प्रहरी कार्यालय
१. पर्सा, वीरगंज महानगरपालिका वडा नं. ८ स्थितबाट Generation-Z (Gen-Z) को आन्दोलनको क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाडौंबाट फरार रहेको कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंज महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३७ को दिपक कुमार महरालाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । निज आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय वीरगंजबाट खटिएको प्रहरी गस्ति टोलीले निजलाई नियन्त्रणमा लिई कारागार कार्यालय वीरगंज पठाइएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी स्थितबाट लागु औषध गाँजा (८ किलोग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. ३२ बस्ने अन्दाजी बर्ष ६८ को खेदु महतोलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । महतोले सञ्चालन गरेको किराना पसलमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी परवानिपुरबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले खेदु महतोलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको पसल र पसलसँगै जोडिएको कोठा खानतलासी गर्दा उक्त लागु औषध गाँजा बरामद गरी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ४ पूर्व-पश्चिम लोकमार्ग स्थितबाट लागु औषध ट्रामाडोल १३ पत्ता (१३० पिस) र मधेश प्रदेश-०३-०२५ प ९७२१ नम्बरको स्कुटर सहित लालबन्दी नगरपालिका वडा नं. १६ तामाङ् टोल बस्ने हेम बहादुर वाईवाको छोरा अन्दाजी बर्ष २७ को बुद्द सिंह वाईवा र हरिवन नगरपालिका वडा नं. ३ श्रीपुर बस्ने भिम बहादुर योञ्जनको छोरा अन्दाजी बर्ष २४ को शरिन योञ्जनलाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको ट्राफिक चेकिङ्ग टोलीले पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको उक्त स्कुटरलाई शंका लागि चेक जाँच गर्दा स्कुटरको ह्याण्डलमा रेनकोटको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागु औषध फेला पारी लागु औषध र स्कुटर सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. धनुषा, विदेह नगरपालिका वडा नं. १ रेल्वे पट्रि स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४२.४६० मिलिग्राम र प्लाष्टिक बाहेक ४१.१९० मिलिग्राम) लागु औषध सहित जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ९ बस्ने श्याम किशोर यादवको छोरा अन्दाजी बर्ष ३० को मुकेश कुमार यादवलाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निजलाई शंका लागि चेक जाँच गर्दा निजको पाईन्टको बायाँ गोजी भित्र सेतो प्लाष्टिकमा लुकाई छिपाई राखिएको खैरो हेरोईन सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. धनुषा, विदेह नगरपालिका वडा नं. १ मैनाथपुर बजार स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ३५ मिलिग्राम) सहित विदेह नगरपालिका वडा नं. ६ छोटकिटोल गिदा बस्ने अन्दाजी बर्ष २२ को जनक किशोर मण्डललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको निजलाई शंका लागि चेकजाँच गर्दा निजको हातमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. सर्लाही, धनकौल गाउँपालिका वडा नं. ०४ हरकठवा नाँयाटोल स्थितबाट लागु औषध गाँजा (प्लाष्टिक सहित ११ किलो ४२० ग्राम), BR 30 R 2997 नं.को मोटरसाइकल सहित धनकौल गाउपालिका वडा नं. ०४ बस्ने अन्दाजी बर्ष ३७ को सुरेन्द्र राय र जिल्ला मकवानपुर राक्सिराङ्ग गाउपालिका वडा नं. ०६ बस्ने अन्दाजी बर्ष ३१ को आकास प्रजालाई विहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरकठवा बाट खटिएको प्रहरी गस्ती टोलिले हरकठवा नयाँटोलबाट मैनाथपुर जादै गरेको उक्त सवारी साधनलाई शंका लागि चेकजाँच गर्दा निजहरुले बोकेको ग्यास सिलिन्डर भित्र लुकाई प्लाष्टिकमा बेरेर राखेको लागु औषध गाँजा फेला परेकोले निजहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १३ वैरी गाउँ स्थितबाट लागु औषध गाँजा (प्लाष्टिक सहित ३२ किलोग्राम), बागमती प्रदेश-०२-०४३ प ४३२७ नं. रातोकालो रंगको २२० cc पल्सर, बागमती प्रदेश-०२-०३४ प ९८४३ नं.को निलो रंगको २२० cc पल्सर र प्रदेश २-०२-००३ प ८२९० नं.