भएको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का.पर्सामा बुझाएको ।

अवैध सामान नियन्त्रण
२०७९-११-२९

१.       सिरहा, मिति २०७९।११।२८ गते जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. १७,६००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का.महेशबारी सिरहामा ल्याई राखेको ।२.       धनुषा, मिति २०७९।११।२८ गते जि.प्र.का. धनुषा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. २,३६,२६०/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा ल्याई राखेको ।३.       रौतहट, मिति २०७९।११।२८ गते जि.प्र.का. रौतहट तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. १,००,०००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी श्री गौर भन्सार कार्यालय रौतहटमा पठाईएको ।४.       पर्सा, मिति २०७९।११।२८ गते जि.प्र.का. पर्सा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. २,०५,०००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाउने पहल भई रहेको ।  

जनचेतना मुलक कार्यक्रम
२०७९-११-२९

१.       सप्तरी, मिति २०७९।११।२८ गते, रुपनि गा.पा.१ पासवान टोल स्थितमा ईप्रका रुपनि सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.३५ जना मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि तथा चोरी नियन्त्रण सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।२.       सप्तरी, मिति२०७९।११।२८ गते  हनुमाननगर कंकालिनी न.पा.१२ स्थितमा ऐ.वडा को वडा अध्यक्षको अध्यक्षामा यस का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई अ.३०-३५ जना स्थानिय वासीहरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी अन्तरगत लागु  महिला दुरबेसनि नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।३.       सप्तरी, मिति २०७९।११।२८ गते शम्भुनाथ न.पा.६ स्थितमा रहेको बुद्धि मुनर मा.बि.कठौनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथबाट प्र.ना.नि.को कमाण्डमा र यस चौकीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले कक्षा ९ र १० मा अध्ययनरत अ.१०० जना विधार्थीरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी अन्तरगत ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।४.       सप्तरी, मिति २०७९।११।२८ गते तिलाठी कोइलाडी गा.पा. ४  स्थितमा प्र.ना.नि को कमाण्डमा खटिएको टोलिले स्थनियबासि अ. ३०।३५ जनालई भेला जम्मा गरी आगलागिका कारण तथा न्युनिकरणका उपायहरु सम्बन्धि  जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ५.       सप्तरी, मिति २०७९।११।२८ गते बोदेबर्साइन न.पा.९ देउरी स्थितमा यस चौकीबाट प्र.ब.ह.रामकिशोर यादवको कमाण्डमा खटिएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.२५ जना मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप जातिय छुवाछुत तथा भेदभाव सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

जनचेतना मुलक कार्यक्रम
२०७९-११-२६

१.       सप्तरी, मिति २०७९।११।२५ गते, बोदेबर्साइन न.पा.९ सिमराहा चौक स्थितमा  प्र.स.नि.को कमाण्डमा खटि गएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.१५-२०जना मानिसहरुको उपस्थितिमा सामुदायक प्रहरी साझेदारी अवधारणा अनुरुप लागु औषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । २.       सप्तरी, मिति२०७९।११।२५ गते बलान बिहुल गा.पा.३ टिकुलिया  स्थितमा प्रहरी चौकी बेल्ही सप्तरीबाट प्र.स.नि.टिका निरौलाको कमाण्डमा खटिएको टोलिले  अं.२०-२५ जना स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि नियन्त्रण गर्ने सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

राजदेवी मन्दिरमा चोरी गर्ने मानिसहरू चोरीका समान तथा हा.ह. सहित पक्राउ
२०७९-११-२१

धनुषा, मिति २०७९/११/१४ गते राति अं. ००;१० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.  वडा नं. १ रमदैया स्थित राजदेवी मन्दिरको ताला तोडी उक्त मन्दिरबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर-सामानहरू अज्ञात व्यक्तिहरुको समुहले चोरी गरी भागी फरार भएको भन्ने खबर ऐ. १४ गते बिहान ०५;०० बजेको समयमा प्राप्त हुनासाथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर र जि.प्र.का. धनुषाबाट अनुसन्धान सहितको मुचुल्का टोली खटि गई मुचुल्का कार्य सम्पन्न पश्चात अनुसन्धानको क्रममा सोही मन्दिरमा जडान भएको सि.सि.टि.भि. फुटेज तथा भिडियोहरुको सुक्ष्म विश्लेषण गरी उक्त सि.सि. टि.भि. फुटेज तथा Human Intellegence को सहायताले चोरी कार्यमा संलग्न मानिसहरूको पहिचान गरी निजहरुको खोज तलास गर्ने क्रममा मिति २०७९/११/१९ गते वेलुका २१;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको बिशेष अनुसन्धान टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ ठाडि स्थितबाट उक्त घटनामा संलग्न जि.धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अबस्थामा ऐ. २३;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह समेतलाई मन्दिरबाट चोरी भएका निम्न सामानहरु सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१  समेत बरामद गरी जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको साथै निजहरूको समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत  चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको ।चोरी भएका सामानहरु१)      मुर्ती सहित चाँदीको पिढी २ के.जि. बरावरको ।२)      चाँदीको मुकुट अं.२५ तोलाको ।३)      चाँदीको झाप अं.१ के.जि.को ।‘४)      चाँदीको थाली अं.५०० ग्राम को ।५)      चाँदीको लोटा अं.१५ तोला को ।६)      चाँदीको घण्टि अं.१२ तोला को ।७)      सुनको मनटिका अं.६ अनाको ।८)      सुनको नथिया अं.१० अनाको ।९)      सुनको सिक्रि अं.४ अनाको ।१०)    सुनको नाकको टप अं.१ अनाको ।११)    सुनको कानको बाली अं.६ अनाको ।१२)    दान पेटिकामा रहेको नगद (अं.२/३ महिना देखी नखुलेको) बरामद भएका सामानहरू१)      उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१,२)      नगद ने.रु. ११,५००,  ३)      मोवाइल थान १३ थान,   ४)      चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अं. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट )५)      मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल-७ थान, हम्मर थान-१, , कमण्डल थान-१, दविया थान-३, खुकुरी थान-१, , ह्याक्सो ब्लेड थान-१, पासपोर्ट थान-१, परीक्षा प्रबेश पत्र थान-१ )६)      तामाको मरअंकित बस्तु थाना-१, पित्तको कसौडी थान-१, पित्तलको सानो लोटा थान-१, पित्तलको गिलास थान-१, दियो थान-१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान-२, ठुलो फलाको घन-१, सलाई रिन्च-१, फलाको चारपाटे बस्तु, खुकुरी थान-१, खन्ती थान-१घट्नामा संलग्न पक्राउ व्यक्तिहरू१)      जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमान,२)      जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद,३)      जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, ४)      जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो,५)      जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह,

लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०७९-११-२१

बारा, मिति २०७९/११/१९ गते बिहान अं.०६:०० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा चेकिङ्गमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने अं. वर्ष २५ को नरेश बम, ऐ.ऐ. बस्ने अं. वर्ष ४३ को हिरामान थिङ र ऐ.ऐ. बस्ने अं. वर्ष ३५ को सुरेश स्याङतान प्रयोग गरेको अटोलाई पिछा गरी नियन्त्रणमा लिई अटो चेकजाँच गर्दा अटोभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अवैध लागू औषध गाँजा १२ के.जी. फेला पारी उक्त लागू औषध ओसार पसारमा मुद्दामा थप अनुसन्धान कार्य भइरहेको ।   साथै, मिति २०७९/११/२० गते बिहान अं.०९:०० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ स्थित नेपाल आयल निगम अगाडी ईलाका प्रहरी कार्यालय अमलेखगंज  बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हेटौडातर्फबाट आएको प्र३-०३-००१प ३२७६ नम्बरको मोटरसाइकललाई देखी रोक्न खोज्दा मोटरसाइकल नरोकी भाग्दा खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकलको पिछा गरी लखेटदै जाँदा आधाभार जंगलभित्र उक्त मोटरसाइकल चालक र पछाडी सवार मानिस मोटरसाइकल र बोकी आएको झोला फाली जंगलभीत्र भागी फरार भएको, निजहरूले फालेको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र २ के.जी. लागू औषध अफिम रहेको हुँदा फेला परेको लागू औषध र मोटरसाइकल बरामद गरी फरार भएका मानिसहरूलाई खोजतलास गर्ने लगायतका थप अनुसन्धान कार्य भइरहेको । 

घुस लिई राखेको अवस्थामा प्रकाउ
२०७९-११-१९

           महोत्तरी, मिति २०७९/११/१८ गते, जलेश्वर न. पा. २ स्थित रहेको भुमिसुधार तथा मालपोत कार्यालय देखि २०० मि. पुर्व-दक्षिण श्री शुभाष भु - सेवा केन्द्रमा भुमिसुधार तथा मालपोत कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा राम कृष्ण पंडितले सेवाग्राही संग घुस लिई ,श्री शुभाष भु - सेवा केन्द्रको ( लेखापढी ब्यवसायी ) संचालक शुभाष चन्द्र लाल कर्ण लाई पैसा दिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको प्र.ना.उ.को नेतृत्वमा खटिएको ५ जना टोलिले रंगेहात ९००० ( नौ हाजार ) घुस पैसा सहित दुबै जनालाई पक्राउ गरि थप अनुसन्धानको लागी अख्तियार कार्यालय बर्दिवास तर्फ लिएर गएको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१९

१.       सप्तरी, मिति २०७९/११/१८ गते विभिन्न मुद्धाका  रु. ३,०००/- जरिवना र ७ महिना कैद भएको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।२.       धनुषा, मिति २०७९/११/१८ गते विभिन्न मुद्धाका  रु. १३,०५०/- जरिवना भएको २७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई  फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको । ३.       पर्सा, मिति २०७९/११/१७ गते लागु औषध गाँजा चरेस मुद्धाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का.मा पठाउने पहल भईरहेको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१८

१.       सप्तरी, मिति २०७९/११/१७ गते लेनदेन मुद्धाका  रु. ८,९२५/- जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।२.       सिरहा, मिति २०७९/११/१७ लेनदेन मुद्धाका  १ बर्ष कैद भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको ई.प्र.का.धनगढी सिरहामा ल्याई राखेको ।३.       धनुषा, मिति २०७९/११/१७ गते विभिन्न मुद्धाका  रु. २,०७,८३८/- जरिवना भएको १६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको । ४.       पर्सा, मिति २०७९/११/१७ गते विभिन्न मुद्धाका  रु. ३४,५२३/- जरिवना भएको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित पर्सा जिल्ला अदालत पठाईएको ।

बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा
२०७९-११-१८

      पर्सा,  बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको पिकअप गाडी विरगञ्ज तर्फ ल्याउँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको टोलीले मिति २०७९।११।१७ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट BR05GB 9323 नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु. रू.२५,३१,३१०।- (पचीस लाख एकतिस हजार तिन सय दश) बराबरको पिकअप र सो पिकअप भित्र लोड रहेको लत्ताकपडाहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।११।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

ला.औ. सहित मानिस नियन्त्रणमा
२०७९-११-१७

१.      धनुषा, मिति २०७९/११/१६ गते अं.२०;०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा.२ जटही चेक प्वाइन्ट स्थितमा ई.प्र.का.लग्मा जटही धनुषाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट जनकपुर तर्फ आउदै गरेको पैदल यात्री जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ बस्ने विश्वजित कुमार राउतलाई चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको खल्तीभित्र  नाइट्रोभेट टेन ४पिस र exiplon ४ बोतल(१००ml)निजको साथबाट फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई  आवश्यक कारवाहीको लागी जि.प्र.का. धनुषामा ल्याई राखिएको ।२.      रौतहट, मिति २०७९।११।१६ गते अं. १७;३०  बजेको समयमा जि. रौतहट गौर न.पा. ६ बसपार्क स्थित अ.प्र.पोष्ट,बसपार्कबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री जि. रौतहट गरुडा न.पा. ९ बिर्ता बस्ने लाल मोहमद आलमको छोरा अं. बर्ष २२ को नाजिर आलमको साथबाट गाजा अं. २५ ग्राम र नाईट्रेजामपाम ४ पता ( ५९ पिस ) फेला परेकोले उक्त लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागी जि.प्र.का. रौतहटमा पठाईएको । ३.      बारा, मिति २०७९/११/१६ गतेको अं २१:३० बजेको समयमा जि.बारा बिश्रामपुर गा.पा.१ कल्याणपुर  सिमा स्थितमा बि.ओ.पि. मातहत एफ.ओ.बि. छतबाबाट खटिएका स.प्र.ना.नि.  र सिमा प्रहरी चौकी छतबा बाराबाट खटिएको सयुक्त टोलिले चेकजाच गर्ने क्रममा  भारतबाट  नेपाल तर्फ पैदल यात्रि जि. मोतिहारि नगरदेहि ग्राम पंचायतहरपुर  भकुराहि ११ बस्ने बर्ष अं २७ को सहजाद अंसारिलाई चेकजाँच गर्दा  प्रतिबन्धित लागुऔषध NOOPHIN-72 पिस, DIAZEPAM-70  पिस, PHENERGAN-71 पिस, र mobile  थान १सहित व्याक्ति नियन्त्रणमा लिई  ई.प्र.का प्रसौनिमा बुझाएको । ४.      पर्सा, मिति २०७९।११।१६ गते अं. १ बजेको समयमा जि.प्र.का.पर्सा तथा मातहत समेतको वडा एरिया बाट बिभिन्न शिर्षकमा मुद्धा दर्ता भई फरार  रहेका १२ जना फरार प्रतिबादीहरु लाई जि.प्र.का.पर्सा तथा मातहत बाट पक्राउ गरी आबश्यक कारबाही भई रहेको । 

फरार प्रतिवादी पक्रउ
२०७९-११-१७

१.      सप्तरी, मिति २०७९।११।१६ गते अं. १०;०० बजेको समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. १ जण्डोलमा ई.प्र.का.महुली र प्र.चौ.झुटकी सप्तरीबाट  खटि गएको टोलीले निम्न मुद्धाको फरार प्रतिवादी निम्न स्थान बस्ने निम्न ९(नौ) जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय महुली, सप्तरीमा लियाई सम्मानित सप्तरी जिल्ला अदालतमा आवश्यक कार्यवहीको लागि पठाईएको । २.      सिरहा, मिति २०७९।१०।१६ गते अ.१४;०० बजेको समयमा जि.प्र.का.सिरहा,मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले निम्न मुद्दाका ९ (नौ) जना फरार प्रतिवादीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराएको । 

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१६

१.       सप्तरी, मिति २०७९/११/१५ गते विभिन्न मुद्धाका  रु. ९२५/- जरिवना भएको ३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।२.       सिरहा, मिति २०७९/११/१५ विभिन्न मुद्धाका  रु. १०,६८४/- जरिवना भएको ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।३.       धनुषा, मिति २०७९/११/१५ गते विभिन्न मुद्धाका  रु. ६,१०९/- जरिवना भएको १२ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको । ४.       पर्सा, मिति २०७९/११/१५ गते विभिन्न मुद्धाका  रु. २०४/- जरिवना भएको ४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित पर्सा जिल्ला अदालत पठाईएको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१५

१.       सप्तरी, मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका  रु. १०८८.५/- जरिवना भएको १८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।२.       सिरहा, मिति २०७९/११/१४ कुटपिट मुद्धाका  रु. ४३.७५/- जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।३.       धनुषा, मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका  रु. १८८७/- जरिवना र १ बर्ष कैद भएको ६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित धनुषा जिल्ला अदालत पठाईएको ।४.       सर्लाही, मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका  रु. १८००/- जरिवना र ५ बर्ष कैद भएको ४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सर्लाही जिल्ला अदालत पठाईएको । ५.       पर्सा, मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका  रु. ६०,४५०/- जरिवना र ५ बर्ष कैद भएको ८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सर्लाही जिल्ला अदालत पठाईएको ।

