प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०८३
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    २.      धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२५

१. सिरहा, बरियारपट्टी गाउँपालिका-३ हवलदार चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरहि गाउँपालिका-०१ दरहिया टोल बस्ने चलितर ठाकुरको छोरा अन्दाजी बर्ष २६ को कासिन्द्र ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय बरियारपट्टी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २. सप्तरी, सप्तकोशी नगरपालिका-०१ हेडबाँन्ध स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २२० ग्राम सहित १ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-०१ बस्ने खड्क बहादुर कार्कीको छोरा अन्दाजि बर्ष  ४३ को भुपराज कार्की रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२५

१. सिरहा, बरियारपट्टी गाउँपालिका-३ हवलदार चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका-०१ दरहिया टोल बस्ने चलितर ठाकुरको छोरा अन्दाजी बर्ष २६ को कासिन्द्र ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय बरियारपट्टी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २. सप्तरी, सप्तकोशी नगरपालिका-०१ हेडबाँन्ध स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २२० ग्राम सहित १ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-०१ बस्ने खड्क बहादुर कार्कीको छोरा अन्दाजि बर्ष  ४३ को भुपराज कार्की रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२२

१.      बारा, बिश्रामपुर गाउँपालिका-२ बरैनिया बजार स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३९० मिलिग्राम, BR05BT3756 नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी जिल्ला हरपुर पञ्यायत नम्बर०६ बस्ने ब्रमदेव साहको छोरा अन्दाजि बर्ष २१ को राकेश कुमार साह र जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका-०६ सन्ठी गाउँ बस्ने राम मगिज्ञाको छोरा अन्दाजि बर्ष २० को अजित मगिज्ञा रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगंज, पर्सा र इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध एवम् मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २.      सिरहा, गोलबजार नगरपालिका-६ गोलबजार गोलबजार टोल स्थितबाट अवैध लागूऔषध गाँजा ९ किलो ८९५ ग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला उत्तरकाशी बस्ने निरज थापाको श्रीमती अन्दाजि वर्ष ३५ की कमला देवी रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ३.      सिरहा, गोलबजार नगरपालिका-६ गोलबजार गोलबजार टोल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित १ जनालाई बिहिबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढीमाइ नगरपालिका-८ कसहा वस्ने राम कुमार यादवको छोरा अन्दाजि वर्ष २३ को धिरज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२०

 १.      सर्लाही, बागमती नगरपालिका-८ गान्धि चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम, Android मोबाइल थान ३, नेपाली रुपैयाँ रु.२३,७७०/-‍ र भारतीय रुपैया रु.९००/- सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका-८ बस्ने तारा बहादुर लामा को छोरा अन्दाजि बर्ष ३० को अरुण लामा र धनुषा धनुषाधाम नगरपालिका-७ बस्ने कमल लामाको छोरा बर्ष ३० को सनम लामा रहेका छन् । इलाका प्रहरी कार्यालय बरहथवा र अस्थाई प्रहरी पोष्ट सोल्टी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध एवम् रकम सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २.      सिरहा, सिरहा नगरपालिका-१४ माडर सडक खण्ड स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३४० मिलिग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला सिन्धुली फिकल गाउँपालिका-०६ बस्ने शिव बहादुर कार्कीको छोरा अन्दाजी वर्ष २८ को खेम बहादुर कार्की रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

स्याउ र गाडी सहित मानिस नियन्त्रणमा
२०८३-०२-१८

१.      धनुषा, जनकनन्दनी गाउँपालिका-६ कठालबाट अबैध भन्सार छली अन्दाजि मुल्य रु.३,००,०००।- (तिन लाख ) बराबरको स्याउ, चालक जिल्ला सिरहा मिर्चैया नगरपालिका-६ बस्ने अन्दाजि वर्ष ४५ को लाल बाबु साह सहित प्रदेश २-०३-००१ च ०७७८ नम्बरको पिकअप आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरी गस्ती टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेकजाँच गरी स्याउ सहित उक्त पिकअपलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी श्री भन्सार कार्यालय जनकपुरधाम धनुषा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१८