को पहेलो-कालो रंगको २०० cc NS मोटरसाइकलहरु शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पत्थरकोट सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलिले माईस्थान बाट लालबन्दी जाँदै गरेको उक्त मोटरसाइकलहरुलाई रोक्न खोज्दा मोटरसइकल सोही स्थानमा छाडी मोटरसाइकलमा सवार मानिसहरु फरार भएकोमा उक्त मोटरसाइकलहरु चेकजाँच गर्दा तिनवटै मोटरसाइकलमा रहेको १ वटा कालो झोला र २ वटा प्लास्टिकको बोरा भित्र प्लास्टिकले बेरिएर लुकाई छिपाई राखेको ६ पोका लागु औषध गाँजा र तिनवटै मोटरसाइकल नियन्त्रणमा लिई, फरार व्यक्तिहरुको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. बारा, जितपुर सिमरा उप-महानगरपालिका वडा नं. ०१ पथलैया चोक स्थित चेक प्वाइन्टबाट बिल बिजक भन्दा बढी सामानहरु अन्दाजी मुल्य रु. ४७,०७,४४५।– (सर्चालिस लाख सात हजार चार सय पैतालिस रुपैयाँ) बराबरको समान सहित प्रदेश-०३-००१ ख ४१८४ नम्बरको मालवाहक ट्रक बिहिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
१. सिरहा, मिर्चैया नगरपालिका वडा नं. ०७ जिवा टोलबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल २ ग्राम ६४० मिलिग्राम) सहित मिर्चैया नगरपालिका वडा नं. ०७ जिवा टोल बस्ने भरत साहको छोरा अन्दाजी बर्ष २६ को सन्तोष साह र सोही स्थानमा बस्ने कारी मण्डलको छोरा अन्दाजी बर्ष २५ को दिपेन्द्र कुमार मण्डललाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिवा टोलमा लागु औषध ब्राउन सुगर बिक्रि बितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरी कानुन बमोजिम निज दिपेन्द्र मण्डलको घर खानतलासी गर्दा निजको घरको पहिलो तल्लामा रहेको भान्सा घरको फ्रिजमा लुकाई छिपाई राखिएको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. पर्सा, विरगंज महानगरपालिका वडा नं.१६ इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत -१ अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिकैबाट चामलको निलो बोरा भित्र लुकाई छिपाई राखेको कटुवा पेस्तोल थान-१ सहित विरगंज महानगरपालिका वडा नं. ५ कुमाल टोल घर भएको अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. ०७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवारलाई बुधवार दिउँसो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भारतीय समकक्षी SSB 47 BATTALION “A” COMPANY HEADQUARTERS PANTOKA बाट खटिएको संयुक्त गस्ती टोलीले गस्ति गर्ने क्रममा उक्त स्थान नजिकैको झाडीमा निजहरुलाई लठ्ठ अवस्थामा लुकी छिपी बसेको फेला पारी सोही स्थानमा नै चामलको निलो बोरा भित्र लिकाई छिपाई राखेको कटुवा पेस्तोल फेला पारी निजहरुलई पेस्तोल सहित नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. सर्लाही, बसवरिया गाउँपालिका वडा नं. ६ पोखरिया नहर स्थितबाट लागु औषध गाँजा प्लाष्टिक सहित २२.१५० किलो ग्राम मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबट खटिएको प्रहरी टोलीले पोखरीया बाट सुकचैना तर्फ जादै गरेको बागमति प्रदेश-०२-०२२ प ७५६७ नं.को रातो कालो २२० cc पल्सर मोटरसाईकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाईकललाई लखेट्दै जादाँ मोटरसाईकल चालक मोटरसाईकल र निजको साथमा रहेको प्लाष्टिकको सेतो रङको बोरा छाडी फरार भएको र उक्त सेतो बोरा चेकजाँच गर्दा लागु औषध फेला पारी लागु औषध गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सर्लाही, बसवरिया गाउँपालिका वडा नं. ६ उत्तर प्रडरिया स्थितबाट लागु औषध गाँजा प्लाष्टिक सहित ११ किलो ग्राम मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट र ईलाका प्रहरी कार्यालय मुर्तियाबाट संयुक्त खटिएको प्रहरी टोलीले उत्तर प्रडरिया स्थितमा प्रदेश२-०३-०१२ प ४४८६ नं.