विल विजक नभएको वियर /जुस तथा अन्य पेय पदार्थ सहितको पिकप नियन्त्रणमा
२०७९-११-१५

धनुषा, मिति २०७९/११/१४ गते अं.११:३० बजेको समयमा जिल्ला धनुषा मुखियापट्टी मुसहर्निया गाउपालिका वडा न. ३ तुलसियाही बजार स्थित गाडिमा विभिन्न किसिमको रक्सी वियर र जुस वोकी बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सुराकीको आधारमा प्रहरी चौकी तुलसियाही धनुषाबाट प्रहरी टोली खटि जाँदा सोही स्थित पछि नाम,थर वतन खुल्न आएका जिल्ला महोत्तरी जलेश्वर न.पा वडा न. २ वस्ने वर्ष २६ को विवेक प्रसाद कोईरालाले चलाई ल्याएको ज १ च १८६१ न.को पिकअप गाडिमा विभिन्न किसिमको वियर जुस तथा अन्य पेय पदार्थहरु वोकी बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी निजलाइ रोकी उक्त गाडीमा रहेको पेय पदार्थ तथा वियर समेतको आवश्यक कागजात माग गर्दा निजसंग सर-सामानको आवश्यक विल विजक नभएकोले सो सर-सामान र बलेरो पिकअप गाडी सहित निज विवेक प्रसाद कोईरालालाई नियन्त्रणमा लिई  गाडी सहित उक्त सरसमानहरूको अं. मुल्य रू. २२,१६,८०९।– ( बाईस लाख सोह्र हजार आठ सय नौ ) मुल्य कायम गरि आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय जनकपुरमा लेखि पठाईएको ।   

कटुवा पेस्तोल सहित १ जना पक्राउ र भरूवा बन्दुक थान १ बरामद
२०७९-११-१५

धनुषा, मिति २०७९/११/१२ गते अं.२०:२० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १७ तेतरिया बजार स्थितमा प्रहरी चौकी कपिलेश्वर धनुषाबाट प्र.ना.नि.को कमाण्डमा गस्तिमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा हंसपुर न.पा. ४ बस्ने अं.वर्ष २२ को भरोस पासवान माथि शंका लागि निजको शरिर रितपुर्वक खानतलासी गर्दा निजले लगाएको कालो रंगको ज्याकेटको खल्ती भित्रबाट कटुवा पेस्तोल थान-१, ऐ. मा लाग्ने राउण्ड थान-१ फेला परेको  हुँदा उक्त हतियार सहित निजलाई नियन्त्रणमा लिई  हा.ह. ख.ख. मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।              साथै, मिति २०७९/११/१३ गते अं.१३:०० बजेको समयमा  प्रहरी चौकी चिसापानी धनुषाबाट गस्तिमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक थान-१ वेवारिसे अवस्थामा बरामद गरि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा राखिएको ।                                 

लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-१४

१.       बारा, मिति २०७९।११।१३ डाईजापाम १० पिस, फिनारागन १० पिस, नुफिम १० पिस लागुऔषध सहित मोसा र १ जना मानिस नियन्त्रणमा लिई ई.प्र.का.सिमारा बारामा.ल्याई राखेको ।२.       बारा, मिति २०७९।११।१३ गाँजा २ पोका अं.८ (आठ) के.जि. लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कार्बाहीको लागि ई.प्र.का.निजगढ पठाएको । ३.       सिरहा, मिति २०७९।११।१३ गते मो.सा. मा दुई वटा बोरामा पोका पारेर शंकाष्पद समान लादै क्रममा जयपुरको स्थानियबासिले रोक्न खोज्दा, दुइ वटा पोको पारेको बोरा फालि, मानिस र मो.सा. सहित फरार रहेको, ई.प्र.का.धनगडी सिरहामा टे.फो. मार्फत जानकारी गराउन साथ, त्तकाल ई.प्र.का.धनगडी सिरहा बाट टोलि खटि गई, उक्त पोका पारेको बोरामा हेर्दा  ३० के.जि.(Kg) गांजा बरामद गरी ई.प्र.का.धनगडी सिरहामा. ल्याई राखिएको ।

फरार प्रतिवादी नियन्त्रण
२०७९-११-११

१.      सप्तरी, मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, लुटपिट मुद्धाको जरिवाना रु.४,२०२.१४/-  तिर्न बाकिँ रहेका १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा उपस्थित गराइएको ।२.      सिरहा, मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट मुद्धाको कैद २० दिन रहेका १ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा उपस्थित गराइएको ।३.      धनुषा, मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट मुद्धाको जरिवाना रु.३०७५.५५/-  तिर्न बाकिँ रहेका ७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको ।४.      सर्लाही, मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका वन, कुटपिट र लुटपिट मुद्धाको ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइएको । ५.      पर्सा, मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका जालसाजी, नाताकायम, सम्बन्धबिच्छेद, कुटपिट र लुटपिट मुद्धाको जरिवाना रु.३,२६५/-  तिर्न बाकिँ रहेका २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत पर्सामा उपस्थित गराइएको ।

अबैध ला.औ.,मो.सा.र मानिस नियन्त्रणमा
२०७९-११-१०

१.      सिरहा, मिति २०७९/१०/०९ गते Coldwell (१००ML)थान १ र  adipam (एडपाम) ९ वटा ट्याबलेट लागु औषध र स्कुटी सहित दुई जानालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का सिरहामा बुझाएको । २.      सर्लाही, मिति २०७९।११।०९ गते २.५ के.जी. ला.औ.गाजाँ र मो.सा सहित १ जानालाई नियन्तत्रणमा लिई  प्र.चौ.पत्थरकोट सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । ३.      पर्सा, मिति २०७९।११।०९ गते  फेनारगन (PHENERGAN) – १२ एम्पुल, NOOPHIN – १२ एम्पुल, DIAZEPAM– ९ एम्पुल (९ वटा मध्ये १ वटा फुटेको), र HI-TECH SYRINGE थान ६ सहित २ जानालाई नियन्त्रणमा लिई  व.प्र.का. श्रीपुर पर्सामा पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिबादी पक्राउ
२०७९-११-१०

१.      सप्तरी, मिति २०७९।११।९ गते  कैद १ वर्ष र २०,००० जरिवाना समेत रहेको  फरार प्रतिबादीलाई प्र.चौ.काचन सप्तरीबाट प्र.स.नि. कमाण्डमा टोली खटि गई निज प्रतिबादी लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि तालुक ई.प्र.का.कडरबोना सप्तरी तर्फ पठाएईको । २.      सर्लाही, मिति २०७९।११।०९ गते जरिवाना रु:- ४६,१९,१२३.४४/-  र २३ महिना  कैद भएको ठगी मुद्धाका फरार प्रतिवादीलाई  ई.प्र.का.केशरगंज, सर्लाही बाट खटिएको प्र.नि.को कमाण्डमा १ जानालाई निजको गाउँघरबाट  नियन्त्रणमा लिई  ई.प्र.का. केशरगंजमा राखिएको । ३.      पर्सा, मिति २०७९।११।०९ गते बैकिङ् कसुरका फरार प्रतिवादीलाई  जि.प्र.का. पर्साबाट खटिएको टोलीले १ जानालाई नियन्त्रणमा लिई  जि.प्र.का. पर्सामा राखिएको ।

अबैध ला.औ.,मो.सा.र मानिस नियन्त्रणमा
२०७९-११-०८

  सिरहा, मिति २०७९।११।०७ गते जिल्ला सिरहा मिर्चैया न.पा.वडा नं.०६ कटारी चोक स्थित चेक प्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा पुर्ववाट पश्चिम मिर्चैया कटारी चोक तर्फ आउँदै गरेको On test कालो/रातो कलरको Pulsar मोटरसाईकल रोकी चेक जाँच गर्दा १० के.जी.५०० ग्राम गाँजा, Ontest मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई पक्राउ गरी ई.प्र.का. मिर्चैया सिरहामा राखि थप अनुसन्धान कार्य भइरहेको । २.      धनुषा, मिति २०७९।११।०७ गते जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ४ नमस्कार चौक स्थितबाट जि.प्र.का.बाट खटिएको (मो.सा.) QRT टोलीले  शंका लागि चेक जाँच गर्दा नाईट्रोभेट नामक ला.औ ३७ पिस र ३ पुरिया गाँजा सहित १ जना मानिस नियन्त्रणमालिई यस कार्यालयमा ल्याएको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०७९-११-०५

१.      सप्तरी, मिति २०७९।११।०३ गते अं.२१:४० बजेको समयमा जिल्ला सप्तरी बोदेबरसाईन न.पा.वडा नं. ९ सशस्त्र प्रहरी बल,नेपाल बोडर आउट पोष्ट स्वर्णपट्टी सप्तरीबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि.सप्तरी खडक न.पा.१० फुलबरीया वस्ने चतुर मण्डलको छोरा अ.बर्ष ३१ को सुन्दर मण्डललाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको ज्याकेटको गोजिबाट लुकाई छिपाई राखेको  DAIZEPAM INJECTIN लेखिएको एम्पुल ३४(चौतिस)पिस, र PHENERAGAN INJECTION लेखिएको एम्पुल ३५(पैतिस) पिस र NOOPHIN INJECTION लेखिएको एम्पुल ३५(पैतिस) लागू औषध फेला पारी  उक्त लागू औषध सहित निज सुन्दर मण्डललाई नियन्त्रणा लिई मिती २०७९।११।०४ गते अ ०८;०० बजेको समयमा आवश्यक अनुसन्धानको ई.प्र.का.कडरबोना सप्तरीमा बुझाईएको ।२.      धनुषा, मिति २०७९/११/०४ गते अं.१०;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२३ बेला पुल स्थितमा यस चौकीबाट प्र.ना.नि.को र तालुक मधेश प्रदेस प्रहरी कार्यालय जनकपुर धनुषाबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त चेकिङ्ग टोलीले भिठामोड बाट जनकपुर तर्फ आउदै गरेको BR 32 H 1465 नं.को मो.सा. लाई चेक जाच गर्दा उक्त मो.सा.मा प्रतिबन्धित ला.औ. कोरेक्स (१०० ml) ९९ पिस र नाईट्रोभेट (६०० पिस) २० पता सहित मो.सा. र मो.सा.चालक  जिल्ला सितामाढि सुरसण्ड प्रखण्ड भिठामोड बस्ने रफिक नदाफको छोरा अं.वर्ष २० को निजान नदाफ र ऐ.ऐ.वस्ने मनोज राउतको छोरा अं.वर्ष २० राहुल राउत समेतलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान को लागी जि.प्र.का.धनुषामा पठाईएको ।  

फरार प्रतिवादि नियन्त्रणमा
२०७९-११-०५

१. सप्तरी, मिति २०७९।११।०४ गते अ. १६:०० बजेको समयमा जि. सप्तरी राजबिराज न.पा.१५ बस्ने भुनेश्वर भन्ने भुनाई यादवको छोरा अ. बर्ष ४० को  सुनिल कुमार यादव लागु औषध मुद्धाको लगत न. (२७०८) तिन महिना कैद र रु. ५,०००।– जरिवाना र ऐ.ऐ. बस्ने दसन सर्माको छोरा अ. बर्ष ५४।५५ को पशुराम शर्मा ज्यान मार्ने उधोग मुद्धाको लगत न.(३७९९) जरिवाना कैद नखुलेको  फरार प्रतिवादिहरूलाई  अ.प्र.पो.तितरिगाछि सप्तरीबाट खटिएको प्रसनिको टोलिले नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि सम्मानिय जि. अदालत सप्तरीमा बुझाएको ।२.      धनुषा, मिति २०७९/११ /०४ गते जिल्ला धनुषा निम्न स्थान बस्ने निम्न  मुद्दाका निम्न युनिट बाट खटिएको प्र.क.को कमाण्डमा निम्न मुद्दाका २० जना फरार प्रतिवादीहरुलाई निम्न स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको ३.      सर्लाही, मिति २०७९।११।०४ गते अं.१८:३० बजेको समयमा जि.प्र.का.सर्लाही मातहत कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार रहेका निम्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ  गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेको ।४.      बारा, मिति २०७९।११।०४ गते अं १५;२० बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.१० बेहरा बस्ने बर्ष ४७ को राजनाथ दास  लागुऔषध मुद्दाको फरार प्रतिबादीलाई ( रु ५०० जरिवाना, ५माहिना २५ दिन कैद फैसला भएको) ई.प्र.का.सिमरा बाराबाट खटिएको  सुचना संकलन टोलिले  आफ्नै घरबाट नियन्त्रणमा लिई  राखेको । ५.      पर्सा,मिति २०७९।११।०४ गते अं.१५;३० बजेको समयमा जि.प्र.का.पर्सा मातहतबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्धाका २४ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी पर्सा जिल्ला अदालतमा र जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराएको ।

प्रतिबन्धित लागु औषध सहित एक जना मानिस पक्राउ
२०७९-११-०५

पर्सा, मिति २०७९।११।०४ गते अं.१९;१५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित बसपार्क भानु चोकमा एक जना व्यक्ति संकास्पदरूपमा हिँडिरहेकोमा प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० बस्ने वर्ष २० को सुजन ठकुरीले   आफ्नो शरीरमा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध डाइजेपाम-१५ एम्पुल, नुरफिन-१५ एम्पुल, फेनारगन-१५ एम्पुल गरी जम्मा ४५ एम्पुल NITRAZEPAM Tablets लेखिएको २८ पत्तामा २८० ट्याब्लेट फेला परेको हुँदा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ थप अनुसन्धान कार्य भईरहेको   ।                        

महिलालाई उद्धार गरी माईती नेपालको जिम्मा लगाएको
२०७९-११-०४

पर्सा, मिति २०७९।११।०३ गते अं.१६;४५ बजेको समयमा जिल्ला कैलाली गोदावरी न.पा. वडा नं.६ बस्ने बिष्णु दमाईको श्रीमती वर्ष २४ की गंगा दमाईलाई भारत बिहार पुर्वी चम्पारण पलनवा थाना लक्ष्मणवा गाउँ बस्ने अं.वर्ष २४ को पिन्टु कुमारले मिति २०७९।१०।२९ गते देखी भगाई ल्याई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी ईबर्वा पर्साबाट प्र.ब.ना.नि. र माईती नेपाल बिरगंजको जिल्ला संयोजक गोमा पौडेल, पिडित पक्षका मानिसहरु र पलनवा थाना र हरैया थानाका भारतीय प्रहरी सहयोगमा उद्धार गरी निज गंगा दमाईलाई आवश्यक अनुसन्धान तथा संरक्षणका लागी माईती नेपाल बिरगंज शाखाको जिम्मा लगाई पठाईएको ।  