१.      बारा, जितपुरसिमरा उप- महानगरपालिका-१४ खयरघारी स्थितबाट अवैध लागूऔषध गाँजा ४ किलो ४०० ग्राम सहित १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उप-महानगरपालिका-१४ बस्ने बिक्रम स्याङ्तानको श्रीमती अन्दाजि वर्ष ४८ की मित्रा देवी स्याङ्तान रहेका छन् । अस्थाई प्रहरी पोष्ट डुमरवाना बाराबाट खटिएको प्रहरी टोलिले निजको घरबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पकहा मैनपुर गाउँपालिका-०३ धोरे सिमाना स्थितबाट अवैध लागूऔषध गाँजा ११० किलोग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलबाट खटिएको प्रहरी टोलिलाई देख्नसाथ ५ जना पैदल यात्रीहरुले आ-आफ्नो टाउकोमा बोकी नेपालबाट भारत तर्फ लैजाँदै गरेको उक्त लागूऔषध फाली फरार भएकोले लागूऔषध बरामत गरी इलाका प्रहरी कार्यालय पोखरीया पर्सालाई जिम्मा लगाईएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ३.      पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी पुल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई बिहिबार दिउँसो सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ भिष्वा बस्ने लक्ष्मण लामाको छोरा अन्दाजि वर्ष २१ को बिनोद लामा र बारा कलैया उप-महानगरपालिका-१२ बस्ने कृष्ण क्षेत्रीको छोरा वर्ष २७ को सुनिल क्षेत्री रहेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेको निज पैदल यात्रीहरुलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बिर्ता पर्सालाई बुझाइएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    ४.      सिरहा, बिष्णुपुर गाउँपालिका-०१ सोभापुरबाट अवैध लागूऔषध गाँजा ७३ किलो ३५० ग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाउँपालिका-०१ सोभापुर बस्ने बिशेषर शर्माको छोरा बर्ष  ५६ को किशोरी शर्मा रहेका छन् । इलाका प्रहरी बिष्णुपुर सिरहाबाट खटिएको प्रहरी टोलिले निज किशोरी शर्माको गोठ घर चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ५.      सिरहा, गोलबजार नगरपालिका-०६ गुम्बा टोल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका-०६ बस्ने फुल कुमार मोक्तानको छोरा अन्दाजि बर्ष ४१ को आशमान लामा रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ६.      पर्सा, बिरगंज महानगरपालिका-१५ त्रिशुल चौक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.६१ ग्राम सहित १ जनालाई शनिबार सिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ बस्ने भिष्वा बस्ने सुमन साहको छोरा अन्दाजि बर्ष २१ को ऋतिक साह रहेका छन् । प्रहरी चौकी भिष्वागाउँ पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ७.      सर्लाही, ईश्वरपुर नगरपालिका-०८ रामपुर स्थितबाट अवैध लागूऔषध गाँजा ५५ किलोग्राम, बा.प्र.-०२-०६२ प ७०७३ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-११ हिरापुरटोल बस्ने मन राज लामाको छोरा अन्दाजि वर्ष २७ को थमबङ्ग लामा रहेका छन् । इलाका प्रहरी केशरगंज सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ८.      धनुषा, बिदेह नगरपालिका ०१ ठाडिझिझाबाट अवैध लागूऔषध ANTIKOF Tablate- ९२ पिस, SPASREST Tablate- ८२ पिस र TENTADOL 100- ७२ पिस, स ७ प ७६२३ नम्बरको मोटरसाईकल सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ रघुनाथपुर बस्ने रफिक मिया कवारीको छोरा अन्दाजी बर्ष ३२ को नबिबुल रहमान रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलिले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।९.      पर्सा, जिराभवानी गाउँपालिका-०४ सुपौली चोक स्थितबाट अवैध लागूऔषध NITRAZEPAM TABLET-२६ पिस, ना २५ प ६५८१ नम्बरको मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा . पर्सा पर्सागढी नगरपालिका-०७ बागेश्वरी तित्रौना बस्ने गम्भीरा राउत कुर्मीको छोरा अन्दाजि बर्ष २४ को मन्दिप राउत कुर्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट संयूक्त खटिएको प्रहरी टोलिले उक्त लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।१०. सिरहा, सिरहा नगरपालिका-१५ बुधौला स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने  पदार्थ ३ ग्राम १४ मिलिग्राम, ज १० प ७६३७ नम्बरको मोटरसाइकल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०६ बस्ने सुरज साहको छोरा अन्दाजि वर्ष १९ को सुजल शाह र सोही स्थानमा बस्ने जुडि साहको छोरा अन्दाजी वर्ष २३ को जय कुमार साह रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ११. सर्लाही, लालबन्दी नगरपालिका-१६भोरलेनी र परवानिपुरको बिचबाट वेवारिसे अवैध लागूऔषध गाँजा ५ किलोग्राम आईतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट परवानिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त वेवारिसे लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध समान सहित पिकअप नियन्त्रणमा
२०८३-०२-१२