को रातो कालो २२० cc पल्सर मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको, सोही मोटलसाईकल देखी अन्दाजी ५० मिटर उत्तरमा रहेको उखुबारीबाट सेतो प्लाष्टिकमा बेरेर राखेको लागु औषध फेला पारी लागु औषध गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. सिरहा, गोलबजार नगरपालिका वडा नं. ०८ पुरानो चोहर्वा स्थित रहेको जनता नमुना माध्यमिक विद्यालय नजिकबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल गर्दा २ ग्राम ६४० मिली ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा २ ग्राम १३० मिलिग्राम) सहित गोलबजार नगरपालिका वडा नं. १० बस्ने अनुरुद सिंहको छोरा अन्दाजी वर्ष २० को रुपेश सिंहलाई मंगलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जनता नमुना माध्यमिक विद्यालय स्थित लागु औषध बिक्री बितरण भईरहेको भने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रुपेश सिंहलाई नियन्त्रणमा लिई कानून बमोजिम निजको शरीरको खान तलासी गर्दा निजको दाहिने हातमा १ वटा सानो कालो प्लाष्टिकको पोकामा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. महोत्तरी मनराशिश्वा नगरपालिका वडा नं. ०८ सहसराम स्थित चेक प्वाइन्टबाट भन्सार छली गरी ल्याउदै गरेको डि.जे. साउण्ड सेटका सामानहरु अन्दाजी मुल्य रु.३,४०,०००।–(तिन लाख चालिस हजार) बराबरको सामान सहित ज.१ त ९५१९ नं.को ट्याक्टर (अन्दाजी मुल्य ९,००,०००।– नौ लाख) मंगलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त ट्रयाक्टरलाई चेकजाँच गर्ने क्रममा भन्सार छलीका समानहरु भएकोले समान सहित ट्रयाक्टर र ट्रयाक्टर चालक देश भारत जिल्ला सितामढी थाना परिहार सुन्दरपुर टोल बस्ने बर्ष २४ को गुलाम नदाफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ८ क्वाटर चोकबाट EXIPLON-सिरफ र ONEREX-सिरफ नामक लागू औषध, ज.९ प ४४२१ र ज.१२ प ८२३ नम्बरको मोटरसाइकल सहित जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ९ बडहरी बस्ने बर्ष २५ को राजेश महतो र सोही स्थानमा बस्ने अर्जुन महतोको छोरा बर्ष २० को रोहित कुमार महतोलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास-जलेश्वर सडक खण्डमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले औरहीबाट बर्दिबास तर्फ जाँदै गरेको उक्त सवारी साधनहरुलाई शंका लागि चेक जाँच गर्दा EXIPLON- सिरफ१० बोतल, ONEREX-सिरफ १६ बोतल लागू औषध र स्रोत नखुलेको नगद रू. ७८,६००/- (अठहत्तर हजार छ सय रुपैयाँ) फेला परेकोले निजहरुलाई लागु औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंज स्थित चेक प्वाइन्टबाट अबैध भन्सार छली (बिल बिजक भन्दा फरक र बिभिन्न सामानहरुको भन्सार नभएको) कपडा, मोबिल, प्लास्टिकको ब्याग तथा औषधी जन्य सामानहरु गरी अन्दाजी मुल्य रु. ७०,२९,१५१/- (सत्तरी लाख उनन्तीस हजार एक सय एकाउन रुपैयाँ) बराबरको सामान सहित ना ५ ख ९२१६ नम्बरको ट्रकलाई आइतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट कैलाली तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक र विभिन्न सामानहरुको भन्सार नभएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ । २. पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थितबाट विल विजक भन्दा बढीको खुद्रा तथा हार्डवेयरका सामानहरु अन्दाजी मुल्य रु. ९९,०३,५२१/- (उनान्सय लाख तीन हजार पाँच सय एक्काइस रुपैयाँ) बराबरको सामान सहित ना.३ ख ५१७३ र ना.६ ख ००३५ नम्बरको माल वाहक ट्रकहरूलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले बिरगञ्जबाट मोरङ र धनुषा तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढीको सामानहरु लोड रहेको देखिएकोले आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको छ ।
सप्तरी, सुरुङगा नगरपालिका वडा नं. २ कार्यालय अगाडी सागरमाथा राजमार्ग स्थित गाईघाट कदमाहा सडक खण्डबाट स्रोत नखुलेको नगद रकम नेपाली कागजी नोट रू. १,०००/- को १,३९९ थान र रू. ५००/- को १,८०२ थान गरी जम्मा रू.२३,०००००।- (तेइस लाख रुपैयाँ) र साइकलमा हावा भर्ने पम्प थान १००, इलेक्ट्रिक रिक्साको मोटर थान ३, इलेक्ट्रिक साइकलको ब्याट्रि थान ३१, इलेक्ट्रिक स्कुटरको ब्याट्रि थान ३, इलेक्ट्रिक ब्याट्रि चार्जर थान ७ र ब्याट्रि टेस्टर थान १ गरी जम्मा सामानको अन्दाजी मुल्य रु. ६०,०००/- सहित जिल्ला झापा दमक नगरपालिका ५ बस्ने गोबिन्द प्रसाद सिटौलाको छोरा बर्ष २८ को किरण सिटौला र सोही स्थान बस्ने दिपक प्रसाइको छोरा बर्ष १९ को धिरज प्रसाइलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले चेक जाँच गर्ने क्रममा कदमाहाबाट गाईघाट तर्फ जाँदै गरेको बा. प्रदेश ०१-०२८ च ५००८ नम्बरको Hilux Toyota पिकअप गाडिलाई चेक जाँच गर्दा उक्त गाडीबाट स्रोत नखुलेको नगद रु. २३,००,०००/- र रु. ६०,०००/- बराबरको सामान फेला परेकोले नगद र सामान सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. सिरहा, लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.