ला.औ. सहित मानिस नियन्त्रणमा
२०७९-११-०४

१.      सिरहा,मिति २०७९।११।०३ गते अं. १७;३० बजेको समयमा जिल्ला सिरहा बरियारट्टी गा.पा.३ दुर्गा मन्दिर स्थित ई.प्र.का.बरियारपट्टी सिरहाबाट प्र.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले दक्षिणबाट उत्तर जिरोमाईल तर्फ जादै गरेको स १ ह ३१७३ नं.को अटो रोकी चेकजाँच गर्दा अटोमा सवार ऐ.ऐ.३ लकटोली बस्ने ध्यानि रामको छोरा वर्ष १८ को रबिन कुमार रामले लगाएको ज्याकेटको गोजी  बाट ला.औ. नाईटोभेट (१०लेखिएको) २ पता २८ पिस ट्याबलेट (२ पिस सेवन गरी सकेको) फेला परेको र निज सगै अटोमा सवार जिल्ला सिरहा घनगढीमाई न.पा.९ मुसहर्निया बस्ने सुर्य ब.कामिको छोरा अं.वर्ष १९ को साहिल बिश्वकर्मा समेतलाई नियन्त्रणमा लिई अनुशन्धान कार्य भई भई रहेको । साथै,    मिति २०७९।११।०३ गते अं.१९:१५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ३ ठाडि चोक स्थित ई.प्र.का.लहानबाट खटिएको पिकेट टोलिले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको पैदल यात्री ऐ.ऐ.३ दिबारथान बस्ने नन्दलाल साहको छोरा अं.बर्ष १९ को रोहित कुमार साहलाई  शंका लागी चेकजाँच गर्दा निजको साथबाट सेतो प्लाष्टिकको झोला भित्र ला.औ.नाईट्राभेट १० लेखिएको ७ पत्ता १०५ पिस ट्याबलेट फेला परेको हुदा ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा ल्याई राखिएको,अन्य अनुसन्धान कार्य भईरहेको  । २.      पर्सा, मिति २०७९।११।०३ गते अं.१९;३० बजेको समयमा जि.पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ बसपार्क स्थितमा रहेको डाफे होटलबाट जि.प्र.का.पर्साबाट खटिएको सुचना संकलन टोलीले गोप्य सुचनाको आधारमा जि.धादिङ गजुरी न.पा.-३ बस्ने  किताब तमाङको छोरा वर्ष २० को अजय तामाङ, जि.सर्लाही लालबन्दी न.पा.-८ बस्ने अलि हुसेनको छोरा वर्ष १९ को राजु मन्सुरी, ऐ.ऐ.-७ बस्ने टेक ब.राना मगरको छोरा वर्ष २० को राजु राना मगर  र ऐ.ऐ.-८ बस्ने बिर ब.मोक्तानको छोरा वर्ष १९ को विशाल मोक्तानहरु सँग ला.औ.डाईजेपाम ५० म्पुल, नुर्फिन ५० एम्पुल र फेनार्गन ५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि..प्र.का.पर्सामा ल्याई अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ
२०७९-११-०४

  १.      सप्तरी,मिति २०७९।११।०३ गते अ.१२;३० बजेको समयमा जिल्ला सप्तरी बोदेबर्साईन न.पा. ३ वस्ने रतिलाल मण्डलको छोरा वर्ष अ. ५५ को जोगिन्द्र मण्डल कुटपिट मुद्वाका फरार प्रतिवादी, लगत न.३७९६,लगत कसेको मिति २०७८।०२।१२ गते, जरिवाना ३,०००।- (तिन हजार) भएको लाई ई.प्र.का.बोदेबर्साईनबाट प्रसनिको कमाण्डमा खटिएको टोलिले  निजलाई आफनै घरबाट पक्राउ  गरी ई.प्र.का.बोदेबर्साईनमा ल्याई आवश्यक कार्वाहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत सप्तरी राजविराजमा वुझाउन पठाईएको । साथै, मिति २०७९।११।०३ गते अं. ०९;०० बजेको समयमा जि.सप्तरी कंचनरुप न.पा. ११ धरमपुर टोलमा  प्र.ना.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिले भ्रष्टाचार मुद्दाको लगत नं. २७३८ को ३ महिना कैद भएको फरार प्रतिवादी ऐ.ऐ. बस्ने अं. बर्ष ५५।६० को कृष्ण बहादुर दाहाललाई निजको गाउँ टोलमा पक्राउ गरी ई.प्र.का. कंचनपुर सप्तरीबाट प्र.स.नि. को कमाण्डमा सम्मानित सप्तरी जिल्ला अदालतको लागि पठाईएको ।   २.      सिरहा,मिति २०७९।११।०३ गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.११ लोकमार्ग आम चौक स्थितमा गोप्य सुचनाको अधारमा ई.प्र.का.धनगडी सिरहाबाट प्र.ना.नि को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाको लगत नं. ४२८० मिति २०७२/०२/२४ गते को फैसला अनुसार १ महिना १५ दिन कैद र रु.२०००।- (दुई हजार जरिवाना) समेत तोकेको लागु औषध मुद्धाको फरार प्रतिवादी ऐ.सुखिपुर न.पा. १ मोहनपुर बस्ने रामबहादुर यादवको छोरा अं. बर्ष ३५ को पिन्टु भन्ने रबिन्द्र कुमार यादवलाई पक्राउ गरि  ई.प्र.का. लहान सिरहामा बुझाईएको । थप टिपोटः-ऐ. २१;०० बजेको समयमा घाइते बिनोद सिंह दनुवारलाई थप उपचारको लागि बिराटनगरतर्फ पठाईएको  । साथै, मिति २०७९।११।०३ गते अं.१०:३० बजेको समयमा प्र.ना.नि को कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालतबाट लागत न. ७२३७ मिति २०७६/०८/१२ गतेको फैसला अनुसार रु. ५०० जरिबाना तोकिएका अभेलना मुद्दाका फरार प्रतिवादीहरु जिल्ला सिरहा धनगढीमाई न.पा.६ फुल्काहाकट्टि  बस्ने निर्मल महतोको छोरा अ. बर्ष ५८ को लक्ष्मेश्वर महतो र निजको श्रीमती अ. बर्ष ५५ की शुसिला कुमारी कोईरीलाई गाउँघरबाट पक्राउ गरि ई.प्र.का.धनगडीमा ल्याई जिल्ला अदालत पठाउने पहल भईरहेको । ३.      धनुषा, मिति २०७९/११ /०३ गते निम्न बजेको समयमा जिल्ला धनुषा निम्न स्थान बस्ने बिभिन्न मुद्दाका ५(पाँच) जना फरार प्रतिबादीहरुलाई जि.प्र.का.धनुषाको टोलीले नियन्त्रणमा लिई आवस्यक कार्बाहीको लागी निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको । ४.      बारा, मिति २०७९।११।०३ गते अं १४;२० बजेको समयमा जिल्ला बारा जितपुर सिमारा उ.म.न.पा.१६ महेन्द्रनगर बस्ने अं बर्ष ३४ को किष्ण बहादुर बि.क. (सवारी अंङ्गभंङ्ग मुदाको २ बर्ष कैद फैसला भएको) फरार प्रतिवादीलाई प्र.नि.को कमाण्डमा खटिएको टोलिले आफ्नै घरबाट नियन्त्रणमा ल्याई राखेको । ५.      पर्सा, मिति २०७९।११।०३ गते अं.१४;५० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-२ छपकैया बस्ने बैकिङ कसुर मुद्दाको फरार प्रतिबादी रफिक मिया हजामको छोरा बर्ष-४० को समसुद मिया हजामलाई ई.प्र.छपकैयाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजकै घर वतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको ।

श्रोत नखुलेको रकम ( ने. रू. ४,०६,११५।-) सहित हुण्डी कारोवार गर्ने मानिस पक्राउ
२०७९-११-०४

धनुषा, मिति २०७९।११।०२ गते अं. १२;४५ बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. वडा नं. २ स्थितमा ईलाका प्रहरी कार्यालय लग्मा जटही धनुषाबाट प्र.ब.ना.नि. को कमाण्डमा चेकिङमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रदेश २-०२-००४ प ७५३४ नं.को हिरोहोण्डा मो.सा.मा सवार जिल्ला धनुषा धनुषाधाम न.पा. वडा नं. ०७ बस्ने वर्ष ३८ को जाबिर राईन माथि शंका लागि रोकी चेक जाँच गर्दा  निजले बोकेको खैरो रंगको झोलाबाट श्रोत नखुलेको नेपाली रू.४,०६,११५।– (चार लाख छ हजार एक सय पन्ध्र ) बरामद भएकोमा निजलाई उक्त बरामद भएको रूपैया, मो.सा. थान-१, विभिन्न कम्पनीको मोवाईल थान -२ सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलियाको काम गर्ने २ जना मानिस पक्राउ
२०७९-११-०४

धनुषा, मिति २०७९।१०।०३ गते अं. १३;१५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला महोत्तरी लोहरपट्टी न.पा. ३ बस्ने अं. बर्ष ३३ को अनिल साह र जिल्ला महोत्तरी एकडारा गा.पा.-३ वस्ने वर्ष ३५ को विरेन्द्र साहलाई सेवा ग्राहीहरू संग तोकेको कर शुल्क भन्दा बढी रकम लिई रहेको अवस्थामा नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा  ल्याई थप अनुसान्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-११-०२

१.      सिरहा,मिति २०७९।११।०१ गते अ.१८.३० बजेको समयमा सम्मानीत सिरहा जिल्ला अदालतबाट लेनदन बिगो मुद्दामा २ वर्ष कैद तोकिएको फरार प्रतिवादी  जिल्ला सिरहा कल्याणपुर न.पा. १० बस्ने प्रमेश्वर यादवको छोरा वर्ष ४५ को संजिव कुमार यादवलाई ई.प्र.का.कल्यानपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले निजकै घर वतनबाट पक्राउ गरी ल्याई राखिएको ।२.      धनुषा,मिति २०७९/११/०१ गते अं.१६;३० बजेको समयमा ई.प्र.का.भरतपुर धनुषाबाट खटिएको प्र.ना.नि. सहितको टोलिले सम्मानित धनुषा जिल्ला अदालतबाट मिति २०६२/११/२९ गते को फैसला अनुसार २० वर्ष कैद,लगत नं.१२६ भएको फरार प्रतिवादी जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.३ भरतपुर बस्ने ज्ञानी यादबको छोरा अं.वर्ष ६५ को महेन्द्र यादबलाई निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी  जि.प्र.का.धनुषामा पठाईएको । ३.      पर्सा,मिति २०७९।११।०१ गते अ.१५;०० बजेको समयमा ई.प्र.का.पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.४ बस्ने बर्ष अ.४०को महादेव माझी चरेश मुद्दामा एक बर्ष कैद रु-५,०००। जरिवाना भएको फरार प्रतिबदीलाई निजकै घरबाट पक्राउ गरी  आवश्यक कार्बाही भईरहेको र मिति २०७९।११।०१ गते अं.१४;१५ बजेको समयमा अभद्र ब्यवहार(चालु)मुद्दाको फरार प्रतिबादी जिल्ला पर्सा बिरगंज म.न.पा.-१५ लक्ष्मणवा टोल बस्ने कमल राउत अहिरको छोरा बर्ष-४८ को ध्रुब राउत अहिर र निजकै छोरा बर्ष-२६ को मनिष यादनबलाई निजकै घर वतनमबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको ।

ला.औ.सहित मानिस नियन्त्रण ।
२०७९-११-०२

१.      सप्तरी,मिति २०७९।११।०१ गते अं. १७:०० बजेको समयमा जिल्ला सप्तरी बलान बिहुल गा.पा. २ डिहवार वावाथान स्थितमा प्रहरी  चौकी मौवाहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले शंका लागि ऐ.ऐ. बस्ने धर्म देव पासवानको छोरा अं. वर्ष २७ को ईन्द्रजित पासवानलाई चेकजाँच गर्दा निजको पाईन्टको दाहिने पट्टीको गोजिबाट WEXCARE ३ वटा ट्याबलेट, फेनारगन ईन्जेकशन २ थान एम्पुल, लुपिजेक्स ईन्जेकशन २ थान एम्पुल र अं. १५ ग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का.कडरबोना सप्तरीमा ल्याई राखिएको ।  २.      पर्सा,मिति २०७९।१०।२९ गते अं.१९;४० बजेको समयमा बि.ओ.पी.सुवर्णपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि.पर्सा ठोरी गा.पा.४ गोपीबस्ती स्थित सिमा ईलाकामा ३ जना मानिसहरुले नेपालबाट भारत तर्फ पिठ्युमा बोरा बोकी लादै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीलाई देखी उक्त बोराहरु सोही स्थानमा छाडी भागी फरार भएको हुँदा उक्त बोराहरु खानतलासी गर्दा ला.औ.गाँजा अं.४८ किलो (९ पोका) फेला पारी बरामद गरी आवश्यक कार्वाहीको लागी मिति २०७९।११।०१ गते अं.११;०० बजेको समयमा  ई.प्र.का.ठोरी पर्सामा ल्याई बुझाएको ।

हतियार देखाई लुटपाट गर्ने मानिस, नगद सहित नियन्त्रणमा ।
२०७९-१०-२९

पर्सा,मिति २०७९।१०।२६ गते अ. ११.३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगर पालिका  वडा न.९ स्थित रेल्वे सडकमा ईनर्वा बाट बिरगज माईस्थान तर्फ आउने क्रमामा २ वटा मो.सा.मा आएका ३ जना ब्यक्तीहरुले म सवार मो.सा. छेकी मेरो साथमा रहेको  रू ६,५०,०००।– (छ लाख  पचास हाजार ) लुटपाट गरेको भनी मिति २०७९।१०।२७ गते  दिउसो  भारत जिल्ला मोतिहारी पुर्बी चाम्परण ग्राम नागारोड वडा न. ११ बस्ने बर्ष २१ को बिशाल कुमार पटवा  (पिडित) बाट जानाकारी प्राप्त हुनासाथ जि.प्र.का.पर्साबाट प्र.नि.को टोली   तत्कालै निजबाट प्राप्त सुचना र हुलियाको आधारमा संकितहरु खो.त. गर्दा बिरगंज स्थित बिभिन्न ठाँउबाट लुटपाटमा संलग्न भारत जिल्ला मोतिहारी पुर्बी चाम्परण ग्राम नागारोड वडा न. ११ बस्ने बर्ष २१ को बिशाल कुमार पटवा  (पिडित) लाई प्रहरी अनुसन्धान गर्न सहयोगको लागी नियन्त्रणमा लिएको, ऐ.वडा न. ७ बस्ने  बर्ष २४ को ययाम अंसारी, जिल्ला पर्सा बिरगंज महानगर पालिका बडा न . ४० बस्ने रोशन थापा, ऐ.ऐ. ११ बस्ने  बर्ष ४२ को मोजामिन मिया, ऐ.ऐ. बस्ने ३४ को शंतोस लामा, ऐ.ऐ.२४ को  रामगढवा बस्ने बर्ष ३४ को बिजय महतो  निजको  साथ बाट पेस्तोल ,गोली ५ राउण्ड  बरामद भएको, जि.बारा लिपनी गा.पा.वडान.३बस्नेबर्ष२०को नबाब हुसेन मो.सा. ना.१९.प.२८०८,BR01CR2425 नम्बरको मो.सा. समेत नियन्त्रणमा  रहेको,  ऐ कलैया उ. न.पा. २३. बस्ने बर्ष २६ को मुकेश पटेल  मो.सा. नं. ना ६२ प १०० २२० cc को पल्सार मो.सा. समेत र जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.२ छप्कैया बस्ने जफरुल हुसेन अंसारीको छोरा वर्ष ३० को सदाफ अंसारी सहित ७  (सात ) जना ब्यक्ती हरुका साथै  लुटिएको रकम मध्ये नगद रू २,००,०००।– (दुई लाख ) र चाइनिज पेस्तोल जस्तो देखिने नाम नखुलेको पेस्तोल थान १ र ऐ. गोली  राउण्ड ५(पाँच ) समेत बरामद गरी  थप अनुसन्धान कार्य भई रहेको ।

ला.औ. सहित मानिस नियन्त्रण
२०७९-१०-२९

१.      बारा, मिति२०७९।१०।२८गते अं.२०;३०जेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.८पुरानो कचोर्वामा प्रहरी चौकी कर्चावा बाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको  प्रहरी टोलीले कचोर्वा तर्फ आउँदै गरेको ना.४४.प १६११ नं.को मो.सा. शंका लागि चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ.९ बस्ने अजिम खानको छोरा बर्ष अं.२५ को रियाज खानसँग नाईट्रोभेट टेब्लेट १ पत्तामा १३पिस बाँकी रहेको टेब्लेट फेला पारी मो.सा.सहित नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि तालुक ई.प्र.का.सिम्रौनगढ बारामा पठाईएको । २.      पर्सा, मिति २०७९।१०।२८ गते अ. २०;५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ शंकरचार्य गेट स्थित सडक खण्डमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि.पर्सा बिरगंज म.न.पा. वडा नं. ९ रानिघाट बस्ने  रामनरेश साह सोनारको छोरा अ. बर्ष १९ को सुनिल सराफ माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्रोभेट-१० लेखिएको ट्याब्लेट- २१ पिस फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सा ल्याई बुझाएको ।