१.      सर्लाही, बागमती नगरपालिका-१२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली (VCTS अनुसारको बिल बिजक नभएको ) कुरियरको सामानहरु गरी अन्दाजि मुल्य रु. ६,००,०००।- (छव लाख ) बराबरको समान सहित बा.प्र. ०१-०३० च.१५८० नम्बरको पिकअप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले काठमाण्डौंबाट झापा तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

१.      सर्लाही, बसबरिया गाउँपालिका ०२ ढापटोलबाट अवैध लागूऔषध ४३० ग्राम गाँजा सहित सोहि स्थान बस्ने जयलाल सहनीको छोरा अन्दाजी बर्ष २० को अभिषेक सहनीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र मानपुरबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पोखरिया नगरपालिका ०९ स्थितबाट अवैध लागूऔषध ५.५ ग्राम ब्राउन सुगर सहित सोहि स्थानको शिवबर्वा बस्ने बिजुल राउत कम्करको छोरा अन्दाजी बर्ष २० को बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका ०१ दुधौरा पुल नजिकबाट अवैध लागूऔषध गाँजा १२५ किलोग्राम, अल्फावेट नखुलेको ४३११ नम्बरको कार सहित १ जनालाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका ०१ पौराही घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका १८ पसहा टोल बस्ने बुद्धि बहादुर स्याङतानको छोरा अन्दाजी बर्ष २७ को मान बहादुर स्याङ्तान रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले पिलुवाबाट डुमरवाना तर्फ आउदै गरेको कार चेकजाँच गर्दा उक्त गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २.      धनुषा, बिदेह नगरपालिका ०१ ठाडिझिझाबाट अवैध लागूऔषध Nitzascen - 600 पिस, Spasmo proxyvon plus - 168 पिस, Onrex cough syrup 100ml - 20 बोतल र Onsen cough syrup 100ml - 5 बोतल, स ७ प ७६२३ नम्बरको मोटरसाईकल सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ रघुनाथपुर बस्ने रफिक मिया कवारीको छोरा अन्दाजी बर्ष ३२ को नबिबुल रहमान रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलिले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०६