७० ग्राम र डिजिटल तराजु थान-१, खुर्पा थान-१ सहित लहान नगरपालिका-११ पडरिया स्थितमा घर बनाई बस्दै आएको झबरु चौधरीको छोरा बर्ष २३ को सुजित चौधरीलाई आइबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । ब्राउन सुगर सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सुजित चौधरीको घर कोठामा खानतलासी गर्दा सानो प्लाष्टिकको डब्बामा कालो रंगको प्लाष्टिकमा २ वटा पोका बेरेर राखेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सिरहा, कर्जन्हा नगरपालिका-४ भुलके चौक स्थितबाट लागु औषध NITRAZEPAM ट्याब्लेट ४ पत्तामा १८ पिस सहित जिल्ला मकवानपुर गढि नगरपालिका-४ बस्ने राम प्रसाद तिमल्सिनाको छोरा बर्ष २७ को रविन कुमार तिमल्सिनालाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यलाय बन्दीपुर सिरहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले करजन्हाबाट बन्दिपुर तर्फ आउँदै गरेको पैदल यात्री रविन कुमार तिमल्सिनालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेको कालो झोला भित्र लागु औषध NITRAZEPAM ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३. सिरहा, लहान नगरपालिका वडा नं. १ पडरिया टोल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने सेतो पाउडर ६.५० ग्राम सहित सोही स्थान बस्ने उमेश चौधरीको छोरा अन्दाजी वर्ष २६ को योगेश्वर चौधरीलाई आइबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले योगेश्वर चौधरीको शरीर तथा घर कोठा समेतमा खानतलासी गर्दा सो घर कोठाबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने सेतो पाउडर फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४. सिरहा, लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ०.२० (जिरो प्वान्ट बीस) मिलि ग्राम सहित सोही स्थान बस्ने हरि लाल चौधरीको छोरा अन्दाजी वर्ष ४३ को मनोज चौधरीलाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । ब्राउन सुगर सेवन तथा बिक्री बितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले मनोज चौधरीलाइ निजको घर अगाडी आँगनमा फेला पारी निजको शरीर तथा कोठा समेतमा खानतलासी गर्दा सो घरको माथिल्लो तलामा जाने सिंढी नजिक ढकिया भित्र घाँसले छोपी राखेको अवस्थामा उक्त परिमाण बराबरको खैरो हिरोइन जस्तो देखिने लागु औषध फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोक स्थितबाट बिल बिजक भन्दा बढीको खुद्रा तथा लत्ता कपडाहरू अन्दाजी मुल्य रु. ५४,३४,००८/- (चौबन लाख चौंतिस हजार आठ रुपैयाँ) बराबरको सामान सहित बा.प्र.०३-००१ ख ०३३२ र ना.६ ख ७९७६ नम्बरको ट्रकहरूलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले बिरगंजबाट मकवानपुर तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामान देखिएकोले दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
पर्सा, जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा चौक स्थितबाट लागु औषध Nitzascen-10 लेखिएको १० (दश) पत्ता (१० का दरले १०० पिस) सहित ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुर छिरिङ्ग लाईन बस्ने श्रीकुमार बस्नेतको छोरा अन्दाजी बर्ष २३ को विज्ञान बस्नेतलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री विज्ञान बस्नेतलाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको खल्तीमा उक्त परिमाण बराबरको लागु औषध फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, कमला नगरपालिका-९ स्थितबाट कटुवा पेस्तोल (होम मेड) सहित सोही स्थानको सुन्दरपुर बस्ने अन्दाजी बर्ष ४५ शिवपुजन मण्डललाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । कमला नगरपालिका-९ बस्ने नवल मण्डलको छोरा अन्दाजी बर्ष २७ को सुरेश मण्डलले कमला नगरपालिका-९ झोलुङ्गे पुलमा रहेको छठघाटमा (होम मेड) कटुवा पेस्तोल देखाई स्थानियहरुसंग बादबिवाद गर्दा स्थानीयहरुले उक्त कटुवा पेस्तल खोसी शिवपुजन मण्डललाई दिएको भनी इलाका प्रहरी कार्यालय खजुरीमा