स्रोत नखुलेको रकम सहित २ जना मानिसहरू पक्राउ
२०७९-१०-२७

पर्सा, मिति २०७९।१०।२५ गते अं.१५:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडक खण्डमा जि.प्र.का. पर्सा तथा सशस्त्र प्रहरी वल नेपाल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधनहरू चेकजाँच गर्ने क्रममा BR05AV 6871 नम्बरको कालो रंगको होण्डा मो.सा. तथा BR05AT 8967 नम्बरको मो.सा.कालो रंगको होण्डा मो.सा.चलाइ वीरगञ्जतर्फ आउँदै गरेको मो.सा.चालक निम्न नाम, थर, वतन भएका व्यक्तिहरूले हेलमेटभित्र लुकाइ छिपाइ ल्याइएको श्रोत नखुलेको नेपाली रू.१८,००,०००/- (अठार लाख) फेला परेको हुँदा निजहरूलाई उल्लेखित नगद र उक्त नम्बरहरुको मो.सा. सहित नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ  थप अनुसन्धान भैरहेको ।   निम्न: १.अभियुक्त  :-   राकेश कुमार    उमेर        :-   २५ वर्ष                                       वतन       :-   भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.१०    बरामद     :-   ने.रू.१,०००/- दरका नोट-६०० थान, ने.रु. ५००/- दरका नोट-६०० थान गरी जम्मा रू.९,००,०००।-  BR05AV 6871 नम्बरको कालो रंगको होण्डा । २.अभियुक्त  :-   प्रसंजित कुमार    उमेर        :-   २७ वर्ष                                       वतन        :-   भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.११    बरामद        :-       ने.रू. १०००/- दरका नोट-६०० थान, ने.रु.५००/- दरका नोट-६०० थान गरी जम्मा रू.९,००,०००।-    BR05AT 8967 नम्बरको कालो रंगको होण्डा

बिल बिजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा
२०७९-१०-२७

पर्सा,  बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रकहरू  वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको टोलीले मिति २०७९।१०।२५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडक खण्डबाट ना.६ ख ४००६ र ना.६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा सिल बन्द नरहेको साथै विल बिजक संकास्पद देखिएको हुँदा अं.मू. रू. ३६,८८,०९१/- (छतीस लाख अठासी हजार एकानब्बे) बराबरको ट्रकहरू र सो ट्रकहरू भित्र लोड रहेको लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।२६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

ला.औ. सहित मानिस नियन्त्रणमा ।
२०७९-१०-२६

पर्सा, मिति २०७९।१०।२५ गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ शंकरचार्य गेट स्थित सडकमा प्रहरी चौकी ईनर्वा पर्सावाट खटिएको चेकिङ् टोलीले दक्षिणवाट उत्तर तर्फ आउँदै गरेको जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं. ४ बस्ने राम बाबु साह कलवारको छोरा अ. वर्ष १९ को निरज कुमार साह माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट पेपरमा बेरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो २ पुरिया फेला पारी आवश्यक कारवाहीको लागि व.प्र.का बिर्तामा  ल्याई बुझाएको । मिति २०७९।१०।२५ गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ शंकरचार्य गेट स्थित सडकमा प्रहरी चौकी ईनर्वा पर्सावाट खटिएको चेकिङ् टोलीले दक्षिणवाट उत्तर तर्फ आउँदै गरेको जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १४ बस्ने सिताराम घलानको छोरा अ. वर्ष २८ को अशिष कुमार घलान र ऐ.ऐ. बस्ने थर्क बहादुर पौडेलको छोरा वर्ष २२ को बिशाल पौडेलको साथबाट Noophin-१२ एम्पुल, Phenargan-१२ एम्पुल र Diazepam-१२ एम्पुल  लागु औषध फेला पारी ला.औ. सहित  निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा ल्याई बुझाएको। र मिति २०७९।१०।२५ गते अ.१०;३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ बसपार्क स्थितमा प्र.चौ.बसपार्क चौकीबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री जि.नुवाकोट बिदुर न.पा. वडा नं. ९ बस्ने भिम बहादुरको छोरा अ. बर्ष २७ को रमेश नेपाली माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट-३००पिस, नुर्फिन-१० एम्पुल, फेनारगन-१० एम्पुल र  डाईजेपाम-१० एम्पुल  ला.औ. फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुरमा पठाएको छ ।  

कन्टेनर सहित चालक नियन्त्रणमा ।
२०७९-१०-२६

 पर्सा, मिति २०७९।१०।२५ गते अ. २१;३० बजेको समयमा जि.पर्सा बिरगंज महानगरपालिका वडा नं. २५ चण्डाल चोक स्थित ICP बाट काठमान्डौ तर्फ जादै  गरेको बिभिन्न किसिमको कपडाहरु भएको ना ६ ख ४००६ को कन्टेनर र ना ६ ख ४६०८ नं. को कन्टेनरलाई प्र.चौ.सिर्सिया पर्साबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्दा उक्त नं. हरुको कन्टेनरमा सिलबन्दी नगरेकोले उक्त नं. को कन्टेनर चालक जि. सर्लाही लालबन्दी न.पा. वडा नं. १६ बस्ने अ. बर्ष २६ को मदन कार्की र चालक ऐ.ऐ. बस्ने अ. बर्ष ३० को गिरीराज सुब्बालाई  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा ।
२०७९-१०-२६

पर्सा, मिति २०७९।१०।२५ गते । अं. २०:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ स्थित बिरगंज रक्सौल सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण बिरगंज पर्साबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्दा BR05AV6871 नं. को मो.सा. र BR05AV8967 नं. मो.सा. मा सवार भई भारतबाट नेपाल तर्फ आउदै गरेको देश भारत बिहार जिल्ला पुर्वी चम्पारण रक्सौल वडा नं. ११ बस्ने अ. बर्ष २६ को राकेश कुमार र ऐ. बस्ने अ. बर्ष २७ को फसंजित कुमार मानिसहरुले आफ्नो हेल्मेटमा लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली नगद रुपैया ९/९ लाख गरी जम्मा १८,००,०००।–(अठार लाख) र प्रतिबन्धित भारतिय रु ५०० दरको ४ थान गरी २०००।– (दुई हजार) बरामद गरी पैसा सहित निजहरुलाई  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा ल्याई बुझाएको ।

मो.सा.चोरी गर्ने मानिस पक्राउ ।
२०७९-१०-२६

सिरहा, मिति २०७९।१०।२५ गते अं.२२:०० बजे जिल्ला सिरहा गोलबजार न.पा.७ बस्ने मुनेस्वर महतोको छोरा बसन्त महतोको नाममा दर्ता रहेको प्र.२-०१-००२ प २२७३ नं को मोटरसाईकल निजको पसल अगाडी पार्किङ गरी राखेकोमा उक्त मोटरसाईकल जिल्ला सिरहा सिरहा न.पा. २ श्रीपुर बस्ने राजिन्द्र साफिको छोरा अं बर्ष २५ को दाहुत साफीले चोरी गर्न खोज्दा स्थानियहरुले देखी नियन्त्रणमा लिइ सामान्य कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनसाथ तत्काल  प्र.स.नि. को कमाण्डमा टोली खटिगइ चोरी गर्न खोज्ने मानिसलाइ नियन्त्रणमा लिइ ई.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२६

१.      सप्तरी, मिति २०७९।१०।२५ गते अं. १६:०० बजेको समयमा जि.प्र.का. सप्तरी बाट प्र.स.नि.को  कमाण्डमा खटिएको टोलीले लगत नं. २०१६, जरिवाना जनही रु ५०००।-) दोहोरो नेपाली नागरिकता प्रमाण पत्र लिएको मुद्वाको जिल्ला सप्तरी महदेवा वडा नं. ५ वस्ने अं. वर्ष ४० की संजिला देवी यादव, ऐ.ऐ. वस्ने राम प्रसाद यादवको छोरा अं. वर्ष ४५ को प्रयाग राय यादव, लगत नं.३७७८, जरिवाना जनहि रु.५००।– कुटपिट मुद्धाको जि.सप्तरी छिन्नमस्ता गा.पा४ बस्ने कैलु सुतिहारको छोरा अं.बर्ष ३९ को सुर्य नारायण सुतिहार र ऐ.ऐ. बस्ने कैलु सुतिहारको छोरा अं.बर्ष ३० को संजय सुतिहारलाई निम्न मुद्धाका (दोहोरो नेपाली नागरिकता र कुटपिट )  फरार प्रतिवादीहरुलाई पक्राउ गरी  आवश्यक कार्बाहीको  लागी  समानित जिल्ला  अदाल सप्तरीमा  बुझाईएको । २.      धनुषा, मिति २०७९/१० /२५ गते जिल्ला धनुषा शहिदनगर न.पा.७ बस्ने  जुगेश्रर महरा  प्रहरी टोलीले नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको । ३.      सर्लाही, मिति २०७९।१०।२५ गते अं.१९:०० बजेको समयमा जि.प्र.का. सर्लाही मातहत निम्म कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार रहेका निम्न मुद्धाका २१जना फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेको छ । ४.      पर्सा, मिति २०७९।१०।२५ गते अ.१८;०० बजेको समयमा सम्मानित अदालतबाट प्राप्त लगत अनुसार २० जना फरार प्रतिबादीहरुलाई  जरिवाना असुल उपर गर्न बाँकी रहेको देखीएकोले निज फरार प्रतिबादीलाई  प्रहरी टोलीले निजलाई खोजतलास गर्दै जाँदा निम्न स्थानबाट फेला पारी पक्राउ गरेकोले उक्त जरिवाना रकम असुल उपर गर्न निजलाई निम्न कागजात साथ यसै पत्र साथ प्रहरी कर्मचारीको जिम्मा लगाई दाखिला गराईएको ।

हराएका बालबालिकाहरुको भारतबाट उद्वार गरी आफन्तको जिम्मा लगाईएको
२०७९-१०-२६

सिरहा,मिति २०७९।१०।२२ गते अं. ०९:३० बजेको समयमा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरा अं. वर्ष १४ की नुडी खातुन लिटिल स्टार स्कुल सिरहाको कक्षा ८ मा अध्यनरत र ऐ.ऐ. बस्ने मो. सहिद मंसुरको छोरा अं. वर्ष १२ को मो. अरमान मंसुर सोही स्कुलको कक्षा ४ मा अध्यनरत बालबालिकाहरु स्कुल छुट्टी भए पश्चात पनि हाल सम्म घर फर्की नआएको भनी ऐ. १८:१५ बजे जिल्ला प्रहरी कार्यालय सिरहामा मौखिक जानकारी गराउना साथ तत्काल  प्रहरी टोली खटी गई तिब्र रुपमा खोजतलास कार्य गरेकोमा अनुशन्धान गर्दै जाँदा निज बालबालिकाहरु देश भारत जिल्ला समस्तिपुरमा रहेको भन्ने बुझिएकोमा तत्कालै वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा टोली खटी गई भारतिय प्रहरीसंग समन्वय गरी भारतको समस्तिपुरबाट फेला पारी उनिहरुको उद्वार गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई निज बालबालिकाहरुको आफन्तलाई मिति २०७९।१०।२५ गते १०:०० बजे बुझाईएको ।

अबैध ला.औ.,मो.सा.र मानिस नियन्त्रणमा ।
२०७९-१०-२५

१.      , मिति २०७९।०९।०७ गते जिल्ला बारा जितपुर सिमरा उपमाहानगरपालिका-१ यस का.अगाडि यस का.बाट खटिएको प्रसनि खेमराज गौरो थारुको कमाण्डमा खटिएको सवारि साधन चेकिंङ टोलिले सवारिसाधन चेकजाच गर्ने क्रममा अबैध ला.औ.अफिम जस्तो देखिने १केजि८००ग्राम(२पोका) सहित मो.सा. अफिम र मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ई.प्र.का.सिमरामा ल्याई बुझाएको । २.      सिरहा, मिति २०७९।०९।०७ गते बरियारपट्टी गा.पा.१ बडकी कचनारी स्थित प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जादा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई संका लागी चेकजाच गर्दा निजले बोकेको कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याईएको ला.औ.कोरेक्स १०० ml को  ५ बोतल, oppo मोबाईल १ थान,सामसुङ मोबाईल थान १ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का.महेशपुरपतारमा बुझाएको । ३.      पर्सा मिति २०७९।०९।०७ गते बिरगंज म.न.पा. वडा नं. २५ चण्डाल  चोक स्थितबाट ला.औ. ब्युरो पर्सा र व.प्र.का. श्रीपुरको संयुक्त चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा १२ चक्के कनटेनर ट्रक भित्र CODIWELL-100ML- ५७ बोतल र ONEREX-100 ML- १६६ बोतल  ला.औ. फेला पारी ट्रक र ला.औ. सहित मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको ।

सामान नियन्त्रण ।
२०७९-१०-२५

१.      सिरहा, मिति २०७९।१०।२३ गते भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं.रू.३८,९००/-  मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय  पठाइएको । २.      धनुषा, मिति २०७९।१०।२३ गते भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं.रू.७१,०००/-  मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर पठाइएको । ३.      सर्लाही, मिति २०७९।१०।२३ गते भारत बाट भन्सार छलि अवैध रुपमा ल्याईरहेको अ.मु.रु.६०,१३०/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा पठाइएको । ४.      रौतहट, मिति २०७९।१०।२३ गते भारत बाट भन्सार छलि अवैध रुपमा ल्याईरहेको अ.मु.रु.२८,१८०/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय  पठाइएको ।

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-२५

१.       सप्तरी, मिती२०७९।१०।२४ गते सप्तरी डाक्नेश्‍वरी गा.पा.१ कबिलाशा स्थित ई.प्र.का. पातो सप्तरीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप यस कार्यालयबाट प्र.ब.ना.नि. को कमाण्डमा  टोलि खटि गई बुद्धिजिवि, समाजसेवि र स्थानिय बासीहरु गरी अं. ३०।३५ जनाको उपस्थितमा ज.ज.क. नियन्त्रण समुदायमा कानुनी दायरा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको । २.       सप्तरी, मिती२०७९।१०।२४ गते अग्निसाईर कृष्णसावरण गा.पा. १ जण्डौल स्थित ई.प्र.का. महुलि सप्तरीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानिय बासीहरु अं. १५-२० जनालाई भेला जम्मा गरी चोरी नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२५

१.      सप्तरी, मिति २०७९/१०/२४ गते, कुटपिट मुद्धाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको । २.      सप्तरी, मिति २०७९/१० /२४ गते, विगो  मुद्धाका  १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको । ३.      धनुषा, मिति २०७९/१०/२४ गते, चोरी, जग्गा खिचौला, लुटपिट चोरी मुद्धाका ६ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । ४.      सर्लाही, मिति २०७९।१०।२४ गते जि.प्र.का.सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, वन, र कुटपिट लुटपिट मुद्धाका १९ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेको । ५.      पर्सा, मिति २०७९/१०/२३ गते, किर्ते, वन, कुटपिट, जालसाजी,  चोरी मुद्धाका र जरिवाना रु.१,१६,८२२.६८/-  तिर्न बाँकि रहेका २९ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत पर्सामा उपस्थित गराइएको ।

खोलाबाट अवैध वालुवा/ गिट्टी उत्खन्न गरि ल्याउने ९ वाट टिपर नियन्त्रणमा ।
२०७९-१०-२५

         धनुषा, मिति २०७९।१०।२४ गते १२;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ५ स्थित जलाद खोलाबाट अवैध बालुवा/गिट्टी उत्खनन् गरि ल्याई रहेको भन्ने गोप्य सुचनाको अधारमा व.प्र.का.रेल्वे र मुजेलियाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १  शहिद चोक  र ऐ. १३ पिडारी चोक स्थितमा बेंगाशिवपुर तर्फबाट आउँदै गरेको बालुवा र गिट्टी लोड रहेको   ना.८ ख. ८३६२, ना. ८ ख. २०४६, ना.७ ख. ६३९५, ना.१ क. ६८५८, ना.७ ख. ९०२७, One test  टिपर थान-१, प्रदेश ००१ ख १८९९,     प्रदेश २-०३-००१ क १९७६, ना. ८ ख. २२० को टिपरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाईएको  ।