१.      पर्सा, पटेर्वासुगौली गाँउपालिका-४ भतौडा स्थित सडक खण्डबाट अवैध लागूऔषध १ किलोग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका-२ परसवा बस्ने महन्थ मुखियाको छोरा अन्दाजि बर्ष ३८ को लक्षण मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध Diazepam-१०४ पिस, Buprenrphine-१०३ पिस, pheneren-१०४ पिस गरि जम्मा ३११ पिस सहित १ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी पुर्बि चम्पारण रक्सौल अहिरवा टोल बस्ने अन्दाजि बर्ष १९ की शवलम खातुन रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई पथलैया बाट खटिएको प्रहरी टोलिले बिरगंज बाट हेटौँडा तर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६१९ नम्बरको गाडिलाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त पदार्थहरु सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय सिरहा बारामा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, विष्णुपुर गाउँपालिका-०१ सिरहा-चौहर्वा सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २६ ग्राम १७० मिलिग्राम सहित ३ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा औरहि गाउँपालिका-४ बस्ने चन्द्र देव यादबको छोरा बर्ष ३२ को राम उदगार यादव, सिरहा नगरपालिका-२२ बस्ने सिब्रन यादबको छोरा अन्दाजि बर्ष ३६ को राम बिलेक्षण यादब र देश भारत जिल्ला मधुवनि पंचात ग्राम वडा नं.५ बस्ने शिबु कामतीको छोरा बर्ष २१ को चन्दन कामती रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय विष्णुपुर र लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी टोलिले सिरहाबाट काठमाण्डौं तर्फ जादै गरेको बा.प्र.-०३-००१ ख ३५३७ नम्बरको बसलाई बिशेष गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, सप्तकोशी नगरपालिका-०१ फत्तेपुर जुटपानी स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २५० ग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी नगरपालिका-०९ कमलपुर बस्ने जगदिश यादवको छोरा वर्ष २१ को विजय कुमार यादव चौधरी रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०५

१.      रौतहट, चन्द्रपुर नगरपालिका ०४ ट्राफिक पोष्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ६ ग्राम ३८० मिलिग्राम, बा १७ प ७४३८ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गाउँपालिका ०४ बस्ने प्रमोद जंग राईको छोरा अन्दाजी बर्ष ३० को अरुण जंग राई र रौतहट चन्द्रपुर नगरपालिका ०४ बस्ने हरिवजन कुशवारको छोरा अन्दाजी बर्ष ३६ को सन्देश कुश्वार रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट खटिएको ट्राफिक प्रहरीको चेकिङ्ग टोलिले निजगढबाट चन्द्रनिगाहापुर तर्फ आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      धनुषा, धनुषाधाम नगरपालिका ०८ भिमान चोकबाट अवैध लागुऔषध TAPENTADOL Tablets 50mg - १७०० पिस, स्पासरेस्ट Tablets 100mg - १५९०पिस, TAPENTADOL Tablets 100mg - १२०० पिस, TRAMADOL Tablets 50mg - १०० पिस, TRAMADOL Anatram Tablets - २९ पिस, ANTIKOF Tablets - ५०० पिस, SPASPAIN Tablets - ५०० पिस र Spasmo Tablets 20mg - ३०० पिस सहित १ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका ०१ बस्ने श्याम बहादुर विश्वकर्माको छोरा अन्दाजी बर्ष ३४ को सन्तोष कुमार विश्वकर्मा रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलिले निजले संचालन गरेको औषधी पसल समिक्षा हेल्थ केयर प्रा.लि. र निजको घर मा खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०४