खबर प्राप्त हुना साथ तत्काल खटिएको प्रहरी टोलीले शिवपुजन मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त कटुवा पेस्तोल निजकै आफन्त सोही स्थान बस्ने रोहित मण्डलको घरमा कोही कसैलाई जानकारी नगराई निजको घरको छतमाथी टाएलको छानो भएको कोठाको खाट मुनी लुकाई छिपाई राखेको भनी जानकारी गराएको हुँदा उक्त स्थानमा टोली खटिगई हेर्दा उक्त खाटमुनी खाली कटुवा पेस्तोल फेला परेकोमा निज शिवपुजन मण्डललाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई फरार रहेका सुरेश मण्डलको खोजी कार्य भईरहेको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, बिदेह नगरपालिका १ कार्यालय अगाडीबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पर्दाथ १.३७० मिलि ग्राम (प्लास्टिक सहित) सहित सबैला नगरपालिका १३ किर्तिपुर टोल बस्ने लटु यादवको छोरा बर्ष २० को आकाश यादवलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको निजलाई शंका लागी चेक जाँच गर्दा निजले लगाएको सेतो जिन्स पाइन्टको बायाँ पकेटमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही, सर्लाही मलंगवा नगरपालिका ३ नगरपालिका चोक स्थितबाट लागु औषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ३५० मिलिग्राम सहित सोही स्थान बस्ने वर्ष ३५ को मो. अजमल मिकरानी र वर्ष ६० को मो. एजाजुल हक मिकरानीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले BR 30 AL 4742 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा मोटरसाइकलको सिटमुनि पहेंलो ब्याग भित्र कागजको खोलमा प्लाष्टिकको टेपले र्यापिङ गरी राखेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
महोत्तरी, सम्सी गाउँपालिका ७ खत्वे टोल स्थित फुसको घरमा अवैध रुपमा अन्दाजी मुल्य रु. १२,५७,०००/- (बाह्र लाख सन्ताउन हजार रुपैयाँ) बराबरको छोकडा र चकलेट लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी सम्सी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरमा अवैध रुपमा लुकाई छिपाई राखिएको उक्त सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
पर्सा, बिरगंज महानगरपालिका २१ हनुमान चौक स्थितबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. १,६१,००,०००/- (एक करोड एकसट्ठी लाख रुपैयाँ) बराबरको तोरी लोड रहेको मधेश प्रदेश ०३-००१ ख. ७७८७ र प्र.२-०३-००१ ख ५१८७ नम्बरको ट्रकलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंज सिर्सियाबाट रुपेन्देही तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा बिल बिजकभन्दा बढी सामान रहेको देखिएकोले दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।
१. महोत्तरी, लोहरपट्टी नगरपालिका-८ भगवानपुर चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी ७५० ग्राम (प्लास्टिक सहित) सहित बलवा नगरपालिका-९ बस्ने रामलखन सदाको छोरा बर्ष २४ को रामजी सदा र जिल्ला धनुषा सबैला नगरपालिका-१० बस्ने सतार धुनियाको छोरा बर्ष २५ को गुलाम धुनियालाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भमरपुराबाट खटिएको प्रहरी टोलीले पैदल यात्री रामजी सदालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेको कालो झोला भित्र राखिएको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले निजलाई सोधपुछ गर्दा उक्त गाँजा गुलाम धुनियाको रहेको भनेकोमा लागु औषध सहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सिरहा, कर्जन्हा नगरपालिका ३ स्थितबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ११० मिलि ग्राम (प्लास्टिक सहित) सहित जिल्ला बर्दिया बारबर्दिया नगरपालिका ५ बस्ने गरिबे थारुको छोरा वर्ष ३४ को राम कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिराटनगरबाट बिरगंज तर्फ जाँदै गरेको यात्रुवाहक बसलाइ चेक जाँच गर्ने क्रममा बसमा सवार निजलाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