प्रतिबन्धित लागु औषध र ट्रक सहित तिन जना मानिसहरू पक्राउ ।
२०७९-१०-२५

            पर्सा,मिति २०७९।१०।२४ गते अं.१८;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा  प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक गाडीलाई  रोकी कानूनी रीत पुर्‍याई जाँच गर्दा जि.मकवानपुर हेटौडा उ. म.न.पा.वडा नं.९ बस्ने बर्ष ४२ को निर्मल पौडेल (चालक), जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने वर्ष ४० को रमेश थापा  र जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने बर्ष २९ को सुदर्शन खड्काले उल्लेखित नम्बरको ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को १६६ बोत्तल र Codiwell Cough syrup ५७ बोत्तल गरी जम्मा २२३ बोत्तल फेला परेको हुँदा प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक र उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ  थप अनुसन्धान कार्य भैरहेको  ।

चोरीको समान सहित मानिस नियन्त्रणमा ।
२०७९-१०-२४

१.      पर्सा, मिति २०७९।०९।०७ गते बिरगंज महानगरपालिका वडा न. १२ मुर्ली वस्ने संजय कुमार रौनियारको घरमा चोरी भएको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा बिशेष सुचनाको आधारमा मिति २०७९।१०।२३ गते राजु आलम भन्ने फैयाज आलमलाई फेला पारी चोरी भएको घटना सम्बन्धमा सोधपुछ गर्दा चोरी गरेको समानहरु डेरा कोठामा लुकाई छिपाई राखेको छु भनी बताएको हुँदा व.प्र.का.श्रीपुर पर्साबाट प्र.नि.को कामण्डमा खटिएको प्रहरी टोलिले निजको डेरा कोठा रितपुर्वक खानतालसी गर्दा समानहरु फेला पारेको हुँदा निजलाई पक्राउ गरी थप अनुसन्धानको लागी व.प्र.का.श्रीपुर पर्सामा ल्याई बुझाएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२४

१.      सप्तरी, मिति २०७९/१०/१३ गते, कुटपिट अंगभङ , ज्यान मार्ने उधोग मुद्धाका र जरिवाना रु.६,७५०/-  तिर्न बाँकि रहेका १४ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको । २.      धनुषा, मिति २०७९/१० /२३ गते, कुटपिट, जालसाजी, चोरी  मुद्धाका  ७ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । ३.      सर्लाही,मिति २०७९।१०।२३ गते जि.प्र.का.सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, कर्तव्य ज्यान, कुटपिट लुटपिट, र किर्ते मुद्धाका १८ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेको । ४.      पर्सा, मिति २०७९/१०/२३ गते, वन, कुटपिट, जालसाजी,  चोरी मुद्धाका र जरिवाना रु.८५०.६६/-  तिर्न बाँकि रहेका ११ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत पर्सामा उपस्थित गराइएको ।

चोरी गरेको मोबाईल सहित मानिस नियन्त्रणमा लिएको सम्बन्धी ।
२०७९-१०-२३

पर्सा, मिति २०७९।१०।२२ गते अं. २३;३० बजेको समायमा जिल्ला पर्सा बि.म.न.पा. १५स्थितमा सेख अमजेलको २ तल्ले घरको कोठामा चार्जमा राखेको samsumg J7 mobile र redmi not 6 मोबाईल थान २जिल्ला बारा कलैया  उ.प.मा.न.पा.  वडा न.२४ बस्ने उपेन्द्र यादवको छोरा बर्ष १६ को समिर कुमार यादवल र जिल्ला पर्सा बि.म.न.पा. १२ मुर्ली बस्ने बर्ष १६ को बिशाल चौहान मिली चोरी गरी  लगेकोमा प्रहरी टोली खटिगई  खो.त.गर्ने क्रमामा  तराई हस्पिटल नजिक बाट samsumg mobile र समिर यादवलाई फेला पारी   नियन्त्रणमा लिई अनुशन्धानको लागि व.प्र.का.श्रीपुरमा ल्याई राखेको बिशाल चौहानको खो.त.भई रहेको  ।

गोदाम शिलबन्दी गरे सम्बन्धी।
२०७९-१०-२३

रौतहट, मिति २०७९।१०।२२ गते अं. १७:३० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. ५ स्थित ऐ. बस्ने बिष्णु मिश्राको घरमा ऐ. ८ बस्ने हरेराम साह र ऐ. बस्ने नन्दलाल साह समेतले संचालन गर्दै आएको नन्दलाल चामल चिउरा भुजा पसलको गोदाम घरमा भारतबाट भन्सार छलि अवैध रुपमा ल्याई स्टोर गरि राखिएको बिभिन्न ब्राण्डको चामलहरु रहेको भन्ने सुचनाको आधारमा जि.प्र.का.रौतहटबाट प्रहरी टोलि खटि गई तालुक जिल्ला  प्रशासन कार्यालय, गौर न.पा. को कार्यालय, भन्सार कार्यालय, कर कार्यालय लगाएतका प्रतिनिधिहरु समेतको रोहबरमा कानुन बामोजिम रित पुर्‍याई २८७ बोरा चामल फेला पारी बरामद गारि उक्त गोदाम घरलाई शिलबन्दी गरि राखिएको र आन्तरिक राजस्व कार्यालय पथलैया बारा सँग समन्वय गरि थप अनुसन्धान कार्य भैरहेको ।  

सामान नियन्त्रण ।
२०७९-१०-२३

सर्लाही, मिति २०७९।१०।२२ गते जि.प्र.का.सर्लाही मातहत प्रहरी कार्यालयहरुले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको निम्न सर-समानहरु नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा  बुझाएको छ । १.      जि. सर्लाही ब्रहम्पुरी गा.पा. ५ स्थित मा प्र.चौ. पर्साबाट प्र.स.नि. रामविश्वास पटेलको कमाण्डमा खटिएको गस्ती टोलीले टाउकोमा ल्याउँदै गरेको साईकलको पार्टपुर्जाहरु ( ट्युव,चैन,फिरबिल,टायर,भल्बपिन,ब्रेक नट,चैन सकेट,पिलास) जम्मा अं.मु.रु. ४,००० ।- बराबरको सामानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाईएको । २.      जि.सर्लाही मलंगवा न.पा.९ स्थित प्र.चौ.गोरखकाली बाट प्र.स.नि.हसमुदिन मियाँ ठकुराईको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छली ल्याउदै गरेको अं.१० के.जी सुर्ती., २.२५ लिटर को Dew (चिसो) ९ बोतल गरी जम्मा अं.मुल्य रु,७,००० ।- बराबरको सामान नियन्त्रणमा चौकीमा ल्याई राखिएको । ३.      जि.सर्लाही ब्रह्मपुरी गा.पा.४ स्थित  प्र.चौ.त्रिभुवननगर बाट प्र.ना.नि.नन्दलाल बैठाको कमाण्डमा २ जनाको गस्ती टोलीले भन्सार छली ल्याउदै गरेको खुर्सानी १० के.जि.,खाने तेल (५०० ग्राम) ३२ पिस, खाने तेल १ लिटर को १० पिस,मैदा ८० के.जि.,धनिया १० के.जि.,मसुर बंगला चाना २० के.जि. मुख धुने गुल ९३ पैकेट गरी अं.मुल्य रु,३०,००० ।- बराबरको सामान नियन्त्रणमा लिई तालुक  जि.प्र.का.सर्लाहीमा बुझाईएको । ४.      जि.सर्लाही मलंगवा न.पा.२ जि.प्र.का. अगाडी खटिएको डिउटीले भन्सार छली ल्याईका बदसाही मिठाई (तिन भाडो सहित) १०० कि.ग्रा, तराजु-३ थान ,अनार-७० कि.ग्रा.अङ्गुर-४० कि.ग्रा.,बैयर-७ कि.ग्रा. अं.मुल्य रु,२७,००० ।- बराबरको सामान नियन्त्रणमा लिई यस का.मा.राखिएको । ५.      जि.सर्लाही पर्सा गा.पा. ३ नारायणपुर स्थित प्र.चौ. नारायणपुर बाट प्र.स.नि. हरिशंकर गिरीको कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको गंजी(सेन्डो)- १५० पिस, पेन्टी- ६० पिस गरी जम्मा अं.मु.रु. १५,००० ।- बराबर को कपडा फेला पारी आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२३

१.       सप्तरी, मिति २०७९।१०।२२ गते नेपाल सरकार प्रतिवादी उमाकान्त चौधरी भएको वन मुद्दामा असुल उपर हुन बाँकी रहेका दिन २४ कैद सजाय भएका निज प्रतिवादी जिल्ला सप्तरी सुरुङ्गा न.पा.वडा नं ८ बस्ने घुरन चौधरीको छोरा वर्ष ४२ को उमाकान्त चौधरीलाई प्रहरी टोलिले नियन्त्रणमा लिई जि.प्र.का.सप्तरी ल्याई राखेको, त्यसैगरी राजगढ गा.पा.६ स्थितमा प्र.चौ. झुटकी सप्तरीबाट  खटि गएको प्रहरी टोलीले राजगढ गा.पा. ६ बस्ने मोहित खाँन लागत नं. ३०८/०६९f८/५५,जरिवाना रु.३,१२०/-, कुटपिट मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित जिल्ला अदालत राजविराज सप्तरी पठाईएको र कंचनरुप न.पा. ६ पिप्रा बस्ने तेजु सदाको श्रीमती सुनिता देबि सदा लेनदेन बिगो मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालतको मिति २०७७।०९।२४ गतेको फैसलाले दोषि ठहर भई छ(६) महिना कैद भएकोले सम्मानित सप्तरी जिल्ला अदालतको पक्राउ आदेशानुसार पक्राउ गरी तालुक ईप्रका कंचनपुर सप्तरी पठाईएको । २.      धनुषा, मिति २०७९/१० /२२ गते, जिल्ला धनुषाका विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको । ३.       सर्लाही,मिति २०७९।१०।२२ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीले फैसला कार्यान्वयन गर्न फरार रहेका विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही, मलंगवामा पेश गरेको ।

नक्कली नोट सहित २ जना मानिस पक्राउ ।
२०७९-१०-२३

सिरहा, मिति २०७९।१०।२१ गते अं. २०:१५ बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ८ पशुपती स्कुलको गेट नजिक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा, ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल लहान सिरहाबाट खटिएको संयुक्त टोलिले जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३० को अर्मान सेख र ऐ.ऐ. वडा नं. १९ छरापट्टी बस्ने बर्ष ३० को ओसिन सेखलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ४,३५,०००।– ( चार लाख पैंतिस हजार) नक्कली नोट, सोही आकारको कागजातहरु ३३ (तेत्तिस) बंडल, मोबाईल थान- ३, सिम थान-४ फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा दिन ५(पाँच) को म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुशन्धान कार्य भई रहेको ।

भारी मात्रामा प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना मानिसहरू पक्राउ ।
२०७९-१०-२३

पर्सा. मिति २०७९।१०।२२ गते अं.१२;०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा  ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई  रोकी कानूनी रीत पुर्‍याई जाँच गर्दा जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा बस्ने बर्ष २० को अबु अयुव असरफ र  जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ छप्कैया बस्ने बर्ष २८ को ईजहार आलम उल्लेखित नम्बरको गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल फेला परेको हुँदा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ  थप अनुसन्धान कार्य भैरहेको  ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलियाको काम गर्ने १ जना मानिस प्रकाउ ।
२०७९-१०-२२

जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सुचनाको अधारमा जि.प्र.का. धनुषाबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।२० गते अं. १३:०० बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नं. ४ वस्ने  अं. वर्ष ३० को आदित्य यादवलाई सेवा ग्राहीहरू संग वार्गेनिङ गरि रहेको अवस्थामा पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

हातहतियार तथा गोली सहित मिटर व्याजी पक्राउ ।
२०७९-१०-२२

जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटर ब्याजी जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा नं. १ बस्ने वर्ष ४१ को दिलिप साह उपर उजुरी दिएकोमा मिति २०७९।१०।२१ गते अं. १४:०० बजेको समयमा निज दिलिप साहको घर तथा पसल समेत जि.प्र.का. धनुषाबाट प्र.ना.उ. दिपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले रित पुर्वक खान तलासि गर्दा कपाली तमसुक, जग्गा धनि पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल थान १ (एक), .३०३ राईफलमा लाग्ने गोली थान ४ (चार), म्यागनममा लाग्ने गोली थान १ (एक) र म्यागनमको खोका थान १ (एक)  फेला पारी कानून बमोजिम बरामद गरी निज दिलिप साहलाई पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । निम्नः 1.           दिलिप साह तथा निजको श्रीमति ममता देवी साह समेत नामको राजिनामा फारम सहितको जग्गा धनि पुर्जा थान ३९(उनन्चालिस) 2.           दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५(पाँच) 3.           रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक थान १ (एक) 4.           कपाली तमसुक थान १५ (पन्ध्र) 5.           खाली कागजमा सहिछाप भएको पाना ६ (छ) 6.           लेनदेन मुद्दाको विपक्षी पवन ना. झानामको सक्कलै म्याद थान १(एक) 7.           लेनदेन मुद्दाको दिलिप साहनामको तारेख पर्चा थान १४ (चौध) 8.           कटुवा पेस्तोल थान १ (एक) 9.           ३०३ राईफलमा लाग्ने गोली थान  ४(चार) 10.       म्यागनममा प्रयोग हुने गोली थान१(एक) 11.       ऐ. को खोका थान १(एक)

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२०

सि.नं. जिल्ला पक्राउ संख्या विस्तृत विवरण १ सप्तरी ८ कुटपिट,  ला.औ., किर्ते जालसाजी मुद्दा र जरिवाना रु. १८३/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि. अदालत सप्तरीमा बुझाइएको । २ सिरहा १ चोरी मुद्दा र जरिवाना रू. ६०,०००/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणामा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाउने पहल भईरहेको । ३ धनुषा १ बिगो मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । ४ सर्लाही २३ जि.प्र.का. सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेको । ५ रौतहट १ ज्यान मार्ने मुद्दाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई अनुसन्धान कार्य भईरहेको  । ५ पर्सा १ अभद्र व्यबहार मुद्दाको फरार प्रतिबादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको । प्रवक्ता: प्र.ना.उ. नरेश कुमार सिंह, सप्तरी ९८५२८९०३२७, प्र.ना.उ. सुवास बुढाथोकी, सिरहा ९८५२८९०७००, प्र.ना.उ. प्रदिप क्षेत्री , धनुषा ९८५४०२६७७०, प्र.ना.उ. सन्तोष कुमार पोखरेल, महोत्तरी ९८५४०९०१६१, प्र.ना.उ. विजय यादव, सर्लाही ९८५४०५६२२२, प्र.ना.उ. सुनिल मल्ल, रौतहट ९८५५०४०६०७, प्र.ना.उ. राजेश थापा, बारा ९८५५०४५७६६, प्र.ना.उ. निर्मल बुढाथोकी, पर्सा ९८५५०२८२८७

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१९

सि.नं. जिल्ला शिर्षक विस्तृत विवरण २ सप्तरी   बालबिवाह ई.प्र.का. पातो  सप्तरीको आयोजनामा डाक्नेश्बरी  न.पा. ६ कटैया स्थितमा  श्री जनता माध्यमिक बिधालय कटैया स्थितमा कक्षा ८,९,१० का अं.५०-६० जनाको बिधार्थीहरुलाई समुदायिक प्रहरी अन्तर्गत  बालबिवाह सम्बन्धी  जनचेतना  मुलक कार्यक्रम  सम्पन्न भएको । ३ सप्तरी   गरी ट्राफिक नियन्त्रण अग्निसाईर कृष्णसावरण गा.पा. ४ बनौली चोक स्थित ईप्रका महुलि सप्तरीबाट यस कार्यालय प्रमुख प्रबनानि सुमन महन्थ गिरी र अस्थाई प्रहरी पोष्ट महुलि सप्तरी बाट प्रसनि तेज प्रसाद खतिवडाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानिय बासीहरु अं. २५।३० जनालाई भेला जम्मा गरी ट्राफिक नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम  सम्पन्न भएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१९