१.      पर्सा, विरगंज महानगरपालिका ३१ कटगेनवा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर ८ ग्राम ३५ मिलिग्राम, ना ३९ प २५३२ नम्बरको मोटरसाइकल सहित २ जनालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका ३२ बस्ने शेखर सिंहको छोरा अन्दाजी बर्ष २० को राहुल सिंह र बारा जितपुर सिमरा उपमहानगरपालिका ०७ बस्ने उमेश प्रसाद कलवारको छोरा अन्दाजी बर्ष १८ को नन्दन गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकि मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा, कर्जन्हा नगरपालिका ११ स्थितबाट बेवारिसे अवैध लागूऔषध गाँजा २७६ किलोग्राम शनिबार राति प्रहरीले फेला पारेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले कर्जन्हा नगरपालिकाको कार्यालय देखि ३०० मिटर उत्तर पश्चिम साईडमा रहेको मसला (भिस) को झारीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      महोत्तरी, बर्दिबास नगरपालिका १४ रिसोना गल्लीबाट अवैध लागूऔषध Nitrazepam IP 10mg - ४७ पिस र Spasmo-  Proxyvon Plus - ११ पिस, बा ८७ प ६९८९ नम्बरको मोटरसाईकल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका १४ बस्ने शुक्र बहादुर तामाङको छोरा अन्दाजी २५ को सन्दिप लामा र सर्लाही बागमति नगरपालिका ०४ घर भई हाल बर्दिबास नगरपालिका १४ बर्दिबास बजारमा डेरा गरि बस्ने भिम पुर्वछाने मगरको छोरा अन्दाजी १८ को भावेस मगर रहेका छन् । इलका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      धनुषा, मिथिला नगरपालिका १० लालगढ सुनौलो बस्तीबाट अवैध लागूऔषध Tentadol 100 mg - ९२ पिस र स्पासरेस्ट - ८३ पिस सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिवास नगरपालिका ७ घर भई हाल धनुषा मिथिला नगरपालिका १० लालगढमा कोठा भाडा बस्ने बिर्ख बहादुर लिम्बुका छोरा अन्दाजी बर्ष ३० को विजय लिम्बु र अन्दाजी बर्ष २७ को मन कुमार लिम्बु र महोत्तरी बर्दिवास नगरपालिका ०१ बस्ने गोपाल बुढाथोकीको छोरा अन्दाजी बर्ष २८ को सुमन बुढाथोकी रहेका छन् । लागूऔषध बिक्रि वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर, प्रहरी चौकी लालगढ र लागूऔषध ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले विजय लिम्बुको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सिरहा, सिरहा नगरपालिका १४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम ३०० मिलिग्राम, ज ४ प १३८८ नम्बरको मोटरसाईकल सहित २ जनालाई आइतबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा  सिरहा गोलबजार नगरपालिका ३ बस्ने हर्क कामीको छोरा अन्दाजी बर्ष ३१ को सरोज बि.क. र सोहि स्थान बस्ने शुक्र बहादुर तामाङको छोरा अन्दाजी बर्ष २६ को राजु लामा रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले माडरबाट सिरहा तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिचौलिया नियन्त्रणमा ।
२०८३-०२-०१

१.      पर्सा, विरगंज महानगरपालिका ०३ स्थित मालपोत कार्यालय विरगंज परिसरबाट २ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका ०२ बस्ने रमेश राउत कुर्मीको छोरा अन्दाजी बर्ष २४ को बृजलाल पटेल र पर्सा बहुदरमाई नगरपालिका ०६ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ४७ को बृज नारायण प्रसाद रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, जनकपुर उप-महानगरपालिका १४ स्थित यातायात व्यवस्था कार्यालय मुजेलिया परिसरबाट ३ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका ०२ धनुषा बस्ने अन्दाजी बर्ष २२ को अंकित कुमार साह, सोहि उप-महानगरपालिका ०३ बस्ने अन्दाजी बर्ष २१ को राजेश साह र सर्लाही गौरैता नगरपालिका ६ बस्ने अन्दाजी बर्ष ३० को चिन्टु कुमार सिंह रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-०१

१.      सप्तरी, खड्क नगरपालिका ०५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा १४३ किलो २१६ ग्राम, को १ च २६६७ नम्बरको पिकअप भ्यान सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा साङगुरीगढी गाउँपालिका ०१ बस्ने अन्दाजी बर्ष ३१ को महा प्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका ०५ बस्ने अन्दाजी बर्ष ४७ को बल बहादुर लिम्बु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकि बिसनपुरको संयुक्त प्रहरी टोलिले धरानबाट लहान जाँदै गरेको पिकअप भ्यान चेकजाँच गर्दा उक्त गाँजा सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<
अधिक लोड >>
कम देखाउनुहोस् <<