महोत्तरी, बर्दिवास नगरपालिका-४ पञ्चधुरा मन्दिर स्थितबाट लागु औषध गाँजा १० किलो ४८२ ग्राम (प्लाष्टिक सहित) र प्रदेश-२-०२-००४प.६६५६ र बा.प्र.०२-०२३ प.३६०५ नम्बरको २ वटा मोटरसाईकल सहित जिल्ला सर्लाही हरिवन नगरपालिका-४ बस्ने सन्तविर घिसिङको छोरा वर्ष २३ को डेनिस घिसिङ, गोविन्द बहादुर बुलनको छोरा वर्ष २९ को राज बुलन, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-२ बस्ने राम नारायण यादवको छोरा वर्ष २६ को धिरण यादव र सोही स्थान बस्ने रामबाबु यादव को छोरा वर्ष २४ को उमेश यादवलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी प्रहरी कार्यालय बर्दिबास र लागु औषध नियन्त्रण ब्युरो शाखा बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले भित्री सडक खण्डमा शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा सोही स्थानको झाडीमा लुकाई छिपाई राखिएको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक स्थितबाट बिल बिजक भन्दा बढीका खुद्रा तथा औषधिहरू अन्दाजी मुल्य रु. ४४,१०,९१७/- (चौवालिस लाख दश हजार नौ सय सत्र रुपैयाँ) बराबरको सामान सहित ना.३ ख ९१७५ नम्बरको मालवाहक ट्रकलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डक र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले राजश्व छली चोरी निकासी गरी विल विजक भन्दा बढीका खुद्रा तथा औषधिहरू लोड गरी विरगंजबाट मोरङतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
महोत्तरी, मनरासिस्वा नगरपालिका-२ स्थित भोल्ही-सरपल्लो सडक खण्ड स्थितबाट लागु औषध गाँजा २० किलो ग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-१ बस्ने सियाराम यादबको छोरा बर्ष ३१ को रामभरोश यादवलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा सरपल्लोबाट भोल्ही तर्फ आउँदै गरेको one test १५० सि.सि.को पल्सर मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. सिरहा, सिरहा नगरपालिका २० लकडिगदियानी स्थितबाट श्रोत नखुलेको नेपाली रकम रु. ८,२५,०००/- ( आठ लाख पच्चिस हजार रुपैयाँ), कपाली तमसुक २ थान, विभिन्न बैंकको चेकबुक ५ थान, आरूष रेमिटेन्सको स्टाम्प १ थान, विभिन्न बैंकको ATM कार्ड ५ थान सहित कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने आशिष मण्डलको छोरा वर्ष ३० को राशिन्द्र मण्डललाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्र.०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई श्रोत नखुलेको रकम, कपाली तमसुक, चेकबुक र ATM सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा गौरीशंकर मन्दिर नजिक रहेको आँपको बँगैचा स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु १ ग्राम १९० मिलिग्राम सहित पर्सा धोबिनि गाउँपालिका-२ भिखमपुर टोल बस्ने नन्दलाल साह तेलीको छोरा अन्दाजी वर्ष २० को भुलन कुमार साह र पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा बस्ने बृजकिसोर साहको छोरा अन्दाजी वर्ष २४ को पिताम्बर साहलाई आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुगौली पर्साबाट खटिएको प्रहरी टोलीले निचुटाबाट महादेवपुर तर्फ जाँदै गरेको म.प्र.०३-०३५ प ३०३७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुको साथबाट उक्त परिमाण बराबरको लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ ग्राम ९९० मिलिग्राम सहित जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने जोगिन्द्र सहनीको छोरा अन्दाजी बर्ष २९ को नन्दु सहनीलाई आईतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शंकास्पद पैदलयात्री नन्दु सहनीलाई चेक जाँच गर्दा निजले लगाएको कालो ज्याकेटको दाहिने खल्तीमा लुकाई छिपाई ल्याएको उक्त परिमाण बराबरको ब्राउन सुगर जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, बरियारपट्टी गाँउपालिका-३ हबल्दार चौक स्थितबाट लागु औषध NITRAVET-10 २ पत्तामा २७ पिस ट्याब्लेट सहित लहान नगरपालिका २२ बेली टोल बस्ने शत्रुधन मुखियाको छोरा बर्ष १८ को राकेश मुखिया र राम अवतार मुखियाको छोरा बर्ष १७ को जैकान्त मुखियालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निजहरुलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट बिलबिजक भन्दा बढी सामानहरु अन्दाजी मूल्य रु. ५१,६५,९४४/- (एकाउन्न लाख पैंसट्ठी हजार नौ सय चौवालिस रुपैयाँ) बराबरको सामान सहित ना ५ ख ३७२२ नम्बरको ट्रकलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेको देखिएकोले ट्रक सहित चालक जिल्ला पर्सा सखुवाप्रसौनी गाउँपालिका ३ बस्ने बर्ष ५० को अनवर हुसेन अंसारी र सह-चालक सोही स्थान बस्ने बर्ष २० को सन्तु पटेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