सि.नं. जिल्ला पक्राउ संख्या विस्तृत विवरण १ सप्तरी १ ज्यानमार्ने उद्योग मुद्दाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ई.प्र.का. कडरबोना सप्तरीमा ल्याई राखेको । २ सिरहा २ ज्यान मार्ने उधोग मुद्दा र जरिवाना रू. ३,०००/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणामा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाउने पहल भईरहेको । ३ धनुषा ५ शरिर बन्धक, लुटपिट, र ला.गु.औषध मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । ४ सर्लाही ३० जि.प्र.का. सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेको । ५ पर्सा २ बैकिङ् कसुर र ला.गु.औ.चरेश मुद्दाको फरार प्रतिबादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको । प्रवक्ता: प्र.ना.उ. नरेश कुमार सिंह, सप्तरी ९८५२८९०३२७, प्र.ना.उ. सुवास बुढाथोकी, सिरहा ९८५२८९०७००, प्र.ना.उ. प्रदिप क्षेत्री , धनुषा ९८५४०२६७७०, प्र.ना.उ. सन्तोष कुमार पोखरेल, महोत्तरी ९८५४०९०१६१, प्र.ना.उ. विजय यादव, सर्लाही ९८५४०५६२२२, प्र.ना.उ. सुनिल मल्ल, रौतहट ९८५५०४०६०७, प्र.ना.उ. राजेश थापा, बारा ९८५५०४५७६६, प्र.ना.उ. निर्मल बुढाथोकी, पर्सा ९८५५०२८२८७  

फरार अभियुक्त पक्राउ ।
२०७९-१०-१९

मिति २०७९।१०।१८ गते अं. १५:०० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. २ लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गर्दै जाँदा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ कोईरीटोल बस्ने लालकिशोर यादवको छोरा अं. वर्ष १९ को राहुल यादव र अर्को नाम, थर, वतन नखुलेकोलाई नियन्त्रणमा लिने क्रममा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जि.प्र.का. रौतहटमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हातमा काटिए पश्चात प्रहरीले 54Type ठुलो चाईनिज पेस्तीलबाट १ राउण्ड हवाईफायर गरी निज राहुल यादवलाई चक्कु थान-१ र कैची थान-१ सहित नियन्त्रणमा लिएको अर्को फरार व्यक्ति जिल्ला रौतहट गौर नगरपालिका वडा नं.४ बस्ने जुगा राय यादवको छोरा अं. वर्ष १९ को रवि यादवलाई खोजतलास क्रममा मिति २०७१।१०।१९ गते विहान अं.१०:०० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं.४ स्थितमा लुकी छिपे बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

चोरीका सामान सहित २ जना मानिसहरू पक्राउ सम्बन्धमाः-
२०७९-१०-१९

मिति २०७९।१०।१८ गते अं. ०६;३० बजेको समयमा जिल्ला धनुषा औरही गा.पा. वडा नं. १ स्थित रहेको श्री रामजानकी मा.वि. विद्यालयको कार्यालय कोठाबाट कम्प्युटर लगायतका सामानहरू र ऐ. बस्ने लक्ष्मेश्वर यादवको खेतमा जडान गरिएको सोलार प्लेट समेत चोरी भएको सुचना प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटि गई जिल्ला धनुषा औरही गा.पा. वडा नं. १ वस्ने वर्ष २१ को शिवशंकर मण्डल माथि शंका लागि निजलाई नियन्त्रणमा लिई उक्त चोरी भएको समानहरुको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त समानहरू ऐ. स्थित  पौडेश्वर चोकमा अमित कुमार साहले संचालन गरेको डेरी उद्योग भित्र रित पुर्वक खानतलासी गर्दा डेल कम्पनीको मोनिटर थान-१, नोकिया लेखिएको वाईफाईको राउटर थान-१, कम्प्युटर किबोर्ड थान -१, सोमिटर थान-१ बरामद भएको, सोही नजिक सडक छेउमा जमिन मुनि  खाल्डो भित्र लुकाई छिपाई राखेको  खेतमा जडान गरिएको सोलार प्लेट थान -१ समेत बरामद भएकोमा उक्त बरामद भएको समानहरू सहित उक्त घटनामा संलग्न शिवशंकर मण्डल र अमित कुमार साह समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।

ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार भएका थुनुवा पक्राउ सम्बन्धमा
२०७९-१०-१९

मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा ई.प्र.का.महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काई फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट  खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा फरार भएका थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.-५ बस्ने अ. वर्ष ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला न.पा.१० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा मिति २०७९।१०।१९ गते अं.०१:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१८

सि.नं. जिल्ला शिर्षक विस्तृत विवरण १ सप्तरी   चोरी डकैती नियन्त्रण कृष्णसावरण गा.पा. ४ प्रसवनि स्थित वडा कार्यालयमा प्र.स.नि. सन्तोष प्रसाद साहको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप वडाको वडा अध्यक्षको रोहवरमा र स्थानिय बासीहरु अं. १५-२० जनालाई भेला जम्मा गरी चोरी नियन्त्रण सम्बन्धी जनचेतना मुलक तथा सुरक्षा समिति गठन कार्यक्रम सम्पन्न भएको । २ सप्तरी   चोरी डकैती नियन्त्रण शम्भुनाथ न.पा. ५  स्थित बसबिट्टी टोलमा ईप्रका रुपनि सप्तरीबाट प्रसनिको कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.३० जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी नियन्त्रण गर्न टोल सुरक्षा समिति गठन गरी  जनचेतना मुलक कार्यक्रम  कार्यक्रम सम्पन्न भएको । ३ सप्तरी   लागू औषध नियन्त्रण बलान बिहुल गा.पा. ५ रामनगर कोदरकट्टि स्थितमा प्रहरी चौकी रामनगरबाट प्र.स.नि. को कमाण्डमा खटिगएको टोलिले स्थानिय भद्रभलादमि तथा बुद्दिजिवि लगायत अन्य २०-२५ जना स्थानियहरूको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप लागू औषध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ४ सप्तरी   चोरी डकैती नियन्त्रण सप्तकोशि न.पा. ९ कमलपुर स्थित वडा कार्यालयमा प्रहरी चौकी फतेपुरको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ऐ. वडाको वडा अध्यक्षको अध्यक्षतामा र स्थानिय बासीहरु अं. १५-२० जनालाई भेला जम्मा गरी चोरी सम्बन्धी जनचेतना मुलक तथा सुरक्षा समिति गठन कार्यक्रम सम्पन्न भएको । ५ सप्तरी   आत्महत्या, नागरिक सुरक्षा विरुध हनुमाननगर कंकालनि न.पा. वडा नं. १४ राम्पुर मल्हनिया स्थित समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या, नागरिक सुरक्षा विरुध सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रहरी चौकी रामपुर मलहनिया बाट खटिएको प्र.स.नि. हृदय नारायण पटेल र हनुमाननगर कंकालनी .न.पा. वडा नं. १४ को वडा अध्यक्ष कृष्ण कुमार यादवको सयोजकत्वाम अं. ३०-३५ जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको । ६ पर्सा साईबर अपराध सम्बन्धी प्रहरी प्रशिक्षण बिरगंज म.न.पा. वडा नं. १६ मुनलाईट मा.बि. बिधालय कुमाल टोल स्थितमा सा.प्र.से. कुमाल टोलको आयोजनामा  साईबर अपराध सम्बन्धी प्रहरी प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी तथा प्रशिक्षक प्र.नि. मनिषा लौडारीको उपस्थितिमा अ. ६०-७० जाना बिधार्थीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१८

सि.नं. जिल्ला पक्राउ संख्या विस्तृत विवरण १ सप्तरी ८ सवारी ज्यान, लुटपिट, कुटपिट मुद्धा र जरिवाना रू. ३,९४०/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । २ सिरहा ६ नाता कायम, कुटपिट मुद्दा र जरिवाना रू. ९,०७३.२१/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणामा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाईएको । ३ धनुषा ८ जालसाजी, ला.औ., बिगो लगत, कुटपिट मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । ४ सर्लाही ३० जि.प्र.का. सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेको । ५ पर्सा १ अपराधिक बिश्वासघात मुद्दाको फरार प्रतिबादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको । ६ रौतहट १ लागु औषध मुद्दामा १ बर्ष १० महिना कैद र रु. ५५,०००/– जरिवाना भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गरुडामा दाखिला गरेको । प्रवक्ता: प्र.ना.उ. नरेश कुमार सिंह, सप्तरी ९८५२८९०३२७, प्र.ना.उ. सुवास बुढाथोकी, सिरहा ९८५२८९०७००, प्र.ना.उ. प्रदिप क्षेत्री , धनुषा ९८५४०२६७७०, प्र.ना.उ. सन्तोष कुमार पोखरेल, महोत्तरी ९८५४०९०१६१, प्र.ना.उ. विजय यादव, सर्लाही ९८५४०५६२२२, प्र.ना.उ. सुनिल मल्ल, रौतहट ९८५५०४०६०७, प्र.ना.उ. राजेश थापा, बारा ९८५५०४५७६६, प्र.ना.उ. निर्मल बुढाथोकी, पर्सा ९८५५०२८२८७

अबैध रुपमा भित्रिएको भारतीय निजी सवारी साधन पक्राउ ।
२०७९-१०-१८

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा भारतीय Suzuki Maruti कार भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार मिति २०७९।१०।१६ गते जि.प्र.का. पर्साबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिसफिट्टे सडकखण्डमा UP 16 AX 1003 नम्बरको भारतीय Suzuki Maruti कार सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी रू.५,००,०००।–(पाँच लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।

बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा ।
२०७९-१०-१८

बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौ तर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१६ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २३ बहुअरी सडकखण्डबाट ना.२ख.८५१९ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं. मुल्य रू. ४१,८६,५७८।– (एकचालीस लाख छयासी हजार पांच सय अठहत्तर)  बराबरको ट्रक र सो भित्र लोड रहेको सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार भएका थुनुवा पक्राउ सम्बन्धमा ।
२०७९-१०-१८

            मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा ई.प्र.का. महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काई फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा फरार थुनुवाहरूमध्ये सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. २ बस्ने अं. वर्ष २५ को अमित मण्डललाई मिति २०७९।१०।१७ गते पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१७

सि.नं. जिल्ला शिर्षक विस्तृत विवरण १ सप्तरी   चोरी डकैती नियन्त्रण तिलाठी कोईलाडि गा.पा. ४ स्थित जिरी हटिया बजारमा प्र.चौ. कोबर्साईन सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.४५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी डकैती नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । २ सप्तरी   जबर्जस्ती करणी बिरुद्ध शम्भुनाथ न.पा. २  स्थित खैरबोना टोलमा ई.प्र.का रुपनि सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.४५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज.ज.क. बिरुद्ध सम्बन्धि जनचेतना मुलक कार्यक्रमसम्पन्न भएको । ३ सप्तरी महिला हिंसा, बालबालिका,बालश्रम, लागु औषध तथा आत्महत्या जिल्ला सप्तरी राजगढ गा.पा.१कजराटोलस्थितमा यस प्र.चौ.झुटकी सप्तरीको आयोजनामा स्थानिय भद्रभलादमी, पार्टि प्रतिनिधि,महिला,युवा तथा समाजसेवी युवा तथा महिलाहरु गरी अं.२०-२५जनाको संख्यामा मानिसहरूलाई भेला जम्मा गरी बढदो चोरीको घटनाहरुलाई लक्षित गरी सामुदायिक साझेदारी अन्तर्गत पर्ने चोरीसम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ४ सप्तरी   आगलागि कृतिम घटना प्रतिकार्य अभ्यास राजबिराज न. पा. ७ राजरंगशालाको खेल मैदानमा जिल्ला प्रशासन कार्यालय सप्तरीको समन्वयमा नेपाली सेना बरख गण भलुवाही सप्तरीको, जिल्ला प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नेपाल नं.६ गन सप्तरी समेतको सहकार्यमा जिल्ला बिपत ब्यबस्थापन समिति सप्तरीको आयोजनामा SIMULATION Exercise आगलगी कृतिम घटना प्रतिकार्य अभ्यास सम्पन्न भएको । ५ सप्तरी   जबर्जस्ती करणी बिरुद्ध डाक्नेश्वरी न.पा. ९  स्थित प्र.चौ. पत्थरगाढा सप्तरीबाट प्रसनिको कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.४५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज.ज.क. बिरुद्ध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ६ सप्तरी   आगलागि नियन्त्रण बलान बिहुल गा.पा.३ टिकुलिया  स्थितमा प्रहरी चौकी बेल्ही सप्तरीबाट प्र.स.नि.टिका निरौलाको कमाण्डमा खटिएको टोलिले  अं.२०।२५ जना स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि नियन्त्रण गर्ने सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ७ पर्सा महिला हिंसा,मानव बेचबिखन,घरेलु हिंसा सा.प्र.से.के.मुर्ली र प्र.चौ.परवानीपुर पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.२१ स्थित परवानीपुरमा महिला हिंसा,मानव बेचबिखन,घरेलु हिंसा लगाएतका विषयमा पर्चा पम्लेट वितरण गरी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ८ सप्तरी फाईबर सिरक बितरण शम्भुनाथ न.पा. ६ स्थितमा रहेको ऐ.न.पा.को कार्यालयमा जिल्ला विपद व्यवस्थापन समितिले फाईबर सिरक वितरण कार्यक्रम गरेकोमा उक्त कार्यक्रममा ३५ जना स्थानिय बासिहरुलकाई बितरण गरी कार्यक्रम सम्पन्न भएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१७

सि.नं. जिल्ला पक्राउ संख्या विस्तृत विवरण १ सप्तरी ५ जरिवाना रू. १,०६६.६६, तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट टोलि खटि गई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । २ सिरहा १३ जरिवाना रू. ९,३१४.७१ तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाईएको । ३ धनुषा ५ कुटपिट मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । ४ सर्लाही २१ लुटपिट, ज.ज.क., जालसाजी, कुटपिट मुद्दा र ५ बर्ष कैद सजायका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेको । ५ पर्सा २ वन पैदावार ओसार पोसार  र सार्वजनिक अभद्र व्यवहार गरेको मुद्दाको फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारवाहीको लागी ई.प्र.का. पटेर्वासुगौली र प्रहरी चौकी टिउकी पर्सामा राखिएको ।

चोरीमा संलग्न ५ जना मानिसहरू पक्राउ सम्बन्धमा ।
२०७९-१०-१७

१.      मोबाइल चोरीः मिति २०७९।१०।१६ गते अं. ११;०० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. २ शिवचोक स्थित विनोद गामीले संचालन गरेको कपडा पसलमा जिल्ला धनुषा मिथिला बिहारी न.पा. वडा नं. २ बस्ने ईद्रिश कवारी मियाँको छोराले उक्त पसलमा कपडा  खरिद गर्ने क्रममा आकासे रंगको स्क्रिन टच  Redmi  मोवाईल आफ्नै छेउमा राखेको अवस्थामा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १४ बस्ने रतिश गुप्ताले मोबाईल चोरी गरी भागेको छ भन्ने सुचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट तत्कालै प्रहरी परिचालन भई खोज तलास गर्दै जाने क्रममा  मोबाईल चोरी गर्ने व्यक्ति रतिश गुप्तालाई मिति २०७९।१०।१६ गतेका दिन नै फेला पारी मोबाईल सहित पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      मो.सा. चोरीः मिति २०७९/१०/१६ गते बेलुका २०;०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा नं १ बस्ने टेक बहादुर श्रेष्ठको छोरा वर्ष २९ को राजकुमार श्रेष्ठले आफ्नो ज. ६ प. ७७१४ नं. को १५० सि.सि को कालो रङको पल्सर मोटरसाईकल जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं १० लालगढ मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेकोमा अज्ञात ब्यक्तिहरुको समुहले उक्त मो.सा चोरी गरी लगेको भनी  सूचना प्राप्त हुना साथ तत्काल ई.प्र.का. ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।१०।१६ गते जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं ७ बस्ने नेक लाल यादवको छोरा वर्ष २१ को रबिन्द्र कुमार यादव र निजकै साथि ऐ.ऐ. बस्ने भिखारी रायको छोरा वर्ष २२ को चन्दन कुमार यादवलाई उल्लेखित  नं. को मो.सा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको । ३.      चोरीको सामान सहित चोर नियन्त्रणमाः मिति २०७९।१०।१४ गते रातको समयमा जिल्ला धनुषा जनकपुर उप.म.न.पा. ४ बस्ने संजिव कुमार रायको घरबाट अज्ञात व्यक्तिहरूले कोठाभित्र राखेको पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ता कपडाहरू चोरि गरी फरार भएका मानिसहरूलाई यस कार्यालय तथा यस कार्यालय मातहत प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरी टोलीले उक्त चोरीमा संलग्न ज.उ.न.पा. २४ बस्ने सरोज कुमार महत्तो र ऐ. बस्ने श्याम सुन्दर महत्तोलाई मिति २०७९।१०।१६ गते चोरी भएका सामानहरूसहित पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान भइरहेको ।

सेवाग्राहीहरुलाई हैरानी दिने ४ जना मानिसहरु नियन्त्रणमा:-
२०७९-१०-१७

मिति २०७९।१०।१५ गते अं. १४:३० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ८ स्थित रहेको यातायात व्यवस्था कार्यालय लहान सिरहामा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासो प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा माथी उल्लेखित कार्य गर्दै गरेको अवस्थामा फेला पारी निम्न नाम, थर, वतन भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई निजहरुलाई सम्मानित सिरहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा दिन-७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको । निम्न:-   १. जिल्ला सप्‍तरी खडक नगरपालिक वडा नं. ३ बस्ने अं.बर्ष ४२ को  जिवछ ठाकुर । २. ऐ. ऐ. बस्ने अं. बर्ष ३२ को अनिल कुमार चौधरी । ३. जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ बस्ने अं.बर्ष ३३ को नन्दन खेताङ्ग । ४. ऐ.नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने अं.बर्ष ४१ को विष्णुदेव यादव ।

बिल बिजक भन्दा बढी मसालाका सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा :-
२०७९-१०-१७

बिल विजक भन्दा बढी विभिन्न धनिया, सुख्खा खुर्सानी तथा जिरा लगायतका मालबस्तुहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.९ रेल्वे सडकखण्डबाट ग २ ख ५७१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं. मुल्य रू. २१,१२,३६३।– (एकाइस लाख बाह्र हजार तिन सय त्रिसठ्ठी ) बराबरको ट्रक र सो भित्र लोड रहेको मसलाका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।  

ला. औ. सहित मानिस नियन्त्रण ।
२०७९-१०-१६

सि.नं. जिल्ला पक्राउ संख्या विस्तृत विवरण सम्पर्क १ सर्लाही १ ३० पिस नाईट्रोजीपाम लेखिएको ला.औ. बरामद गरी मो.सा. र मो.सा. चालक सहित नियन्त्रणमा लिई प्र.चौ. त्रिभुवननगर सर्लाहीमा ल्याई राखेको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ विजय यादव ९८५४०५६२२२ २ पर्सा ३ ड्राईजपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल  र फेनार्गन ५० एम्पुल गरी  जम्मा १५० एम्पुल, नाईट्रोभेट ट्याबलेट ११ पिस, १ पुरिया गाँजा र ३ जना मानिस सहितलाई  नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी तालुक प्र.का. पठाएको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. निर्मल बुढाथोकी ९८५५०२८२८७

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१६

सि.नं. जिल्ला शिर्षक विस्तृत विवरण १ सप्तरी सवारी दुर्घटना न्युनिकरण बोदेबर्साइन न.पा.५ भाटिन स्थित हुलाकी राजमार्गमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.२०-३० जना मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । २ सप्तरी न्यानो कपडा फाईवर सिरक बितरण जि.सप्तरी हनुमाननगर कंकालिनि न.पा. वडा न. २ को वडा एरियाका जेष्ठ नागरीक,बालबालिका तथा बिपन्न बर्गका ३५ घर धुरीलाई प्रती घर १ “न्यानो कपडा फाईवर सिरक बितरण” कार्यक्रम सम्पन्न भएको । ३ सप्तरी चोरीसम्बन्धि जनचेतना जिल्ला सप्तरी राजगढ गा.पा.१कजराटोलस्थितमा यस प्र.चौ.झुटकी सप्तरीको आयोजनामा स्थानिय भद्रभलादमी, पार्टि प्रतिनिधि,महिला,युवा तथा समाजसेवी युवा तथा महिलाहरु गरी अं.२०-२५जनाको संख्यामा मानिसहरूलाई भेला जम्मा गरी बढदो चोरीको घटनाहरुलाई लक्षित गरी सामुदायिक साझेदारी अन्तर्गत पर्ने चोरीसम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । ४ सप्तरी ला.औ. सम्बन्धी जनचेतना जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा.६ स्थित कोबर्साईन गाँउमा यस चौकीबाट प्र.ना.नि.रमेश कुमार  सिंहको कमाण्डमा टोली खटीगई  ऐ. वडाको वडा सदस्य रफिद मंसुरीको अध्यक्षतामा  समुदायिक प्रहरी  टोल समिति गठन गरी ला.औ. सम्बन्धी जनचेतना सम्बन्धी कार्यक्रम तथा छलफल गरी उक्त कार्यक्रम सम्पन्न भएको । ५ सप्तरी  ला.औ. सम्बन्धी जनचेतना जिल्ला सप्तरी  शम्भुनाथ नगरपालीका १२ अर्नाहा टोल स्थितमा स्थानिय भद्र भलादमीहरुलाई अं. ५०/६० जनाको समुहमा  भेला जम्मा गरी  ला.औ. सम्बन्धी  जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१६

सि.नं. जिल्ला पक्राउ संख्या विस्तृत विवरण सम्पर्क १ सप्तरी ४ जरिवाना रू. ६०१५/- , कुटपिट र गाली वेईज्जती मुद्दाका प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. नरेश कुमार सिंह ९८५२८९०३२७ २ सिरहा २४ जरिवाना रू. ९२,३९९।९८ प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाईएको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ.सुवास बुढाथोकी ३ धनुषा १८ प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत धनुषा पठाईएको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. प्रदिप क्षेत्री ४ सर्लाही १७ जरिवाना रू. ७,१५३/७६  प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरिएको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ विजय यादव ९८५४०५६२२२ ५ पर्सा १ आवश्यक कारवाहीको लागि जि.प्र.का. पर्सामा ल्याई राखिएको । थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. निर्मल बुढाथोकी ९८५५०२८२८७

अवैध लागूऔषध ब्राउन सुगर सहित ९ जना मानिसहरु नियन्त्रणमा ।
२०७९-१०-१६

मिति २०७९।१०।१४ गते अं. १७:३० बजेको समयमा जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं. २ मझौरा टोल स्थित ओम प्रकाश यादवले आफ्नो घरबाट अवैध लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाँझपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले कानुन बमोजिम निजको घर खानतलासी गर्दा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्राम, लागूऔषध तौल गर्ने डिजिटल मेसिन  थान-१, मोबाईल थान-८,  मोटरसाईकल थान-४ र नगद रु. ४,८८५।– समेत फेला पारी रितपुर्वक बरामद गरी निम्न स्थान बस्ने निम्न मानिसहरुलई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत, सिरहाबाट लागूऔषध मुद्दामा दिन ७(सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको । निम्न:-  १) जिल्ला सिरहा नवराजपुर  गाउँपालिका वडा नं. २ मझौरा टोल बस्ने अं. बर्ष २३ को  ओम प्रकाश यादव ।  २)  ऐ.ऐ. बस्ने  अं. बर्ष २२ को अमित कुमार यादव ।  ३) ऐ.ऐ. बस्ने अं. बर्ष २५ को देवराम कुमार यादव ।  ४) ऐ. लहान नगरपालिका वडा न. १२ बस्ने अं. बर्ष ५१ को मदन कुमार चौधरी  ।  ५) ऐ.ऐ. बस्ने अं. बर्ष २३ को नरसिंह चौधरी ।  ६) ऐ. लहान  नगरपालिका वडा नं. ५ बस्ने अ. वर्ष २७ को  इरफान हुसेन ।  ७) ऐ. लहान नगरपालिका वडा नं. १ बस्ने  कासिन्दर पासमानको छोरा अं. बर्ष १९ को  कृष्णा पासमान ।  ८) जिल्ला सप्तरी शम्भूनाथ नगरपालिका वडा नं. १२ अर्नाह बस्ने अं. बर्ष २३ को रमेश पासमान ।  ९) जिल्ला सप्तरी शम्भूनाथ नगरपालिका वडा नं. बस्ने  अं. बर्ष २२ को सुरेश कुमार पासमान ।  

अवैध लागूऔषध ब्राउन सुगर सहित १ जना मानिस नियन्त्रणमा ।
२०७९-१०-१६

मिति २०७९।१०।१४ गते अं. १३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट प्रहरी निरीक्षक राजु के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ६ गोलचोक स्थितमा ऐ.ऐ. वडा नं. १२ बेतौना हरीपुर बस्ने बौवलाल सिंहको छोरा अं. बर्ष २७ को सुमित कुमार सिंहलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सानो-सानो सेतो प्लाष्‍टिकको पोका थान-२ र कालो प्लाष्‍टिकको पोका थान-१ गरी जम्मा ३ पोका अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो तौल गर्दा प्लाष्टिक सहित १ ग्राम ४०० मिली ग्राम र प्लाष्टिक बाहेक १ ग्राम १०० मिली ग्राम, मोवाईल थान १ र नेपाली नक्कली नोट रु.- १,०००।– को थान-२ समेत फेला पारी रितपुर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्दामा दिन ६(छ) को म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको ।

सेवाग्राहीलाई हैरानी दिने व्यक्तिहरू पक्राउ ।
२०७९-१०-१६

मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासो प्राप्त हुन आएकोले मिति २०७९।१०।१५ गते दिउँसो १३:०० बजे जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी निम्न नाम,थर, वतन भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान कार्य भैरहेको । निम्नः- १. जिल्ला पर्सा वी.म.न.पा.वडा नं.२७ उदयपुरघुर्मी बस्ने वर्ष ३० को दिपक कुमार पटेल । २. ऐ.वडा नं.२९ अठराहा बस्ने वर्ष २१ को सन्तोष कुमार राउत । ३. जि.पर्सा पकाहामैनपुर गा.पा.वडा नं.१ धोरे बस्ने वर्ष २३ को धर्मेन्द्र कुमार सहनी । ४. जि.पर्सा बहुदरमाई न.पा.वडा नं.९ बस्ने वर्ष २८ को हरिओम गुप्ता । ५. जि.पर्सा पकाहामैनपुर गा.पा.वडा नं.२ बस्ने वर्ष २५ को संजय चौहान । ६. जि.पर्सा वी.म.न.पा.वडा नं.१९ बस्ने वर्ष २२ को राज कुमार साह । ७. ऐ.वडा नं.२५ बस्ने वर्ष २६ को सुशिल कुमार साह । ८. ऐ.वडा नं.२४ बस्ने वर्ष ४८ शुभनारायण महतो कोईरी ।                                                                         

बिल बिजक भन्दा बढी लत्ताकपडा तथा कस्मेटिक सामानहरु लोड रहेको ट्याक्टर नियन्त्रणमा ।
२०७९-१०-१६

बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक लगायतका मालबस्तुहरू बोकेको ट्याक्टर ICP गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१४ गते अं. १७:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२३ बहुअरी सडकखण्डबाट BR05GC 1653 नम्बरको भारतीय ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं.मू.रू. १८,४९,४४३।– (अठार लाख उन्नपचास हजार चार सय त्रिचालीस) बराबरको ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको लत्ताकपडा तथा कस्मेटिकका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

चोरीको मो.सा.सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५

मिति २०७९।१०।१४ गते अं.१३:०० बजेको समयमा जिल्ला रौतहट परोहा न.पा. ५ दमार टोल बस्ने छोटेलाल साहको छोरा अं. बर्ष २५को संजय साहले  BR05AR0317 नं.को मो.सा चोरी गरी लिएर जादै गरेको छ भन्ने खवर प्राप्त हुन साथ तालुक जि.प्र.का. रौतहटबाट सुचना संकलनमा खटिएको सादा पोसाकको टोली र अ.प्र.पोष्ट लौकाहा, रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले उक्त नं.को मो.सा. सहित निजलाई ऐ.ऐ. ५ दमार टोलबाट नियन्त्रणमा लिई यस पोष्टमा ल्याई अनुसन्धान गर्ने क्रममा निजले ऐ.ऐ. स्थित आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा BR05AB5522 नं.को मो.सा. सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक जि.प्र.का.रौतहटमा पठाईएको ।

लागु औषध सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५

मिति २०७९।१०।१४ गते अ.१३:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ गोलचोक स्थितमा ऐ.ऐ.१२ बेतौना हरीपुर बस्ने बौवलाल सिंहको छोरा अं.बर्ष २७ को सुमित कुमार सिंहले अबैध लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ साथमा बोकी हिलडुल गरी रहेको छ भनि गोप्य सुचनाको आधारमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. राजु के.सी.को कमाण्डमा खटिएको गस्ती टोलीले निजलाई फेला पारी निजको शरीर कानुन बमोजिम खानतलासी गर्दा निजले लगाएको निलो रगंको कपडाको पाईन्टको दाहिने गोजीबाट सानो सानो सेतो प्लाष्टिकको पोका थान -२ र कालो प्लाष्टिकको पोका थान १ गरी जम्मा ३ पोका नेपालमा प्रतिवन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो तौल गर्दा प्लाष्टिक सहित १ ग्राम ४०० मिली ग्राम र प्लाष्टिक बाहेक १ ग्राम १०० मिली ग्रामर निजले लगाएको पाईन्टको बायाँ गोजीबाट ठुलो स्क्रिनटच मोवाईल थान १ र निजले लगाएको पाईन्टको पछाडीको गोजी बाट नेपाली नकक्ली नोट ६०,५६१४ नं.को रु.१,०००।– एक हजारको थान २ समेत फेला परेकोले निजलाई नियन्त्रणमा लिई ई.प्र.का. गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५