1. सर्लाही, बागमती नगरपालिका ६ स्थित राधा कृष्ण मन्दिर स्थित बाँसघारीबाट Traman-50 लेखिएको क्यापसुल २१४ पिस, Spasmom लेखिएको क्यापसुल २०० पिस, लागु औषध गाँजा अन्दाजी २५ ग्राम सहित सोही स्थान बस्ने मिलन घिसिङको छोरा वर्ष २८ को जिवन घिसिङलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी राजघाटबाट खटिएको गस्ति टोलिले बा प्र ०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा शंकास्पद अबस्थामा बसिरहेको निजलाई चेकजाँच गर्दा निजले बोकी राखेको कालो रंङको प्लाष्टिकको झोला भित्रबाट उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 2. सर्लाही, लालबन्दी नगरपालिका १ नवलपुर टोल स्थित भित्री सडक खण्डबाट लागु औषध जस्तो देखिने ONEREX -100 ML को ११७ (एक सय सत्र) पिस बोतल सहित ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवण नगर बस्ने रोशन राय यादवको छोरा बर्ष १८ को प्रिन्स कुमार यादव, देश भारत बिहार राज्य सितामढी जिल्ला थान सोनबर्सा टोल बसतपुर बस्ने बिपिन रायको छोरा बर्ष २० को कृष्ण कुमार यादव र सोही स्थान बस्ने शम्भु साहको छोरा बर्ष १७ को किसन कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 06 CV 9985 नं. भारतीय मोटरसाइकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चोक स्थितबाट राजश्व छली चोरी निकासी गरी बिल बिजक भन्दा बढीका खुद्रा तथा हार्डवेयर लगायतको सामानहरु अन्दाजी मुल्य रु. २,६४,५९,१७२/- (दुई करोड चौंसट्ठी लाख उनन्साट्ठी हजार एक सय बहत्तर रुपैयाँ) बराबरको सामानहरु सहित प्र.२-०३-००१ख ६२७२, ना ३ ख ४६ ५५, लु.१ ख ४५५० र ना. ६ ख ०७२६ नम्बरको मालवाहक ट्रकलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डक र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ्ग टोलीले बिरगंजबाट पथलैया तर्फ आँउदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्दा राजश्व छली चोरी निकासी गरी बिल बिजक भन्दा बढीका खुद्रा तथा हार्डवेयर लगायतको सामानहरु लोड गरी लाँदै गरेको उक्त चार वटा ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाएको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा चेकप्वाईन्ट स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरौ पदार्थ ३७.९ ग्राम सहित जिल्ला सप्तरी राजबिराज नगरपालिका १ बस्ने अवधेश कुमार सिंहको छोरा अन्दाजी बर्ष ३१ को रोहन कुमार सिंह र निराजन यादवलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बन्दिपुरबाट बिरेन्द्रबजार तर्फ जाँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकल पछाडी सवार निराजन यादवको साथबाट उक्त परिमाण बराबरको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला पारेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही, हरिवन नगरपालिका-३ डाबरी टोल स्थितबाट लागु औषध मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने कैलाश रामको छोरा अन्दाजी बर्ष २२ को अनिल रामलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
१. सिरहा, सिरहा नगरपालिका-१७ पटेर्वा टोल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८८० मिली ग्राम सहित सोही स्थान बस्ने राम उदागर मुखिया को छोरा अन्दाजी बर्ष १८ को अर्जुन मुखिया र जमाल उदिन राइनको छोरा अन्दाजी बर्ष १७ को तारिक राइनलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा स ४ प ७१९१ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध जस्तो देखिने पदार्थ फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. रौतहट, चन्द्रनिगाहापुऱ नगरपालिका ६ देउराली चोक स्थितबाट लागु औषध (ट्रामाडोल) ३०० पत्तामा ३,००० पिस (तीज हजार पिस) सहित चन्द्रनिगाहापुर नगरपालिका ७ बस्ने अन्दाजी बर्ष ५३ को दिपेन्द्र कुमार साहलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना ३३ प ९५३३ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा निजको साथबाट उक्त परिमाण बराबरको लागु औषध (ट्रामाडोल) फेला पारेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, कन्चनपुर नगरपालिका - १० धनकट्टा स्थितबाट लागु औषध गाँजा ८.