मिति २०७९।१०।१४ गते अ.१७:०० बजेको समयमा जि.बारा कलैया उ.म.न.पा. १० मटिअर्वा स्थित नहर चौकमा प्र.चौ.मटिअर्वा बाराबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी चेकिङ्ग टोलिले  भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको निम्न स्थान बस्ने निम्न मानिसहरुलाई  शंकाको आधारमा चेकजाँच गर्दा नाईट्राभेट ५ चक्की फेला परेकोहुँदा निजहरुलाई नियन्त्रणमा लिई यस चौकीमा ल्याई राखिएको । १.      जि.बारा कलैया उ.म.न.पा. ९ रामपुर बस्ने सकिलदेव मलीको छोरा अ.बर्ष १८ को संजित मली को साथबाट नाईट्राभेट ५ चक्की फेला परेको २.       ऐ ऐ वडा न. ७ बरेबा बस्ने किसुनदेब मलीको छोरा अ.बर्ष १८ को अनिल मली   पक्राउ परेका निम्न मानिस तथा ला.औ.हरु :- १.जिल्ला सिरहा नवराजपुर गा.पा. २ मझौरा बस्ने भोगेन्द्र प्रसाद यादवको छोरा अं. वर्ष  २३ को ओम प्रकाश यादवको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित २६.४३ ग्राम २.ऐ.ऐ. बस्ने बिश्वर यादवको छोरा अं. वर्ष २५ को देव कुमार यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित ५.६१ ग्राम ३.ऐ.ऐ. बस्ने रामकुमार यादवको छोरा वर्ष २२ को अमित कुमार यादव ४.ऐ.लहान न.पा. ५ बस्ने अजित मियाको छोरा अं. वर्ष २७ को चामु शेख ५.ऐ.लहान न.पा. १२ बस्ने लखन चौधरीको छोरा अं. वर्ष ५१ को मदन कुमार चौधरी ६.ऐ.ऐ. बस्ने  हरि नारायण चौधरीको छोरा अं. वर्ष २३ को नसिब चौधरी ७.ऐ. लहान न.पा. १ बस्ने कासिन्द्र पासवानको छोरा अं. वर्ष १६ को कृष्ण पासवान ८.जिल्ला सप्तरी अर्ना न.पा. ५ बस्ने मुनिललाल पासवानको छोरा अं. वर्ष २३ को रमेश पासवान ९.ऐ.ऐ. बस्ने धनिलाल पासवानको छोरा अं. वर्ष २० को सुरेश कुमार पासवान    साथै बरामद गरीएको सामानहरु रेडमी मोबाईल ४ थान,भिभो मोबाईल १ थान, कलर्स मोबाईल १ थान,ईनफोस मोबाईल १ थान,ल्यापटप १ थान,तौल गर्ने मेसिन १ थान, पर्स १ थान ,स ९ प ६६१६,स १० प ४४५१, स २ प ८८३ नं.को पल्सर मो.सा. ३ थान, प्र.१-०५-००१ प ७३०१ नं.को स्कुटि १थान नगद रु.४,८८५ /-

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५

मिति २०७९/१०/१४ गते का दिन जि.प्र.का.धनुषा तथा जि.ट्रा.प्र.कार्यालय,धनुषा को संयुक्त टोलीले अभियानको रुपमा यस का.तथा.मातहत समेतको वडा एरियामा मा.प.से.गरी सवारी चलाउने,तिन जना चढ्ने,हेल्मेट नलगाउने, ला.औ. दुर्व्यसन गरी मो.सा.चालउने लगायतका ट्राफिक नियम उल्लङ्घन गरेका निम्न अनुसारका मो.सा.तथा मानिसहरुलाई  नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई ट्राफिक नियम र ला.औ.सम्बन्धि जनचेतना मुलक प्रशिक्षण दिई ट्राफिक जरिवना कटाई ऐ.अं.२०:३० बजेको समयमा सम्झाई बुझाई गरी क्रमश छाडिएको । निम्नः- काम कार्वाहीको प्रगती विवरणः- १) प्रशिक्षण दिएको मानिस संख्या ७ जना । २) ट्राफिक कार्वाही सावरी संख्या १२ वटा मो.सा । ३) ट्राफिक जरिवना गरी पठाइएको ।

हातहतियार सहित मानिस पक्राउ सम्बन्धमा ।
२०७९-१०-१५

            मिति २०७९।१०।१२ गते अं. २०:०० बजेको समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझ बिश्वकर्मा चोक स्थित एक जना पुरुष व्यक्ति हतियार (पेस्तोल) लिई हिंडिरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर धनुषा र जि.प्र.का.धनुषाबाट संयुक्त प्रहरी टोली खटि गई शंकास्पद हिंडिरहेको अवस्थामा एक जना पुरुष व्यक्तिलाई फेला पारी रित पुर्वक निजको शरिरको खानतलासि गर्दा निजको शरिरको आगाडी बाँया पट्टिको कम्मरमा लुकाईछिपाई राखेको अवस्थामा पेस्तोल फेला पारी बरामद गरी थप अनुसन्धान तथा सोधपुछ गर्दा निजले उक्त हतियार ऐ.ऐ. बस्ने शंकर महतो भन्ने व्यक्तिसंग रु. ५०,०००।– नगद दिई बाँकी २०,०००।– पछि दिने गरी धनुषा स्थित जटही सिमानाकाबाट खरिद गरी ल्याएको भनि खुलाइदिएको हुँदा उक्त हतियार बिक्रि गर्ने शंकर महतोलाई समेत तत्कालै प्रहरी परिचालन गरी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको । पक्राउ प्रतिबादिहरुको नामथर १.      जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ६ बस्ने जोगिन्द्र महतोको छोरा अं. वर्ष २८ को रोशन महतो २.      ऐ.ऐ. बस्ने रामपृत महतोको छोरा अं. वर्ष ३६ को शंकर महतो   बरामद हातहतियारको विवरण १.       ग्रिपको बिच भागमा पहेलो रंङगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित भएको माउजर पेस्तोल थान-१, २.      ऐ.पेस्तोलमा लोड गरिएको म्याग्जिन थान-१ ३.      म्याग्जिनमा लोड भएको KF7.65 उल्लेख भएको गोली थान-२

सवारी दुर्घटना तथा गाँजा बरामद ।
२०७९-१०-१३

मितिः२०७९।१०।१२ गते अं. १८:०० बजेको समयमा जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. २ स्थित बर्दिबास सम्सी सडक खण्डमा  सम्सी तर्फ गईरहेको BR30Z 0794 नं. को मोटरसाईकलले सोही दिशा तर्फ गईरहेको मधेश प्रदेश -०२-००५ प ९४७२ नं. को Overtake गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ई.प्र.का. गौशाला महोत्तरीबाट प्रहरी टोली खटि गई उक्त दुर्घटना स्थलमा बाँया आँखा माथी र बाँया खुट्टामा चोट लागी घाईते अबस्थामा रहेका BR30Z 0794 नं. को मोटरसाईकल चालक जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ३ रघुनाथपुर बस्ने राजाराम राउतको छोरा बर्ष अं. २१ को नरेन्द्र कुमार पटेलले पछाडी भिरेको TOUGH लेखेको कालो रंगको ब्याग भित्र रातो रंगको प्लाष्टिकमा प्याक गरिएको अबस्थाको ५ केजि ५०० ग्राम तौलको लागु औषध गाँजाको पोका -१, त्यस्तै गरी उक्त BR30 Z 0794 नं. को मोटरसाईकलको बाया  तर्फको लेगगार्डमा झुण्याईएको जेब्रा झोला भित्र लुकाई छिपाई राखेको रातोरंगको प्लाष्टिकमा प्याक गरिएको १० केजि ८०० ग्राम तौलको प्रतिबन्धित गाँजाको पोका -२ गरी ३ वटा पोकामा जम्मा १६ केजि ३०० ग्राम लागु औषध गाँजा फेला परेको हुँदा उक्त लागु औषध (गाँजा)  बरामद गरी निज नरेन्द्र कुमार पटेललाई नियन्त्रणमा लिई निजको प्रहरी निगरानीमा स्थानीय अस्पतालमा उपचार भईरहेको, अबस्था मध्यम, बोल्न सक्ने,मधेश प्रदेश -०२-००५ प ९४७२ नं. को मोटरसाईकलमा सवार जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. ४ बस्ने अं. १८ को लब कुमार मण्डल र ऐ. वडा नं. २ बस्ने बर्ष १८ को आकाश कुमार महतोको अबस्था सामान्य, दुबै मो.सा. यस का. को नियन्त्रणमा रहेको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३

मिति २०७९।१०।१२ गते अं.१५:०० बजे जि.सिरहा बरियारपटी गा.पा.२ खोक्सी बस्ने कुटपिट मुद्धाका निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीलाई प्र.चौ.जानकारी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत बुझाएको । निम्न ;- १.      जि.सिरहा बरियारपटी गा.पा.२ खोक्सी बस्ने दुखि मनसुरीको छोरा अं.बर्ष ४५ को मो.जलिलको लगत नं.३६८६ जरिवाना रु २८५ ।- २.      ऐ.ऐ.बस्ने आविद मियाँको छोरा अं.बर्ष ५० को रोसना खातुनको लगत नं.३६२९ जरिवाना रु. १२५/- ऐ.ऐ.बस्ने ईसराइल मियाँको छोरा अं.बर्ष ५५ को आविद मियाँको लगत नं.३६२८,जरिवाना रु.१२५/–

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३

मिति २०७९।१०।१२ गते अं.१५:०० बजे जि.सिरहा बरियारपटी गा.पा.१ नर्गी बस्ने कुटपिट मुद्दाका निम्न फरार प्रतिवादीहरुलाई प्र.चौ. कचनारी सिरहाबाट खटिएको प्र.स.नि.को टोलीले निजकै घर वतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको । निम्न ;- १.      जि.सिरहा बरियारपटी गा.पा.१ बस्ने अं. बर्ष ४५ को रामलखन यादबको लगत नं.२८१६,जरिवाना ६३ रुपयाँ १३ पैसा । २.      ऐ.ऐ.बस्ने अं.बर्ष ५० को प्रदिप यादबको लगत नं.२२५३, जरिवाना २६२ रुपयाँ ५० पैसा । ३.       ऐ.ऐ.बस्ने अं.बर्ष ५५ को रामबिलास यादब लगत नं.२२५७,जरिवाना २६२ रुपयाँ ५० पैसा । ऐ.ऐ. बस्ने अं.बर्ष ५० को बखिलाल यादब लगत नं.२२५४ जरिवाना २६२ रुपयाँ ५० पैसा ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३

मिति २०७९।१०।१२ गते अं.१५:०० बजे ई.प्र.का.महेशपुरपतार सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्धाका फरार प्रतिवादीहरुलाई निजकै घर वतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको । निम्न ;- १.      जि.सिरहा सुखिपुर न.पा.२ बस्ने चुल्हाई मण्डलको छोरा अं.बर्ष ४० को धर्मदेव मण्डल लगत नं.३४१३ जरिवाना रु.६००।- जि.सिरहा सुखिपुर न.पा.बस्ने शिव कुमार रामको श्रीमती अं.बर्ष ४२ की सुनिता देवी राम (आत्म हत्या दुरुत्सान,मुद्दाको फरार प्रतिवादी,मुद्दा चलिरहेको) यस का.को नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३

मिति २०७९।१०।१२ गते अं. ११:२० बजेको समयमा ई.प्र.का. नरहा सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीहरुलाई निजहरुको गाउघरमा घुमफिर गरिरहेको अवस्थामा निजहरुलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराईएको । निम्नः- १.      लागत नं. ५७०२  जरिवाना रु. २०००/– तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा नरहा गा.पा. ५ बस्ने बौहलाल यादवको छोरा वर्ष ७३ को सिताई भन्ने सिता राम यादव मुद्दा ला.औ. लागत नं. ४३२२ जरिवाना  रु. ५४०/– तोकिएको फरार प्रतिवादी ऐ.ऐ. १ बस्ने हर्ष नारायण यादवको छोरा अं. वर्ष ५५ को लटु यादव मुद्दा कुटपिट ।

सामान नियन्त्रण ।
२०७९-१०-१३

मिति २०७८/१०/१२ गते १७:०० बजेको समयमा जि. सप्तरी हनुमाननगर कंकालिनि न.पा. १ चेकप्वाईन्ट स्थित मा ई.प्र.का. भारदह सप्तरीबाट खटीएको प्र.ना.नि. सहितको टोलीले बिभिन्न सवारी साधनहरु चेक जाच गर्ने क्रममा निम्नानुसारको सर सामानहरु भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामानहरु बरामद गरी ई.प्र.का. भारदह सप्तरीमा ल्याई आबश्यक कारवाहीको लागी राजबिराज भन्सार कार्यालय बेल्ही सप्तरी तर्फ पठाइको । निम्न:- सि.नं. सामानको नाम परिमाण/सङख्या प्रति मुल्य रू. मुल्य रू. १ रयाग्जिन बच्चाको जुत्ता १५ जोर २००/- ३,०००/- २ बच्चाको कपडाको जुत्ता ५ जोर ५००/- २,५००/- ३ फेसन ठुलो साईजको जुत्ता १० जोर ७००/- ७,०००/- ४ फेसन एडिबोस जुत्ता १० जोर ७००/- ७,०००/- ५ लेडिज कपडाको जुत्ता १० जोर १,०००/- १०,०००/- ६ वारियर जुत्ता ५ जोर ७००/- ३,५००/- ७ बच्चाको सेतो जुत्ता ५ जोर ७००/- ३,५००/- ८ किक जुत्ता ५ जोर ७००/- ३,५००/- ९ निक जुत्ता ५ जोर ७००/- ३,५००/- १० एडिबोस जुत्ता ५ जोर ७००/- ३,५००/- ११ निकी फेसन जुत्ता ५ जोर ७००/- ३,५००/- १२ फुलको सानो कचौरा १३९ पिस ३००/- ४१,७००/- १३ फुलको ठुलो कचौरा १० पिस ५००/- ५,०००/- १४ फुलको थाल ६० थान ३००/- ७,२००/- १५ फुलको करुवा ३ थान ५००/- ७,५००/- १६ तामाको लोटा ६ थान १,२००/- ६,०००/- १७ तामाको थाल ८ थान २,५००/- ९,६००/- १८ तामाको ठुलो बटुका १ थान १,०००/- २,५००/- १९ तामाको दियो १५ थान १००/- १,५००/-   एक लाख तिस हजार सात सय मात्र । १,३०,७००/-

सामान नियन्त्रण ।
२०७९-१०-१३

मिति २०७९।१०।१२ गते अं. २०:०० बजेको समयमा जि.प्र.का. सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको निम्न सर-समानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाएको  । निम्न १. ब्रहम्पुरी गा.पा. ४ स्थित बाट प्र.चौ. त्रिभुवननगर बाट प्र.ना.नि. चन्द्र बहादुर केरुङको कमाण्डमा खटिएको टोली ले उनी कुर्ता, सुरुवाल थान- ४५ मखमल कपडाको थान -३ सुती साडी थान-१५ गरि जम्मा अं.मु.रु. ४५,००० ।- बराबर । २. जि. सर्लाही मलंगवा न.पा.९ लचका स्थित जि.प्र.का.सर्लाही बाट खटिएको प्र.ह. श्याम कुमार यादव टोलीले भारत बाट भन्सार छलि १८ पिस झिलमिलि बति,लुगामा लगाउने पेशटिङ १ बैन्डल,कलरमा लगाउने पेशटिङ ४० पिस अं.मुल्य रु. ६,००० बराबरको सामान सहित जिल्ला सर्लाही मलंगवा न.पा.३ नेक महम्दको छोरा अं.वर्ष  १७ को आजम हुसेनलाई सामान सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको । ३. जिल्ला सर्लाही मलंगवा न.पा.-९ पिपलबोट स्थित प्र.चौ. गोरखकालीबाट खटिएको प्र.स.नि. हस्मोदिन अंसारीको कमाण्डमा खटिएको टोलीले कस्मेटिक समान (कपालमा लगाउने जस्मिन तेल ७२ पिस, फेस क्रिम १०० पिस, सिन्दुर १० के.जि. गरि) जम्मा अं.मु.रु.३५,०००।- बराबरको समान नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाएको

जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१३

मिति २०७९/१०/१२ गते का दिन जि.प्र.का.धनुषा तथा जि.ट्रा.प्र.कार्यालय, धनुषा को संयुक्त टोलीले अभियानको रुपमा जि.प्र.का.धनुषा तथा मातहत समेतको वडा एरियामा मा.प.से.गरी सवारी चलाउने, तिन जना चढ्ने, हेल्मेट नलगाउने, ला.औ. दुर्व्यसन गरी मो.सा.चालउने लगायतका ट्राफिक नियम उलङ्घन गरेका निम्न अनुसारका मो.सा.तथा मानिस नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई ट्राफिक नियम र ला.औ.सम्बन्धि जनचेतना मुलक प्रशिक्षण दिई ट्राफिक जरिवना कटाई सम्झाई बुझाई गरी क्रमश छाडिएको । निम्नः- काम कार्वाहीको प्रगती विवरणः- १) प्रशिक्षण दिएको मानिस संख्या १७५ जना । २) ट्राफिक कार्वाही सावरी संख्या १६७ वटा मो.सा । ३) ट्राफिक जरिवना रकम रु. (जरिवना काटी रहेको आउन बाकी)

<