३७५ किलो ग्राम सहित जिल्ला उदयपुर बेलका नगरपालिका-६ बस्ने हर्क बहादुर माझीको छोरा बर्ष ४९ को बम बहादुर माझीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सोही स्थानमा रहेको इन्द्र कला राईको घर जग्गा बिगत दुई बर्ष देखि रेख देख गर्दै आएको हर्क बहादुर माझीले दाउरा राख्ने टहरामा लुकाई छिपाई राखेको उक्त परिमाण बराबरको लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंज स्थितबाट लागु औषध गाँजा २३६ किलो ७५० ग्राम र बा २ ख ९५६९ नम्बरको मिनी ट्रक र चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने सानुलाल रुम्बाको छोरा अन्दाजी बर्ष ३८ को रमेश रुम्बालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट बिरगंज तर्फ आउँदै गरेको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा उक्त मिनी ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकी लुकाई छिपाई राखेको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडा स्थितबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने अर्धठोस पदार्थ ९७ ग्राम १६० मिलिग्राम सहित जिल्ला सिराहा मिर्चैया नगरपालिका-६ बस्ने बृजमोहन महतोको छोरा अन्दाजी बर्ष २४ को रोहित महतोलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । वि.पि. राजमार्गमा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीमा सवार यात्रुलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट उक्त परिमाण बराबरको लागु औषध खैरो हिरोईन जस्तो देखिने अर्धठोस पदार्थ फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रौतहट, ईशनाथ नगरपालिका-८ मनसरी स्थितबाट लागु औषध गाँजा ३३४ किलो ग्राम र प्रदेश नं. ३-०१-०२२ च १८६१ नम्बरको पिकअप गाडी शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरी टोली गस्ति गर्दै जाने क्रममा तरकारी लोड भएको पिकअप गाडीको चालक (हाल नाम, थर नखुलेको) प्रहरी टोलीलाई देख्ना साथ पिकअप गाडी छाडी फरार भएकोमा उक्त तरकारी लोड भएको पिकअप गाडीलाई चेकजाँच गर्दा तरकारीको बोरा तल लुकाई छिपाई ल्याएको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित पिकअप गाडी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, बीरगंज महानगरपालिका २७ जसौली गाँउ स्थितबाट लागु औषध गाँजा ६ किलोग्राम सहित पर्सागढी नगरपालिका-७ बस्ने दरोगा राउतको छोरा अन्दाजी बर्ष ५० को देवेन्द्र राउत र बहुदरमाई नगरपालिका-२ सिरसियारी बैरिया टोल बस्ने मोती राउत अहिरको छोरा अन्दाजी बर्ष ४० को अशोक यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट उदयपुरघुर्मी पर्सा र प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको संयुक्त टोलीले बडनिहारबाट भारत तर्फ जाँदै गरेको BR 05 N 0493 नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागुऔषध गाँजा फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. बारा, बिश्रामपुर गाउँपालिका १ खेखरिया स्थितबाट १ के. जी. लागु औषध गाँजा (प्लाष्टिक सहित) सहित सोही स्थान बस्ने जयनारायण पंडितको छोरा बर्ष ४६ को बिनोद पंडित कुमहार भन्ने (मुसा पंडित कुमहार)लाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको साईकल यात्रीलाई शंका लागी चेक जाँच गर्ने क्रममा साईकलको हेण्डीलमा झुण्डियाई राखिएको झोलामा चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. धनुषा, बिदेह नगरपालिका १ ठाडि स्थितबाट अवैध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६८० मिली ग्राम सहित प्र-२-०२-००४ प ९२१४ नम्बरको मोटरसाईकल चालक जिल्ला धनुषा कमला नगरपालिका-९ हथलेटवा टोल बस्ने गुरुशरण मंण्डलको छोरा अन्दाजी बर्ष २१ को अमित कुमार मण्डल र सोही मोटरसाईकलमा पछाडि सवार सोही नगरपालिकाको वडा नं. ९ दुर्बकोट टोल बस्ने बिदेश राम मण्डलको छोरा अन्दाजी बर्ष २२ को राहुल कुमार मण्डललाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिंझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकललाई शंका लागी चेक जाँच गर्ने क्रममा अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।